Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

आन्तरिक पर्यटनको आकर्षण बन्दै हुडिकोट हाइकिङ

\"Pokhara\"पोखरा । विश्वमै ख्याति कमाएको नेपालको पर्यटकीयस्थल पोखराको दक्षिणभेग लेखनाथ नगरपालिका वडा नं १८ स्थित हुडिकोट हाइकिङका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । माछापुच्छ«े, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथ नगरपालिका र पोखरा उपमहानगर क्षेत्र एकसाथ देख्न सकिने हुडिकोट समुद्री सतहबाट एक हजार १४० मिटरको उचाइमा रहेका कारण पोखरा र यस आसपासका क्षेत्रबाट हाइकिङका लागि जाने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला समयमा बढ्दै गएको हो । उच्च पहाडी भू–भागमा रहेका कारण सूर्योदय र सूर्यास्तको अवलोकनका लागि पनि यो ठाउँ उत्तिकै महत्वको रहेको छ । यहाँबाट कास्की, तनहँु, लम्जुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थानको एकैसाथ अवलोकन गर्न सकिन्छ । विगतमा यातायातको असुविधाका कारण हुडिकोट पुग्न निकै कठिनाइ हुने गरेको भए पनि हाल पोखराको विरौटाबाट पोखरा उपमहानगरका बस सञ्चालनमा आउन थालेपछि त्यहाँ पुग्न निकै सहज भएको छ । सार्वजनिक यातायातका माध्यमबाट भरतपोखरीको मनियल डाँडाको बसबिसौनी पुगेपछि लगभग १५ मिनेटको पैदल यात्रामा हुडिकोट पुग्न सकिन्छ । यातायातको सुविधा भए पनि पछिल्लो समयमा पर्यटक हाइकिङमा लोभिने गरेको स्थानीयवासी एवम् लेखनाथ क्षेत्रलाई आफ्नो पत्रकारिताको मुख्य आधारस्थल बनाएर समाचार सम्प्रेषण गर्दै आएका सञ्चारकर्मी विष्णुहरि पौडेल बताउँछन् । चौबीसै घन्टा शीतल हावा लागिरहने हुडिकोट पुगेपछि जो कोही त्यहाँको भौगोलिक अवस्थिति एवम् दृश्यावलोकन मोहित हुने गरेको उनको भनाइ छ । हुडिकोटका हाइकिङका रुटहरूमा लेखनाथ नगरपालिकाको वडा नं १२ बादलचोकबाट मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, चिलाउने, धारापानी, मनियलडाँडा, कोटभैरव हुँदै हुडिकोटसम्मको दूरी नौ किलोमिटर रहेको छ । हाइकिङको अर्को रुटमा लेखनाथको आदर्शचोक भण्ढारडिकबाट पुल्चोक, बरेलीचोक, चैनपुर, भिरखोरिया, भर्तिपोखरा र ठाडाबारी हुँदै हुडिकोट रहेको छ । अर्कोतर्फ सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माझथर हुँदै हुडिकोटसम्म अर्को हाइकिङको रुट तय गर्न सकिने स्थानीयवासी बताउँछन् । वर्षात् वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ । लेखनाथ नगरपालिकाका दृश्यावलोकनका लागि उपयुक्त स्थलमध्येमा हुडिकोट पर्ने भएकाले यहाँको विकासलाई प्राथमिकतामा राखिएको लेखनाथ नगरपालिका कार्यालयका कानुनी सल्लाहकार राममणि अधिकारीले बताए । “हरिया वन जङ्गललाई काखमा लिएको हुडिकोटबाट माछापुच्छ«े अन्नपूर्ण, धवलागिरिलगायतको हिमशृङ्खलाको अवलोकन र पोखरा तथा लेखनाथ नगरपालिका तालहरूसहितको दृश्य हेर्न सकिन्छ” – उनले भने । हुडिकोटबाट नजिकै रहेको मल्लकालीन कोटभैरव मन्दिर पनि दृश्यावलोकनका लागि अत्यन्त उपयुक्त स्थल हो । यो तीर्थस्थलमा कास्कीको भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहँुका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गरेको कोटभैरव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले बताए  । भैरवको स्मरणमात्रले पनि विपत्ति नष्ट हुने प्राचीन जनविश्वास यहाँको महत्वपूर्ण पक्ष हो । हाइकिङको रुटमा नै रहेको हुडिकोट नजिकैको देउराली देवीको मन्दिर पनि यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठ हो । लामो समयसम्म पानी नपरेको अवस्थामा देउराली देवीको मन्दिरमा स्थानीयवासी मिलेर पूजाआजा गरी ‘हरहर महादेव’ भन्दै पानी मागेमा त्यही दिन वा नभए एक दुई दिनभित्रमा पानी पर्ने गरेको स्थानीयवासी बताउँछन् । अत्यावश्यक पूर्वाधारको विकास एवम् उचित प्रचारप्रसार भएमा हुडिकोट हाइकिङमा बढ्दै गएको आकर्षणलाई थप विस्तार गर्न सकिन्छ । पोखरा भित्रिने विदेशी एवम् स्वदेशी पर्यटकलाई एक दिवसीय हाइकिङको कार्यक्रमका साथ हुडिकोट पु¥याउन सकिने स्थानीयवासी बताउँछन् । हुडिकोटमा तत्काल होटल तथा रेस्टुरेन्ट सञ्चालनको सम्भावना नरहे पनि होमस्टेका माध्यमबाट पर्यटकलाई आवश्यक सेवासुविधा उपलब्ध गराई आकर्षण गर्न सकिने उनको भनाइ छ । उनका अनुसार पर्यटनका लागि खेलकुद भन्ने नाराका साथ कराँते सङ्घ लेखनाथले खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हालै हुडिकोट हाइकिङ सम्पन्न गरेको छ । सङ्घले लेखनाथको पावरहाउस बादल चोकदेखि सुरु गरेको हाइकिङ मुसेटुँडा, तिक्लाङ, भञ्ज्याङ, मालागिरि, मनियल डाँडा, कोट भैरव मन्दिर हुँदै करिब नौ किमीको दूरी पार गर्दै हुँडिकोट पुगेको थियो । हाइकिङमा काराँते सङ्घका पदाधिकारी, प्रशिक्षक, खेलाडी, तथा कराँतेका शुभ चिन्तकसहित ७० बढी सहभागी रहेका थिए । यहाँका सम्भावनालाई उजागर गर्नका लागि होमस्टे सञ्चालनका लागि स्थानीयवासीले पहल गरेका छन् । समग्र पोखरा उपत्यकाकै पर्यटन विकासका लागि भरतापोखरीको पाण्डे थुम, हुडिकोट र कोट भैरवमा होमस्टे सञ्चालनको तयारीमा यहाँका स्थानीयवासी जुटेका हुन् । महतका अनुसार सात तालको वाटिका सहर लेखनाथको निसानी भरतपोखरीलाई प्रमुख गन्तव्य बनाउने उद्देश्यका साथ जीव्रेढुङ्गा सुर्ताने होमस्टे समूहको सक्रियतामा यस क्षेत्रका ४२ जनालाई होमस्टे तालिम दिइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy