Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

कांग्रेसको जिल्लामै यस्तो खुराफाती

\"congressनवलपरासी । नेपाली कांग्रेसको महाधिवेशन आउन चार दिन मात्रै बाँकी रहँदा केमन्द्रमा मात्र होइन, जिल्ला जिल्लामै पनि खुराफाती हुन थालेको छ । नवलपरासीमा शेरबहादुर देउवा पक्षको साथ पाएर उठेका विष्णु लामिछानेले संस्थापनका आधिकारिक उम्मेदवारलाई हराए पनि महाधिवेशन प्रतिनिधिहरु भने संस्थापन पक्षकै बढी चुनिएका छन् । जिल्लाबाट ७२ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । जसमा देउवाभन्दा संस्थापनका ८ प्रतिनिधि बढी छन् । जिल्ला अधिवेशनपछि संस्थापनका जिल्ला स्तरका नेताहरुबीच आन्तरिक द्वन्द्व बढेको छ ।  देउवाको समर्थनमा उठेका विष्णु लामिछानेले सभापतिमा जितेपछि जिल्लाका संस्थापन पक्षका नेताहरुबीचको आन्तरिक द्वन्द्व बढेको छ । चुनाव नजिकिँदै गर्दा कार्यकर्ता किनबेच हुन थालेको छ । सभापति पदका उम्मेदवार एंव पूर्वसभासद् महेन्द्रध्वज जिसीलाई हराउन संस्थापनकै केन्द्रीय सदस्य एवम् क्षेत्र नं. १ का सांसद शशांक कोईराला र अर्का केन्द्रीय सदस्य कृष्णचन्द्र नेपालीले लामिछानेलाई देउवाको समर्थनमा उठाउन लगाएको आरोप लागेको छ । संस्थापनबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने तयारीका साथ काठमाण्डौं पुगेका कृष्णचन्द्र र महेन्द्रध्वज जिसी एक अर्कालाई टिकट दिनबाट रोक्ने कसरतमा लागेका छन् । उनीहरु दुबै जना सके टिकट नै रोक्ने नसके चुनाव हराउने खेलमा लागि परेको कांग्रेस कार्यकर्ताले जनाएका छन् । एक जिल्ला नेताका अनुसार जिल्ला सभापतिमा चुनाव हारेका जिसीले कृष्णचन्द्रलाई कुनै पनि हालतमा केन्द्रीय सदस्यमा आउन नदिने प्रयासमा छन् । कृष्णचन्द्र पनि जिसीलाई केन्द्रीय सदस्यमा आउन नदिने कसरतमा छन् । यद्यपी रामचन्द्र पौडेलका नजिक मानिने जिसी र शंशाकको नजिक मानिने कृष्णचन्द्र दुबैले टिकट पाउने संभावना भने प्रवल देखिएको कांगे्रस कार्यकर्ताहरुले बताएका छन् । उता संस्थापनबाट दुई जनाको नाम केन्द्रीय सदस्यमा चर्चामा रहेपनि देउवा पक्षबाट भने निर्वतमान जिल्ला सभापति देबेन्द्रराज कण्डेलको नाम आएको छ । कण्डेल खुमबहादुर खड्का निकट हुन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending