Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कांग्रेसमा महाभिडन्तको तयारी

\"presidentकाठमाडौ । कांग्रेसमा ५ वर्षसम्मका लागि राजनीतिक सत्ता आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप चार जना नेताले अन्तिम तयारी गरेका छन् । संस्थापनबाट कार्यवाहक सभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला र केन्द्रीय सदस्य सुजाता कोइरालाले अघि बढ्ने तयारीमा छन् । यी तीनै नेताको टिम घोषणाको अन्तिम  तयारीमा लागेका छन् । पौडेलले कोइराला परिवारका सशांकलाई महामन्त्री बनाउने तयारीस्वरुप अन्तिम कसरत गरेका छन् । अर्का महामन्त्री सिटौला कुनै हालतमा पौडेललाई सर्वसम्मत हुन नदिने भन्दै युवा नेता गगन थापालाई महामन्त्रीमा उठाउने तयारीमा लागेका छन् । गिरिजापुत्री सुजातालाई पदाधिकारीमा संस्थापनले समेट्ने योजना नल्याएपछि सभापतिमैं उठ्ने घोषणा गरेकी छिन् । केही दिनमै टिम घोषणा गर्ने  दाबी सुजाताले शनिबार एक कार्यक्रममा गरिन् । संस्थापनका यी शीर्ष नेताबीच नै आन्तरिक विवाद चुलिंदै गर्दा अर्को पक्षबाट नेता शेरबहादुर देउवा सभापतिका बलिया उम्मेदवार बन्दैछन् । देउवा विमलेन्द्र निधि, खुमबहादुर खड्का, अर्जुननरसिंह केसीसहितलाई पदाधिकारीमा अघि बढाउँदै सोमबारसम्म टिम घोषणाको तयारीमा जुटेका छन् । संस्थापनभन्दा देउवा पक्षलाई टिम मिलाउन केही सहज छ । तर, पहिलो चरणमा तीन चार टिमबीच प्रतिस्पर्धा भए पनि कुनै पक्षले पनि नजित्ने आँकलन गरिएको छ । जित्नका लागि ५१ प्रतिशत मत आवश्यक हुन्छ । कांग्रेसका यसपटक ३१८१ महाधिवेशन प्रतिनिधिले भाग लिंदैछन् । २० फागुनदेखि सुरु हुने १३ औं महाधिवेशन आउन अब तीन दिन मात्र हुँदा नेताहरुको  आन्तरिक तयारी तीव्र छ । २५ सदस्यस्यीय खुल्लासहितका आरक्षणका मधेसी, महिला, दलित, आदिवासी, जनजातिसहितका कोटामा पनि प्रतिस्पर्धा हुनेछ । यसपटक करिब ४०० जनाले केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । तत्काल ६४ केन्द्रीय सदस्यका लागि निर्वाचन हुने प्रावधान रहे पनि प्रादेशिक संरचना अनुसारको ढाँचामा जाँदा केही सदस्य बढ्न सक्छन् । यसको लागि कांग्रेसको विधान संसोधन गर्नुपर्ने हुन्छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending