Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

पत्रपत्रिका वर्गीकरण बन्द गरी पत्रकारको वर्गीकरण गर्न माग

काठमाडौं, दैनिक पत्रिका राष्ट्रिय सञ्जालको टोलीले साेमबार सूचना तथा सञ्चार मन्त्रालय सिंहदरबारमा मन्त्री मीनेन्द्र रिजाललाई भेटी १३ बुँदे ज्ञापनपत्र पेस गरेको छ । ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री रिजालले सञ्जालका मागप्रति आफू सकारात्मक रहेको बताए । मन्त्रालयले केही समयअगाडि ‘आम सञ्चार नीति २०७१’ का विषयमा पत्रकारसँग सम्बन्धित सबै संघसंस्थालाई आमन्त्रण गरेर छलफल गराएको समेत उनले बताए । सञ्चारमन्त्री रिजालले ‘आम सञ्चार नीति २०७१’ भित्र सञ्जालका प्रायः माग समावेश भइसकेको उल्लेख गरे । सञ्जालको टोलीलाई भेट्दै मन्त्री रिजालले ‘आम सञ्चार नीति २०७१’ जारी भएलगत्तै सञ्चारमाध्यमका सबै समस्याको समाधान हुने बताए । मन्त्री रिजालले सञ्चारमाध्यमका हकहितको संरक्षण र सम्बद्र्धनका लागि आफू सधैं तयार रहेको बताए । मन्त्री रिजालले लोकतन्त्र बहालीपछि सञ्चारमाध्यमको विकास दु्रत गतिमा बढेको उल्लखे गर्दै उनले सञ्चारमाध्यम संरक्षणका लागि आफूले सधैं पहल गर्ने बताए । दैनिक पत्रिका राष्ट्रिय सञ्जालका अध्यक्ष जयप्रकाश गुप्ताको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्रीलाई निम्नानुसार १३ बुँदे ज्ञापनपत्र बुझाएको थियो । १.  छापा माध्यमको बिक्रीवितरणमा अप्रत्याशित ह्रास आएका कारण वितरणका आधारमा गरिँदै आएको संपरीक्षण (वर्गीकरण) बन्द गरी पत्रकारहरुको वर्गीकरण गर्ने व्यवस्था गरियोस् र सूचना विभागमार्फत दिइँदै आएको लोककल्याणकारी विज्ञापन पत्रिकाको किसिमका आधारमा सबैलाई समान ढंगले उपलब्ध गराइयोस् । २. सानो लगानीका स्वरोजगारमूलक पत्रपत्रिकारहरुको छुट्टै वर्ग घोषणा गरी विशेष सुविधा र आरक्षणको व्यवस्था गरियोस् । ३. प्रेस काउन्सिलले वर्षभरिका पत्रपत्रिका एकैपटक लिई वजारमा नआएका केही पत्रिकाहरुलाई पनि काउन्सिलको अभिलेख र वर्गीकरणमा समावेश गराउने षडयन्त्र गरेका कारण मन्त्रालयस्तरबाट त्यसको छानबिन गरी दोषीमाथि कारबाही गरियोस् । ४. पञ्चायतकालमा सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने किसिमले बनाइएको सूचना विभाग र प्रेस काउन्सिलको संरचना यथावत रहेका कारण उक्त दुबै संस्थाको संरचनामा समयानुकूल परिवर्तन गरियोस । ५. हाल मौजुदा सूचना विभागलाई विघटन गरी सूचना प्राधिकरण बनाइयोस् । ६. स्वतन्त्र निकाय भनिएको प्रेस काउन्सिलमा अध्यक्ष र सबै सदस्य सरकारले मनोनयन गर्ने तानाशाही परिपाटीको अन्त्य गरी सञ्चारमाध्यमका प्रकाशक र सञ्चालकहरुको निर्वाचनबाट काउन्सिल गठन गर्ने प्रबन्ध गरियोस् । ७. प्रेस व्यवसायको संरक्षण गर्ने उचित र प्रभावकारी व्यवस्था गरी श्रमजीवी पत्रकारका नाममा मच्चाइएको आतंक बन्द गरियोस् । ८. हाल नेपालका छापा माध्यमको दूरावस्था र स्थितिका बारेमा अनुसन्धान गरी उनीहरुको संरक्षणका लागि नयाँ नीति र कार्यक्रमहरु सञ्चालन गरियोस् । ९. समानुपातिक विज्ञापनको व्यवस्था गर्नुका साथै विज्ञापनमा रहेको तोकआदेश प्रणालीको अन्त्य गरियोस् । १०. साना लगानीका पत्रिकाहरुलाई मूल्य अभिवृद्धि करबाट मुक्त गरियोस् । ११. सूचना विभागमार्फत दिइँदै आएको लोककल्याणकारी विज्ञापनको रकमलाई दोब्बर पारियोस् । १२. प्रेससँग सम्बन्धित अन्य संघ–संस्थालाई दिएसरह दैनिक पत्रिका राष्ट्रिय सञ्जाललाई पनि वार्षिक रुपले आर्थिक सहयोगको प्रबन्ध गरियोस । १३. पत्रकारहरुको हक–हितको संरक्षण गर्दै नयाँ संविधानमा पत्रकारलाई चौथो अंगका रुपमा स्थापित गरियोस् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies