माघ २५ गते, २०७२ सोमवार 8th February, 2016 Mon१७:०१:०३ मा प्रकाशित
काठमाडौँ । प्रणय दिवसको लागि यो वर्ष भारतबाट एक लाख वटा पे्रमको प्रतिक मानिने रातो गुलाफ ल्याइने भएको छ ।
गर्मी समयमा नेपालमा उत्पादन हुने फूलले नै माग पूरा गर्ने भए पनि जाडोको समयभर बढी मात्रामा रातो गुलाफ प्रयोग हुने भएकाले भारतबाट फूल आयात गर्न लागिएको फ्लोरीकल्चर एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए । आयात गर्न लागिएको एक लाख फूलको मूल्य ३० लाखदेखि ४० लाख पर्ने बताइएको छ ।
विशेषगरी फेबु्रअरी १४ तारीखको दिन प्रेमी प्रेमीकाले उपहारको रुपमा एक आपसमा रातो गुलाफ आदान प्रदान गर्ने गर्दछन् । फूल आगामी मङगलबारसम्म आइसक्नेछ । हाल नेपालमा रातो गुलाफ दैनिक पाँच हजारदेखि सात हजार आवश्यक पर्ने बताइएको छ । गर्मीको समयमा स्वदेशी उत्पादनले र जाडोको समयमा भारतबाट आयात गरी माग पूरा गर्ने गरिएको छ ।
गतवर्ष पनि प्रणय दिवसका लागि भारतबाट एक लाख वटा नै रातो गुलाफ ल्याइएको थियो । बर्सेनि आयात कम गर्ने भनिए पनि भूकम्पका कारण यसवर्ष फूलखेती त्यति फस्टाउन नसकेकाले गत वर्षको जतिनै फूल आयात गर्नु परेको अध्यक्ष गैरेले बताए ।
नेपालमा वार्षिक चार करोड बराबरको फूलको आयात हँुदै आएको छ । विदेशबाट आयत गरिएको र स्वदेशमा नै उत्पादन भएको गरी एक अर्ब ३० करोडको फूलको वार्षिक कारोबार हँुदै आएको छ । प्रणय दिवसको दिन रातो गुलाफ र तिहारमा सयपत्री फूल भारतबाट आयात हँुदै आएको छ ।
केही वर्षदेखि नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउने भनिए पनि फूल व्यवसायप्रति कृषक आकर्षित नहुने, यससँग सम्बन्धित विज्ञ नहँुदा आशानुरुप यो व्यवसाय फस्टाउन नसकेको एसोसिएसनका उपाध्यक्ष दिलीप वादे बताए । पछिल्लो समय होटल, विवाह, सभा सम्मेलनमा फूलको प्रयोग बढ्दै गएपनि व्यावसायिक कृषकको कमीले गर्दा माग पूरा गर्न सकिएको छैन ।
रातो गुलाफको विशेषगरी काठमाडौँ उपत्यकाको तीनवटै जिल्ला, काभ्रेपलाञ्चोक र चितवनमा व्यावसायिक रुपमा खेती हँुर्दै आएको छ । भारतबाट आयात गरिएको गुलाफको मूल्य ३० देखि ४० सम्म पर्छ । नेपालमा झण्डै ६०० प्रजातिका फूलको व्यावसायिकखेती हँुदै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: