चाैतारा, सरकारले अबको दश वर्षमा युवाले स्वदेशमै सीप तथा रोजगारी पाऊन् भन्ने उद्देश्यले दशवर्षे गुरुयोजनाअन्तर्गत युथ भिजन २०२५ को अवधारणा ल्याउन लागेको छ ।
युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले आज यहाँ आयोजित कार्यक्रममा एक निर्वाचन क्षेत्र एक खेल मैदान बनाउने प्रयास भइरहेको पनि जानकारि गराए ।
नेपाल खेलकुद महासङ्घ सिन्धुपाल्चोकद्वारा आज चौतारामा आयोजित कार्यक्रममा मन्त्री पौडेलले खेलकुद मन्त्रालयको बजेट ज्यादै न्यून भएको बताउँदै सीमित बजेटबाट पनि खेलकुदतर्फ विशेष गरी क्रिकेटले नेपाललाई विश्वसामु परिचित गराएकामा खेलाडी र अन्यको सराहना गरे ।
सिन्धु क्रसकन्ट्री
जिल्लामा पहिलो पटक आयोजित आठ किमी दौड प्रतियोगिताका विजयी खेलाडीलाई मन्त्री पौडेलले पुरस्कार प्रदान गरे । छयालीस जनाले भाग लिएको सो प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका होमलाल श्रेष्ठ (२६.४२), खगेन्द्र भाट(२६.५४), राजकुमार श्रेष्ठ (२६.५९) र विनोद सिंजापतिले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गरे ।
प्रथम हुनेले रु १५ हजार, द्वितीय हुनेले रु १३ हजार, तृतीय हुनेले रु १० हजार र सान्त्वनाले रु आठ हजार सहित पदक तथा कप प्राप्त गरे ।
त्यस्तै जिल्लावासीका तर्फबाट प्रतियोगितामा भाग लिने मानबहादुर तामाङ, गणेशसिंह ठकुरी र यमलाल श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय भए । उनिहरुले क्रमशः रु तीन हजार, रु दुई हजार र रु एक हजार पुरस्कार र प्रमाणपत्र प्राप्त गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: