Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

बाढी पीडित विद्यार्थीको विचल्ली : खुला आकाशमुनि शिक्षा

\"1-750\" सुर्खेत । खोलाको किनार । किनारा मै केही चौडा ठाउँ । त्यसकै माथिल्लो पट्टी भित्ताको आडमा केही झुप्राहरु । यी झुप्राहरुको अगाडि पट्टीको एउटा दृश्य । जहाँ शिक्षाको याचना गरिएको छ । अघिल्लो वर्षको साउन २८ र २९ गते सुर्खेतमा बाढी पहिरो जाँदा एक सय २५ जनाको मृत्यु भएको थियो । हजारौं विस्थापितहरु अहिले पनि त्रिपालमूनि कष्टकर जीवन विताइरहेका छन् । उनीहरुले अहिले आधारभूत आवश्यकता पनि पुरा गर्न सकेका छैनन । आफन्तहरु र सबै सम्पत्तिसमेत गुमाएर पीडित बनेकाहरु अहिले सरकारसँग गुनासो गरिरहेका छन् । तिनै बाढी पिडितको एउटा शिविर । नजिकै पाँच÷सात जना बालबालिकाहरु । च्यातिएको टिसर्ट, च्यातिएकै चप्पल । आधा शरीर नाङगो । उनीहरुको अगाडि एउटा थोत्रिएको ह्वाइट बोर्ड । केही थोत्रा कापीहरु । यो हो बाढी पिडित विद्यार्थीहरुको अवस्था । सुर्खेतका बाढी पीडितहरुले अहिले आफूहरुलाई गाँस बास र कपासको याचना गरिरहेका छन् । बाँच्न गाह्रो भएको भन्दै उनीहरुले सरकारसँग बाँच्न पाउने अधिकारी कार्यान्वयन गर्न माग गरिरहेका छन् । तर बाढी आएको साढे एक वर्ष पुगिसक्दा पनि सुर्खेतका बाढी पीडित विद्यार्थीहरुले राम्रोसँग पढ्न पाएका छैनन । बाढीले ठुलो क्षति पु¥याएको पश्चिम सुर्खेतको बाबियाचौर–१ तिखाकुनाका बालबालिकाहरुलाई पढ्ने वातावरण नै बन्न सकेको छैन । \"3-750\" बाढी आउनुभन्दा पहिले स्थानी बालबालिकाहरु त्यहीको कालिका प्राथमिक विद्यालयमा अध्ययन गर्थे । भेरी नदी नजिकको बस्ती र विद्यालय बाढीले लग्यो । सुरुमा परिवार, घरबास गुमाएका विद्यार्थीहरुलाई पढ्ने वातावरण भएन । बाढी पीडितको शिविर बसेपछि पहिलो वर्ष त्यहाँका विद्यार्थीहरुले बाबियाचौरमै पढ्ने व्यवस्था मिलाइयो । एक वर्षसम्म त्यहाँका बालबालिकाहरुले बावियाचौर मै अध्ययन गरे । त्यहाँको शिविर सधैभर त्यही बस्ने अबस्था भएन । तिखाकुनाका बाढी पीडितहरु पहिलेको बस्ती भन्दा ठिक माथी रहेको वन फडानी गरेर त्यही बसे । अहिले ६ महिनादेखि त्यहाँका बालबालिकाहरुले शिवर भन्दा तल (खोला किनार) मा पढिरहेका छन् । जहाँ कुनै भवन छैन । खुला आकाश छ । केही (चार÷पाँच) वेन्चहरु छन् । विद्यार्थीहरुका लागि राखिएका बेन्च भन्दा केही मिटर टाढा एउटा कुर्ची र एउटा थोत्रो टेबुल छ । यो विद्यालयको सम्पत्ति हो । तिनै चार÷पाँचवटा वेन्चमा खोलाको कलकल आवाज सुन्दै विद्यार्थीहरुले पढ्ने गरेका छन् । विद्यार्थीहरु पनि अहिले निरन्तर विद्यालय नआउने गरेको शिक्षकहरुले बताएका छन् । बाढी पीडितहरुले जवरजस्ती वनमा बसेकोले कहिले जिल्ला वन कार्यालयले उठाउँछ भन्ने थाहा पनि नभएको र यसले गर्दा विद्यालय कहाँ बनाउने भन्ने कुराको पनि टुङगो नलागेको उक्त विद्यालयका शिक्षक हरिप्रसाद देवकोटाले बताए । अहिले भवनका लागि रकम आएको भन्दै उनले विद्यालय कहाँ बनाउने भन्ने कुराको निश्चित नहुँदा समस्या भएको बताए । विद्यार्थीहरुलाई खुला आकाश मुनी पढाउन बाध्य भएको भन्दै शिक्षक देवकोटाले विद्यार्थीलाई पढ्ने र शिक्षकलाई पढाउने वातावरण नभएको बताए । ‘‘शिवर यहाँ स¥यो अहिले विद्यालय पनि यही आँकाश मुनि छ,’ उनले भने–‘ खोलाको किनारमा खुला आकाश मुनी न विद्यार्थीलाई पढ्ने वातावरण छ, न हामीलाई पढाउने वातावरण छ ?’’ \"2-750\" अहिले यो विद्यालयमा एक सय जना विद्यार्थीहरु रहेका छन् । यस्तै शिशु कक्षामा २७ जना रहेका छन् । शिशु कक्षालाई भने शिविरको नजिकै केही व्यवस्थित गरिएको छ । पलास्टिकले बारेको घर बनाइएको छ । यो समस्या बाढी पीडितहरुलाई सरकारले व्यवस्थापन नगर्नेवेलासम्म जस्ताको तस्तै रहने देखिन्छ । बाढी पीडितहरु वनमा शिविर बनाएर बस्ने र वनमा जिल्ला वन कार्यालयले भौतिक संरचना बनाउन नदिने भएपछि विद्यार्थीहरु अझै खुला आकाशमूनी पढ्न बाध्य हुने शिक्षक देवकोटाले बताए । यता बाढीपहिरो पीडित जिल्ला संघर्ष समितिका अध्यक्ष खगिराम रेग्मीले पनि सरकारले वास्था नगरेका कारण आफूहरु मौलिक हकबाट बञ्चित भएको र बालबालिकाहरुले पढ्न नपाएको बताए । उनले सरकारले यति लामो समयसम्म व्यवस्थापन गर्न नसक्दा आफूहरुको अवस्था झन नाजुक बनेको र पढ्न बालबालिकाहरुलाई श्रममा लगाउनुपर्ने बाध्यता आएको बताए । ‘‘सरकारले केही वास्ता गर्दैन,’ उनले भने–‘हामीलाई बासको व्यवस्था छैन, केटाकेटीलाई कहाँ पढाउने हो र ?’’  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies