Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नेकपा माओवादी रुपन्देहीले गर्याे सहिद परिवारलाई अभिनन्दन

\"Capture\"बुटवल । १० बर्षे जनयुद्धको सुरुवातीको क्रममा आजकै दिन फाल्गुण १५ गते रुकुममा ६ जना माओवादी कार्यकर्तालाई तत्कालिन शाही सेनाले गोली हानी हत्या गरेको दिनको सम्झनासहित आज सहिद सप्ताहा मनाईएको छ । जनयुद्धको क्रममा शहिद बनेका झण्डै १५ हजार शहिदहरुको सम्झनामा फाल्गुण १४ देखी २१ सम्म सप्ताहाव्यापी विभिन्न रचनात्मक कार्यक्रमहरु गर्ने, सहिदहरुलाई माल्यार्पण, सहिद गेट, सहिद पार्कमा विशेष कार्यक्रम, सहिद तथा बेपत्ता परिवारजनलाई भेटघाट, घाईतेलाई भेटघाट लगायत कामहरु माओवादी सम्बद्ध दलहरुले गर्दै आएका छन् । रुपन्देहीमा विप्लव नेतृत्वको नेकपा माओवादीले पनि आज जिल्लाभरबाट सहिद तथा बेपत्ता ६५ परिवारलाई सम्मान पत्र तथा आर्थिक सहयोग गरेर सहिद सप्ताहा अन्तर्गत सहिद अभिनन्दन कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै नेकपा माओवादीका केन्द्रिय सदस्य तथा लुम्बिनी उपव्यूरो ईन्चार्ज चन्द्रबहादुर चन्दले सहिदको सपना पुरा नभएको भन्दै क्रान्ति सफल भयो भन्नेहरुले सहिदको सपना विर्सिएको आरोप लगाएका थिए । सहिद को सपना पुरा गर्नको लागी आफ्नो पार्टीले अब नयाँ खाले क्रान्तिको सुरुवात गरेको भन्दै तयार रहन समेत अपिल गरेका थिए । कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा प्रवास व्यूरो ईन्चार्ज भेषराज भुषाल, थारु मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष संघप्रसाद थारु, सहिद परिवारको तर्फबाट जया पौडेल लगायतले सहिदहरुको सपनामाथी तुसारापात गर्ने प्रचण्ड बाबुरामहरुलाई अब क्रान्ति सफल गरेर देखाईदिने भन्दै अझैं एकपटक आफूहरु मर्न तया रहेको उद्घोष गरेका थिए । सहिद परिवारजनको तर्फबाट बोल्दै उपस्थित परिवारजनले सम्झेको धन्यवाद दिदैं बाकीँ रहेको ज्यान जिउँ लाएर भएपनि क्रान्ति सफल गर्न आफूहरु अझै सहिद बन्न तयार रहेको बताए । सहिद तथा बेपत्ता योद्धाका परिवारजनलाई नगद, प्रमाणपत्रले सम्मान गरिएको कार्यक्रमको सभापतित्व जिल्ला सेक्रेटरी सदर ओली स्वागत मन्तव्य कार्यालय सदस्य जितबहादुर रसाईलीले गरेका थिए भने सञ्चालन अमर आरसीले गरेका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending