Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यू–१९ क्रिकेटः नेपाल ७ विकेटले पराजित

\"IND काठमाडौं । बंगलादेशमा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ७ विकेटले पराजित भएको छ । बङ्गलादेशको फाल्तुल्हास्थित खान साहेब उस्मान अली रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले भारतलाई १ सय ७० रनको चुनौती प्रस्तुत गरेको थियो । भारतले मात्र १८ दशमलव १ ओभर खेल्दा मात्र ३ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । भारतका लागि रिषभ पन्तले अर्धसतक पार गर्दै सर्वाधिक ७८ रन जोडे भने इसान किसनले पनि अर्धसतक पार गर्दै ५२ रन जोडे । नेपालका लागि प्रेम तामाङले २ विकेट तथा सन्दिप लामिछानेले १ विकेट ढालेका थिए । सन्दिपले यसअघि आयरल्याण्डसँगको खेलमा ह्याट्रिक गरेका थिए । यसअघि निर्धारित ४८ ओभरको खेलमा नेपालले ८ विकेटको क्षतिमा १६९ रन जोडेको थियो । नेपालका लागि सन्दिप सुनारले सर्वाधिक ३७ रन जोडे भने राजविर सिंहले ३५ रनको योगदान गरेका थिए । यस्तै, प्रेम तामाङले नट आउट २९ रन र अरिफ शेखले २६ रन जोडे भने अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेपाली टोलीका योगेन्द्र सिंह कार्कीले ७ रन, राजु रिजाल र कुशल भुर्तेलले ६/६ रन तथा सुनिल कण्डेल नटआउट ३ रन जोडेका थिए । दीपेन्द्र सिंह ऐरी मात्र एक रन बनाउँदै रन आउट भए भने सुनिल धमला सून्य रनमै आउट भएका थिए । सन्दिप सुनार र ऐरिफ शेखले एक एक चौका प्रहार गरेका थिए । भारतीय टोलीका अभेष खानले ३ विकेट लिएका थिए भने म्याङक ड्यागर र वासिङटन सुन्दरले २, २ विकेट झारेका थिए । नेपाल यसअघि नै क्वाटर फाइनलमा प्रवेश गरिसकेको छ । भारतसँग पराजित भए पनि नेपाल उपविजेता बन्दै क्वाटर फाइनल पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा टेष्ट मान्यता प्राप्त न्युजिल्यान्डलाई ३२ रनले पराजित गरेको थियो भने दोस्रोमा आयरल्यान्डविरुद्ध आठ विकेटको जित हासिल गरेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending