Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

ओली र मोदीले दुई मुलुकबीचको तित्तता मेट्न सकेनन्

\"oli काठमाडौं । चार महिना भन्दा बढी समयको भारतीय नाकाबन्दीका कारण नेपालले गम्भीर संकट भोग्यो । अघोषित रुपमा भएको नाकाबन्दी अघोषित रुपमा नै खोलियो । नाका खुलेको १५ दिनभन्दा बढी भए पनि नेपालमा इन्धन संकट कायमै छ । खाना पकाउने ग्यास अझै पनि उपभोक्ताले आवश्यकताअनुसार पाउन सकेका छैनन् । पाँच महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलनका कारण जनाउँदै भारतले औषधिजन्य वस्तुदेखि इन्धन आयातमा अवरोध खडा गर्यो । असोज ३ गते जारी भएको नयाँ संविधानप्रति भारतले असन्तुष्टी जनाउँदै नाकाबन्दी गरेपछि नेपाल–भारतबीचको सम्बन्ध विग्रिएको थियो । आन्दोलनरत मधेसवादी दलहरुबाहेकका आम नेपाली नागरिक भारतप्रति रुष्ट देखिए । मधेस आन्दोलनको कारण नभई भारतको हेपाहा प्रवृत्तिकै कारण नाकाबन्दी गरेको नेपालीको बुझाइ रह्यो । नयाँ संविधान जारी भइसकेपछि संविधानमा असन्तुष्टी जनाएको लिखित अवधारणा सार्वजनिक हुनुका साथै नेपाल–भारत सीमानाकामा आन्दोलनकारी नभएको तथा अवरोध नभएको समयमा समेत आपूर्ति सूचारु नभएपछि आम नेपालीलाई चिसो पस्नु स्वभाविक थियो । पछिल्लो पटक भारतसँगको दक्षिण एसियाली खेलकुद सागको भारतसँगको उमेर समूहको खेललाई समेत दुई प्रतिष्पर्धी मुलुकका रुपमा हेरियो । भारतलाई पराजय गर्नुलाई खेलका रुपमा मात्र हेरिएन । जसरी पाकिस्तान र भारतको खेलप्रति त्यहाँका नागरिकको दृष्टिकोण रहन्छ, त्यसरी नै नेपाल र भारतबीचको साग फुटवललाई हेरिएको थियो । भारतलाई आन्दोलनरत मधेसी दलहरुको माग सम्बोधन गर्न भारतले दिएको दबाबपछि नेपालका राजनीतिक दलहरुले संविधान जारी भएको चार महिनामै संविधान संशोधन गरे । संविधान संशोधनपछि मात्रै स्वागत गरेको भारतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दियो । भारतको विकल्प खोज्ने जतिसुकै प्रचारवाजी गरिए पनि प्रधानमन्त्री ओली भारतसँग नै सम्बन्ध विस्तार गर्नुपर्ने पक्षमै थिए । त्यसैले उनले प्रधानमन्त्री भएदेखि नै भारतसँगको सम्बन्ध सुधारका लागि भरमग्दुर प्रयत्न गरे । उद्योगी विनोद चौधरीदेखि भारतीय धर्म गुरु रविशंकरसमेतलाई परिचालन गरे । प्रधानमन्त्री ओलीले आफूलाई सच्चा हिन्दुवादी नेता बनाउने वर्तमान सरकारका उपप्रधानमन्त्री कमल थापालाई सम्बन्ध सुधारकै लागि भनेर पटक पटक दिल्ली पठाए । भारतको मन्त्रणाअनुसार नै अघि बढेका प्रधानमन्त्री ओली भारतसँगको सम्बन्ध सुधार गर्न भन्दै शुक्रबार दिल्ली प्रस्थान गरे । भारत जानुभन्दा एक महिनाअघिदेखि र भारत भ्रमणमा निस्कने बेलासम्म पनि आफूले भारतसँगको सम्बन्ध सुधार गर्न चाहेको ओलीले बताएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा पनि ओलीले आफूले दुई देशबीचको सम्बन्ध सुधार गर्न चाहेको पटक पटक दाहोर्याए । तर उनले के कारणले सम्बन्ध विग्रिएको हो र कसरी सुधार हुन्छ भन्ने चाँही खोलेनन् । भारतीय प्रधानमन्त्री मोदीले पनि नेपाल–भारतबीचको सम्बन्ध युगौंदेखि रहेको र पछिसम्म पनि रहने बताए । भारत सदैव नेपालप्रति सकारात्मक, सहयोगी र विकास साझेदार रहेको दोहोर्याए । उनले पनि तिक्तताबारे कुनै प्रश्न उठाएनन् भने आफूले गरेको नाकाबन्दीबारे पनि मौन रहे । दुवै देशका प्रधानमन्त्री दुई मुलुकबीचको तित्तताबारे बोल्नै चाहेनन् । यसअघि नेपालको संविधानप्रति असन्तुष्टी जनाएका मोदीले नयाँ संविधान जारी हुनुलाई महत्वपूर्ण उपलब्धी भन्दै नेपालीको मन जित्ने प्रयास भने गरेका थिए । प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको असमझदारी बढेको बारंबार दोहोर्याए तर भारतले नाकाबन्दी गरेर नेपाली जनतालाई दुःख दिएको उल्लेख गर्न सकेनन् । नेपालमा छँदा आफू कसैसँग पनि नझुक्ने हुँकार दिने र बेलाबेलामा टपरटुइँया बोली र उखान टुक्का गरेर हाँसीमजाक गर्ने ओलीले मोदीलाई मात्र होइन, नयाँ दिल्लीको पत्रकार सम्मेलनमा पनि कुनै उखान टुक्का प्रयोग गरेनन् । त्यसैले भारतको राजकीय भ्रमण सकेर नेपाल फर्किएपछि प्रधानमन्त्री ओलीले आफूले नेपालका सीमित प्रधानमन्त्रीको सूचिमा राजकीय सम्मान पाउने ब्यक्ति आफू भएको भन्दै आत्मरति गरे पनि मुलुकका सामु समस्या र जटिलता भने कायमै रहनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies