Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

आठ वर्षसम्म पनि पुल नबन्दा विभाग घेराउ

\"Khotang\"काठमाडौं । ओखलढुङ्गा–खोटाङ जोड्ने जयरामघाटस्थित दूधकोशी नदीको पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि सम्पन्न हुन नसकेको भन्दै सांसद सहितको समूहले आज सडक विभाग घेराउ गरेको छ । खोटाङका सांसदद्वय पाँचकर्ण राई र विशाल भट्टराई एवम् पूर्व जिविस सभापति परशुराम कार्कीको नेतृत्वमा आएको पीडित स्थानीयवासीको समूहले चाकुपाटस्थित विभागमा धर्ना दिएको हो । कार्यालय समय सुरु हुनुअघि थालिएको धर्नाले विभागका कर्मचारी एक घन्टा कार्यालय छिर्नबाट वञ्चित थिए । विसं २०६५ मा निर्माण सुरु भएको पुलको पिलर ठड्याएको आठ वर्ष पुग्दा पनि काम अगाडि बढ्न नसकेपछि धर्ना बस्न बाध्य हुनुपरेको धर्नाकारी नीतेश खड्काले बताए । “गाईघाट–दिक्तेल सडकखण्ड अन्तर्गत सुनकोसी नदीमाथिको फोक्सिङ्टार पुल ठेक्का लागेको दुई वर्ष बित्दा पनि निर्माण सुरु हुन सकेको छैन”–उनले भने । मध्यपहाडी लोकमार्गको हलेसी–दिक्तेल ४० किमी सडक खण्डको निर्माणमा ढिलाइ र लापरबाही समेत भएको भेटिएको धर्नामा उपस्थितको गुनासो थियो । जयरामघाटको पुल निर्माणको ठेक्का सांसद विक्रम पाण्डेको कालिका कन्स्ट्रक्सन÷हुलास जेभीले पाएको छ । फोक्सिङ्टारस्थित सुनकोसी नदीमाथिको पुल निर्माणको ठेक्का गौरी पार्वती कन्स्ट्रक्सनले पाएको छ । सो पुलमा ठेक्का लागेको दुई वर्ष बित्दा पनि काम सुरु भएको छैन । हलेसी–दिक्तेल ४० किमी सडक खण्डमा धुलो र हिलाले यातायात सञ्चालन गर्न गाह्रो परेकाले विभागमा घेराउ गर्नुपरेको सांसद राईले जानकारी दिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending