Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

एकताको विषयमा वैद्यमा देखियो दुई धार

\"mohan_baidhya_badal\"काठमाडौं । एकीकृत नेकपा माओवादीसहित अन्य माओवादी दलहरुसँग एकता गर्न कस्सिएको मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी आफै आन्तरिक विवादमा जेलिदै गएको छ । माओवादी जनयुद्धको दिन पारेर फागुन १ मै एकता गर्न कस्सिए पनि एकताको विषयमा पार्टीभित्रै गम्भीर मतभेद देखिएको छ । एकथरि नेताहरु पुराना कुराहरु सबै छाडेर एकता घोषणा गरिहाल्ने पक्षमा छन् भने अर्काथरी नेताहरु विचारमा एकरुपता नभइ एकता नहुने अडानमा छन् । केन्द्रीय समिति वैठकले एकताको म्यान्डेट पार्टी नेतृत्वलाई दिए पनि पार्टी नेतृत्व एकता गर्ने पक्षमा नभएको भन्दै पार्टी स्थायी समितिदेखि केन्द्रीय समिति बैठकमा समेत एकताको बारेमा खैलाबैला हुने गरेको छ । वैद्य माओवादीले दोस्रो संविधानसभा नै बहिष्कार गरे पनि दोस्रो संविाधनसभाले नयाँ संविधान जारी गरेको पनि ६ महिना पुग्न लागिसकेको छ । तर यसबीचमा प्रतिकात्मक रुपमा नयाँ संविधान अस्वीकार गर्ने भन्दै संविधानका प्रतिहरु जलाए पनि उल्लेखनीय कुनै कार्यक्रम तथा योजनाहरु अगाडि ल्याउन सकेको छैन । पार्टी संगठन दिनदिनै कमजोर बन्दै गएपछि पार्टी नेताहरुले यो पार्टीले गरिखाँदैन भन्दै कोकोहोलो मच्चाउँदै हिडेका छन् । पार्टी कमजोर बन्दै गएकोले अब जसरी पनि एकता गर्नुपर्ने भन्दै वैद्य माओवादीका नेता कार्यकर्ताहरु कस्सिन थालेपछि एकताको विषयलाई लिएर दुई धार देखिएको छ । अध्यक्ष वैद्य र उपाध्यक्ष सीपी गजुरेल तत्कालै एकता गर्ने पक्षमा देखिएका छैनन् भने महासचिव रामबहादुर थापा ‘बादल’, सचिव देव गुरुङ लगायतका नेताहरु नमिलेको कुरा मिलाउँदै जाने तर अहिले एकता घोषणा गरिहाल्ने पक्षमा छन् । विद्यार्थीहरूले दिन थाले एकताकाे सन्देश फागुन १ गते नै पार्टी एकताको राम्रो सन्देश दिने भनिए पनि एकताको सन्देश जान सकेन । तर एमाओवादी र वैद्य माओवादीका विद्यार्थी संगठनले भने फागुन १ को कार्यक्रम संयुक्त रुपमा गरेर एकताको सन्देश दिइसकेका छन् । दुई माओवादी मात्र नभई विप्लवका विद्यार्थी पनि पछिल्लो समय कार्यगत एकता गर्दै अघि बढिरहेका छन् । पार्टी अध्यक्ष वैद्यले नै एकता गर्न नमानेको भन्दै अन्य जनवर्गीय संगठनहरुलाई एकता गर्दै लैजाने योजनामा केही नेताहरु रहेको स्रोतको भनाइ छ । विद्यार्थी संगठनहरु मात्र नभइ पत्रकारको संगठनलाई पनि पार्टी एकताअघि नै एकता गर्ने अभियानमा प्रवक्ता पम्फा भुसाल स्वयं लागिपरेको स्रोतको भनाइ छ । वैद्यका पत्रकार संगठन क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष कुमार शाहको उपस्थिति विना नै नेतृ भुसाल तथा महेश्वर दाहाल लगायतले दुई संगठनको एकता अधिवेशन गराउन कस्सिएको स्रोतको भनाइ छ । भुषाल, देव गुरुङ, हितमान शाक्य लगायतका नेताहरु अध्यक्षले नमाने आफै अगाडि बढ्न बादललाई दबाब दिइरहेका छन् । अध्यक्षले नमाने पनि विधि नाघेर भए पनि एकतामा गर्ने पक्षमा केही नेता रहेको वैद्यका एक केन्द्रीय सदस्यले बताए । नीति र सिद्धान्त प्रचण्डले परिवर्तन नगरेसम्म पार्टी एकता गर्न नहुने पक्षमा वैद्य र गजुरेल लगायतका नेता उभिएपछि दोस्रो तहका नेताहरुबाट एकताको घोषणा गर्ने तयारी रहेको स्रोत बताउँछ । एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले पनि फागुन १ गतेको कार्यक्रममा केही साताभित्रै माओवादी पार्टीहरु एक हुने घोषणा गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending