Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

३१ न्यायाधीशको सरुवा

\"Kalyan-Shrestha\"काठमाडौं । पुनरावेदन अदालतका तीन मुख्यसहित ३१ न्यायाधीश सरुवा भएका छन् ।न्याय परिषद् बैठकको बिहिबार बसेको बैठक पश्चात प्रधानन्यायाधीश कल्याण श्रेष्ठले उनीहरुको सरुवा गरेका हुन् ।

परिषद्को बैठकले पुनरावेदन अदालत विराटनगरका मुख्य न्यायाधीश डा आनन्द मोहन भट्टराईको पुनरावेदन अदालत पाटनमा सरुवा गरेको छ ।यस्तै पुनरावेदन अदालत दिपायलका मुख्य न्यायाधीश दीपककुमार कार्कीको पुनरावेदन अदालत बागलुङमा र सो अदालतका मुख्य न्यायाधीश केदारप्रसाद चालिसेको पुनरावेदन अदालत विराटनगरको मुख्य न्यायाधीशमा सरुवा भएको परिषद्का सचिव कृष्ण गिरीले बताए ।

पाटनका न्यायाधीश कुमार चुडाल तुलसीपुर, विराटनगरका उदयप्रकाश चापागाईं पाटन, पोखराका सुष्मालता माथेमा पाटन र हेटौंडाका कुमारप्रसाद पोखरेल विराटनगरमा सरुवा भएका छन् ।पुनरावेदन अदालत पोखराका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको धनकुटा र बुटवलका न्यायाधीश टीकाबहादुर हमालको दिपायलमा सरुवा भएको छ ।

पुनरावेदन अदालत इलामका न्यायाधीश रमेश पोखरेल हेटौँडा तथा पाटनका शिवनारायण यादव इलाममा र दुर्गादत्त भट्ट पोखरामा सरुवा भएका छन् ।

पुनरावदेन अदालत हेटौंडाका न्यायाधीश डिल्लीराज आचार्य पाटन र पाटन कासलाउद्दिन अख्तर सिद्धिकी हेटौंडा सरुवा भएका छन् । त्यसैगरी पुनरावेदन अदालत पाटनका न्यायाधीश रेवन्तबहादुर कुँवर हेटौँडा, विराटनगरका किशोर सिलवाल पाटन र बुटवलका रामचन्द्र यादव जनकपुरमा सरुवा भएका छन् ।

त्यस्तै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश युवराज सुवेदी पुनरावेदन अदालत पाटनमा, सुर्खेतका रमेशप्रसाद राजभण्डारी बुटवलमा, बुटवलका अब्दुल अजिज मसलमान पाटनमा र जनकपुरका हरिप्रसाद भण्डारी बुटवलमा सरुवा भएका छन् ।

पुनरावेदन अदालत पाटनका न्यायाधीश पुष्पराज कोइराला विराटनगर, धनकुटाका जीवनहरि अधिकारी पाटन र बुटवलका प्रेमराज कार्की पाटनमा सरुवा भएको बताइएको छ ।

पुनरावेदन अदालत धनकुटाका न्यायाधीश चित्रदेव जोशी दिपायल, पाटनका हेमराज पन्त बुटवल र जनकपुरका गुणराज ढुङ्गेल सुर्खेतमा सरुवा भएका हुन् । पुनरावेदन अदालत जनकपुरका मेघनाथ भट्टराई धनकुटामा, विराटनगरका वीरेन्द्रकुमार कर्ण भीमदत्तनगरमा र भीमदत्तनगरका हरिप्रसाद बगाले पोखरामा सरुवा भएको छ ।

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy