Ntc summer Offer
Khabar Dabali २४ बैशाख २०८१ सोमबार | 6th May, 2024 Mon
NIMB

काँग्रेस महाधिवेशनपछि मात्र १० जिल्ला अधिवेशन हुने

\"Nepali-congress-750\" काठमाडौँ । नेपाली काँग्रेसको आसन्न १३ औँ महाधिवेशन अन्तर्गत सोमबारसम्म ५८ जिल्ला अधिवेशन सम्पन्न भएका छन् ।

काँग्रेसले गत माघ २५ गतेका लागि मुुलुकभर एकसाथ जिल्ला अधिवेशनको तालिका सार्वजनिक गरेको भए पनि माघ २६ गते सभापति सुशील कोइरालाको असमायिक निधनले बाँकी जिल्ला अधिवेशन माघ मसान्तसम्म अधिवेशन स्थगित भएको थियो । यसबाहेक पूर्वी तराईका जिल्लामा मधेस केन्द्रित दलको अवरोध र अन्य केही जिल्लामा आन्तरिक कारणले जिल्ला अधिवेशनमा ढिलाइ भएको काँग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

विभिन्न कारणले अधिवेशनमा ढिलाइ भएका जिल्लामा आजसम्म सम्पन्न गर्नेगरी समितिले निर्देशन दिएको भए पनि ५८ जिल्ला अधिवेशन सम्पन्न भएको समितिका संयोजक राधेश्याम अधिकारीले राससलाई जानकारी दिनुभयो । काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ ।

करिब १० जिल्लामा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन हुने

काँग्रेसका करिब १० जिल्लामा आन्तरिक विवाद र स्थानीय नेताको सहमतिअनुसार महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने भएको छ ।

बारा, पर्सा, धनुषा, सिराहा, कञ्चनपुर, बझाङ, डोल्पा, सिन्धुपलाञ्चोकलगायत करिब १० जिल्लामा आन्तरिक विवाद र स्थानीय नेतृत्वको सहमतिमा महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन सम्पन्न हुने सङ्केत देखिएको समितिले जनाएको छ ।

सिन्धुपाल्चोक जिल्ला अधिवेशन गर्ने स्थानको विवादले अधिवेशन स्थगित गरिएको छ भने सङ्खुवासभामा दुई उम्मेदवारका बीच मत बराबर भएपछि जिल्ला सभापतिको चयन हुन नसकेको हो ।

सङ्खुवासभामा निर्वाचन समितिले गोलाप्रथाद्वारा चयन गर्ने भनेको छ भने बराबरी मत प्राप्त गर्ने उम्मेदवारले भने कार्यकाल अवधि बाँडेर काम गर्ने धारणा राखेकाले टुङ्गो लाग्न बाँकी छ । काँग्रेस निर्वाचन निर्देशिकामा बराबरी मत प्राप्त गर्ने उम्मेदवारबीच गोलाप्रथाद्वारामात्र छनौट गर्ने प्रावधान छ ।

सोमबारसम्म २२७ निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न

गत माघ २२ गतेको निर्धारित कार्यतालिका अनुसार काँग्रेसले २४० निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सुरु गरेको भए पनि आजसम्म २२७ निर्वाचन क्षेत्रमा मात्र अधिवेशन सम्पन्न भएको छ ।

समितिका सदस्य गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचन हुन बाँकी १३ निर्वाचन क्षेत्रमा यही फागुन १२ गतेसम्म अधिवेशन सम्पन्न हुनेछन् ।

काँग्रेसमा केन्द्रीय नेतृत्वको निर्वाचनमा मतदान गर्ने महाधिवेशन प्रतिनिधिको चयन क्षेत्रीय अधिवेशानबाट हुन्छ । काँग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट ११ जनाका दरले महाधिवेशन प्रतिनिधिको चयन हुन्छ भने क्षेत्रीय सभापति पदेन महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ ।

भातृ तथा शुभेच्छुक संस्थाले नामावली बुझाउँदै

काँग्रेसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले महाविधेशनमा भाग लिन प्राप्त गरेको कोटाअनुसार महाधिवेशन प्रतिनिधिको नामावली बुझाउनेक्रम सुरु भएको छ ।

पार्टीले सबै भ्रातृ एवम् शुभेच्छुक संस्थालाई फागुन १० गतेसम्म नामावली बुझाउन निर्देशन दिएको भए प करिब आधा दर्जनले मात्र नामावली बुझाएको पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले राससलाई जानकारी दिए ।

नेपाल प्रेस युनियन, नेपाल महिला सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ, नेपाल आदिवासी जनजाति सङ्घ, प्रजातन्त्रवादी प्राध्यापक सङ्घलगायतले आज आफूले प्राप्त गर्ने सङ्ख्याअनुसारको महाधिवेशन प्रतिनिधिको नामावली पार्टीलाई बुझाएका छन् । बाँकीले पनि एक÷दुई दिनभित्रै नामावली बुझाउने पार्टी कार्यालयले जनाएको छ ।

काँग्रेसको आसन्न १३औँ महाधिवेशनमा तीन हजार १८१ महाधिवेशन प्रतिनिधिले भाग लिने निश्चित भएको छ ।

जसमध्ये २४० निर्वाचन क्षेत्रबाट निर्वाचित १२ जनाका दरले दुई हजार ८८०, विदेशस्थित १७ नेपाली जनसम्पर्क समितिबाट सात जनाका दरले ११९, पार्टीका १८ वटा भ्रातृ एवम् शुभेच्छुक संस्थाबाट ९८ र केन्द्रीय पदाधिकारी एवम् सदस्य ८४ प्रतिनिधिले महाधिवेशन भाग लिन्छन् । रासस

 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies