चितवन । भरतपुर अस्पतालमा तीन पटक मेडिकल सुपरिटेण्डेन्ट भइसकेका केशवराज भुर्तेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले डाक्टरभुर्तेलविरुद्ध २ करोड ६३ लाख ५२ हजार ६ सय ६८ रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरेको हो ।
भुर्तेलको श्रीमती रुक्मणीको नाममा समेत स्रोत नखुलेको चल अचल सम्पतिहरु राखेको भन्दै अख्तियारले रुक्मणीलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको छ ।
डाक्टर भुर्तेलले अस्पताल भवन निर्माण गर्ने ठेकेदारसँग रकम असुल गरी कच्ची भवन बनाएको, कलेजको जग्गा भाडामा दिई आफूलाई गैरकानूनीरुपमा फाइदा र अस्पताललाई हानी नोक्सानी गराएको, स्टोरमा हुने सामान र उपकरण खरिदमा अनियमितता गरेको अख्तियारको ठहर छ ।
यस्तै आफ्नो शेयर रहेको मौलाकालिका अस्पतालमा पाठेघरको अप्रेशनमा गैरकानूनीरुपमा रकम असुल गरी उनले अकुत सम्पत्ति आर्जन गरेको अख्तियारको दाबी छ ।
डाक्टर भुर्तेलले चितवनको भरतपुर ११ र काठमाडौंको कलंकीमा बंगला बनाएको तथा चितवन मेडिकल कलेजमा ६७ लाख रुपैयाँ शेयर हालेको अख्तियारबाट मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
अख्तियारले उनले नवलपरासीको गैडाकोट र रजहर एवं चितवनका बिभिन्न ठाउँमा समेत अकुत चल अचल सम्पति जोडेको जनाएको छ ।
अख्तियारले भुर्तेल दम्पत्तीविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा ९२० अनुसारको जरिवाना र कैद सजाय माग गरिएको छ ।
उनी भरतपुर अस्पतालमा २०६५, २०६७, २०७१ सालमा गरी ३ पटक मेडिकल सुपरिटेण्डेण्ट भएर कार्य गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २० गते, २०७८ - १०:२१
काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना ग...
बैशाख २० गते, २०७८ - ०७:२४
काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...
बैशाख २० गते, २०७८ - ०७:१७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
बैशाख १९ गते, २०७८ - १६:०६
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
बैशाख १९ गते, २०७८ - १३:४८
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
बैशाख १९ गते, २०७८ - १०:३१
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...
बैशाख १९ गते, २०७८ - १०:२६
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ । पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...
बैशाख १९ गते, २०७८ - ०९:५१
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
बैशाख १९ गते, २०७८ - ०९:४७
चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले स्थलगत अध्ययन तथा छलफल गरेको छ । चितवनबाट प्रतिनिधित...
बैशाख १९ गते, २०७८ - ०९:४०
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: