Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

धौलागिरीमा कम्युनिष्ट विचारको बिजारोपण

\"krishaधौलागिरी अञ्चलमा कम्युनिस्ट विचारको प्रभावलाई हेर्दा सबैभन्दा पहिले बागलुङको इतिहासलाई हेर्नुपर्ने हुन्छ । धौलागिरीका चार जिल्लामध्ये बागलुङ जिल्ला अञ्चलको सदरमुकाम पनि भएको र शैक्षिक–सामाजिक जागरणका हिसाबले पनि बागलुङ जिल्ला अन्य जिल्लाको तुलनामा शुरुका दिनहरुमा अगाडि देखिन्छ । यस क्षेत्रमा परिवर्तनका लागि शुरु गरिएका आन्दोलनका ठोस र लिखित इतिहास नभए पनि जनतथ्य र भनाइहरुलाई आधार मानी धौलागिरीको कम्युनिष्ट आन्दोलनको बारेमा लेखिएको छ । तत्कालिन समयमा सङ्गठित आन्दोलनको अभाव देखिए पनि वि.सं. १९९६ मा बागलुङका डिठ्ठा धर्ममानसिंह श्रेष्ठलाई घुस खाएको भन्ने झुटो पोल गरेको भन्दै बागलुङ जिल्ला हेर्ने तत्कालीन पाल्पा प्रशासनले धर्ममानसिंहको पक्ष लिई गिरफ्तार गर्न नदिएको भन्दै बागलुङका ओमप्रसाद गौचनसमेत १५ जनालाई सेना लगाई गिरफ्तार गरी पाल्पा लगेर १६ दिनसम्म यातना दिएको थियो । गिरफतारीको भय–त्रासले बागलुङ बजारका धेरै युवाहरु भागाभाग भएका थिए । जिल्लामा बिस्तारै राणाविरोधी आन्दोलनको प्रभाव पर्दै गर्दा तत्कालीन गल्कोटे राजाका छोरा थीरबम मल्ल राणाविरोधी मुक्ति सेनामा भर्ना भएका थिए । उनको हत्या वीरगञ्जमा भएको थियो । उनको हत्याले राणाविरुद्धको जनमत तयार हुँदै गएको पाइन्छ । २००७ साल मङ्सिर १६ गते फलेवासका राणाविरोधी कालीभक्त पन्तले बागलुङ आई ओमप्रसाद र पेमाकुमारीसँग भेट गरी स्याङ्जाबाट मुक्ति सेना बागलुङ नआएसम्म बागलुङमा राणाविरोधी गतिविधि नगर्न सल्लाह दिएका थिए । सल्लाहअनुसार मुक्ति सेना बागलुङ नआएकाले २००७ पुस २४ गते बागलुङमा ओमप्रसादको नेतृत्वमा ‘त्रिभुवनकी जय ! राणा शासनकी क्षय !’ भन्ने नारा लगाउँदै जुलुस प्रर्दशन भयो । यो जुलुसमा प्रशासनले हस्तक्षेप गरेन । राणाविरोधी आन्दोलन चर्काउन भागेर दिल्ली शरणमा गएका तत्कालीन राजा त्रिभुवनको पक्षमा नारा जुलुस भएकाकारण पनि प्रशासनले हस्तक्षेप नगरेको अनुमान गर्न सकिन्छ । अर्कोतर्फ राजाको पक्षमा र राणाको विरुद्धमा आन्दोलन देखिएकाले यो आन्दोलनमा माल कार्यालयका तत्कालीन हाकिम छोटी ब्यारेकका लप्टनसमेत सहभागी थिए ।
बागलुङ प्रशासन हाकिमविहीन बन्यो । २००७ साल माघ १० गते पश्चिमाञ्चल कमान्डर गल्कोटे राजाका छोरा लक्ष्मणबम मल्लको उपस्थितिमा बागलुङमा जनसरकार घोषणा हुन गयो ।  त्यही दिनदेखि बागलुङ, पाल्पा गौडाको अधीनबाट स्वतन्त्र जिल्ला घोषित भयो ।
तत्कालीन अवस्थामा नेपाली काङ्ग्रेसले राजासहितको संसदीय व्यवस्थाको स्थापना र राणा शासनको विरोधमा आन्दोलन गरेको थियो । त्यो आन्दोलनमा नेपाल कम्युनिष्ट पार्टीको वामपन्थमा आस्था राख्ने स्वतन्त्र व्यक्तिहरुको पनि सहभागी रहेको पाइन्छ । बागलुङमा भएको राणाविरोधी जुलुसमा सहभागी भएका हाकिमहरुले पोखराका बडा हाकिमको निर्देशनमा आन्दोलनको विरोध गर्न लागे । पछि तिनीहरु भागेर पोखरा गए । बागलुङ प्रशासन हाकिमविहीन बन्यो । २००७ साल माघ १० गते पश्चिमाञ्चल कमान्डर गल्कोटे राजाका छोरा लक्ष्मणबम मल्लको उपस्थितिमा बागलुङमा जनसरकार घोषणा हुन गयो ।  त्यही दिनदेखि बागलुङ, पाल्पा गौडाको अधीनबाट स्वतन्त्र जिल्ला घोषित भयो । उता पर्वत जिल्लाको कुश्माको जङ्गी अड्डा २००७ पुस २४ गते कालीभक्त पन्तको नेतृत्वमा कब्जा भएको थियो । उनी काङ्ग्रेस पार्टीबाट लडेका थिए । कुश्मा कब्जा भएपछि कुश्मा र बागलुङमा १५ सदस्यीय जनसरकार गठन भएको थियो । त्यो सरकारमा त्यतिबेलाका भुरेटाकुरे राजा–रजौटाका पक्षधरहरुको वर्चश्व देखिन्छ । बागलुङका ओमकारप्रसाद गौचनको नेतृत्वमा सरकारको गभर्नर— दीर्घबहादुर मल्ल (पर्वत), सञ्चारमन्त्री— कालीभक्त पन्त (पर्वत), अर्थमन्त्री— चन्द्रमान शेरचन (मुस्ताङ), गृहमन्त्री— हेमराज राजभण्डारी (बागलुङ), खाद्यमन्त्री— डिठ्ठा टेकनारायण श्रेष्ठ (बागलुङ), शिक्षामन्त्री— नन्दबहादुर मल्ल (राखु, म्याग्दी), रक्षामन्त्री— नरसिंहबहादुर मल्ल (पर्वत), जनसम्पर्कमन्त्री— हीराबहादुर खड्का (बागलुङ), यातयात तथ सप्लाइमन्त्री— जिम्मुवाल कृष्ण जोशी (पर्वत) रहेका थिए । २००७ मा नेकपाका संस्थापक पुष्पलाल श्रेष्ठका बहिनीज्वाइँ पाल्पाका चीरन्जीवीलाल वैद्य बागलुङ आएर कम्पुटोलस्थित हरिहर श्रेष्ठ (हाल एमाओवादीका जिल्ला सल्लाहकार, पुराना कम्युनिष्ट) को घरमा डेरा गरी विभिन्न प्रगतिशील किताबहरु जम्मा गरी प्रगतिशील विचारको प्रचारप्रसार गर्ने कार्यको शुरुवात गरे । यिनले स्थानीय युवाहरुलाई जम्मा गरी प्रशिक्षण दिने र युवक सङ्घ बनाउने काम पनि गरेका थिए । ती युवाहरुलाई शारीरिक प्रशिक्षण तत्कालीन ब्रिटिस आर्मीमा कार्यरत मेजर ज्योतिमानले दिने गरेका थिए । युवक सङ्घको अध्यक्षमा टीकाबहादुर मल्ल चुनिए, अन्य सदस्यहरु युक्तप्रसाद प्रधान, श्यामसुन्दर गुभाजू (पछि गृहसचिव), अक्कलबहादुर श्रेष्ठ (पछि प्र.अ., विद्यामन्दिर हाइस्कुल) टीकाबहादुर मल्ल (अध्यक्ष, युवक सङ्घ), ज्योतिमान प्रधान (क्याप्टेन ब्रिटिस आर्मी), कूलप्रसाद श्रेष्ठ (तत्कालीन युवक सङ्घका सचिव) रहेका थिए । युवक सङ्घ गठन गर्न आदित्यमान श्रेष्ठ पाल्पाबाट बागलुङ आई एक हप्ता बसी विशेष सहयोग गरेका थिए । वि.सं. २०१० मा भूपी शेरचन बागलुङ आई भाषण गर्दा युवक सङ्घले सामन्तवाद, साम्राज्यवादको विरोध गर्नुपर्छ भनेका थिए । २०११ सालमा धर्मदत्त यमी (माओवादी नेतृ हिसिला यमीका बाबा) बागलुङ आएर साहित्य गोष्ठीमार्फत प्रगतिशील विचारको प्रचार गरेका थिए । शैलेन्द्रकुमार उपाध्याय कम्युनिष्ट नेता, हर्ष स्याङ्वोजस्ता व्यक्तिले विद्यामन्दिरमा पढाउँदा बालकृष्ण नेवा, हरिहर श्रेष्ठ जस्ता प्रगतिशील युवाहरुमा सक्रियता बढेको थियो ।
वि.सं. २०१० मा भूपी शेरचन बागलुङ आई भाषण गर्दा युवक सङ्घले सामन्तवाद, साम्राज्यवादको विरोध गर्नुपर्छ भनेका थिए । २०११ सालमा धर्मदत्त यमी (माओवादी नेतृ हिसिला यमीका बाबा) बागलुङ आएर साहित्य गोष्ठीमार्फत प्रगतिशील विचारको प्रचार गरेका थिए ।
वि.सं. २०१३ मा विष्णु नेपालीले बागलुङ आई विद्यार्थी फेडरेशनको गठन गरे । हरिप्रसाद प्रधानको अध्यक्षतामा लालचन्द राजभण्डारी, रामकृष्ण दुःखी, बालकृष्ण नेवा र हरिहर श्रेष्ठजस्ता युवाहरु फेडरेशनमा थिए । २०१५ सालको चुनावमा बागलुङ बजारको विद्यामन्दिर स्कुलमा विद्यार्थी युनियनको चुनाव भयो । त्यसमा प्रगतिशील समूहको प्यानल बनाएर राधेश्याम कमारो— सचिव, पदमचन्द्र राजभण्डारी— कोषाध्यक्ष, सदस्यहरु— धनकाजी श्रेष्ठ, हितमान गौचन, देवेन्द्रराज अधिकारी, धनबहादुर घर्तीमगर निर्वाचित भए । प्रगतिशील प्यानलको विजयले स्कुल र बजारका युवाहरुमा कम्युनिष्ट विचार र चेतनाको प्रभाव बढ्न थाल्यो । २००७ सालमा स्थानीय बिहूँ गाविसको चुनावमा धाँदली भएको विरोध गर्दा तत्कालीन वाम विद्यार्थी नेता राघेश्याम कमारोलाई प्रशासनले गिरतार ग¥यो । त्यसका विरुद्ध बागलुङमा पहिलोपल्ट मशाल जुलुस निस्केको थियो । बागलुङका प्रगतिशील विद्यार्थी युवाहरु२०१७ सालमा बुटवलमा हुने विद्यार्थी फेडरेशनको राष्ट्रिय सम्मेलनको तयारीमा जुटिरहेका थिए । त्यही समयमा राजा महेन्द्रले २०१७ साल पुस १ गते संसद् विघटन गरी निरङ्कुश पञ्चायती व्यवस्था घोषणा गर्दै राजनीतिक पार्टी र सङ्घ–संस्था माथि प्रतिबन्द लगाए, जसका कारण फेडरेशनको राष्ट्रिय सम्मेलन स्थगित हुन गएको थियो । २०१४ असोज १४ गते नेपाल सरकारले गल्कोट राज्\"krishnaय, माल र अदालत खारेज गर्ने निर्णय ग¥यो । राज्य नै खारेज भएपछि गल्कोटका राजा र तिनका आसेपासे तथा त्यस क्षेत्रका सामन्त, फटाहा, शोषकहरुको स्वर्गमा भुइँचालो गयो । राजाका माइला छोरा थीरबम मल्ल मुक्ति सेनाका कमान्डर थिए । यिनको नेतृत्वमा वीरगञ्ज मुक्त भएको थियो । पछि राणाहरुले यिनको हत्या गरेकाले यिनी शहीद भए । २०१५ सालको संसदीय निर्वाचनमा गल्कोटे राजा भरतबम मल्ल उम्मेदवार बनेका थिए । डा.के.आई. सिंहको पार्टीबाट भीमप्रसाद शेरचन चुनाव लडेका थिए । चुनावमा हार भएपछि गल्कोटका धनीमानी थकालीहरुकम्युनिष्ट बनेर हिँड्न थाले । वसन्त गौचनको सहयोगमा तेजव गौचन, तस्मत गौचन, बलबहादुर गौचन कम्युनिष्ट बनेका थिए । २०१७ सालको फौजी काण्डपछि राजाले पञ्चायती व्यवस्था लागू गरेपछि वसन्त गौचनबाहेक सबै थकाली पञ्चायतमा प्रवेश गरी कम्युनिष्टको विरोध गर्न थाले । २०१७ सालमा गल्कोटको गौमुखी स्कुलमा बलराम जोशी नामका कम्युनिष्ट शिक्षक पढाउन आए । यिनले त्यस क्षेत्रका युवाहरुमा कम्युनिष्ट विचारधाराको प्रचार– प्युठानका खड्कबहादुर जिसी (पछि अञ्चलाधीश तथापूर्व एमाओवादी सभासद्) सँग सम्पर्क भएपछि उनी कम्युनिष्ट बनेर गल्कोट फर्केका थिए । काठमाडौँबाट फर्केपछि गल्कोटमा शिक्षण पेशा गर्दै उनले कम्युनिष्ट विचारको प्रचार–प्रसार गर्न थाले । पछि जेएन खनाल ०२५÷०२६ सालतिर गल्कोटमा शिक्षक भएर आए । उनी पनि गल्कोटमा चित्रबहादुर केसीलगायतसँग मिलेर कम्युनिष्ट विचारको प्रचारमा लागे । त्यसभन्दा पहिला २०२३ सालतिर तत्कालीन गौमुखी हाइस्कुल (हाल गल्कोट हटिया उमावि) मा गुल्मीका माधव ज्ञवाली, केशव ज्ञवाली, धनबहादुर थापा शिक्षकका रुपमा आएर कम्युनिष्ट विचारको प्रसार–प्रसार गर्ने काम गरेका थिए । जसले गर्दा गल्कोट क्षेत्रमा कम्युनिष्टको प्रभाव विस्तार हुँदै गयो । त्यतिबेलाका विद्यार्थी नीलप्रसाद श्रेष्ठ, राजवीर श्रेष्ठ, हुमसिंह भण्डारी, दीर्घ पाण्डेलगायतकाहरुकम्युनिष्ट विचारबाट प्रभावित भई राजनीतिक गतिविधिमा सामेल हुन थालेका थिए । कम्युनिष्टहरुको बढ्दो प्रभावले गर्दा प्रशासनले गल्कोटमा दमन गर्न थाल्यो । २०२६ साल भदौमा रातको समयमा गल्कोट प्रहरी चौकीका प्रमुखलाई कब्जामा लिई खेलामा फाल्ने काम भयो । यो काण्डले गर्दा गल्कोट क्षेत्रमा कम्युनिष्ट विचारमा लागेका शिक्षक, विद्यार्थीलगायत आम शुभेच्छुकहरुप्रति प्रशासनले धरपकड शुरु ग¥यो । २०२६ साल फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर गल्कोट, हटियाचौरको चरौदीस्थित पार्वती माविमा पञ्चायतविरोधी सांस्कृतिक कर्यक्रम देखाउने काम भयो । यसको उजुर बागलुङ प्रशासनमा परेपछि गल्कोटमा थप गिरतारी भयो । काठमाडौँमा अध्ययन गर्दागर्दै बागलुङमा शिक्षकका रुपमा अध्यापन गर्न आएका हाल एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री जेएन खनाल, देवराज पन्त, माधव ज्ञवालीलाई शान्ति सुरक्षा ऐनअन्तर्गत गिरतार गरी जेल चलान गरियो । चित्रबहादुर केसी, बालमुकुन्दलगायतका व्यक्ति भने फरार भए ।दीर्घ पाण्डे, माधव ज्ञवाली, तस्मत गौचन लगायतलाई सङ्घ–संस्था खोलेकोमा मुद्दा चलाइयो । जेएन खनाल, देवराजलगायतका व्यक्तिहरु तीन महिनापछि छुटे । चित्रबहादुर केसी फरार भए पनि जेएन खनाल बागलुङजाँदै गर्दा रामसिंह श्रीस (तत्कालीन गल्कोट स्कुलका विद्यार्थी तथा हाल एकीकृतका नेता) सहितका विद्यार्थीले माझखर्कबाट प्रहरीको पञ्जाबाट जेएन खनाललाई छुटाई हरिचौरको बाटो नारा लगाउँदै हटिया हाइस्कुलमा लगेका थिए । स्कुलमा शिक्षक स्टापको मिटिङ बसी उनले गिरतारी दिने निर्णय ग¥यो र उनी गिरतारी दिन बागलुङ गए । उनी जेल परे । चित्रबहादुर फरार भएर स्कुलमा गएका थिएनन् । खनाल छुटेपछि गल्कोट स्कुलमा जाँदा चित्रबहादुर सम्पर्कमा नआएपछि उनको खोजतलास गर्दा उनी दुदिलाभाटीको ज्यामिरेमा टेकवीर गुरुङको घरमा बसेको खबर पाएपछि रामसिंह श्रीसलगायतका विद्यार्थीले खनालको भेट केसीसँग गराउन गुरुङको घरमा लगेका थिए । केसी र खनालले त्यहाँ रातभरि कुरा गरे । खनाल बागलुङ छाड्ने शर्तमा रिहा भएकाले उनले बागलुङ छाडे । खनालकै सल्लाहमा केसीले पछि स्वेच्छिक गिरतारी दिए । गल्कोटमा व्यापक धरपकड भएपछि त्यतिबेला देवराज पन्तलाई हरिचौर गाविस प्रधानपञ्चमा पार्टीले चुनाव लडायो । उनले जिते । त्यसबाहेक गल्कोट क्षेत्रमा कम्युनिष्ट निकट व्यक्तिहरु प्रधानपञ्च र वडाअध्यक्ष भएका थिए । देवेन्द्र सुवेदी पछि पञ्च नै बने । धरपकड कम गर्न यस्तो गरे पनि प्रशासनले धरपकड भने रोकेन ।
चित्रबहादुर केसी फरार भए पनि जेएन खनाल बागलुङजाँदै गर्दा रामसिंह श्रीस (तत्कालीन गल्कोट स्कुलका विद्यार्थी तथा हाल एकीकृतका नेता) सहितका विद्यार्थीले माझखर्कबाट प्रहरीको पञ्जाबाट जेएन खनाललाई छुटाई हरिचौरको बाटो नारा लगाउँदै हटिया हाइस्कुलमा लगेका थिए ।
उता निर्मल लामा, भक्तबहादुरश्रेष्ठले पर्वतको फलेवासस्थित भवानी विद्यापीठमा र लक्ष्मण राजवंशीले म्याग्दीको राखुमा पढाउँथे । निर्मल लामा र लक्ष्मण राजवंशीले बागलुङमा आएर कम्युनिष्ट पार्टीको क्लास दिने गर्दथे । २०१६ सालमा बागलुङ बजारमा ज्ञानेन्द्र शेरचन सचिव भएर लालचन्द्र राजभण्डारी, रामलाल ओझा, भरत ओझा ‘पीडित’, देवेन्द्रराज अधिकारी रहेको नेकपाको गठन गरिएको बताइयो । तर, २०२१ सालमा औपचारिक रुपमा नेकपाको बागलुङ जिल्ला कमिटी गठन गर्दा यो समितिलाई औपचारिक रुपमा सहभागी बनाएको पाइँदैन । २०१९ सालमा गल्कोटबाट काठमाडौँ अध्ययन गर्न गएका देवेन्द्र सुवेदी, भवानी पाण्डे, बद्रिश्रेष्ठहरु मिलेर धौलागिरीका विद्यार्थीहरुको छात्रा सङ्घ गठन गरेका थिए । यो सङ्गठनले ‘मुक्ति ज्वाला’ नामक साहित्यिक पत्रिका प्रकाशन गरेको थियो । यो सङ्गठनले जिल्लामा प्रगतिशील विचारको प्रचार गर्ने गर्दथ्यो ।  पछि देवेन्द्र सुवेदी दुदिलाभाटीमा र चित्रबहादुर केसी गल्कोटमा शिक्षक भई पार्टी काममा जुटे । वि.सं. २०१९ वैशाख ४ गतेदेखि १५ गतेसम्म नेकपाको तेस्रो महाधिवेशन भारतको वनारसको मुचुरगञ्जस्थित मोतीमहलमा सम्पन्न भयो । उक्त महाधिवेशनको पुष्पलालले उद्घाटन गरेका थिए । सम्मेलनले तुल्सीलालको ‘राष्ट्रिय प्रजातन्त्रको भावी मोडेलको कार्यक्रम’पारित गरेको थियो । महाधिवेशनले राजावादी केशरजङ्ग रायमाझी, शम्भुराम श्रेष्ठ, डिपी अधिकारीलाई कारबाही ग¥यो ।  पुष्पलाल नौलो जनवादी कार्यक्रमको पक्षमा भए पनि उनले त्यो प्रतिवेदन महाधिवेशन हलमा पेश नगरेकाले तुल्सीलालकै प्रतिवेदन पास भएको पाइन्छ । तर, पुष्पलालले पछि केन्द्रीय समितिको बैठकमा नयाँ जनवादसम्बन्धी कार्यक्रम पेश गरेका थिए । बिस्तारै पार्टी केन्द्रमा तीव्र अन्तरविरोधहरुसिर्जना हुन गए । पार्टीभित्र दुईलाइन सङ्घर्ष तीव्र बन्यो । पार्टी केन्द्रदेखि तलसम्म गुटबन्दी, अराजकता, झगडा, गाली–गलौजजस्ता कारणले पार्टीमा पारस्परिक अविश्वास बढेर गयो, जसका कारण पार्टी केन्द्र अघोषित रुपमा विघटनजस्तै भएको थियो, जसले गर्दा जिल्ला र प्रान्तीय कमिटीहरुले आआनै ढङ्गले काम गर्न थालेका थिए । त्यसको प्रभाव धौलागिरीमा पनि पर्न गयो । धौलागिरीमा कम्युनिष्ट आन्दोलनको उदभव र विकास पुस्तकबाट ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy