Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

काठमाडौंमा हङकङ फ्लुको सङ्क्रमण बढ्दो

\"coldflue\"काठमाडौं  । मौसम परिवर्तनसँगै इन्फ्लुन्जा भाइरस हङकङ फ्लुको सङ्क्रमण पनि बढ्दै गएको छ । लगातार रुघाखोकी लाग्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुनेबाहेक ज्वरो आउने समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । अघिल्ला वर्षमा फागुन–चैत महिनामा मात्र देखिने यो भाइरस यस वर्ष भने मङ्सिर पुस महिनाबाटै सुरु भएपछि समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्या पनि बढेको हो । खासगरी रुघाखोकी लाग्ने, शरीर दुख्ने, घाँटी दुख्ने, सास फेर्न गाह्रो हुने समस्या लिएर चिकित्सक कहाँ पुग्ने बिरामी पनि बढेको शुक्रराज शास्त्री ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा शेरबहादुर पुनले जानकारी दिए । उनले भने – ‘माथि उल्लिखित लक्षणबाहेक पनि रुघाखोकी र ज्वरोसँगै आएमा समस्या अझ जटिल हुने भएकाले रुघाखोकी लागेमा सामान्य हो भनेर लापरवाही गर्नै हुँदैन ।’ अहिले यही लक्षण भएका मानिसले लापरवाही गर्दा बिरामीको मृत्यु पनि भएको उनले सुनाए । मानिसको लापरवाहीका कारण यसको सङ्क्रमण अझ फैलिएकाले आफ्नो आचरणमा सुधार ल्याउनु आवश्यक भएको चिकित्सकको सल्लाह छ । उनका अनुसार इन्फ्लुन्जा ‘ए’ अन्तर्गतको हङकङ फ्लुको सङ्क्रमणले सबै उमेर समूहका मानिसलाई असर पारेको पाइएको छ । खासगरी वृद्धवृद्धा, बालबालिका, दीर्घरोगीमा बढी मात्रा सङ्क्रमण देखिने गरेको भए पनि यस वर्ष निरोगी मानिस, युवायुवतीलगायतका सबै उमेर समूहका मानिस सङ्क्रमणका कारण अस्पताल आइरहेको डा पुनको भनाइ छ । अहिले सरुवा रोग अस्पतालमा दैनिक २५ देखि ३० जना बिरामी आउने गरेका छन् । यो सङ्ख्या कहिलेकाहीँ निकै बढी हुने गरेको छ । अहिले काठमाडौँका निजी अस्पतालमा पनि यस सङ्क्रमणका बिरामी बढेको अनुभव आफूले गरेको पुनको अनुभव छ । हङकङ फ्लुको सङ्क्रमणबाट बच्नका लागि धेरै हुलमूलमा नजान, झोलिलो खाद्य पदार्थ सेवन गर्न, घरमा कसैलाई यो सङ्क्रमण भएको छ भने बिरामीसँग लसपस नगर्न तथा बिरामीले प्रयोग गरेका सामग्री अरुले प्रयोग नगर्न र बिरामीसँग करिब एक मिटरसम्मको दूरी कायम राखी कुराकानी गर्न पनि चिकित्सकले सुझाव दिएका छन् । बाहिरबाट घर आएपछि अनिवार्यरुपमा साबुनपानीले हातगोडा धोएर मात्र अन्य सामान छुने गरेमा पनि केही हदसम्म सङ्क्रमणबाट बच्न सकिन्छ । जलवायुमा परिवर्तन आएसँगै भाइरसको सङ्क्रमणको समय पनि परिवर्तन भइरहेको डा पुन बताउछन् । सङ्क्रमणबाट बच्न जाडो महिना सुरु हुन एक दुई हप्ताअघि नै इन्फ्लुन्जाविरुद्धको खोप लगाउनु निकै उपयोगी हुने पुनको भनाइ छ । यस वर्षदेखि सरुवा रोग अस्पताल टेकुमा पनि इन्फ्लुन्जा भाइरसविरुद्धको खोपको व्यवस्था गर्न लागिएको अस्पतालले जनाएको छ । अन्य निजी अस्पताल स्वास्थ्य संस्थामा खोपको उपलब्धता भएको भए पनि बिरामीको बढ्दो चापलाई ध्यानमा राखी अस्पतालमा नै खोपको व्यवस्था गर्न लागिएको हो । हङकङमा सन् १९६८ मा देखिएको यो फ्लु विश्वमा निकै तीव्ररुपमा फैलिएको भए पनि यस वर्ष भने यसको नेपालमा बढी नै असर देखिएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending