Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

यसकारण असफल भयो प्रधानमन्त्री ओलीको भारत भ्रमण

\"kp काठमाडौं । भारतीय नाकाबन्दीकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सम्बन्ध सुधार गर्न भन्दै भारत भ्रमण गरे । उनले आफ्नो भारत भ्रमण सफल भएको दाबी गरे पनि अन्ततः भारत भ्रमण असफल सावित भयो । भारतीय नाकाबन्दीले गर्दा गम्भीर संकट झेलेका आम नागरिकले भारतको विकल्प खोज्न सरकारलाई सुझाएका थिए । प्रधानमन्त्री ओलीले पनि केही समय सरकारले भारतको विकल्प खोज्ने प्रतिवद्धता जनाए । आफू कसैसामु नझुक्ने ओलीका प्रतिवद्धताको कारण तारिफ पनि पाए । अन्ततः भारतको विकल्प खोज्न नसकिने निश्कर्षमा उनी भारतसँग नै सम्बन्ध सुधार गर्न भन्दै भारत गए । प्रधानमन्त्री ओलीले भारत भ्रमणको चाहनालाई भारतले स्वीकार मात्र गरेन, ओलीलाई राजकीय ठाँटबाँटका साथ सम्मान समेत दिएर लठ्याइदियो । दिल्लीमा सडकमा नेपालको राष्ट्रिय झण्डा फहराइयो भने गुजरातमा मोदीसँगै ओलीको तस्विरसहितको फ्ल्यास बोर्डहरु टाँगिए । प्रधानमन्त्री ओलीले बोक्न नसक्ने फूलका मालासमेत फहिराइदियो भारतले । भारत गरेको स्वागतबाट अाेली प्रफूल्ल भारत भ्रमणमा आफूलाई भारतले गरेको स्वागतबाट यति प्रफूल्ल भए कि भ्रमणको दोस्रो दिन नै भारतसँगको असमझदारी अन्त्य भएको दिल्लीबाटै घोषणा गरे । राष्ट्रपति निवासमा सम्मानका साथ राखेका ओलीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताकोसमेत तारिफ गर्न भ्याए । नेपालको संघीयताको मार्ग र लोकतन्त्रलाई विश्वले सम्मान गरेको भन्दै ओलीको तारिफ गरियो । मोदीको सम्मानबाट प्रफुल्लित प्रधानमन्त्री ओलीले विभिन्न सात सम्झौताहरुमा हस्ताक्षर गरे । ६ दिने भारतको राजकीय भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री ओलीले भारत भ्रमणका क्रममा आफूले सुस्ता र कालापानीबारे कुरा उठाएको समेत भन्न भ्याए । सुस्ता र कालापानीबारे आगामी दिनमा टुङ्गोमा पुग्न भारत सकारात्मक रहेको उनले दाबी गरे । सीमासहित बनाएको बाँध लगायतका विषयमा भारतीय प्रधानमन्त्री मोदीसहित भारतीय नेताहरुसँग आफूले छलफल गरेको समेत उनले सुनाए । प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सुमधुर भएको भन्दै प्रफुल्लित भए कि मानौं भारत अब नेपाललाई दुःख दिने छैन । मोदीले लत्याएर संयुक्त विज्ञप्ति निकाल्ने परम्परा भारतीय प्रधानमन्त्री मोदीले नेपालको संविधानको स्वागत गरेको र प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध सुदृढ भएको बताए पनि भारत ओलीसँग संयुक्त विज्ञप्ति निकाल्न समेत राजी भएन । मधेसको माग पूरा नभएसम्म नेपालको संविधानप्रति औपचारिक रुपमा स्वागत नगर्ने भारतले कुटनीतिक चाल चाल्यो । सवै पक्षको आवाज समेट्न भन्दै मोदीले ओलीलाई सुझाव दिए । नेपालको संविधान उल्लेखनीय उपलब्धी भए पनि सबै पक्षको आवाज समेट्न भन्दै संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नसमेत अस्वीकार गर्यो । कुनै पनि राष्ट्रका प्रमुखको अर्को देशमा औपचारिक भ्रमणपछि संयुक्त विज्ञप्ति जारी गर्ने परम्परालाई समेत भारतले लत्याइ दियो । ओलीले आफ्नै प्रतिवद्धता तोडे प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण केवल दुई देशबीचको सम्बन्ध सुधार गर्ने उद्देश्य मात्रै भएको भन्दै कुनै पनि सम्झौतामा हस्ताक्षर नगर्ने बताएका थिए । तर ओलीले विभिन्न सात सम्झौतामा हस्ताक्षर गरे । मुजफ्रपुर–ढल्केबर प्रशारण केन्द्रबाट थप ८० मेगावाट विद्युत नेपालमा ल्याउनेबारे प्रधानमन्त्री ओलीले सम्झौता गरे भने एमओयू लगायतका केही महत्वपूर्ण सम्झौताहरु पनि भारतसँग भएको छ । ओलीले गरेका सम्झौताहरुको विवादित नै नभए पनि ओलीले गरेका गरेका प्रतिवद्धताहरुको भने उलंघन गरेका छन् । पञ्चेश्वर कार्यान्वयन गर्ने सम्बन्धमा भारतको जोड रहेको पनि प्रधानमन्त्री ओलीले बताएका छन् । तत्काल कार्यदल बैठक पञ्चेश्वरको काम तुरुन्त कार्यदलको बैठक बोलाउने र हुलाकी मार्ग बढाउने सन्दर्भमा भारतले घोषणा गरेको अनुदान सहयोग नेपाले प्रयोग गर्ने सहमति भएको उनले बताएका छन् । पञ्चेश्वरको डिपिआर तुरुन्त निर्माण गर्न परियोजनाको तुरुन्त बैठक बस्ने समझदारी भएकोसमेत ओलीले बताए । पारवहन सम्झौता कार्यान्वयनमा चुनाैती ओली भ्रमणको क्रममा पारवहन सुविधासम्बन्धमा महत्वपूर्ण चार सम्झौताहरु पनि भएका छन् । लामो समयदेखि चर्चामा रहेको विशाखापटनम बन्दरगाह उपयोग गर्ने बंगलादेशसँगको व्यापार र पारवहनका लागि सिंहवाद हुँदै रेल सुविधा उपयोग गर्ने, फुलबारी बंगलाबन्दको पारवहन प्रक्रिया सरलीकृत गर्ने सम्झौता भए पनि यी पक्ष कार्यान्वयन होला भन्नेमा विश्वास गर्न सकिन्न । अन्तर्राष्ट्रिय मापदण्डविपरीत कुनै पनि बेला नाकाबन्दी लगाउन सक्ने भारतले त्यस्तो अवस्थामा यो सम्झौता कामयाही हुनेमा विश्वास गर्न सकिने अवस्था छैन । विडम्बना प्रधानमन्त्री ओलीले भारतसँगको असझदारी अन्त्य भएको घोषणा गरे पनि भारतीय प्रधानमन्त्री ओलीले दुई देशको विग्रिएको सम्बन्धबारे कुनै उच्चारणसमेत गरेनन् भने नयाँ संविधानमा मधेसको असन्तुष्टीमा आफ्नो साथ कायमै रहेको स्पष्ट संकेत गर्यो र आन्दोलनरत पक्षहरुको आवाज समेट्न दबाब समेत दियो । नेपालमा हिन्दु राज्य कायम हुनुपर्छ भन्ने मात्रै भारतीय संस्थापन पक्षको चाहना रहेको पनि ओलीको भारत भ्रमणपछि स्पष्ट झल्किएको छ । नयाँ संविधानबाट नेपालमा धर्मनिरपेक्ष राज्य भइसकेको अवस्थामा नेपालमा हिन्दु राज्य कायम हुनुपर्छ भन्ने भारतको चाहनलाई सामन्य अर्थमा हेर्न सकिदैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending