Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

लमजुङमा जिप दुर्घटना, एकको मृत्य,२० घाइते

\"lamjung_district_50764\"लमजुङ  । लमजुङको सुन्दरवजार ९ गहतेको हर्रेमा बिहिबार साँझ भएको जिप दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ । २० जना घाइते भएका छ्न् । जिप दुर्घटना हुँदा भोटेओडारका २६ वर्षीय स्मरण गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परि गम्भिर घाइते गुरुङको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ मृतक गुरुङको श्रीमती र एक छोरा छन । उनी भोटेओडारमा रहेको भुपु सैनिक आवासिय उमाविको लेखापाल थिए । सुन्दरबजार नगरपालिका ९, गहतेबाट सुन्दरबजार हुँदै भोटेओडारतर्फ आउँदै गएको ना २ च ९३६० नम्बरको प्राइभेट जिप बिहीबार साँझ दुर्घटना भएको हो । दुर्घटनामा परेका सवै बीवाइसी युवा क्लव भोटेओडारका पुरुष तथा महिला खेलाडी हुन् । उनीहरु गहतेमा आयोजित पुरुष र महिला फुटबल प्रतियोगिता दुवैमा विजयी भई फर्कँदै गरेका स्थानीय हस्तबहादुर गुरुङले बताए । प्रहरीका अनुसार क्षमता भन्दा बढी सवार जिप कच्ची सडकबाट करीब १ सय मिटर तल खसेको छ । दुर्घटनाबाट गम्भीर घाइते नौ जनालाई पोखरा लगिएको थियो भने तिन जनाको लमजुङ जिल्ला सामुदायिक अस्पताल र आठ जनालाई कर्मदा हस्पिटल सुन्दरबजारमा उपचार गरिएको छ । प्रहरीका अनुसार सुन्दरबजार नगरपालिका ३ भोटेओडारका २५ वर्षीय बुद्ध तामाङ, २१ वर्षीय सुवास गुरुङ, १६ वर्षीया काशी गुरुङ, १७ वर्षीया मीनमाया गुरुङ, १९ वर्षीया गंगामाया गुरुङ, १७ वर्षीया बिमला गुरुङ, ३० वर्षीय धर्मेन्द्र गुरुङ, १८ वर्षीया अमिना मिया र वडा नं ४ का २५ वर्षीय विकास तामाङको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्यमा पनि सुवास गुरुङ र बुद्ध तामाङको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय भोटेओडारका प्रहरी निरिक्षक हेमन्त थापाले बताए । यस्तै, सुन्दरबजार नगरपालिका ३, भोटेओडारका २८ वर्षीय प्रितम गुरुङ, १६ वर्षीया सपना गुरुङ र १८ वर्षीया अनिता गुरुङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । सुन्दरबजार नगरपालिका ३ का २३ वर्षीय नरेन्द्र थापा, २५ वर्षीय तारा गुरुङ १८ वर्षीया रोजिना थापा, १४ वर्षीय पूजा गुरुङ, १२ वर्षीय गणेश गुरुङ, वडा नं. ४ का १७ वर्षीय सुजन गुरुङ, २७ वर्षीय सुवास गुरुङ र वडा नं. ७ का २० वर्षीया मुना क्षेत्रीको कर्मदा हस्पिटल सुन्दरबजारमा उपचार भइरहेको प्रहरी जनाएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending