देश स्वाधिन हुन र जनता स्वतन्त्र एवं समुन्तन बन्न समृद्ध नेपालको मिसन बोकेको भिजनदार शक्तिको जन्म अपरिहार्य भईसकेको छ । तसर्थ बाबुरामको नयाँ शक्ति हेर्ने मन छ ।यिनको दृष्टिकोणमा रहेको अस्पष्टता , नीतिहिनता , विधिविहिनता र गतिहिनता , भ्रष्टा अाचरण आदि कुकर्मका कारण यिनको औचित्य जननजरमा असैह्य भइसकेकोमा सायदै विमति हुनेछ । तसर्थ देश स्वाधिन हुन र जनता स्वतन्त्र एवं समुन्तन बन्न समृद्ध नेपालको मिसन बोकेको भिजनदार शक्तिको जन्म अपरिहार्य भईसकेको छ । तसर्थ बाबुरामको नयाँ शक्ति हेर्ने मन छ । उचित लागे समर्थन अवश्य गरिन्छ/ गर्नुपर्छ । आलोचना / विरोध बावुराम पनि कुनै नयाँ र नौला रहेनन् । उनी अर्थमन्त्री र प्रधानमन्त्री समेत भइसकेका मानिस हुन । अवसरै नपाएका भन्न हुँदैन । त्यो स्तरको मानिस जसरी र जुनवेला पार्टीवाट अलगिएर नयाँ शक्ति अभियानमा लागे, त्यो समयको छनौट ठीक भएन । नेपाली उखानको बाख्रो हराउनु र चितुवा कराउनु एकैसाथ हुँदा –हो न हो, बाख्रो चितुवाकै मुखमा पर्यो भन्ने झैं देखियो । यतिले मात्रै उनीमाथि लगाइएको ‘भारतद्वारा निर्देशित’भन्ने संगीन आरोप पुष्टि नभए पनि त्यो सफेद कपडामा लागेको सानो दाग हो भन्नै पर्छ । जुन सफा गर्न समय र श्रमको अनावश्यक खर्च हुन्छ वा भनौं उनको विराधीहरुलाई आफ्नो अनुहारको धब्बा छोप्न सानै भनेपनि टालो प्राप्त भएझै अवश्य हुनेछ/ भएको छ । अर्को आफ्नै पनि त्यतिधेरै मेहनत परेको र जनताले त्यतिधेरै वलिदानीपूर्ण लगानी गरेर निर्माण गरेको र एकपटक देशकै पहिलो शक्ति बनेको पार्टीलाई नै मेहनत गर्न किन सम्भव भएन भन्ने प्रश्न तर्कसंगत छँदैछ ।
स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकाशमा आधारित सार्वभौम नेपाल र स्वतन्त्र एवं स्वाभिमानी नेपाली गौरव हासिल गर्नु हो । यो आवश्यकतामाथि उल्लेखित कुनै पनि नामधारी र नारावादी राजनीतिक पार्टीहरुले पूरा गर्न सकेनन् भन्ने जनगुनासो छँदैछ । यहि नकारात्मक विरासत नयाँ शक्ति जन्मको निरन्तरताको आधारभूमि हो ।यद्यपी व्यवहारले यो सम्भव देखिँदैन, यो उनको मात्रै नभएर एमाओवादीका अधिकांश नेता कार्यकर्ता मात्रै होइन तिनका समर्थक जनतासमेत त्यसै भन्छन् । र पनि त्यो स्तरको नेताका निम्ति यो प्रश्नबाट सहजै उम्कन गाह्रो पर्छ । सम्भावना / भविश्य वस्तुको जन्म र विकाशलाइ नियाल्ने ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण भन्छ , ‘इतिहासको समीक्षाको जगमा समकालिन वास्तविक परिवेश सापेक्ष सामजिक अवश्यकता सुहाउँदो वस्तुको जन्म हमेसा रहन्छ । त्यो के हुनेहो भन्ने सवाल भने आकस्मिक लाग्न सक्छ । निरन्तर परिवर्तनका पक्षधर श्रमिकजनहरुले यस नियमलाई सहजै स्विकार्दछन् । इतिहास दृष्टि नेपालको राजनीतिक इतिहास नियाल्दा देखिन्छ, नेपालमा नयाँशक्तिको जन्म कुनै अनौठो र नौलो धारणा होइन । राणाशाहीदेखि यता प्रजातान्त्रिक भनौं वा जनवादी, जनतान्त्रिक समाज व्यवस्था खातिर यो वा त्यो गरी दर्जनौ नयाँ शक्तिहरुको जन्म आवश्यक भयो/स्विकारियो । प्रजापरिषद, नेपाल राष्ट्रिय कांग्रेस, नेपाली कांग्रेस, नेकपा माले हुँदै एमाले, नेकपा मशाल हुँदै एमाओवादी आदि त्यस्ता नयाँशक्तिरुपी धाराहरु हुन्, तत्काल तिनको जन्मको औचित्यमाथि पक्कै प्रश्नहरु उठेका थिए । यसरी हेर्दा बाबुरामको नयाँ शक्ति जन्मको औचित्यमाथि प्रश्न गर्नु पूर्वाग्रही मात्रै हुनसक्छ । तत्कालिन आवश्यकता र सम्भावना आजको वस्तुगत अवस्यकता स्वाधिन राष्ट्रिय अर्थतन्त्रको विकाशमा आधारित सार्वभौम नेपाल र स्वतन्त्र एवं स्वाभिमानी नेपाली गौरव हासिल गर्नु हो । यो आवश्यकतामाथि उल्लेखित कुनै पनि नामधारी र नारावादी राजनीतिक पार्टीहरुले पूरा गर्न सकेनन् भन्ने जनगुनासो छँदैछ । यहि नकारात्मक विरासत नयाँ शक्ति जन्मको निरन्तरताको आधारभूमि हो । डा. बाबुराम भट्टराईको नयाँ शक्तिले समुचित विश्वदृष्टिकोण निर्देशित (वैज्ञानिक समाजवाद) नीति योजना र कार्यक्रमका आधारमा पारदर्शी राजनीतिक नेतृत्व प्रदान गर्न सके उपरोक्त नकारात्मक विरासतको अन्त भइ फेरि पनि नयाँशक्ति जन्मको नौवत व्यहोर्नु नपर्ला कि ? ०७२/११/६ (पराजुली एमाओवादीका पोलिटब्यूरो सदस्य हुन् )
प्रतिकृया लेख्नुहोस्: