Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

सरकार दुई प्रतिशत बढीको आर्थिक वृद्धिकाे खाेजीमा

\"Arthik काठमाडौँ । सरकारले चालु आवमा दुई प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्न विशेष प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

चालु आवमा छ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य आपूर्ति प्रणालीको अवरोधका साथै कृषि र गैरकृषि क्षेत्रको उत्पादकत्व बढोत्तरी हुन नसकेकाले दुई प्रतिशत बढीको वृद्धि हासिल गर्न विशेष प्रयास थालिने भएको हो ।

चालु आवको बजेटको मध्यावधि समीक्षा आज अर्थ मन्त्रालयमा सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मौसमी प्रतिकूलताले धानको उत्पादन घटेको तथा समयमै हिउँदे वर्षा नहुँदा तथा आपूर्ति प्रणालीको अवरोधले रासायनिक मललगायत उत्पादनका साधनको वितरण हुन नसक्दा कृषि र गैरकृषि क्षेत्रको वृद्धि घट्ने बताए ।

“भारतसँगको सीमा नाकाको अवरोध हटेर आपूर्ति प्रणाली क्रमशः सहज बन्दै गएको तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट भत्केका संरचनाको पुनःनिर्माण थालेकाले अर्थतन्त्रले गति लिने अपेक्षा गरेको छु,”–भौतिक पूर्वाधार एवम् विकास–निर्माणमा सरकारको पुँजीगत खर्च वृद्धि हुने तथा लगानीमैत्री वातावरण सिर्जना भई अर्थतन्त्र चलायमान हुने विश्वास व्यक्त गर्दै उनले भने ।

गत असोजको पहिलो सातादेखि नै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोधले आपूर्ति प्रणाली असहज हुँदा अर्थतन्त्रका सम्पूर्ण पक्ष र जनजीवनमा परेका प्रतिकूल प्रभावलाई कम गर्न विकास आयोजना तथा कार्यक्रममा गर्ने लगानीको प्राथमिकता परिवर्तन गर्नुपर्ने औँल्याउँदै अर्थमन्त्रीले आगामी आवको बजेटका लागि क्षेत्र र कार्यक्रमका प्राथमिकता पनि परिवर्तन गर्नुपर्ने पनि बताए ।

उनले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन बजेट व्यवस्थापन तथा वित्तीय जवाफदेहितासम्बन्धी कानुन तर्जुमा गर्न र सङ्घीय संरचना अनुकूलको वित्तीय व्यवस्थापनसम्बन्धी कानुन बनाउनुपर्ने बताए ।

पेट्रोलियम पदार्थ, औषधि तथा खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको भण्डारण क्षमता विस्तार विपद्का बेला आपत्कालीन उद्धार एवम् सहयोगका लागि आवश्यक पर्ने उपकरण र सामग्री खरिद गरी उपयुक्त भण्डारणको व्यवस्था गर्नुपर्नेमा पनि अर्थमन्त्रीले जोड दिए ।

समीक्षा अवधिमा रु एक खर्ब ६४ अर्ब ३२ करोड ७७ लाख राजस्व सङ्कलन भएको तथा विकास आयोजना कार्यान्वयनका निम्ति रु एक खर्ब आठ अर्ब ४६ करोड ६१ लाख बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त भएको जानकारी पनि उनले दिए । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending