Ntc summer Offer
Khabar Dabali ५ जेष्ठ २०८१ शनिबार | 18th May, 2024 Sat
NIMB

प्रधानमन्त्री ओलीको भारत भ्रमणबाट नेपालले के पायो, के गुमायो ?

\"kp काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली ६ दिने भ्रमणको शिलशिलामा भारतमा छन् । पछिल्लो समय भारतविरोधी भनेर चिनिएका प्रधानमन्त्री ओली एक्कासी भारत भ्रमणमा गए । भारतसँगको चिसिएको सम्बन्ध सुधार्नको लागि भन्दै भारत भ्रमणमा गएका ओलीले ६ दिने भारत भ्रमण सकेर बुधबार साँझ काठमाडौं आउँदैछन् । नयाँ संविधानप्रति असन्तुष्टी जनाउँदै पाँच महिनाभन्दा बढी नाकाबन्दी गरेको भारतले प्रधानमन्त्री मोदीलाई रातो कार्पेट बिच्छ्याएर राजकीय सम्मान दिएपछि उनी निकै हौसिएका छन् । भारतसँगसम्बन्ध अब सुधार भयो भने ओलीले दिल्लीबाट उद्घोष गरिसकेका छन् । आफूलाई दिएको सम्मानबाट नै दुई देशबीचको सम्बन्ध सुध्रिएको समेत ओलीले नयाँ दिल्लीमा आफ्नो जन्मदिन मनाउँदै गर्दा उद्घोष गरेका छन् । प्रधानमन्त्री ओली बुधबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमै भन्नेछन्, ‘मेरो भारतभ्रमण पूर्ण रुपमा सफल भएको छ ।’ अनि फेरि भन्नेछन्, ‘भारतसँगको सम्बन्ध पनि अव सुमधुर भएको छ ।’ मतलब अब भारतले नेपाललाई सहयोग गर्दै जानेछ, मधेसका आन्दोलनहरुमा पनि अब भारतले साथ दिने छैन । न कि भारतले अब कहिल्यै नाकाबन्दी पनि गर्नेछैन । नेपाली जनताको चाहनाअनुसार संविधान जारी गर्दा विरोध गरेको भन्दै प्रधानमन्त्री ओलीले एकताका निकै भाषणबाजी गरे । भारतको विकल्प खोज्ने पनि रटान लगाए । तर न नाकाबन्दीबाट उत्पन्न संकट टार्न सके न त त्यसको कुनै विकल्प नै दिन सके । केही समय भारतविरोधी जस्तो देखिएका प्रधानमन्त्री ओलीले भारतको विकल्प सोंच्नै नसकिने निश्कर्षमा दिल्ली हानिए, सम्बन्धन सुधार्न भन्दै । नाकाबन्दी गरेर सास्ती दिएको भारतमै गएर प्रधानमन्त्री ओलीले कसरी सम्बन्ध सुधारे त ? भन्ने गम्भीर प्रश्न छ । नयाँ संविधानमा असन्तुष्टी जनाएको भारतको चाहनाअनुसार संविधान संशोधन गरिएको थियो । त्यसपछि ओली भारत गएर भारतलाई रिझाउने त्यस्तो के काम गरे ? \"kp ओलीले भारतमा गरेका काम प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणको उद्देश्य सम्बन्ध सुधारका लागि मात्रै भएकाले कुनै सम्झौता नगर्ने सत्ता साझेदार दलहरुसँग प्रतिवद्धता जनाएका थिए । सरकार सञ्चालनका लागि गठन भएको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको राजनीतिक संयन्त्रको बैठकमा पनि उनले कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाए । तर ओली भारत भ्रमणमा गएको दोस्रो दिन नै उनले विभिन्न नौ वटा लिखित सम्झौताहरु गरेका छन् । प्रधानमन्त्री ओलीसँग नौ सम्झौता भएको भारतीय विदेश मन्त्रालयले नै जनाएको छ । नौ सम्झौता गरेको भनिए पनि सात सम्झौता सार्वजनिक भए । प्रधानमन्त्री ओलीको भारत भ्रमणको बेला भएको महत्वपूर्ण सम्झौता भनेको ढल्केबर–मुजप्फरपुर प्रशारण केन्द्रबाट ८० मेगावात विजुली आयात गर्ने हो । जुन यसअघि नै सहमति भइसकेको थियो । त्यसपछि दुई मुलुकबीचको सीमा समस्या समाधान तथा अध्ययनका लागि प्रवुद्ध समूह गठन, एमओयू, नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग लगायतका सहमतिहरु नेपाल र भारतबीच भएका छन् । नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग गर्ने सहमति अर्थपूर्ण भए पनि कार्यान्वयनमा उत्तिकै चुनौति छ । अरु सबै तपशिलका विषयहरु हुन् । यस्ता छन् सम्झौताहरु १) भूकम्पपछिको पुनर्निर्माणका लागि २५० मिलियन अमेरिकी डलर बराबरको अनुदान २) तराईमा सडक पूर्वाधार सुद्धृढिकरण ३) नेपाल संगीत र नाट्य प्रतिष्ठान र संगीत नाटक एकाडेमीबीच सम्झौता ४) यातायात सञ्चालन ः नेपाल र बंगलादेशबीच काकडभिट्टा–बंगलाबन्ध कोरिडर प्रयोग विकासापटनम बन्दरगाह सञ्चालन ५) ट्रान्जिटबारे ः  विकासापटनमसम्म रेल यातायात बंगलादेशसँग व्यापारका लागि सिंहवाद रेल ट्रान्जिटको सुविधा ६) मुजफ्फरपुर–ढल्केबर ट्रान्समिसन लाइनको उदघाटन (शुरुमा ८० मेगावाट, सन् २०१६ को अक्टुबर सम्म २०० मेगावाट र सन् २०१७ को डिसेम्बरसम्म ६०० मेगावाट) ७) प्रबुद्ध व्यक्तिहरुको समूह निर्माण \"kp कसरी खुशी भयो भारत ? प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमण गरेपछि कसरी खुशी भयो भारत भन्ने सवाल महत्वपूर्ण छ । यसअघि भारतलाई खुशी पार्न सबैजसो प्रधानमन्त्रीहरुले भारत भ्रमण गरेकै थिए । कसैले महाकाली सम्झौता गरेर भारतलाई खुशी पारे भने कसैले कर्णाली, कसैले गण्डक । भारतलाई खुशी पार्नकै लागि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टाराईले द्विपक्षीय ब्यापार प्रवद्र्धन संरक्षण ‘बिप्पा’ सम्झौता गरेका थिए । बिप्पा सम्झौताकै कारण पार्टी भित्रै विवाद भएर माओवादी विभाजनकै अवस्थामा पुगेको थियो । भारतले दिएको दुःखपछि भारत भ्रमणमा गएर प्रधानमन्त्री ओलीले भारतलाई सबक सिकाए कि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि राष्ट्रपति प्रणव मुखर्जीको ढाप पाए भन्ने कुरा केही समयमा थाहा हुनेछ । होइन, भने यो भ्रमण र राजकीय सम्मान पनि केवल ओलीको आत्मरति मात्रै हुनेछ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies