Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

म्यग्दी नारच्याङकाे सुख्खा पहिरोमा परि पाँचजना सम्पर्क विहिन

\"magdi-400\"म्याग्दी । जिल्लाको नारच्याङ गाविस–१ स्थित अन्नपूर्ण साउथ हिमालको फेदीमा भीषण सुख्खा पहिरो गएको छ । पहिरोमा परेर नारच्याङ–५ लेकगाउँका टकबहादुर थजाली, शेरबहादुर थजाली, डिलबहादुर थजाली, सोही गाविस वडा नम्बर ६ का हुकुम पुन र वडा नम्बर ४ का टरबहादुर फगामी सम्पर्क विहिन भएका छन् । गएराति १२ बजेदेखि निरन्तर गएको पहिरोका कारण निस्किएको धुलोले नारच्याङ, दाना, भुरुङ तातोपानी, शिख, घार र दोवा गाविसको जनजीवन प्रभावित बनेको छ । पहिरो गएको ठाउँ वरपर धुलोले हिँड्डुल गर्न समस्या भएको छ । उद्धार र पहिरोको निरीक्षण गर्न गएको प्रहरी र नेपाली सेनाको टोली बाटो नहुँदा गन्तव्यमा पुग्न नसकेको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । सम्पर्कविहीन पाँचै जना सोमबार दिउँसो निगालो काट्नका लागि अन्नपूर्ण साउथ हिमालको फेदीमा रहेको जङ्गल गएका थिए । टेलिफोन सम्पर्क नहुने, खोँच र धुलोका कारण उनीहरुको खोजी तथा पहिरोको अध्ययनका लागि गएको स्थानीयवासी र सुरक्षाकर्मीको टोली समस्यामा परेको डिएसपी खड्काले बताए । सीमा प्रहरी चौकी भुरुङ तातोपानी, दाना प्रहरी चौकी र नेपाली सेनाको नारच्याङस्थित बेस क्याम्पबाट पहिरो गएको क्षेत्रमा जान हिँडेको टोली निर्माणाधीन घलेम्दी जलविद्युत् आयोजनाको बाँधमा पुगेर रोकिएको छ । रातिदेखि निरन्तर पहिरो गइरहेको र धुलोले केही पनि देख्न नसकिने अवस्था रहेको नारच्याङस्थित प्रभा माविका प्रधानाध्यापक तेजबहादुर गुरुङले बताए । धुलोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । विद्यालयको पठनपाठन समेत प्रभावित बनेको छ । घलेम्दी जलविद्युत् आयोजनाका कामदार राति नै क्याम्प छाडेर नारच्याङ लेकगाउँमा गएर बसेका छन् । प्रअ गुरुङका अनुसार उक्त स्थानमा करिब ४० वर्षपहिले गएको पहिरोमा सयौँ भेँडाबाख्रा र गोठाला पुरिएका थिए । हिमालको फेदीमा रहेको घटनास्थलमा मानव बस्ती छैन । पहिरो गएको ठाउँ घलेम्दी खोलाको मुहानमा पर्छ । पहिरो गएलगत्तै राति केही समय घलेम्दीखोला थुनिएको थियो । अहिले घलेम्दीखोलामा सामान्य रुपमा बाक्लो लेदो सहितको पानी बगिरहेको नारच्याङ गाविसका सचिव दीर्घप्रसाद गौतमले जानकारी दिए । गत वैशाखमा गएको भूकम्पका कारण चर्किएको र खलबलिएको पहाडमा पहिरो गएको हुन सक्ने जिल्ला भूसंरक्षण कार्यालयका अधिकृत दिवाकर पौडेलले बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies