उनीबाट पजेरो संस्कृति, सांसद खरिद बिक्री, भागबण्डाका निम्ति मन्त्रालयै टुक्र्याउने जस्ता नीच कर्म, राष्ट्रको सम्पत्तिमा ¥याल काढ्ने दुष्कर्म, निजी मोजमस्ती तथा राज्य ढुकुटीको दुरुपयोग गर्दै सुखसयल जस्ता अनेकन् कुसंस्कृतिको निरन्तरता उनी आफैंले चाहिँ दिएनन् ।सतहमा हेर्दा निःसन्देह उनमा केही अनुकरणीय गुणहरु थिए जो युवा पुस्ताले मात्र होइन, समकालीन समग्र राजनीतिसँग अनुराग भएको पुस्ताले समेत सिको गर्न लायक छन् । एकाएक यो धरामा अलप भएका ती नक्षत्र अनेकौं पाटामा अब्वल र सबल थिए । राष्ट्रकै कार्यकारी भएको अवधिमा उनीबाट पजेरो संस्कृति, सांसद खरिद बिक्री, भागबण्डाका निम्ति मन्त्रालयै टुक्र्याउने जस्ता नीच कर्म, राष्ट्रको सम्पत्तिमा ¥याल काढ्ने दुष्कर्म, निजी मोजमस्ती तथा राज्य ढुकुटीको दुरुपयोग गर्दै सुखसयल जस्ता अनेकन् कुसंस्कृतिको निरन्तरता उनी आफैंले चाहिँ दिएनन् । भलै उनको नेतृत्वमा रहेका अन्यलाई भने उनले रोक्न नसकेकै हुन् । कोइराला थर जोडिएकैले राजनैतिक हैसियत निर्माणभन्दा पनि त्याग र बलिदानकै कारण उनी राजनीतिमा माथि उठेकामा कहींकतै दुविधा छैन । समसामयिक राजनीतिमा महारोग बनेको भ्रष्टाचारलाई रोक्नका निम्ति उनको एक्लो प्रयास सार्थक नदेखिए पनि उनले यत्न नै नगरेका पनि होइनन् । उनलाई गणेशभक्ति गर्नेहरुले उनी कार्यकारी हुँदा अधिकतम लाभ लिए पनि उनी स्वयम् भने यसको खिलाफमा भएको दृष्टान्त नै भेटिन्छ यत्रतत्र र त तीन वटा मोवाइलबाहेक अन्य सम्पत्ति नभएका संसारकै गरीब प्रधानमन्त्रीका रुपमा वाहवाही कमाए उनले ।
लौह पुरुष गणेशमानलाई पार्टी छाड्न बाध्य पार्ने परिस्थिति मात्र सिर्जना गरेनन् उनले बरु नेपाली कांग्रेसका अत्यन्त सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरी चुनाव हराएको आरोप उनीमाथि लाग्यो, जसलाई उनले अस्वीकार गर्ने हिम्मत गरेनन् । गिरिजाप्रसाद कोइरालालाई कान फुकेर कसलाई उचाल्ने र कसलाई पछार्ने भन्ने धन्दामा पनि यिनी अहोरात्र लागे ।तरुण पत्रिकाको सम्पादक भएर पीँधबाट राजनीतिक यात्रा आरम्भ गरेका सुशील २०५३ सालमा महामन्त्री, ०५५ सालमा उपसभापति, १२ औं महाधिवेशनमा पार्टी सभापति र २०७० मा संसदीय दलको नेतामा निर्वाचित हुँदै देशको कार्यकारी बनेका थिए । रङ्गमञ्चमा हिरो बन्ने सपना सजाएका उनी बरु राजनीतिका हिरो बने जीवनको उत्तराद्र्र्धमा । परन्तु राजनीतिमा हिरो बन्ने कालखण्डसम्म आइपुग्दा अन्यमा झैं उनका पनि प्रशस्त आरोह–अवरोह भने देखा परे । पर्दा पछाडि बसेर उनले अनेकौं झेली र पाखण्डी काम गरेको कुरा उनकै सहकर्मी बताउँछन्, जो दुनियाँका नजरले समेत गोचर गरेको थियो । लौह पुरुष गणेशमानलाई पार्टी छाड्न बाध्य पार्ने परिस्थिति मात्र सिर्जना गरेनन् उनले बरु नेपाली कांग्रेसका अत्यन्त सन्त नेता कृष्णप्रसाद भट्टराईलाई अन्तर्घात गरी चुनाव हराएको आरोप उनीमाथि लाग्यो, जसलाई उनले अस्वीकार गर्ने हिम्मत गरेनन् । गिरिजाप्रसाद कोइरालालाई कान फुकेर कसलाई उचाल्ने र कसलाई पछार्ने भन्ने धन्दामा पनि यिनी अहोरात्र लागे । अन्तरमुखी, हठी र कोक्ल्याँटो स्वभावको पात्रका रुपमा चित्रित भए यिनी मृत्यु पर्यन्त । सङ्क्रमणकालमा राष्ट्रको कार्यकारी प्रमुख बनेका यिनले दक्षिणी छिमेकसँगको सम्बन्धलाई सन्तुलित राख्न सकेनन् किनकि यिनमा विमान अपहरणताका भारतले तीन वर्ष कारावास राखेको तुस बाँकी नै थियो । प्राकृतिक प्रकोपका रुपमा आएको महाभूकम्पका पीडितलाई यिनले व्यवस्थापन गर्ने कुनै कौशल प्रदर्शन गर्न सकेनन् । फलतः राहत सामग्रीमा अनियमितता र भ्रष्टाचारमात्र मौलाएन, कैयन सामग्री सड्ने, गल्ने, कुहिने भएर मिल्किए या नष्ट भए । उनले लामो अन्तरालमा समेत एउटा पुनर्निर्माण प्राधिकरण गठन गर्न सकेनन् । अरु त अरु तत्कालीन अर्थमन्त्रीकै निजी सहयोगीले कर्कट पाता जथाभावी हिनामिना गरेको सार्वजनिक भयो । त्यस्ता अनियमितताका विरुद्ध कदम चाल्नुको सट्टा यिनी मुकदर्शक बनिरहे । संविधान दिने बेला छिमेकी दबाबको बेवास्ता गरे पनि दोस्रो पटक प्रधानमन्त्री बन्नेबेला उसैको लहैलहैमा लागे र प्रतिपक्षी पार्टीसँग गरेको भद्र सहमति अवज्ञा गरेरै छाडे । परिणामस्वरुपः सुशील कोइराला वचन विर्सने काइते नेतामा दरिन पुगे ।
सुशीलकै कार्यकालमा झण्डै पाँच दर्जनको ज्यान जाने गरी मधेश र थारु आन्दोलन उठ्यो जसको सम्बोधन गर्नमा यिनी चुके र धारे हात लगाए ओली र प्रचण्डलाई, आफू पानी माथिको ओभानो बन्दैसुस्त कार्यशैली, सीमित आसेपासेको घेरामा प्रफुल्ल हुने बानी, छिमेकी साथ र सहयोग लिन असफल नेताका आफूलाई दर्ज गरे उनले । सन्त र लालचहीन नेताको छवि रातारात धुमिल त्यतिबेला भयो, जतिबेला उनी आफैंले गरेको सहमति तोड्दै पुनः प्रधानमन्त्री बन्ने लिगलिगे दौडमा ‘र’ र ‘रे’ को परामर्शमा सामेल भए । उनको इमान, निष्ठा, शालीनता जस्ता गुण र जीवनभर आर्जन गरेको साख धूलिसात भयो एउटै परिघटनाका कारण । त्यतिमात्र होइन, पार्टीको बाह्रौं अधिवेशनमा एक पटक मात्र सर्वोच्च पदका निम्ति सहकर्मी, शुभेच्छुक र कार्यकर्तामाझ याचना गरेका उनले तेह्रौं महाधिवेशनमा पनि सभापतिको प्रत्याशी बन्ने अन्तिम तयारी गरेका थिए । केही महिना अगाडि मुख्य प्रतिपक्षीहरुसँग तोडेको सहमति आफ्नै पार्टीमा तोड्न तम्तयार थिए उनी । यिनकै कार्यकालमा झण्डै पाँच दर्जनको ज्यान जाने गरी मधेश र थारु आन्दोलन उठ्यो जसको सम्बोधन गर्नमा यिनी चुके र धारे हात लगाए ओली र प्रचण्डलाई, आफू पानी माथिको ओभानो बन्दै । उनले नेतृत्व गरेका बेला संसदीय निर्वाचनमा त पार्टीलाई एक नम्बरमा उभ्याउन सफल भए तर साङ्गठनिक संरचना भने अति नै निम्छरो बन्यो । न आम भातृ सङ्गठनका अधिवेशन भए न त विभागीय कार्य विभाजन नै भयो मातृ पार्टीको । पार्टी पूर्णतः लथालिङ्ग र भताभुङ्ग अवस्थामा पुग्यो । उनी विफल राजनीतिको गोलचक्करमा फसि नै रहे र कोइराला परिवारलाई मूल नेतृत्वमा स्थापित गर्ने यिनको मनोकाङ्क्षा र घिडघिडोले मूर्त रुप लिन सकेन यिनको अवसानसँगै । अपजस र आफ्नै कार्यशैलीमा देखिएको मूढताका कारण सर्वत्र असफल जस्तो देखिएका यिनले राष्ट्रको मूल कानुन ल्याउनमा जुन हिम्मत र तदारुकता देखाए त्यो भने आराधनीय कर्म हो । त्यसरी नै अविवाहित नै रहेर तथा तल्लो निकायमा समेत बडो इमान्दार रही काम गर्ने यिनको चिन्तन नमनीय छ । भ्रष्टाचारलाई प्राण प्यारो मानेका नेतागणले यिनको सादा जीवन जिउने कार्यशैलीलाई अनुकरण गर्न सके भने यो नै दिवंगत सुशील कोइरालालाई सच्चा श्रद्धाञ्जली हुनेछ, न कि उनको अनावश्यक बखान गरेर ।
प्रतिकृया लेख्नुहोस्: