Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

प्रभावकारी सेवाकालागि कार्यक्रम ल्याउन टेलिकमलाई मन्त्री राईको निर्देशन

\"Rss_Images_1454668117954_RS-KTM-telecom-3-750\"काठमाडौं। सेवाग्राहीले अनुभूति गर्नसक्ने गरी नेपाल टेलिकम (नेपाल दूरसञ्चार कम्पनी लिमिटेड) ले सेवा प्रवाह गर्न नसक्नुको कारण पहिचान गरेर सुधारका कार्यक्रम ल्याउनुपर्ने भएको छ । टेलिकमको बाह्रौँ वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा दुई महिनाभित्र जनगुनासो नआउने गरी सेवाप्रवाहमा गुणात्मक सुधार ल्याउन सूचना तथा सञ्चारमन्त्री शेरधन राईले निर्देशन दिँदै भने–‘‘अन्यथा सरकार आफँैले अर्को टोली गठन गरेर काम अघि बढाउनेछ ।’’ उनले गुणस्तरीय सेवा प्रवाह गर्न, ग्रामीण क्षेत्रमासमेत सेवा विस्तार गर्न, सन् २०२० सम्ममा सम्पूर्ण जनतामा इन्टरनेट सुविधा पु¥याउन, प्रत्येक जिल्लालाई अप्टिकल फाइवरमा जोड्न, ताररहित टेलिफोनसेवा प्रवाह गर्न, दुई वर्षमै सबै जिल्लामा ई–गभर्नेन्स पु¥याउनका लागि तीव्ररुपमा पूर्वाधार तयार पार्न नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमलाई निर्देशन दिए । एक वर्ष्भित्रमा टेलिकमलाई नयाँ उचाइमा पु¥याउन मन्त्रालयसँग समन्वय गरेर अघि बढ्न सुझाव दिएका मन्त्री राइलेभने– ‘‘संस्थाको सुधारका लागि सरकारमा रहेको जगेडा कोषको रकम सदुपयोग गरेर टेलिकमले लाभ लिनसक्छ ।’’ सेवाप्रति समर्पणकै कारण नेपाल टेलिकमले रु २० अर्ब भन्दा बढी राजस्व सङ्कलन र रु १४ अर्ब भन्दा बढी मुनाफा आर्जन गर्न सफल भइ अन्य सार्वजनिक संस्थाको तुलनामा प्रेरणाको रुपमा खडा भएको बताएका थिए । टेलिकमका अध्यक्ष समेत रहेका सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले ‘राष्ट्र निर्माणमा योगदान’ र ‘ग्राहक सेवामा समर्पण’ भन्ने नारालाई साकार पार्न र सूचना तथा सञ्चारमन्त्रीका निर्देशन पूरा गर्न सबै ग्राहकको सुख–दुःखको साथी बन्ने र सक्दो सुधार तथा सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । वार्षिकोत्सवमा दूरसञ्चार सेवाको इतिहास र बाह्रौँ वार्षिकोत्सवको स्मारिका लोकार्पण, २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान, क्रिकेट खेलको लोगो अनावरण, क्रिकेट सङ्घका प्रतिनिधिलाई ट्रफी प्रदान, विविध सेवा विस्तारमा योगदान पु¥याउने संस्थालाई सम्मानपत्र प्रदान र भूकम्पका समयमा उल्लेखनीय कार्य गर्ने कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending