Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

नारायणगोपालका तस्बिर प्रदर्शनी सुरु

\"narayan-gopal\" काठमाडौँ । स्वरसम्राट् नारायणगोपालको २५ औँ स्मृति वर्षका अवसरमा नारायणगोपालको युवा अवस्थादेखि मृत्युसम्मका विभिन्न ३०० तस्बिर प्रदर्शन गरिएको छ ।

सांस्कृतिक सङ्ग्राहलय नेपालले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको सो प्रदर्शनी यही फागुन ११ गतेसम्म सञ्चालन हुनेछ । नारायणगोपाल सङ्गीत कोषको विशेष सहयोगमा आयोजना गरिएको प्रदर्शनीको नारा ‘युगपुरूषलाई सम्झौँ, युगपुरूषलाई सम्मान गरौँ ११ भन्ने रहेको छ ।

प्रदर्शनीले नारायणगोपालको साङ्गीतिक क्षेत्रसँग जोडिएको अटुट सम्बन्धका बारेमा एकाकार गराउने भएकाले त्यो समकालीन पुस्ताका लागि मात्र नभएर युवापुस्ताका निम्तिसमेत उपयोगी सावित हुने अपेक्षा गरिएको सङ्ग्रहालयका अध्यक्ष क्षितिजअरूण श्रेष्ठले जानकारी दिए ।

प्रदर्शनीमा नारायणगोपालले साङ्गीतिक कार्यक्रमका क्रममा नेपालका विभिन्न स्थान र भारत, बङ्गलादेश, म्यान्मा, चीन, थाइल्यान्ड, हङकङ लगायात मुलुकमा भ्रमण गर्दाका विभिन्न तस्बिर राखिएको छ । विसं १९९६ असोज १८ गते जन्मिनुभएका नारायणगोपाल गुरुवाचार्यको विसं २०४७ मङ्सिर १९ गते निधन भएको थियो ।

प्रदर्शनीको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री शेरधन राईले युगपुरुषहरुलाई तिनको सिर्जना मार्फत जीवित राख्नुपर्नेमा जोड दिए । सभासद् तथा मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठले युगपुरुषहरुको इतिहास संरक्षण गर्न आफ्नो संस्था जुनसुकै योगदान दिन तयार छ भने ।

नेपाली गीतसङ्गीत अध्येता प्रकाश सायमीले आफ्नो जीवनकालमा नारायणगोपालले एक सय सन्ताउन्न गीत गाएकामा ५७ गीतको सङ्गीत आफैंले भरेको जानकारी दिँदै विसं २०१८मा नेपाली गीत सङ्गीत गरेको स्वरसम्राट्ले नेपाली गीतको सरलीकरण र मानकीकरण गरेको विचार व्यक्त गरे ।

उनले नारायणगोपालका बहुआयामिक व्यक्तित्व भएकाले छरिएर रहेका उनका तस्बिरहरु सङ्कलन गर्नुपर्नेमा जोड दिए। नारायणगोपाल सङ्गीत कोषका महासचिव उषा शेरचनले पोखरा बसाइका उनका तस्बिरहरु खोजिने बताए।

सङ्ग्रहालयले यसअघि लौहपुरूष गणेशमान सिंह, जननेता मदन भण्डारी र जननायक बिपी कोइरालाका तस्बिर प्रदर्शन गरिसकेको छ । आगामी दिनमा गोरखा भूकम्प, गिरिजाप्रसाद कोइराला र औद्योगिक क्षेत्रसँग सम्बन्धित तस्बिर प्रदर्शनीमा राखिनेछ । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending