Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

ग्यास उद्योगीलाई पुर्ण तौलको सिलीन्डर बितरण गर्न आपूर्ति मन्त्रालयकाे निर्देशन

\"silindar\"काठमाडौं । आपूर्ति मन्त्रालयले सोमबार देखि ग्यास उद्योगीलाई पूर्ण तौंलको सिलिण्डर बितरण गर्न निर्देशन दिएको छ । भारतको अघोषित नाकावन्दीका कारण गत असोज ६ गतेपछि ग्यासको आपूर्तिमा असहजता आएपछि तत्कालिन समयमा सरकारले पूर्ण तौलको सिलिण्डरलाई दुई भागमा बाँडेर सात सय मूल्यमा आधा सिलिण्डर बितरण गर्ने प्रणाली सरकारले लागू गरेको थियो । मन्त्री गणेशमान पुनको अध्यक्षतामा बसेको बैठकले ग्यास आयातमा केही सहजता आएकाले पूर्ण तौलको सिलिण्डर बितरण गर्न उद्योगीहरुलाई अनुमति दिएको हो । मन्त्रालयले नेपाल एलपिजी ग्यास उद्योग संघ, नेपाल आयल निगम र उपभोक्तावादी संघसंस्थाको सुझावको आधारमा पूर्ण तौलको सिलिण्डर बितरण गर्ने बिषयमा निर्णय गरेको हो । केही उद्योगीले माघदेखि नै पूर्ण तौलका सिलिण्डर सिमित संख्यामा बितरण गर्दै आएका थिए । पछिल्लो समयमा ग्यासको बुलेट आपूर्तिमा केही सुधार भएपनि सिलिण्डरको अभाव हुँदा उपभोक्ताले सजिलै समयमा सिलिण्डर पाउन सकेका छैनन् । अहिले दैनिक ४० वटा बुलेट नेपाल भित्रिँदै आएको  तर  दैनिक ६० बुलेटको आवश्यकता पर्ने गरेको नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका जानकारी दिए । अहिले नेपालमा ६५ लाख सिलिण्डरको माग छ । त्यसमध्ये ३० लाख उपत्यकामा खपत हुन्छ । सामान्य समयमा देशभर २९ हजार मेट्रिक टन ग्यास आवश्यक पर्छ । निगमका अनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले जाडासमयमा  ग्यासको उत्पादन कम भएको  भन्दै निगमलाई मागअनुसार ग्यास आपूर्ति दिन बहाना गर्दै आएको छ ।आईओसीले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण पश्चात मागअनुसार आपूर्ति दिने निगमलाई आश्वासन दिएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending