एकता गर्न हिच्किचाईरहेका मोहन वैद्यको प्रचण्डपथबारे एउटा आलेख
फाल्गुन १८ गते, २०७२ मगलवार 1st March, 2016 Tue१०:१७:११ मा प्रकाशित
प्रचण्डपथको दार्शनिक मान्यता
१. आमुख
प्रचण्डपथ नेपाली क्रान्तिको विशिष्टतामा माक्र्सवाद–लेनिनवाद–माओवादको प्रयोगको बीचबाट जन्मिएको विचारशृङ्खला हो र यसले विश्वक्रान्तिको सेवा गर्ने सामथ्र्य राख्दछ । प्रचण्डपथको निर्देशनमा महान् जनयुद्धको तीव्रतम् विकासका कारण आज नेपाल विश्वसर्वहारा वर्ग र शोषित–पीडित जनसमुदायको आशा र आकर्षणको केन्द्र बन्न गएको छ ।
इङल्यान्ड र फ्रान्सको तुलनामा पिछडिएको जर्मनीले माक्र्सवाद दियो । युरोपका अरु देशको तुलनामा पिछडिएको रुसले लेनिनवाद जन्मायो । साम्राज्यवादी उत्पीडनबाट जर्जर तथा अविकसित चीनले माओवाद पैदा ग¥यो । आज प्रचण्डपथको अर्को उचाईका रूपमा नया“ विचार जन्माउने श्रेय विश्वको तेस्रो गरिब देश मानिने नेपाललाई प्राप्त हु“दै छ; यो अत्यन्तै गौरवको विषय हो ।
हिमाली उपमहाद्वीपको एक सानो देश नेपालले प्राचीन कालमै विश्वलाई नया“ विचार र दर्शनको ऐतिहासिक सन्देश दिएको थियो । विश्वमा निरीश्वरवाद, द्वन्द्ववाद र सङ्घवादको सन्देश दिने महान् विचारक गौतम बुद्ध नेपाली नै हुन् । त्यस्तै, विश्वमा भौतिकवाद र द्वन्द्ववादको सन्देश दिने साङ्ख्य–दर्शनका प्रणेता कपिल, जो गौतम बुद्ध जन्मिएको जिल्ला कपिलवस्तुका संस्थापक मानिएका छन्, पनि नेपालकै महान् दार्शनिक हुन् । विश्वलाई नया“ विचार र दर्शनको सन्देश दिने इतिहासको यो कडीलाई जोड्ने प्रक्रियामा प्रचण्डपथ शानदार रूपमा अगाडि बढ्दै गएको छ ।
माक्र्सवादका तीन सङ्घटक अङ्ग छन्, ती हुन्— दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद । माक्र्सवाद–लेनिनवाद–मालेमावादको विकसित विचारशृङ्खला हुनुको कारण प्रचण्डपथ पनि यी तीनवटा सङ्घटक अङ्ग मिलेर बनेको छ । यी तीन सङ्घटक अङ्गमध्ये यहा“ प्रचण्डपथको दर्शनबारे छोटो चर्चा गर्ने प्रयास गरिएको छ ।
२. सिद्धान्त सम्बन्धी अवधारणा
सिङ्गो प्रचण्डपथ र त्यसको दार्शनिक मान्यताको विकास माक्र्सवाद–लेनिनवाद–माओवादको आत्मसातीकरण, नेपाली क्रान्तिको वर्गसङ्घर्षको ऐतिहासिक आवश्यकता, नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान तमाम प्रकारका गलत चिन्तन तथा प्रवृत्तिहरूका विरुद्धको सङ्घर्ष र अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका सकारात्मक तथा नकारात्मक अनुभवहरूको संश्लेषणको पृष्ठभूमिमा भएको हो ।
माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्तलाई क. प्रचण्डले क्रान्तिको विज्ञाननका रूपमा ग्रहण गर्नु भएको छ । उहा“ले माओका सैद्धान्तिक योगदानहरूलाई गम्भीरतापूर्वक आत्मसात्् गर्दै नेपाली कम्युनिस्ट आन्दोलनमा सर्वप्रथम माओ विचारधाराको ठाउ“मा माओवाद पदावली प्रयोग गर्ने मान्यता अगाडि सार्नु भयो । सो मान्यतालाई अझै परिस्कृत तुल्याउ“दै एकता महाधिवेशनमा प्रस्तुत तथा पारित माओवादबारे शीर्षक दस्तावेजमा उहा“ले माओको सैद्धान्तिक योगदानका रूपमा माक्र्सवाद–लेनिनवाद–माओवादको वैज्ञानिक संश्लेषण गर्नु भयो । उहा“ले क्रान्तिको यो विज्ञानको आत्मसातीकरण सहित त्यसको रक्षा, प्रयोग र विकासका लागि नेपाली कम्युनिस्ट आन्दोलनमा जमेर बसेको सुधारवादविरुद्ध सङ्घर्षको झन्डा उठाउनु भयो । उहा“ले भन्नु भयो— “विज्ञान भएकोले नै माक्र्सवादले नया“नया“ परिस्थितिमा देखापर्ने नया“नया“ रूपका समस्याहरूस“ग जुझ्दै विकसित भएर जानैपर्ने आफ्नो चरित्रलाई प्रष्ट गरेको छ । त्यस अनुसार सङ्घर्षकै क्रममा आज माक्र्सवाद विकसित भएर माक्र्सवाद–लेनिनवाद–माओवाद भएको छ । आजको सुधारवादको एउटा चरित्रगत विशेषता के छ भने त्यसले माओवादको विरोध गरेर माक्र्सवादी विज्ञानको विकासको सर्वोच्चतालाई इन्कार गर्दछ । ...क्रान्तिकारी आन्दोलनको विकासको समस्या भनेको सुधारवादका विरुद्ध सङ्घर्षको समस्या हो, त्यसको अर्थ क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकासको समस्या हो ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग–१, पृ. ३) क्रान्तिकारी सिद्धान्तको रक्षा, प्रयोग र विकासको मान्यताबारे क. प्रचण्डले विशेष जोड दि“दै आउनु भएको छ ।
नेकपा (माओवादी) को ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनमा महान् जनयुद्धका पा“च वर्षका समृद्ध अनुभवहरूको विचारधारात्मक संश्लेषणका रूपमा प्रचण्डपथको नामाङ्कन गरिएको हो । सो सम्मेलनमा पार्टीद्वारा प्रचण्डपथलाई अन्तर्राष्ट्रिय अन्तर्वस्तु र राष्ट्रिय अभिव्यक्ति, सार्वभौमिकता र विशिष्टता, सम्पूर्ण र अङ्श सामान्य र विशेषका बीचको अविभाज्य द्वन्द्वात्मक एकत्वका रूपमा लिइएको छ र नेपाली क्रान्तिका अनुभवहरूको यो संश्लेषणले विश्वसर्वहारा क्रान्ति र सर्वहारा अन्तर्राष्ट्रियतावादको सेवा गर्ने कुरा अङ्गिकार गरिएको छ । “अनुभवहरूको यो संश्लेषण द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्त अनुसार व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञानको प्रक्रियाबाट हासिल गरिएको छ । माक्र्सवाद–लेनिनवाद–माओवादले हामीलाई सिकाएको छ कि यो चक्र अनन्तसम्म घुमिरहन्छ ।” (महान् अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता, पृ. ७९) ।
प्रचण्डपथको विकास तीन चरणमा सम्पन्न हु“दैछ— २०५१ सालमा सम्पन्न नेकपा (माओवादी) को तेस्रो विस्तारित बैठकमा पारित नेपाली क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाका रूपमा पहिलो चरण, नेकपा (माओवादी) को २०५७ सालमा सम्पन्न ऐतिहासिक दोस्रो राष्ट्रिय सम्मेलनमा महान् जनयुद्धको पा“च वर्षका समृद्ध अनुभवहरूको विचारधारात्मक संश्लेषणको रूपमा दोस्रो र सो सम्मेलनयता हु“दै आएको विकासको प्रक्रियालाई तेस्रो चरणको रूपमा प्रस्तुत गर्न सकिन्छ । प्रचण्डपथको विकासको यो प्रक्रियालाई क. प्रचण्डले द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्त अनुसार व्यवहार, ज्ञान फेरि व्यवहार, फेरि ज्ञानको प्रक्रिया हु“दै निरन्तर विकसित बन्दै जानेबारे पनि राम्रो प्रकाश पार्नु भएको छ । यसरी हेर्दा नेपाली क्रान्ति र जनयुद्धको विकासको तीव्र गतिस“गै प्रचण्डपथ पनि तीव्र रूपमा तेस्रो चरणतर्फ विकसित हु“दै गएको पाइन्छ ।
माक्र्सवाद–लेनिनवाद–माओवादको आत्मसातीकरण सहित त्यसको रक्षा, प्रयोग र विकासको प्रक्रियामा प्रचण्डपथ विकसित हु“दै आएको छ र क्रान्तिकारी सिद्धान्तको विकास–प्रक्रियाका सन्दर्भमा यो मान्यताले विशेष अन्तर्राष्ट्रिय महŒव समेत राख्तछ ।
प्रचण्डपथको दार्शनिक मान्यतालाई मूलतः निम्न अनुसार अध्ययन गर्न सकिन्छ—
३. द्वन्द्वात्मक भौतिकवाद
क. प्रचण्डले द्वन्द्वात्मक भौतिकवादको दर्शनलाई कम्युनिस्ट पार्टीको सङ्घर्षको दर्शनका रूपमा परिभाषित गर्नु भएको छ र यसको विकास पनि सङ्घर्षकै बीचबाट हुने कुरा बताउनु भएको छ । प्रचण्डपथको दर्शन उत्पीडित जनसमुदाय र सर्वहारा वर्गको हकहित र साम्यवादको महान् उद्देश्यप्रति प्रतिबद्ध रहेको छ ।
(क) भौतिकवादी द्वन्द्ववादको पद्धति
दर्शनशास्त्रको इतिहासमा विश्वका हरेक वस्तु, घटना र प्रक्रियालाई हेर्ने दुई विश्वदृष्टिकोण क्रियाशील रहिआएका छन्, ती हुन्— द्वन्द्ववाद र अधिभूतवाद । क. प्रचण्ड अधिभूतवादका विरुद्ध भौतिकवादी द्वन्द्ववादको पक्षमा उभिई आउनु भएको छ ।
विकासबारे नेपाली कम्युनिस्ट आन्दोलनमा प्रभावी रहिआएका अधिभूतवादी विश्वदृष्टिकोणको विरोध र द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणको पक्षपोषण गर्दै क. प्रचण्ड भन्नुहुन्छ— “माक्र्सवाद–लेनिनवाद–माओवादको विश्वदृष्टिकोण द्वन्द्वात्मक भौतिकवादको प्रकृति, समाज र मानवचिन्तनका प्रत्येक परिघटनाको विकास एवम् विनाशको कारकतŒव सम्बन्धित पक्ष वा वस्तुमा अन्तर्निहित विपरीतको सापेक्षित एकताभित्र समेत विद्यमान रहने सङ्घर्षको निरपेक्ष चरित्रलाई मान्दछ; एक–अर्कामा सम्बद्ध रही निरन्तर परिवर्तनको गतिशील प्रवाहमा रहेका हरवस्तु एवम् घटना–प्रक्रियाको विकासको द्वन्द्ववाद यस्तो छ कि लेनिनले भने झैं त्यो सरल रेखामा हु“दैन, बरु त्यो वर्तुलाकार बक्ररेखामा हुन्छ, त्यो विकास स्वतःस्फूर्त ढङ्गले थाहै नहुनेगरी क्रमशः हु“दैन, त्यो त निरन्तरतामा क्रमभङ्गताका रूपमा, छलाङका रूपमा, महाविपत्ति र क्रान्तिको रूपमा, मात्राको गुणमा रूपान्तरणको रूपमा, निषेधको निषेधको रूपमा हुन्छ । यो विकाससम्बन्धी माक्र्सवादी द्वन्द्ववादको वैज्ञानिक सार हो ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग १, पृष्ठ १–२) । यहा“ कुनै पनि वस्तुको विकासको प्रमुख कारकको रूपमा त्यसमा निहित आन्तरिक सङ्घर्षलाई नमानी बाà कारणको पुर्पक्ष गर्ने, विकासलाई क्रमबद्धतामा नभई सरलतामा हेर्ने र गुणात्मक छलाङका विरुद्ध क्रमिक विकासको मान्यता अ“गाल्ने अधिभूतवादी मान्यताको विरोध तथा विकासको बारेमा विपरीतहरूको एकत्व, मात्राको गुणमा रूपान्तरण र निषेधको निषेधसम्बन्धी माक्र्सवादी मान्यतालाई सशक्त रूपमा प्रस्तुत गरिएको छ ।
भौतिकवादी द्वन्द्ववादको विकास सम्बन्धी आधारभूत मान्यता, त्यसको प्रयोग र विकासबारे विचार–संश्लेषणको प्रक्रियामा क. प्रचण्डले राम्रो प्रकाश पार्नु भएको छ । यस सन्दर्भमा उहा“का यी भनाइहरू विशेष ध्यान दिन योग्य छन्—
“माक्र्सवाद–लेनिनवाद–माओवादलाई आन्दोलनमा स्थापित गर्ने सङ्घर्षले नै विशिष्ट दार्शनिक महŒव राख्दछ भन्ने कुरा स्वतः स्पष्ट हुन्छ । नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहेको विकास सम्बन्धी सुधारवादी र विकासवादी अवधारणाका विरुद्ध सङ्घर्ष गर्ने क्रममा पार्टीले धक्का, क्रमभङ्ग, छलाङ र महाविपत्ति सम्बन्धी माक्र्सवादी द्वन्द्ववादको विकास बारेको विज्ञानलाई विशेष रूपले तिखार्ने काम ग¥यो । मात्रात्मक र गुणात्मक परिवर्तन सम्बन्धी यान्त्रिक सोचाइ बोकेर मात्राका नाममा सुधारवादको खेती गर्ने अवसरवादमाथि यो विचारले जबर्जस्त प्रहार गरी क्रान्तिको उठानका लागि बलियो आधार प्रदान ग¥यो । जनयुद्धको ऐतिहासिक पहलदेखि अहिलेसम्म पार्टीका नीति, योजना र कार्यक्रममा ठीक यही धक्का, क्रमभङ्ग, छलाङ र महाविपत्ति सम्बन्धी नियमबारे माओवादी द्वन्द्ववादको प्रयोगबाट वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षमा हमेशा नया“ रक्तसञ्चार भइरहेको छ । अन्तर्विरोधका नियमबारे माओवादी द्वन्द्ववादको प्रयोगबाट वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षका समस्याहरू समाधान गर्ने क्रममा मौलिक अनुभवहरू स“गालिएका छन् । एकको दुईमा विभाजन र विपरीतहरूको एकता–सङ्घर्ष–रूपान्तरणको विज्ञानलाई महान् सर्वहारा सांस्कृतिक क्रान्तिका शिक्षाहरूको उचाईबाट प्रयोग गर्ने प्रक्रियाले पार्टीमा सबै प्रकारका गैरसर्वहारा प्रवृत्तिहरूलाई परास्त गर्दै क्रान्तिकारी धारालाई व्यापक जनवादको आधारमा निरन्तर विकसित र प्रभावी तुल्याउने विशिष्ट कु“जीको विकास भएकाले नै प्रतिक्रियावाद र संशोधनवादका शृङ्खलाबद्ध षड्यन्त्रलाई चकनाचुर पार्न सम्भव भएको छ । यही विशिष्ट बुझाइद्वारा निर्देशित भएर नै अहिले चलिरहेको पार्टी शुद्धीकरण अभियानले एकता–सङ्घर्ष–रूपान्तरणको विधिद्वारा पार्टीलाई नया“ आधारमा नया“ एकताको अभूतपूर्व उचाईमा उठाएको छ । किताबबाट किताब, विचारबाट विचार, सुधारबाट सुधारको संशोधनवादी चिन्तनका विरुद्ध सङ्घर्षका क्रममा भएको वर्गसङ्घर्षको प्रयोगले गर्दा द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तलाई बुझ्ने मौलिक विचारहरूको विकास भइरहेको छ । वस्तुगत र आत्मगत परिस्थिति, समग्र र अङ्श, मात्रा र गुणको बीचका द्वन्द्वात्मक सम्बन्धहरूको सञ्चालनमा पार्टीले विशिष्ट क्रान्तिकारी मान्यताहरूको विकास गरिरहेको छ । पा“च वर्षको जनयुद्धको मौलिक विकासले दर्शनको क्षेत्रमा पनि उपरोक्त प्रयोगको विशिष्ट विचारकै आकार ग्रहण गरेको कुरा स्पष्ट हुन्छ ।”(उही, भाग— २, पृष्ठ— १९२–१९३) ।
यी भनाइहरूमा भौतिकवादी द्वन्द्ववादका सारभूत विशेषता, नेपाली क्रान्तिमा त्यसको प्रयोगका ठोस सन्दर्भ र यो प्रक्रियाका बीचबाट दर्शनको फा“टमा पनि विशिष्ट विचार विकसित हु“दै गएको कुरा सशक्त रूपमा उद्घाटित भएका छन् । अत्यन्तै सङ्क्षिप्त रूपमा प्रस्तुत यी विचारहरू दार्शनिक दृष्टिले निकै गहन र सारगर्भित रहेका छन् ।
(ख) भौतिकवादी द्वन्द्ववादको आधारभूत नियम
क. प्रचण्डले द्वन्द्ववादको एक मात्र आधारभूत नियमका रूपमा विपरीतहरूको एकत्वको नियमलाई एकको दुईमा विभाजन र अन्तर्विरोधको नियमका रूपमा गहिराइपूर्वक आत्मसात्् गर्नु भएको छ । क. प्रचण्ड भन्नु हुन्छ— “द्वन्द्ववादको एउटा आधारभूत नियम विपरीतहरूको एकता र सङ्घर्ष हो ।” (उही, पृष्ठ— ७६) । यो मान्यता माओवादमा आधारित छ ।
त्यसैगरी, विपरीतहरू बीचको एकता र सङ्घर्षको स्वरूपमाथि प्रकाश पार्दै क. प्रचण्ड अगाडि भन्नु हुन्छ— “त्यस्तो एकता सापेक्ष, अस्थायी र सङ्क्रमणशील हुन्छ भने सङ्घर्ष निरन्तर र निरपेक्ष हुन्छ ।” (उही, पृष्ठ— ७६) । यहा“ एकातिर विपरीतहरूको एकतालाई सापेक्ष, अस्थायी र सङ्क्रमणशील तथा सङ्घर्षलाई निरपेक्ष रूपमा लिने मान्यतालाई दृढतापूर्वक अ“गालिएको छ । अर्कोतिर, नेपाली कम्युनिस्ट आन्दोलनमा लामो समयदेखि हावी बन्दै आएका विपरीतहरूको एकत्वलाई निरपेक्ष र सङ्घर्षलाई सापेक्ष तथा अस्थायी मान्ने सुधारवाद र संशोधनवादमाथि प्रहार गर्ने काम भएको छ ।
विश्वकम्युनिस्ट आन्दोलनमा विपरीतहरूको एकत्वलाई एकमनावादी अर्थमा ग्रहण गर्ने र त्यस प्रकारको एकत्वलाई बहुलवादका रूपमा विखण्डित गर्ने दुवै प्रकारका अधिभूतवादका विरुद्ध क. माओले सङ्घर्षको उठान गर्नु भएको थियो । माओको यस प्रकारको दार्शनिक मान्यताको जगमा खडा भएर त्यो सङ्घर्षलाई अझै प्रभावकारी रूपमा अगाडि बढाउने काममा क. प्रचण्डको उल्लेखनीय भूमिका रहेको छ । क. प्रचण्ड भन्नुहुन्छ— “कमरेड माओको मूल्याङ्कन एकातिर कमरेड स्तालिनलाई सम्पूर्ण रूपले नकार्ने दक्षिणपन्थी संशोधनवादी गद्दारविरुद्ध तथा अर्कोतिर कमरेड स्तालिनका गल्तीलाई समेत सकारात्मक देखाउने सङ्कीर्ण जडसूत्रीय संशोधनवादका विरुद्ध रहेको छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा पहिलो पङ्क्तिमा ट्राटस्की, टिटो, ख्रुश्चोभ आदि पर्दछन् भने दोस्रो पङ्क्तिमा अल्बानियाका अनवर होक्जा आदि पर्दछन् । यहा“ हामीले ध्यान दिनुपर्ने अर्को कुरा यो पनि छ कि क. स्तालिनको एकमना ९ःयलयष्तिजष्अ० सम्बन्धी धारणा र नोकरशाहीको विरोधका नाममा युरोकम्युनिज्मले अराजकतावाद बहुलवादको कोणबाट वस्तुतः माक्र्सवादकै एकीकृत द्वन्द्वात्मक भौतिकवादी विज्ञानको विरोध गर्न थाल्यो ।” (महान् अग्रगामी छलाङ्..., पृष्ठ— ९–१०) । आधुनिक जडसूत्रीय र बहुलवादी संशोधनवादका विरुद्ध परिलक्ष्यित यी विचारहरू एकीकृत द्वन्द्वात्मक भौतिकवादलाई समृद्ध र विकसित तुल्याउने प्रक्रियामा निकै सशक्त र सार्वभौम महŒवका रहेका छन् ।
द्वन्द्ववादका आधारभूत नियमहरूको उल्लेख गर्ने सन्दर्भमा क. प्रचण्डले मात्रात्मक र गुणात्मक परिवर्तनबारे राम्रो प्रकाश पार्नु भएको छ । मात्रात्मक र गुणात्मक परिवर्तन सम्बन्धी प्रचण्डपथको मान्यता लेनिनवादमा आधारित रहेको छ । यस सन्दर्भमा उहा“ले एकातिर क्रमिक परिवर्तनको महŒवलाई अङ्गिकार गर्नु भएको छ भने अर्कोतिर मुख्यतः गुणात्मक परिवर्तनको धक्का, क्रमभङ्ग, छलाङ र महाविपत्ति सम्बन्धी मान्यतामाथि विशेष जोड दिनु भएको छ ।
भौतिकवादी द्वन्द्ववादको उल्लेख गर्दा वाद–विवाद र संवाद अर्थात् निषेधको निषेधबारे पनि क. प्रचण्डले आवश्यक ध्यान दिनु भएको पाइन्छ । पार्टी इतिहासको विकास–प्रक्रियाको मूल्याङ्कन गर्ने सन्दर्भमा सोही दस्तावेजमा उहा“ भन्नु हुन्छ– “नेपाली कम्युनिस्ट आन्दोलनको संश्लेषण गर्दा भन्न सकिन्छ कि यो एकता–सङ्घर्ष–रूपान्तरण अर्थात् वाद–विवाद र संवादको द्वन्द्वात्मक नियम अनुसार नया“ आधारमा नया“ एकता कायम गर्दै अगाडि बढिरहेको छ । ...नेपाली कम्युनिस्ट आन्दोलनको सिङ्गो प्रक्रियालाई एउटा संशोधनवादले निषेध ग¥यो र संशोधनवादलाई पुनः क्रान्तिकारी सही नीतिले निषेध ग¥यो । यसको परिणामस्वरूप जनयुद्धको महान् प्रक्रिया अगाडि आयो । तर, अब यो प्रक्रिया यहीं पूर्ण र अन्त्य भयो भन्ने अर्थमा लिइयो वा बुझियो भने त्यो विकासको द्वन्द्वात्मक नियमविरुद्धको कुरा हुने छ । एकता–सङ्घर्ष–रूपान्तरणको यो प्रक्रिया निरन्तर चलिरहने छ ।” यहा“ क. प्रचण्डले निषेधको निषेधका आधारमा नेपाली कम्युनिस्ट आन्दोलनमा विद्यमान माक्र्सवाद र संशोधनवादका बीचको द्वन्द्वात्मक विकास–प्रक्रियालाई निकै सुन्दर ढङ्गले प्रस्तुत गर्नु भएको छ । वाद–विवाद र संवाद, निषेधको निषेध बारेको प्रचण्डपथको यो मान्यता विकास सम्बन्धी त्रैतवादी अवधारणाका विरुद्ध द्वन्द्ववादको आधारभूत नियम विपरीतहरूको एकत्वमा आधारित रहेको छ ।
भौतिकवादी द्वन्द्ववादको आधारभूत नियमबारे प्रचण्डपथद्वारा प्रस्तुत मान्यताको उल्लेख गर्दा निम्न दुई कुरामाथि विशेष ध्यान दिनु जरुरी छ । पहिलोः प्रचण्डपथले विपरीतहरूको एकत्वको नियमलाई द्वन्द्ववादको आधारभूत नियमका रूपमा ग्रहण गरी मात्रा र गुणको परस्पर रूपान्तरण तथा निषेधको निषेधलाई त्यसै आधारभूत नियम अन्तर्गत समावेश गरेको छ । दोस्रोः यसले एकमनावाद र बहुलवादका विरुद्धको सङ्घर्षको प्रक्रियामा विपरीतहरूको एकत्वको नियमलाई समृद्ध र विकसित तुल्याएको छ ।
(ग) द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्त
द्वन्द्वात्मक भौतिकवाद आदर्शवादका विरुद्ध परिलक्ष्यित रहेको छ । क. प्रचण्डले यस प्रकारको आर्दशवादका विरुद्ध द्वन्द्वात्मक भौतिकवादका आधारमा सङ्घर्ष गर्दै महान् जनयुद्धका बीचबाट क्रान्तिकारी सिद्धान्तको विकास र परिमार्जन स्थापित हुन गएको कुरालाई निकै राम्रोस“ग प्रष्ट पार्नु भएको छ । उहा“ भन्नु हुन्छ— “कम्युनिस्ट आन्दोलनमा हावी रहेको विचार, विचार र विचारको बुर्जुवा आदर्शवादी चक्रब्युह क्रान्तिकारी सिद्धान्तलाई क्रान्तिकारी व्यवहारमा प्रयोगद्वारा तोडिएको छ । वास्तविक क्रान्तिकारी प्रक्रियाको ढोका खुलेको छ ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग— २, पृष्ठ— ४०) । यहा“ एकातिर नेपाली कम्युनिस्ट आन्दोलनमा हावी रहेको विचारबाट विचारमा जाने आदर्शवादमाथि सशक्त प्रहार गरिएको छ भने अर्कोतिर क्रान्तिकारी व्यवहारबाट क्रान्तिकारी सिद्धान्ततर्फ जाने द्वन्द्वात्मक भौतिकवादको ज्ञानसिद्धान्तलाई राम्रोस“ग अ“गाल्ने काम भएको छ ।
पदार्थ र चेतनामा कसको प्रमुख भूमिका हुन्छ ? वस्तुगत र आत्मगत परिस्थितिमा कुन प्रमुख हो ? यी प्रश्नको जवाफमा क. प्रचण्डले एकातिर पदार्थ वा वस्तुगत परिस्थिति नै प्रमुख हुने भौतिकवादी मान्यतालाई दृढतापूर्वक अ“गाल्नु भएको छ भने अर्कोतिर चेतना वा आत्मगत पक्षले पदार्थ वा वस्तुगत पक्षलाई पनि प्रभावित पार्ने द्वन्द्ववादी मान्यतालाई दह्रोस“ग पकड्नु भएको छ । क. प्रचण्ड भन्नु हुन्छ— “वस्तुगत परिस्थितिले स्वतः यान्त्रिक र निरपेक्ष रूपमा आत्मगत स्थितिलाई तयार पार्दछ भन्ने ठान्नु माक्र्सवादी द्वन्द्ववादविरुद्धको कुरा हो । पदार्थ र चेतनाका बीचको सम्बन्धमा अन्ततः पदार्थ नै प्रमुख हु“दाहु“दै पनि निश्चित स्थितिहरूमा चेतनाले प्रमुख भूमिका खेल्छ र ती दुईका बीचमा एक–अर्कालाई प्रभाव पार्ने द्वन्द्वात्मक सम्बन्ध रहन्छ । माओवादी जनयुद्धको विकासको सम्बन्धमा पनि यो कुरा सा“चो हो । त्यसकारण पार्टीले कुन कुरामा जोड दि“दै आएको छ भने नेपालमा जनयुद्धको विकास एकातिर लामो वर्गसङ्घर्षको र अर्कोतिर कम्युनिस्ट आन्दोलनभित्र दशकौंदेखि चल्दै आएको भिषण वैचारिक सङ्घर्षको विकासको परिणाम हो । पहिलोले वस्तुगत परिस्थिति र दोस्रोले आत्मगत परिस्थिति तयार पारेर मात्र जनयुद्धको ऐतिहासिक पहल सम्भव भएको छ ।” (उही, पृष्ठ— ५९–६०) । यहा“ एकातिर क्रान्तिको आत्मगत तयारीको पूर्णतः उपेक्षा गर्ने यान्त्रिककतावादी तथा स्वःस्फूर्ततावादी चिन्तनमाथि कडा प्रहार गरिएको छ भने अर्कोतिर वस्तुगत र आत्मगत तथा पदार्थ र चेतनाबीचको द्वन्द्वात्मक सम्बन्धमाथि राम्रो प्रकाश पारिएको छ ।
ज्ञानको स्रोत के हो र त्यो कहा“बाट प्राप्त हुन्छ ? ज्ञानसिद्धान्तको माओवादी मान्यतालाई दृढतापूर्वक अ“गाल्दै क. प्रचण्ड भन्नु हुन्छ— “माक्र्सवादी विज्ञानका अनुसार त्यो ज्ञान सङ्घर्षबाट प्राप्त हुन्छ । माओले ज्ञानको स्रोतका रूपमा वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोगलाई ठोस रूपमा सूत्रीकरण गर्नु भएको छ । आफ्नो अन्तर्यमा नेपाली जनयुद्ध वर्गसङ्घर्ष, उत्पादनका निमित्त सङ्घर्ष र वैज्ञानिक प्रयोगकै घनीभूत अभिव्यक्ति हो ।” (उक्त, पृष्ठ— ११४०) ।
क. प्रचण्डले द्वन्द्वात्मक भौतिकवादी ज्ञानसिद्धान्तको चर्चा गर्दा व्यवहार, ज्ञान, फेरि व्यवहार र फेरि ज्ञानको प्रक्रिया अनन्त हुनेबारे ठाउ“ठाउ“मा प्रशस्त उल्लेख गर्दै आउनु भएको छ । यस प्रकारको उल्लेखबाट एकातिर ज्ञानको कसौटीका रूपमा व्यवहारलाई लिने र अर्कोतिर व्यवहारबाट ज्ञान तथा ज्ञानबाट व्यवहारमा जाने ज्ञानसिद्धान्तको दुई छलाङको मान्यतालाई राम्रोस“ग ग्रहण गर्ने काम भएको छ ।
क्रान्तिकारी सिद्धान्तको आत्मसातीकरण, त्यसको प्रयोग र विकासको प्रश्नलाई क. प्रचण्डले अत्यन्तै गम्भीरतापूर्वक लिनु भएको छ । यस निम्ति बाधक बनेको जडसूत्रवाद र अनुभववादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने कुरामा उहा“ले लगातार जोड दि“दै आउनु भएको छ । उहा“ भन्नु हुन्छ— “माक्र्सवाद–लेनिनवाद–माओवादका वैज्ञानिक सिद्धान्तहरूलाई अझ गहिराइपूर्वक अध्ययन र आत्मसात् गर्न र तिनलाई वर्गसङ्घर्षको व्यवहारमा प्रयोग गर्दै विकास गर्न जोड लगाउनु पर्दछ । वैचारिक रूपले जडसूत्रवाद र अनुभववादका विरुद्धको सङ्घर्षलाई अझ सुक्ष्म र व्यापक रूपमा बढाउनुपर्छ ।” (उही, पृ.— ११८) । सिद्धान्तका रक्षाका नाममा त्यसको प्रयोग र विकासमा अवरोध पु¥याउने काम जडसूत्रवादबाट हुने गरेको छ । यसैगरी, सिद्धान्तको विकासका नाममा त्यसको क्रान्तिकारी सारतŒवको हत्या गर्ने काम व्यवहारवादबाट हुने गरेको छ । प्रचण्डपथको ज्ञानसिद्धान्त यस प्रकारका दुवै चिन्तनका विरुद्ध परिलक्ष्यित रहेको छ । यसले क्रान्तिकारी सिद्धान्तको मूल मर्मको रक्षा गर्दै त्यसलाई प्रयोगद्वारा विकसित गर्ने कुरामा विशेष जोड दिन्छ ।
ज्ञानसिद्धान्तको क्षेत्रमा क. प्रचण्डले प्रयोगको वैज्ञानिक विधिका साथै विश्लेषण र संश्लेषणको विधिलाई पनि दृढतापूर्वक अ“गाल्नु भएको छ । उहा“ भन्नु हुन्छ– “हामीले संश्लेषणमा जोड दिनुपर्छ र विश्लेषणमा ध्यान दिनुपर्छ । संश्लेषणमा जोड दिनु भनेको हाम्रो तात्पर्य समग्र स्थितिमा जोड दिनु, क्रान्तिमा जोड दिनु हो र विश्लेषणमा ध्यान दिनु भनेको वस्तु र घटनाक्रमको अङ्श र अङ्शमा रहेको वास्तविक स्थिति केलाउन ध्यान दिनु भनिएको हो । विश्लेषणमा जोड गयो भने त्यसबाट व्यवहारवादको, विभागवादको र इलाकावादको खतरा पैदा हुन्छ । संश्लेषणमा जोड दिएर तथा विश्लेषणमा ध्यान दिएर मात्र हामी अङ्श र सम्पूर्णको सम्बन्धलाई ठीक किसिमले बुझ्ने मात्र होइन, संसारलाई बदल्ने गुदी कुरालाई पनि व्यवहारतः कार्यान्वयन गरिरहेका हुनेछौं ।” (उक्त, पृष्ठ— ४६) । प्रचण्डपथको ज्ञानसिद्धान्तको यो विधि दुनिया“ बुझ्ने र मुख्यतः दुनिया“ बदल्ने द्वन्द्वात्मक भौतिकवादको सारतŒवमा आधारित रहेको छ ।
(घ) समृद्धीकरण र विकास
द्वन्द्वात्मक भौतिकवादको क्षेत्रमा क. प्रचण्डद्वारा विकसित मान्यता मूलतः यी हुन्—
पहिलो, द्वन्द्ववादको आधारभूत नियमः क. प्रचण्डले द्वन्द्ववादको आधारभूत नियमका रूपमा विपरीतहरूको एकत्वको नियमलाई माओवादी मान्यताको जगमा खडा भएर एकातिर वर्गयुद्ध तथा दुईलाइन सङ्घर्ष र अर्कोतिर स्तालिनका कमी–कमजोरीहरूका साथै आधुनिक, जडसूत्रीय एवम् बुहलवादी संशोधनवादका विरुद्धको वैचारिक सङ्घर्षको प्रक्रियालाई थप समृद्ध एवम् विकसित तुल्याउनु भएको छ । यो मान्यताले द्वन्द्वात्मक भौतिकवादी अद्वैतवादको विकासलाई नया“ उचाई प्रदान गरेको छ र यसले सार्वभौम महŒव राख्तछ ।
दोस्रो, मात्राको गुणमा रूपमान्तरणः क. प्रचण्डले मात्राको गुणमा रूपान्तरणबारे क्रमभङ्ग, क्रान्ति, धक्का, गुणात्मक छलाङ र महाविपत्तिका रूपमा प्रस्तुत लेनिनवादी मान्यतालाई थप समृद्ध र प्रखर तुल्याउनु भएको छ ।
तेस्रो, ज्ञानको दुई छलाङको सिद्धान्तः पदार्थ र चेतना, वस्तुगत पक्ष र आत्मगत पक्ष बारेको ज्ञानको दुई छलाङको सिद्धान्तलाई क. प्रचण्डले निकै परिमार्जित र समृद्ध तुल्याउनु भएको छ । प्रचण्डपथको ज्ञानसिद्धान्तमा आवश्यकता र आकस्मिकता, यथार्थ र सम्भावना, सम्पूर्ण र अङ्श, अन्तर्वस्तु र रूप, सिद्धान्त र व्यवहार, विश्लेषण र संश्लेषणको द्वन्द्वात्मक एकत्व सजीव रूपमा अभिव्यक्त भएको पाइन्छ ।
४. ऐतिहासिक भौतिकवादबारे
ऐतिहासिक भौतिकवादका आधारभूत मान्यताहरूबारे क. प्रचण्ड भन्नु हुन्छ— “हर ऐतिहासिक कालमा उत्पादक–शक्ति र उत्पादन–सम्बन्धका बीचको अन्तर्विरोधको प्रकृति अनुसार नै वर्गसङ्घर्षको स्तर र प्रकृति निर्धारित हु“दै आएको छ । तर, उत्पादक शक्तिको विकासको स्तर जनुसुकै रहेको भए पनि प्रत्येक ऐतिहासिक कालमा वर्गसङ्घर्षको विकास निरन्तरतामा क्रमभङ्गको रूपमा, अग्रगामी वर्गद्वारा प्रतिगामी वर्गका विरुद्ध सचेत धक्का अर्थात् क्रान्तिको रूपमा नै हु“दै आएको छ । सामाजिक क्रान्तिको यो प्रक्रिया न कहिल्यै स्वतःस्फूर्त ढङ्गले, आफसेआफ, क्रमशः सम्पन्न भएको छ; न विकासको वस्तुगत आवस्थाविपरीत कसैको मनोगत इच्छाद्वारा नै पूरा हुने गरको छ । त्यो त उत्पादक–शक्ति र उत्पादन–सम्बन्धका बीचको अन्तर्विरोधको विकासको स्तरद्वारा निर्धारित र सीमाबद्ध भएको हुन्छ ।” (उही, भाग— १, पृ.— २) ।
यहा“ इतिहासको चालक शक्तिका रूपमा उत्पादक–शक्ति र उत्पादन–सम्बन्ध बीचको अन्तर्विरोध तथा वर्गसङ्घर्षलाई लिइएको छ र इतिहासलाई वस्तुवादी तथा गुणात्मक छलाङको रूपमा ग्रहण गर्ने द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको अवलम्बन गरिएको छ । साथै, यहा“ इतिहासको विकास–प्रक्रियालाई क्रमिकतामा हेर्ने भ“डुवा विकासवाद र इतिहासलाई मनोगत इच्छाको विषय ठान्ने ऐतिहासिक आदर्शवादको सशक्त विरोध गरिएको छ ।
(क) नेपाली समाजको ऐतिहासिक अध्ययन
नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रियाबारे क. प्रचण्ड भन्नु हुन्छ— “केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकासभन्दा पहिले नेपाल कयौं ससाना राजारजौटा र विभिन्न कविलार्ई गणतन्त्रात्मक राज्यहरूमा विभक्त थियो । त्यति बेला राजा र राज्यसत्ताको स्वरूप अहिलेको जस्तो थिएन; मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजको जग बसाउन उत्तर र दक्षिणतिर भइरहेका प्रयत्नको प्रतिनिधित्व गर्ने क्रममा मञ्जुश्री र नेमुनीहरूले सर्वस्वीकृत रूपमा राजा छान्ने प्रक्रिया अपनाएको तथ्यले त्यति बेलाका राजा भन्नाले कविलार्ई नेताभन्दा अर्को अर्थ लाग्दैन । आवश्यकता अनुसार राजा बदल्ने, राजा चुन्ने र बद्मासी गरेमा राजालाई दण्ड–सजाय“ समेत दिने लामो ऐतिहासिक प्रक्रियाबाट नेपाली समाज गुज्रेको तथ्यले आजको नेपाली समाजको मनोवैज्ञानिक बनावट बुझ्न ठूलो मद्दत गर्दछ ।... समाजमा वर्गविभाजनको विकासस“गस“गै तुलनात्मक रूपले बलिया सामन्ती राजाहरूले आफ्नो परिभाषा दैवी अवतारको रूपमा दिन थालेको पाइन्छ ।” (महान् अग्रगामी छलाङ... पृ.— २५–२६) ।
नेपाली समाजको विकास–प्रक्रियालाई मातृसत्ता र पितृसत्ता हु“दै विकसित भएको, नेता छान्ने कविलार्ई परम्पराका बीचबाट राजतन्त्र जन्मिएको, प्रारम्भमा राजतन्त्रको शक्ति धेरै कमजोर रहेको र वर्गविभाजनको क्रममा राजतन्त्र तुलनात्मक रूपमा बलियो हुन थालेको कुरा यहा“ राम्रोस“ग प्रस्तुत गरिएको छ । साथै, यहा“ राजाको दैवी उत्पत्ति सम्बन्धी अवतारवादी मान्यताको पनि सशक्त खण्डन गरिएको छ ।
नेपाली समाजको विकास कसरी भयो ? क. प्रचण्ड भन्नु हुन्छ— “ऐतिहासिक भौतिकवादी ढङ्गले हेर्दा नेपालको इतिहासमा के कुरा सजिलै देख्न सकिन्छ भने नेपाली जनताले आफ्नो अस्तित्व र विकासका लागि हजारौं वर्षदेखि नै प्राकृतिक कठिनाई एवम् विविध रूपमा मानवनिर्मित समस्याहरूस“ग विविध ढङ्गका सङ्घर्ष गर्दै आएका छन् । आफ्नो प्राकृतिक अर्थतन्त्र एवम् कविलाई संस्कृति सहित स्वतन्त्रतापूर्वक पहाडका विकट भीर–पाखा–पखेरामा जीवनका निमित्त प्रकृतिस“ग सङ्घर्ष गरिरहेका सोझा र सरल जाति एकातिर तथा अर्कोतिर पटकपटक गरी मुख्यतः करिव १ हजार वर्षअगाडि उच्च उत्पादन–प्रविधि एवम् युद्ध–कौशलसहित दक्षिणतिरबाट मुश्लिमस“गको लडाइ“मा पराजित भएर यस पहाडी प्रदेशमा प्रवेश गरेका हिन्दू धर्मावलम्बी जातिका बीचको अन्तर्सङ्घर्ष र अन्तर्घुलनको प्रक्रियामा नै आधुनिक नेपालको विकास भएको छ । त्यस ऐतिहासिक प्रक्रियामा विभिन्न राजारजौटाको विकास र उनीहरूका बीचमा निरन्तर भइरहने झडपहरूको क्रमले नेपाली जनतालाई जीवनको आवश्यकताले नै हिंसात्मक सङ्घर्षमा प्रशिक्षित हु“दै जान बाध्य पारेको कुरा इतिहासमा स्पष्ट देखिन्छ । आफ्नै ऐतिहासिक विकास–प्रक्रियामा लडाकुपन र रणकौशलको ज्ञान हासिल गरेका नेपाली जनताले पछि आएर आधुनिक ज्ञान, प्रविधि र शस्त्रास्त्रसज्जित दक्षिणतिर अङ्ग्रेजको फौज एवम् उत्तरतिर चीनको तिब्बतस“ग भिषण र वीरतापूर्ण लडाइ“हरू लडेका छन् । आफ्नो स्वाभिमानका निमित्त लडिएका ती लडाइ“हरूमा आफ्नै स्वदेशी हतियारको बलमा बाल, वृद्ध, महिला, युवकहरूले इतिहासमा जुन अपूर्व त्याग, बलिदान, शौर्य र चातुर्यको प्रदर्शन गरेका छन्; त्यसले विशाल साम्राज्यवादी फौज र तिनका नायकहरूलाई भयभित र आतङ्कित तुल्याउने नेपाली (गोर्खाली) जातिलाई संसारको बहादुर र लडाकु जातिका रूपमा स्थापित गराएको छ । आज पनि इतिहासमा नेपालीहरूले देखाएको रणकौशल, बहादुरी र बलिदान सम्झ“दा कुनै पनि स्वाभिमानी नेपालीहरूको छाती गर्वले फुल्दछ । ती लडाइ“हरूमा नेपाली जनताले देखाएको त्याग, बलिदान, शौर्य र चातुर्यलाई विश्वसर्वहारा वर्गका महान् नेता एवम् साम्यवादी सिद्धान्तका प्रवर्तक कार्ल माक्र्सले समेत सम्मान गर्नु भएको तथ्य हाम्रा लागि कम गौरवको विषय होइन ।” (माओवादी, मङ्सिर, २०५२, पृ.— १) ।
यहा“ नेपालको इतिहास निर्माणमा जनसमुदायले खेलेको त्याग, वीरता तथा बलिदानको भूमिका, वर्गसङ्घर्ष, हिंसाको प्रयोग र विभिन्न युद्धहरूको स्थितिबारे राम्रो प्रकाश पारिएको छ । केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापनाको प्रश्नलाई क. प्रचण्डले ऐतिहासिक भौतिकवादको आधारमा निकै वस्तुवादी र गहन ढङ्गले प्रस्तुत गर्नु भएको छ । उहा“ भन्नु हुन्छ— “उत्पादक शक्तिको सामान्य विकासको माग गरिरहेको नया“ उत्पादन–सम्बन्धको आवश्यकताले देशमा विद्यमान ससाना राजारजौटा र कविलाई गणतन्त्रको उपस्थिति अनावश्यक बन्दै गयो । यो वस्तुगत आवश्यकताले एउटै बलियो, केन्द्रीकृत सामन्ती राज्यसत्ताको विकास हुन पुग्यो । नवोदित र कमजोर राज्य भएर पनि गोरखाका पृथ्वीनारायण शाहको सामन्ती राज्य–विस्तार अभियानले सफलता प्राप्त गर्नुका पछाडि सबै वस्तुगत आवश्यकताले काम गरेको तथ्यलाई अवमूल्यन गर्नु ऐतिहासिक भौतिकवादलाई नै नबुझ्नु मात्र ठहर्छ । यहा“ स्मरणीय छ कि सामन्ती निरङ्कुश राजतन्त्रको विकास सम्बन्धी नेपाली प्रक्रिया फ्रेडरिक एङ्गेल्सले ‘परिवार, निजी सम्पत्ति र राज्यसत्ताको उत्पत्ति’ मा गर्नु भएको अनुसन्धान र संश्लेषणस“ग मेल खान्छ ।” (महान् अग्रगामी छलाङ्... पृ.— २६) ।
यहा“ क. प्रचण्डले केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापनालाई नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रियाको वस्तुगत आवश्यकताको रूपमा लिनु भएको छ । तर, यसका साथै उहा“ले केन्द्रीय सामन्ती राज्यसत्ताको स्थापनाको नकारात्मक पक्षप्रति पनि त्यत्तिकै ध्यान दिनु भएको छ । उहा“ अगाडि भन्नु हुन्छ— “केन्द्रीकृत सामन्ती राज्यसत्ताले नेपालका विभिन्न जाति, जनजाति र क्षेत्रका जनसमुदायको भाषिक, धार्मिक, सांस्कृतिक एवम् परम्परागत जनवादी मान्यता र अधिकारमाथि हिन्दू सामन्ती एवम् ब्राáणवादी जातीय अहङ्कारवाद लादेर वास्तविक राष्ट्रिय एकता र शक्तिको विकासलाई अवरुद्ध पारेको छ अनि नया“ जनवादी क्रान्तिले आजको परिवेशमा जातीय आत्मनिर्णयको अधिकारको सिद्धान्त अनुसार समानता र स्वतन्त्रतामा आधारित बलियो राष्ट्रिय एकताको जग बसाउनु जरुरी छ ।” (उही, पृ.— ३३) । पृथ्वीनारायण शाहद्वारा गरिएको एकीकरणलाई क. प्रचण्ड हिन्दू सामन्ती तथा ब्राáणवादी जातीय अहङ्कारवादमा आधारित र सच्चा राष्ट्रिय एकताका निम्ति अवरोध ठान्नु हुन्छ र त्यसका विरुद्ध नया“ जनवादी क्रान्तिको बीचबाट जातीय आत्मनिर्णयको अधिकारको आधारमा नया“ ढङ्गले सच्चा र बलियो राष्ट्रिय एकताको निर्माण गर्ने कुरामा विशेष जोड दिनु हुन्छ ।
सोही दस्तावेजमा क. प्रचण्ड भन्नु हुन्छ— “औपचारिक अर्थमा सार्वभौम भनिए पनि नेपाल यथार्थमा करिव २ सय वर्षदेखि अर्धऔपनिवेशिक स्थितिबाट गुज्रिरहेको छ । अङ्ग्रेजस“गको कुख्यात सुगौली सन्धिपछि कायम भएको यो स्थितिले नेपालमा सामन्तवादको गर्भबाट पु“जीवादको स्वभाविक विकासलाई अवरुद्ध पा¥यो । कृषि, व्यापार, विनिमय आदिद्वारा आत्मनिर्भर अर्थतन्त्रतिर अगाडि बढिरहेको नेपाली समाजमा वैदेशिक पु“जीको प्रवेशद्वारा तहसनहस हुने प्रक्रियाको सुरुआत त्यतिबेलैबाट भएको हो । वैदेशिक पु“जीको स्वार्थमुताविक केही ससाना उद्योग–धन्दाहरूको विकास गरिएपछि नेपाल सामन्ती स्थितिबाट क्रमशः अर्धसामन्ती स्थितिमा परिणत भयो । यसरी नेपाल अद्यावधि अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा रहेको छ ।” (उही, पृ.— २५) ।
सुगौली सन्धिपश्चात वैदेशिक पु“जीको प्रवेशले गर्दा नेपालको आत्मनिर्भर अर्थतन्त्रलाई ध्वस्त पारेको एवम् यसै प्रक्रियामा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक बन्न गएको तथ्यलाई यहा“ राम्रोस“ग उजागर गरिएको छ ।
यसै प्रक्रियामा नेपालमा नोकरशाही पु“जीवादको जन्म भयो । यो नेपालको इतिहासमा एउटा अर्को मोड थियो । क. प्रचण्डले नोकरशाही पु“जीवादलाई सामन्तवाद र साम्राज्यवादको अपवित्र गठबन्धनबाट जन्मेको ठिमाहा सन्तान बताउनु भएको छ । नोकरशाही पु“जीवादमा आधारित सामन्तवाद र साम्राज्यवाद बीचको यस प्रकारको गठबन्धनकै प्रक्रियामा नेपालमा एकातिर राष्ट्रिय आत्मसमर्पणवादी गद्दारहरू पैदा भए भने अर्कोतिर महान् देशभक्तहरू पनि जन्मिए । यो गठबन्धनले राष्ट्रियता र जनवादको प्रश्नमा जनताको बीचमा एकातिर असङ्ख्य भ्रमहरू छर्ने प्रयास ग¥यो भने अर्कोतिर २००७ सालदेखि २०४६ सालसम्मका जनआन्दोलनलाई धोकापूर्ण सम्झौतामा समाप्त पार्ने अनेकौं षड्यन्त्रहरू रच्यो । जनतालाई भ्रमित तुल्याउने उनीहरूको यस प्रकारको चरित्रलाई स्पष्ट पार्दै क. प्रचण्ड भन्नु हुन्छ— “जनसमुदायलाई भ्रमित तुल्याउने उद्देश्यले मात्र सामन्तवादले राष्ट्रियताको र साम्राज्यवादले प्रजातन्त्रको दुहाई दिने गरेका छन् । साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको विशेषता र नेपालको आफ्नै अनुभवबाट यो स्पष्ट छ कि सामन्तवाद साम्राज्यवादका विरुद्ध जा“दैन र साम्राज्यवाद सामन्तवादका विरुद्ध जा“दैन ।” (उही, पृ.— ३०) ।
राष्ट्रियता र प्रजातन्त्र बारेका यी विचारहरू अत्यन्तै गम्भीर छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा राष्ट्रियताको नाममा राजाका पछि लाग्ने र प्रजातन्त्रको नाममा साम्राज्यवाद–विस्तारवादका पछाडि दगुर्ने पुच्छरवाद निकै घातक रहिआएको छ । यहा“ क. प्रचण्डले बताउनु खोज्नु भएको कुराको मर्म के हो भने सामन्तवाद र साम्राज्यवादद्वारा जनतामा छरिएका यस प्रकारका भ्रमहरूको चिरफार तथा पुच्छरवादको विरोध गर्दै क्रान्तिकारी कम्युनिस्टहरूले आफ्नै स्वतन्त्र पहलमा राष्ट्रियता र जनतन्त्रको लडाइ“लाई सङ्गठित र विकसित तुल्याउन प्रयत्न गर्नु पर्दछ । यसको सार आजको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा राष्ट्रियता र जनवादका लागि गरिने क्रान्तिको नेतृत्व सच्चा कम्युनिस्ट पार्टीले मात्र गर्न सक्छ र यसरी मात्र जनताको सामन्तवाद तथा साम्राज्यवादसितको आधारभूत अन्तर्विरोधको समाधान हुन सक्दछ भन्ने नै हो ।
नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रियाको अध्ययन गर्ने सन्दर्भमा क. प्रचण्डद्वारा लिखित ऐतिहासिक विकासको सन्दर्भमा नेपाली नया“ जनवादी क्रान्तिको युद्धनीति शीर्षक लेख विशेष महŒवको छ । यो लेखमा नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रियामा विद्यमान वर्गसङ्घर्ष र युद्धका साथै २००७ सालको आसपासदेखि चल्दै आएका विभिन्न जनआन्दोलन तथा सशस्त्र विद्रोहहरूबारे वैज्ञानिक अध्ययन गरिएको छ । यो अध्ययनको निष्कर्षका रूपमा उहा“ भन्नु हुन्छ— “इतिहासका अनुभवबाट हामी के भन्न सक्दछौं भने नया“ जनवादी क्रान्तिका लागि गाउ“बाट सहर घेर्ने दीर्घकालीन जनयुद्धको नीति माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्त अनुरूप मात्र होइन, नेपालको ऐतिहासिक विकास–प्रक्रियास“ग पूरै मेल खान्छ । जनयुद्धको दीर्घकालीन प्र्रक्रियाविना हाम्रोजस्तो देशमा नया“ पार्टी र नया“ समाजको कुरा हुनै सक्तैन । आजको विश्वका वर्गसङ्घर्षका अनुभवले जनयुद्धको अर्को विकल्प नभएको तथ्य नै स्पष्ट पारेको छ । जनआन्दोलन र संसदीय सङ्घर्षलाई प्रधान बताएर जनतालाई धोखा दिने अवसरवादी भ्रमहरूलाई च्यातचुत पारेर जनयुद्धको प्रक्रियामा प्रवेश इतिहासकै आवश्यकता भएको भएको छ । जनता नै इतिहासको निर्माता हो । वीरताको गौरवपूर्ण गाथा बोकेका नेपाली जनतालाई जनयुद्धमा नेतृत्व प्रदान गर्नु कम्युनिस्टहरूको आजको कर्तव्य हो ।” (माओवादी, पृ.— १५) ।
नेपालमा दीर्घकालीन जनयुद्ध माक्र्सवाद–लेनिनवाद–माओवादको सिद्धान्तका आधारमा मात्र होइन, नेपाली समाजको इतिहास र वर्तमानका विशिष्टताका आधारमा समेत अपरिहार्य बन्न गएको कुरा यहा“ राम्रोस“ग प्रस्तुत गरिएको छ । साथै, यहा“ जनआन्दोलन र संसदीय सङ्घर्षलाई प्रधान बताउ“दै जनयुद्धको विरोध गर्ने अवसरवादलाई उदाङ्गो पारिएको छ ।
क. प्रचण्डद्वारा प्रस्तुत नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रिया बारेको यो अध्ययनबाट के स्पष्ट हुन्छ भने नेपाली समाज कविलाई अवस्था अर्थात्, मातृसत्ता र पितृसत्ताबाट उत्पादनका निम्ति सङ्घर्ष, वर्गसङ्घर्ष र विभिन्न प्रकारका युद्धहरूको प्रक्रियास“ग ससाना सामन्ती राज्यसत्ताहरूबाट सामन्तवादी केन्द्रीय राज्यसत्ता स्थापनाको प्रक्रिया पार गर्दै वर्तमान अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा विकसित भएको छ । इतिहासको यो अध्ययनबाट नेपाली क्रान्तिका कयौं मान्यता र विशिष्ट नियमहरू उद्घाटित हुन गएका छन् ।
(ख) विश्वक्रान्तिको सन्दर्भ
नेपाली समाज र क्रान्तिका विशिष्टताहरूको अध्ययन गर्ने क्रममा क. प्रचण्डले दक्षिण एशियाली क्षेत्रका देशहरूका क्रान्तिको सन्दर्भमाथि पनि आवश्यक ध्यान दिनु भएको छ । क. प्रचण्ड भन्नु हुन्छ— “यस क्षेत्रको विशिष्ट अवस्थाले सबै देशका कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि भारतीय एकाधिकार पु“जीवादी शासकवर्ग र विभिन्न देशका उसका दलालहरूका विरुद्ध एकीकृत रणनीतिको विकास अपरिहार्य हुन गएको कुरा स्पष्ट हुन्छ । यो अपरिहार्यताले सिङ्गो क्षेत्रलाई नै एक्काईसौं शताब्दीको नया“ शोभियत फेडरेसनका रूपमा विकास गर्नुपर्ने अवश्यकताको ढोका खट्खट्याएको छ ।” (महान् अग्रगामी छलाङ,..., पृ.— २४) ।
यहा“ भारतीय विस्तारवादका विरुद्धको सङ्घर्षमा यस क्षेत्रका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूले आफ्नो साझा दायित्वको रूपमा एकीकृत रणनीति विकसित गर्नुपर्ने आवश्यकतामाथि विशेष जोड दिइएको छ । यहा“ प्रस्तुत एकीकृत रणनीति र नया“ शोभियत फेडरेसनको अवधारणाले विशेष सैद्धान्तिक महŒव राख्छ ।
यसै प्रक्रियामा क. प्रचण्डले साम्राज्यवाद र सर्वहारा क्रान्तिको वर्तमान युगका समग्र विशेषताहरूको अध्ययन गर्ने कुरामाथि विशेष जोड दिनु भएको छ । अहिलेको साम्राज्यवादका विशेषता र तयसले विश्वक्रान्तिप्रति पार्ने सकारात्मक र नकारात्मक पाटाहरूको चर्चा गर्दै क. प्रचण्ड भन्नु हुन्छ– “अहिलेको विश्वमा नाफा सोहोर्ने नकारात्मक उद्देश्यका साथ साम्राज्यवादले तयार पारेको निम्न विशिष्ट परिस्थितिप्रति हाम्रो ध्यान गम्भीर रूपले खि“चिनु जरुरी छ । पहिलोः नाफाको धुनमा उच्च प्रविधिलाई धर्तीको विशाल बहुसङ्ख्यामा रहेका जनसमुदायको सस्तो श्रमस“ग गा“सेर आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा जान आम जनताको चेतनामा तीव्र गतिको विकासलाई सुनिश्चित गरेको छ । दोस्रोः नाफाकै धुनमा भूमण्डलीकरणस“गै सूचना–प्रविधिमा, मुख्यतः इलेक्ट्रोनिक क्षेत्रमा भएको अभूतपूर्व विकासले विश्वलाई एउटा सानो ग्रामीण इकाइका रूपमा सा“घुरो पारिदिएको छ । यसबाट धर्तीको एउटा कुनामा हुने सकारात्मक वा नकारात्मक घटनाक्रमद्वारा समग्र विश्व प्रभावित हुने तथा समग्र विश्वबाट कुनै निश्चित क्षेत्रको घटनाक्रम प्रभावित हुने प्रक्रिया आश्यर्चजनक ढङ्गले तीव्र बन्न गएको छ । तेस्रोः नाफाकै धुनमा साम्राज्यवादको आधुनिक हातहतियार उत्पादन र वितरणको विश्वव्यापी प्रणालीले विश्व–जनयुद्ध ९ध्यचमि उभयउभिुक धबच० सञ्चालनका लागि परोक्ष रूपले प्राविधिक तयारीको भूमिका खेलिरहेको छ । चौथो कुराः आजको बेहिसाब उत्पादन र उत्पादनको सामाजिक प्रक्रियाको भूमण्डलीकरणले गर्दा क्षमता अनुसारको काम र आवश्यकता अनुसार वितरणको साम्यवादी मान्यता स्थापनाको भौतिक पूर्वाधार आश्चर्यजनक तीव्रताका साथ तयार भइरहेको छ । पा“चौं र मुख्य कुराः वर्ग–अन्तर्विरोधलाई विकासको पराकाष्ठामा पु¥याएर साम्राज्यवादले विश्वका ८० प्रतिशत जनसमुदायमा क्रान्तिको वस्तुगत परिस्थिति तीव्रताका साथ तयार पारिरहेको छ ।” (महान् अग्रगामी छलाङ..., पृ.— १९–२०) ।
साम्राज्यवादको नाफा सोहोर्ने उद्देश्य अनुरूप विद्युतीय प्रविधिसहित उत्पादक–शक्तिको क्षेत्रमा भएको तीव्र विकास र भूमण्डलीकरणका बीचबाट विश्व–जनयुद्धको तयारी र साम्यवादको स्थापनाका लागि वस्तुगत आधार तयार बन्दै गइरहेको तथ्यलाई यहा“ राम्रोस“ग प्रस्तुत गरिएको छ । यहा“ लेनिन र माओपश्चात विकसित साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको अर्थतन्त्रका नया“ विशिष्टताहरूलाई अत्यन्तै सुक्ष्म, गहन र सुन्दर ढङ्गले उद्घाटन गरिएको छ ।
भूमण्डलीकरणको प्रक्रियामा विश्व एउटा सानो ग्रामीण इलाकामा परिणत भएको आजको नया“ स्थितिमा क्रान्तिकारी युद्धको सैद्धान्तिक मान्यताबारे कसरी सोच्नु उपयुक्त हुन्छ त ? यस प्रश्नको जवाफमा क. प्रचण्ड भन्नु हुन्छ— “आज दीर्घकालीन जनयुद्धमा सशस्त्र विद्रोह र सशस्त्र विद्रोहमा दीर्घकालीन जनयुद्धका रणनीतिहरूको नया“ संयोजन अनिवार्य बन्न गएको छ । यस प्रकारको संयोजनविना आज विश्वका कुनै पनि देशमा सच्चा क्रान्ति असम्भव छ ।” (महान् अग्रगामी छलाङ..., पृ.— २०) । क्रान्तिकारी युद्धको सैद्धान्तिक मान्यताबारे दुई रणनीतिको संयोजनको यो नया“ सिद्धान्तले सार्वभौम महŒव राख्दछ ।
अहिले साम्राज्यवादी एकध्रुवीय विश्वव्यवस्था र नेपालमा त्यसको हस्तक्षेप बढ्दै गइरहेको स्थितिमा क्रान्तिलाई सही ढङ्गले अगाडि बढाउनका लागि क्रान्तिको पथप्रदर्शन गर्ने विचारधारात्मक तथा राजनीतिक कार्यदिशाको विकास अनिवार्य बन्न गएको छ । यस प्रकारको विकासमा अवरोध खडा गर्न सक्ने जडसूत्रवाद र अनुभववादका विरुद्धको सङ्घर्षमा पार्टी सजग हुनुपर्ने कुरामा क. प्रचण्डले विशेष जोड दिनु भएको छ । उहा“ भन्नु हुन्छ— “आज साम्राज्यवादी हस्तक्षेप र राष्ट्रिय आत्मसमर्पणवादको सामना गर्दै क्रान्तिलाई विजयसम्म डो¥याउने जुन चुनौती खडा भएको छ, अन्ततः यो पनि सही विचारधारात्मक राजनीतिक कार्यदिशाको विकास गर्ने चुनौती नै हो । ठोस वस्तुको ठोस विश्लेषणका आधारमा यदि पार्टीले नया“ परिस्थितिका लागि वैचारिक र राजनीतिक कार्यदिशाको विकास गर्न असफल भएर जडसूत्रवाद वा अनुभववादको शिकार भयो भने क्रान्तिलाई विजयसमम डो¥याउन असम्भव हुनेछ ।” (वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार, पृ.— ५) विचारधारात्मक र राजनीतिक कार्यदिशाको विकासबारे प्रस्तुत गरिएका यी विचारहरूको सैद्धान्तिक दृष्टिले विशेष दूरगामी महŒव रहेको छ । कार्यदिशाको विकासको यो प्रश्न क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने महान् उद्देश्यस“ग घनिष्ठ रूपमा जोडिएको छ ।
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मूल्याङ्कन र आधुनिक जडसूत्रीय तथा बहुलवादी संशोधनवादको विरोध गर्ने प्रक्रियामा क. प्रचण्डले महान् अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता शीर्षक दस्तावेजमा कमिन्टर्नको इतिहास, स्तालिनको भूमिका र समाजवादी देशहरूमा भएको प्रतिक्रान्तिका बारेमा नया“ जिज्ञासा र अनुसन्धानमा आधारित कयौं महŒवपूर्ण प्रश्नहरूको उठान गर्नु भएको छ । यसलाई इतिहासमा द्वन्द्वात्मक भौतिकवादको प्रयोगबारे एक विशिष्ट सुक्ष्म दृष्टि मान्नु पर्दछ ।
यसै प्रक्रियाको अर्को कडीका रूपमा बीसौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरूको अध्ययन गर्ने सिलसिलामा अत्यन्तै गम्भीरताका साथ क. प्रचण्ड भन्नु हुन्छ— “क्रान्तिकालमा पार्टीभित्र र बाहिर दाया“, बाया“ र मध्यपन्थी विचलनका विरुद्ध निर्मम विचारधारात्मक सङ्घर्ष गर्दै, जनसमुदायका आवश्यकता र हितस“ग एकाकार हु“दै तथा दुश्मनका विरुद्धको वर्गयुद्धमा पृथ्वी थर्काउने वीरता, बलिदानका अद्भूत कीर्तिमान् कायम गर्दै विजयी बनेका पार्टीहरू राज्यसत्ता कब्जा गरिसकेपछि तुलनात्मक रूपले सहजै र विश्वका सबै पार्टीहरू छोटै अवधिमा नोकरशाही संशोधनवादी, जनताबाट अलगथलग र प्रतिक्रान्तिकारी पार्टीमा किन बदलिन पुगे ? निश्चिय नै महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिसम्म आउ“दा यसको आधारभूत सैद्धान्तिक जवाफ मालेमाले दिएको छ । तर, ती आधारभूत सिद्धान्तहरूले प्रतिक्रान्ति रोक्ने गरी प्रयोग गर्ने सङ्गठनात्मक सिद्धान्त, विधि र मान्यताको विकास गर्ने आवश्यकता अहिले पनि विद्यमान छ । यो प्रश्न पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्ष र सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकासको समस्या हो ।” (वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार, पृ.— ९) ।
क. प्रचण्डद्वारा प्रस्तुत यी विचारहरू महान् सर्वहारा सांस्कृतिक क्रान्तिको जगमा खडा भएर परन्तु, त्योभन्दा धेरै अगाडि बढेर आएका छन्, । दुईलाइन सङ्घर्ष र सर्वहारा अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्तको वैज्ञानिक प्रयोग र विकास कसरी गर्न सकिन्छ त ? यस प्रश्नको जवाफमा क. प्रचण्डले इतिहासका अनुभवहरूको सार खि“च्दै एक्काईसौं शताब्दीमा जनवादको विकासको मान्यता प्रस्तुत गर्नु भएको छ । यो मान्यता पार्टी, सेना र राजयसत्तास“ग सम्बन्धित रहेको छ ।
(ग) आधारभूत मान्यता
नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रिया, वर्तमान विश्वका राजनीतिक विशिष्टता र विश्वकम्युनिस्ट आन्दोलनका अनुभवहरूबारे द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोणका आधारमा क. प्रचण्डद्वारा गरिएको यो अध्ययनबाट ऐतिहासिक भौतिकवादका कयौं आधारभूत मान्यताहरूको प्रस्तुति, उद्घाटन र समृद्धीकरण भएको छ । ती मान्यताहरूलाई छोटकारीमा निम्नानुसार प्रस्तुत गर्न सकिन्छ—
१. इतिहास निर्माणमा जनसमुदायको भूमिकाः इतिहास निर्माणमा राजा, महाराजा तथा वीर पुरुषहरूले खेल्ने भूमिका र अवतारवादी सिद्धान्तका विरुद्ध क. प्रचण्डले नेपाली जनतालाई इतिहासको निर्माताका रूपमा प्रस्तुत गर्नु भएको छ । क. प्रचण्डले इतिहास र आजको विश्वमा सामन्तवाद एवम् साम्राज्यवादका विरुद्ध जनताले खेलेको भूमिकालाई अत्यन्तै नजिकबाट आत्मसात्् गर्दै आउनु भएको छ । जतिसुकै कठिन र प्रतिकूल घडीमा पनि जनतालाई साथ लिन सकेमा क्रान्तिको विजय सुनिश्चित हुने कुराप्रति क. प्रचण्डको दृढ विश्वास छ । प्रचण्डपथको जनदिशा यसै मान्यतामा आधारित छ ।
२. वर्गसङ्घर्ष र बलप्रयोगको भूमिकाः क. प्रचण्डले नेपाली इतिहासको चालक शक्तिका रूपमा उत्पादक–शक्ति र उत्पादन–सम्बन्ध बीचको सङ्घर्ष, वर्गसङ्घर्ष, विभिन्न प्रकारका युद्ध र हिंसापूर्ण क्रान्तिको भूमिकालाई राम्रोस“ग उद्घाटन गर्नु भएको छ । यस सन्दर्भमा उहा“ले नेपाली समाजको ऐतिहासिक विकास–प्रक्रियामा दीर्घकालीन प्रकृतिको छापामार युद्धको भूमिका रहेको कुरा प्रष्ट पार्नु भएको छ । उहा“ले हिंसापूर्ण क्रान्तिको सार्वभौम महŒवलाई गम्भीरतापूर्वक लिनु भएको छ । नेपाली समाजको ऐतिहासिक विशिष्टता र माक्र्सवाद–लेनिनवाद–माओवादको आधारमा क. प्रचण्डले जनयुद्धको सिद्धान्तलाई आत्मसात्् गर्दै तथा त्यसलाई विकसित तुल्याउ“दै आउनु भएको छ ।
३. नेपाली क्रान्ति र विश्वक्रान्ति बीचको सम्बन्धः क. प्रचण्डले नेपाली नया“ जनवादी क्रान्तिलाई विश्वसर्वहारा क्रान्तिको अभिन्न अङ्गका रूपमा सामन्तवाद र साम्राज्यवादबीच अपवित्र गठबन्धन कायम हुनु र त्यसमा पनि अझ अहिलेको विज्ञान र प्रविधिको तीव्र विकासको कारण विश्व सा“घुरि“दै जानुले कुनै एक देशको क्रान्तिको सफलताका लागि अन्तर्राष्ट्रिय परिस्थितिमा देखापर्ने आरोह–अवरोह र अनुकूलता–प्रतिकूलताको प्रभाव गुणात्मक ढङ्गले बढ्न गएको कुरामाथि उहा“ले राम्रो प्रकाश पार्दै आउनु भएको छ । उहा“ले नेपाललाई विश्वक्रान्तिको एउटा आधारइलाकाको रूपमा लिनु भएको छ । यी सबै कुराबाट पार्टीको कार्यदिशा निर्धारण र विकासमा महŒवपूर्ण भूमिका निर्वाह भएको छ ।
४. इतिहास र क्रान्तिमा सचेतन प्रयासको महŒवः इतिहासको विकासमा जनता र क्रान्तिकारीहरूले खेल्नुपर्ने सचेतन पक्षको भूमिका र गुणात्मक धक्काको मान्यतालाई क. प्रचण्डले प्रखर तुल्याउनु भएको छ । प्रचण्डपथद्वारा प्रस्तुत क्रान्तिका लागि आवश्यक सर्वहारा वर्गको नेतृत्वदायी भूमिका, स्वतन्त्र पहल, सिर्जनशीलता, आत्मगत तयारी, गुणात्मक धक्का आदि मान्यता यसै कुरामा आधारित छन् ।
५. निरन्तर क्रान्तिको सिद्धान्तः यसले वर्गसङ्घर्षको दीर्घकालीन प्रकृति अनुसार दुईलाइन सङ्घर्षको प्रकृति दीर्घकालीन हुने मान्यतालाई अभिव्यक्त गर्दछ । यो क्रान्ति र प्रतिक्रान्तिका अनुभवहरू तथा महान् सर्वहारा सांस्कृतिक क्रान्तिको सिद्धान्तलाई गम्भीरतापूर्वक आत्मसात्् गर्ने र त्यसलाई अझै विकसित तुल्याउने मान्यतामा आधारित छ ।
ऐतिहासिक भौतिकवादको यो अध्ययनले नेपाली समाजमा विद्यमान तथा विश्वपरिवेशस“ग सम्बन्धित विभिन्न अन्तर्विरोधहरूको पहिचान गर्दै क्रान्तिको प्रेरक शक्ति, स्वरूप र दिशा निर्धारणका लागि पथप्रदर्शन गर्दछ ।
५. विश्वदृष्टकोण र क्रान्तिको कार्यदिशा
विश्वदृष्टिकोण र कार्यदिशाबीच द्वन्द्वात्मक सम्बन्ध हुन्छ । एकातिर पार्टीको क्रान्तिकारी कार्यदिशाको निर्माण, परिमार्जन र विकासमा क्रान्तिकारी विश्वदृष्टिकोणको महŒवपूर्ण भूमिका हुन्छ भने अर्कोतिर यस प्रकारको विश्वदृष्टिकोणलाई समृद्ध तुल्याउने र विकसित गर्ने काममा क्रान्तिकारी कार्यदिशाले विशिष्ट ऊर्जा प्रदान गरेको हुन्छ । प्रचण्डपथले विश्वदृष्टिकोण र कार्यदिशा बीचको द्वन्द्वात्मक सम्बन्धलाई यसरी नै ग्रहण गरेको छ । क. प्रचण्डले द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको प्रयोगका आधारमा नेपाली क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको निर्धारण र विकास गर्ने काममा नेतृत्वदायी भूमिका खेल्नु भएको छ । यो कार्यदिशा विचार, नीति, योजना र कार्यक्रमको समग्रतामा आधारित रहेको छ ।
(क) वर्गसङ्घर्षको प्रश्न
अन्तर्विरोधहरूको पहिचान र परिचालनबारे क. प्रचण्ड भन्नु हुन्छ— “जनयुद्ध गर्नु, क्रान्ति सम्पन्न गर्नु भनेको समाजमा विद्यमान सत्रुतापूर्ण अन्तर्विरोधहरूको हल गर्नु हो । कुनै पनि समाजमा र हाम्रो अहिलेको अर्धसामन्ती एवम् अर्धऔपनिवेशिक समाजमा पनि एउटा मात्र अन्तर्विरोध नभएर अन्तर्विरोधको थुप्रो हुन्छ । सामन्तवाद र साम्राज्यवादविरोधी सबै वर्ग, तह र तप्का जनताको श्रेणीमा पर्दछन्— जस्तोः मजदुर, करिब किसान, धनी किसान, निम्नपु“जीपति र राष्ट्रिय पु“जीपतिसम्म । उनीहरूका बीचमा पनि अन्तर्विरोध नै अन्तर्विरोध रहेका छन् । त्यस्तै, सत्ताधारी वर्गमा पनि सामन्त, नोकरशाही पु“जीपति र दलाल पु“जीपति वर्गमा एक–आपसमा र हरेकका आफैंभित्र समेत अन्तर्विरोधैअन्तर्विरोध रहेको हुन्छ । माक्र्सवाद–लेनिनवाद–माओवादले हामीलाई यो अन्तर्विरोधको महाजाललाई बुझ्ने र त्यसलाई एकएक गरी हल गर्दै समाजलाई अग्रगति प्रदान गर्ने वैज्ञानिक कु“जी प्रदान गरेको छ । त्यसले हामीलाई वर्गविश्लेषण गर्ने, सत्रु र मित्र छुट्याउने, मित्रवर्गका बीचका अन्तर्विरोधलाई मित्रतापूर्ण ढङ्गले हल गरी सत्रुका विरुद्ध गोलबन्द गर्ने, सत्रु र मित्रबीचको अन्तर्विराधमा पनि प्रधान अन्तर्विरोध छुट्याउने र त्यति मात्र नभई सत्रुका बीचको अन्तर्विरोधलाई पनि सचेत ढङ्गले उपयोग गर्ने, एक मुक्काले एकपटकमा एकातिर मात्र हान्ने, एकातिर हान्दा अर्को सत्रुलाई सम्भव भएसम्म अस्थायी मित्र बनाउने, सो नभए तटस्थ पार्न प्रयत्न गर्ने विधि सिकाएको छ । यस हिसाबले विश्वको, देशको, क्षेत्रको, जिल्लाको, गाउ“को, इलाकाको एउटा निश्चित समयमा, एउटै निश्चित कारबाहीको सन्दर्भमा समेत अन्तर्विरोधको सही पहिचान र परिचालन क्रान्तिकारी आन्दोलनको विकासका लागि जनतालाई एकएक गरी विजयसम्म अनिवार्य डो¥याउन कम्युनिस्ट क्रान्तिकारीहरूका अगाडि रहेको अचुक माक्र्सवादी हतियार हो ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग— २, पृ.— ५०–५१) ।
यहा“ वर्गसङ्घर्षका समस्याहरूलाई अन्तर्विरोधको नियमका आधारमा बुझ्ने र तिनको समाधान गर्ने दार्शनिक मान्यता प्रस्तुत गरिएको छ । ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै मुख्य दुश्मनमाथि प्रहार केन्द्रित गर्ने, अन्यलाई आफूतिर तान्ने वा तटस्थ बनाउन प्रयत्न गर्ने र मित्रहरू बीचका अन्तर्विरोधहरूलाई मैत्रीपूर्ण ढङ्गले समाधान गर्नेबारे यहा“ राम्रोस“ग दार्शनिक पथप्रदर्शन गरिएको छ ।
राजनीतिक तथा फौजी कार्यदिशाको क्षेत्रमा प्रचण्डपथले भौतिकवादी द्वन्द्ववादको निरन्तरतामा क्रमभङ्ग, क्रान्ति, गुणात्मक छलाङ र महाविपत्तिको मान्यतालाई अत्यन्तै प्रभावकारी रूपमा प्रयोग र स्थापित गर्दै आएको छ । जनयुद्धको पहल, निरन्तरता र विकासको प्रक्रिया जनविद्रोह र धक्कामूलक फौजी कारबाहीका अनगिन्ती शृङ्खलाहरूका बीचबाट सम्पन्न हु“दै आएको छ । जनयुद्धको मौलिकता, विशिष्टता र भव्यताको उद्घाटन गर्ने कार्यमा प्रचण्डपथको द्वन्द्ववाद अत्यन्तै जुझारु, क्रान्तिकारी र शालीन रहेको छ ।
प्रचण्डपथको वैचारिक, राजनीतिक र फौजी कार्यदिशा जनदिशामा आधारित छ । यसबारे क. प्रचण्ड भन्नु हुन्छ– “‘जनसमुदाय नै इतिहासका निर्माता हुन्’ भन्ने सुप्रसिद्ध माक्र्सवादी–लेनिनवादी–माओवादी सिद्धान्तलाई आत्मसात्् गर्दै पार्टीले नेपालको विशिष्ट स्थिति अनुसार समग्र जनदिशाको विकास गर्दै आएको छ । जनसमुदायको विद्रोहको ऐतिहासिक प्रक्रियालाई संश्लेषण गर्दै पार्टीले जनताको विद्रोहको आकाङ्क्षालाई सङ्गठित गर्ने कुरामा सर्वाधिक जोड दि“दै आएको छ । जनयुद्धको माध्यमबाट राज्यसत्ता कब्जा गर्ने राजनीतिक उद्देश्यबाट अलग जनपरिचालन र जनदिशाको कुरा गर्नु संशोधनवाद हो ।” (महान् अग्रगामी छलाङः इतिहासको अपरिहार्य आवश्यकता, पृ.— ७१–७२) । यो जनदिशा उत्पीडित जाति, जनजाति, दलित, महिला र तल्लो वर्गका जनताको विद्रोहका आकाङ्क्षालाई सङ्गठित गर्ने, जनताको साथ लिएर तथा जनतालाई राज्यसत्ताको मालिक बनाउने उद्देश्यद्वारा जनयुद्ध विकसित गर्ने र जनताबाट लिएर जनतालाई दिने मान्यतामा आधारित छ । यहा“ जनतालाई झुक्याउने संशोधनवादको कडा विरोध गरिएको छ ।
नेपालमा साम्राज्यवादी हस्तक्षेपको खतरा बढ्दै गइरहेको अहिलेको स्थितिमा जनयुद्धको विकासका लागि वैचारिक र राजनीतिक कार्यदिशाको विकास गर्नुपर्ने कुरामा क. प्रचण्डले विशेष जोड दिनु भएको छ । यो पृष्ठभूमिमा के–कस्ता रणनीति र कार्यनीतिहरूको विकास र विन्यास गर्नु जरुरी हुन्छ ? यस प्रश्नको जवाफ दि“दै क. प्रचण्ड भन्नु हुन्छ— “मालेमाका सार्वभौम सिद्धान्त र इतिहासका अनुभवद्वारा अकाट्य रूपमा प्रमाणित तथ्य हो कि साम्राज्यवादका विरुद्ध जनयुद्धको विधिद्वारा मात्र सफलता हासिल गर्न सम्भव छ । आज विश्वजनमत साम्राज्यवादका विरुद्ध पुनः आन्दोलित भइरहेको सन्दर्भमा नेपाली जनयुद्धले विश्वक्रान्तिको नया“ लहर सृष्टि गर्न विश्व–ऐतिहासिक महŒवको भूमिका खेल्न सक्ने सम्भावना प्रबल बन्दै गइरहेको छ । यदि नेपाली जनयुद्धले दक्षिणपन्थी आत्मसमर्पणवाद वा वामपन्थी दुस्साहसवादको शिकार भएर यो वा त्यो रूपमा धक्का खान पुगेमा त्यसले विश्वक्रान्तिको विकासमा नै ठूलो नकारात्मक भूमिका खेल्ने छ । सात वर्षको जबर्जस्त विजय–अभियान र रणनीतिक सन्तुलनको आजको अवस्थाका कारण साम्राज्यवादी दुश्मन जनयुद्धका विरुद्ध नया“ रणनीति अपनाउन बाध्य भइरहेका छन् । इन्डोनेशिया, चिली, भियतनाम, निकारागुआ र पछिल्लो पेरुको अनुभव समेतलाई दृष्टिगत गरी साम्राज्यवादले नेपाली जनयुद्धलाई सखाप पार्ने खुला र छद्म रणनीतिको विकास गर्ने जमर्को गरिरहेको छ । तीमध्ये सबैभन्दा प्रभावकारी उपायका रूपमा ‘आतङ्ककारी’ को आरोप स्थापित गरी भिषण फौजी हमलाको तयारी गर्नु नै रहेको छ । यो स्थितिमा नेपाली जनयुद्धको भावी विकास त्यति सहज र सरल भने अवश्य हुने छैन तर सही रणनीति र कार्यनीतिका आधारमा अगाडि बढ्दै जा“दा यसले विश्वजनमतलाई आन्दोलित गर्दै र साम्राज्यवादलाई थर्काउ“दै क्रान्तिलाई विजयसम्म पु¥याउन पूरै सम्भव छ । यसका लागि निश्चित नै पार्टीले कार्यनीतिमा थुप्रै फेरबदल, घुम्ती र उतारचढावहरू पार गर्नुपर्ने छ । यहा“ मुख्य प्रश्न, एक्काईसौं शताब्दीको क्रान्तिको झन्डालाई झुक्न नदिने रणनीतिक प्रतिबद्धतामा दृढ रहनु हो ।” (वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार, पृ.— ५–६) । यी भनाइहरू क्रान्तिकारी आशावाद र वैज्ञानिकता दुवै दृष्टिले भरपूर रहेका छन् । यहा“ महान् जनयुद्धका विरुद्ध साम्राज्यवादद्वारा भइरहेका तमाम षड्यन्त्रकारी गतिविधिहरूको उल्लेख गर्दै तिनका विरुद्ध क्रान्तिलाई सफल तुल्याउनका लागि सही रणनीति र कार्यनीतिको खोज तथा विकासको प्रक्रियामा विशेष ध्यान दिइएको छ । यसबाट जनयुद्धको कार्यदिशा र विधिमा विकासको नया“ द्वार उद्घाटित हुन गएको छ ।
(ख) दुईलाइन सङ्घर्षको प्रश्न
कम्युनिस्ट पार्टी क. प्रचण्डको मान्यता अनुसार एकको दुईमा विभाजन हो । पार्टीको जीवन र विकासको प्रमुख कारकका रूपमा क. प्रचण्डले पार्टीमा विद्यमान अन्तर्विरोध र दुईलाइन सङ्घर्षलाई लिनु भएको छ । भौतिकवादी द्वन्द्ववादका आधारमा पार्टी भित्रका अन्तर्विरोधहरूलाई ठीकस“ग पहिचान गर्ने र तिनको समाधान गर्दै जाने कुरामा उहा“ले विशेष जोड दि“दै आउनु भएको छ । यसै प्रक्रियामा दुईलाइन सङ्घर्ष बारेका कयौं शिक्षा र मान्यता विकसित भएका छन् ।
क. प्रचण्ड भन्नु हुन्छ— “पार्टी एकता र सङ्घर्षको समग्र अनुभवबाट कम्युनिस्ट क्रान्तिकारीहरूले लिनुपर्ने प्रमुख सबक ‘विचारधारात्मक स्पष्टतामा जोड देऊ, राजनीतिलाई केन्द्रविन्दुमा राखेर त्यसमा दृढ अडान लेऊ, सानातिना कार्यनीतिक र व्यवहारिक प्रश्नमा अधिकतम लचिलो बनेर अवसरवादलाई अलगावमा पारी क्रान्तिकारीहरूलाई गोलबन्द गर्न पूरा ध्यान देऊ’ भन्ने नै हो । यो सबक पार्टीमा विकास हुनु भावी अन्तर्सङ्घर्षका निमित्त पनि एउटा महŒवपूर्ण शिक्षा हुने छ ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग— २, पृ.— ३२) । दुईलाइन सङ्घर्षलाई ठीकस“ग बुझ्ने र त्यसको सही परिचालन गर्ने बारेको यो शिक्षा पार्टीमा लामो समयदेखि स्थापित रहिआएको छ ।
माओको नेतृत्वमा महान् सर्वहारा सांस्कृतिक क्रान्तिकालमा वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षबारे महŒवपूर्ण संश्लेषण गरिएको थियो । यो संश्लेषणमा के कुरा बताइएको थियो भने समाजमा चल्ने वर्गसङ्घर्षको दीर्घकालीन प्रकृति अनुरूप पार्टीभित्र चल्ने दुईलाइन सङ्घर्षको प्रकृति पनि दीर्घकालीन हुन्छ । यी सङ्घर्षहरू गायब हुने नभई समुद्रमा चल्ने ज्वारभाटाजस्तै कहिले उच्च तथा कहिले निम्न अवस्थामा रहन्छन् र सङ्घर्षको यस प्रकारको स्थिति तथा त्यसद्वारा उद्घाटित हुने नियमहरूलाई राम्रोस“ग बुझेर मात्र क्रान्तिलाई विजयको दिशामा सुनिश्चित ढङ्गले अगाडि बढाउन सकिन्छ । यस प्रकारको संश्लेषण बारेको सो मान्यतालाई उद्धृत गर्दै क. प्रचण्ड भन्नु हुन्छ— “दुईलाइन सङ्घर्षको प्रकृति सम्बन्धी उपरोक्त संश्लेषण नै माक्र्सवाद–लेनिनवाद–माओवादको सर्वोच्च संश्लेषण हो । यसबाट पार्टीभित्र दुईलाइन सङ्घर्ष कहिले देखापर्ने र कहिले बिलाउने प्रक्रिया नभएर कहिले उच्च र कहिले निम्न रूपमा व्यक्त हुने तर निरन्तर कायम रहने प्रक्रिया हो भन्ने कुरा स्पष्ट हुन्छ । दुईलाइन सङ्घर्ष जतिबेला त्यो विकसित र उच्च रूपमा व्यक्त भएको हु“दैन, मित्रतापूर्ण सङ्घर्षको सीमाभित्र हुन्छ र त्यसलाई आलोचना–आत्मलोचनाको पद्धति तथा अनुशासनको कारबाहीद्वारा हल गरिन्छ; तर जब त्यो विकसित र उच्च रूपमा देखापर्दछ, त्यो दुईलाइन सङ्घर्ष सत्रुतापूर्ण रूपमा व्यक्त हुन्छ र त्यसलाई गुणात्मक तरिकाद्वारा हल गरिन्छ ।” (माओवादी, पूर्णाङ्क— ४, २०५५ फागुन, पृ.— २२) ।
दुईलाइन सङ्घर्षबारे महान् सर्वहारा सांस्कृतिक क्रान्ति र हाम्रै पार्टीका अनुभवहरूका बीचबाट क. प्रचण्डद्वारा संश्लेषित यो मान्यता निकै परिस्कृत र सारगर्भित रहेको छ । यो संश्लेषणले सिङ्गो अन्तर्राष्ट्रिय आन्दोलनमा विद्यमान दुईलाइन सङ्घर्षलाई ठीकस“ग बुझ्ने र त्यसबाट सकारात्मक तथा नकारात्मक पाठहरू सिक्दै अगाडि बढ्ने कुरामा पार्टीलाई प्रशिक्षित तुल्याउ“दै नया“ ऊर्जा प्रदान गरेको छ ।
प्रचण्डपथको द्वन्द्ववादले पार्टीलाई विपरीतहरूको एकत्व मान्दछ । पार्टी–जीवनमा भौतिकवादी द्वन्द्ववादको प्रयोग गरी दुईलाईन सङ्घर्षका समस्याहरूको समाधान गर्दै जानु, गुटवाद, फुटवाद र सबैखाले गैरसर्वहारा चिन्तन, प्रवृत्ति तथा कार्यशैलीका विरुद्ध निरन्तर सङ्घर्ष चलाउनु, शुद्धीकरणको प्रक्रिया अगाडि बढाउनु, महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उचाई हु“दै तथा त्यसबाट पनि अझै अघि बढ्दै एकता–सङ्घर्ष–रूपान्तरणका बीचबाट नया“ आधारमा नया“ एकता कायम गर्दै पार्टीलाई सजीव, गतिशील, स्वस्थ र जुझारु बनाउ“दै क्रान्तिकारी दिशामा अगाडि बढाउनु आदि यस सन्दर्भमा उल्लेखनीय रहेका छन् । यहा“नेर अर्को विशेष उल्लेखनीय कुरा के पनि छ भने गुटवाद र फुटवादको अभ्यास गर्दै पार्टी एकतामा भा“जो हाल्ने नेपाली होक्जावादी मोहनविक्रम सिंहको एकमनावादी सामन्ती विश्वदृष्टिकोणलाई सिद्धान्त र व्यवहार दुवै क्षेत्रमा धूलो चटाउने काममा प्रचण्डपथको भौतिकवादी द्वन्द्ववाद निकै सफल रहेको छ । यस अतिरिक्त विसर्जनवाद, अराजकतावाद, व्यक्तिवाद, छुद्र आलोक प्रवृत्ति र बहुलवादका विरुद्धको सङ्घर्षमा पनि प्रचण्डपथको द्वन्द्ववाद शानदार रूपमा सफल रहेको छ । प्रचण्डपथको द्वन्द्ववाद विचार, नीति, योजना, कमान्ड र कामकारबाही सहित सङ्गठन र सङ्घर्षका सबै क्षेत्रमा एकीकृत र केन्द्रीकृत नेतृत्वको पक्षमा रहेको छ ।
समग्र रूपमा भन्नुपर्दा सामाजिक क्रान्ति, वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षको क्षेत्रमा भौतिकवादी द्वन्द्ववादको प्रयोग गर्नु प्रचण्डपथको विशेषता हो । वर्गसङ्घर्षको ऐतिहासिक विकास–प्रक्रिया र वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्टतामा नेपाली नया“ जनवादी क्रान्तिको राजनीतिक तथा फौजी कार्यदिशाको निर्धारण एवम् विकास गर्ने र वर्गसङ्घर्ष तथा दुईलाईन सङ्घर्षका समस्याहरूको समाधान गर्दै अगाडि बढ्ने सन्दर्भमा प्रचण्डपथको भौतिकवादी द्वन्द्ववाद अत्यन्तै शालीन रहेको छ ।
६. वैज्ञानिक समाजवादको क्षेत्रमा विकास
सामाजिक जीवन, क्रान्ति एवम् पार्टीलाई हेर्ने तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोणको प्रयोग र त्यसैको आधारमा नेपालमा नोकरशाही पु“जीवाद, वर्गविश्लेषण तथा साम्राज्यवादबारे गरिएको राजनीतिक अर्थशास्त्रीय अध्ययनका बीचबाट क. प्रचण्डद्वारा वैज्ञानिक समाजवादको क्षेत्रमा केही महŒवपूर्ण सैद्धान्तिक मान्यताहरूको विकास गरिएको छ । त्यस प्रकारका सैद्धान्तिक मान्यतालाई सङ्क्षिप्तमा यसरी प्रस्तुत गर्न सकिन्छ—
(१) कार्यनीतिक सिद्धान्तहरूको विकासः महान् जनयुद्धका बीचबाट प्रचण्डपथका रूपमा नेपाली क्रान्तिका कार्यनीतिक सिद्धान्तहरूको विकास भएको कुरा विचारधारात्मक संश्लेषणको प्रक्रियामा उल्लेख गरिएको छ । क. प्रचण्डको भनाइ अनुसार ती सिद्धान्तहरू यी हुन्— “राजनीतिक र फौजी आक्रमणको सन्तुलन, स्थानीय र केन्द्रीय हस्तक्षेपको सन्तुलन, जनयुद्ध र जनआन्दोलनको सन्तुलन, मुख्य शक्ति र सहायक शक्तिको सन्तुलन, मुख्य इलाकाहरू र सहायक इलाकाहरूको सन्तुलन, केन्द्रीकरण र विकेन्द्रीकरणको सन्तुलन, स्वतन्त्र पहल र कार्यगत एकता, वार्ता र तालमेलको सन्तुलन, स्थानीय संयुक्त मोर्चा र केन्द्रीय संयुक्त मोर्चाको सन्तुलन, देशभित्र र देशबाहिरका कामको सन्तुलन, वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष बीचको सन्तुलन आदि ।” (नेपाली क्रान्तिका समस्याहरू, भाग— २, पृ.— १९५) यी कार्यनीतिक सिद्धान्तहरू विचार, नीति, योजना र कार्यक्रममा आधारित रहेका छन् । यसका साथै, प्रचण्डपथद्वारा प्रस्तुत तथा विकसित हु“दै आएका पार्टीका राजनीतिक नारा, जनसरकार, नया“ जनसत्ता, साम्राज्यवादविरोधी रणनीति र कार्यनीति, विभिन्न अन्तर्विरोधहरूको सञ्चालन आदि पनि कार्यनीतिक सिद्धान्त अन्तर्गत नै पर्दछन् र यीमध्ये कयौं रणनीतिक महŒवका समेत रहेका छन् ।
(२) सर्वहारा–आन्दोलन र जातीय मुक्ति आन्दोलनको संयोजनको मान्यताः सर्वहारा क्रान्तिकारी आन्दोलन र जातीय मुक्ति आन्दोलनको एक–अर्कामा विलयनको यो मान्यता लेनिनवादमा आधारित छ । यसले जातीय आत्मनिर्णयको अधिकार र स्थानीय स्वायत्तताको प्रश्नलाई सर्वहारा अन्तर्राष्ट्रियतावादस“ग अभिन्न रूपमा जोड्ने काम गरेको छ ।
(३) दीर्घकालीन जनयुद्ध र आमविद्रोहका रणनीतिको संयोजनको सिद्धान्तः मूलतः विकसित देशहरूका लागि आमविद्रोह र अविकसित देशहरूका लागि दीर्घकालीन जनयुद्धको बाटो अनिवार्य भए पनि आजको नया“ परिवेशमा दीर्घकालीन जनयुद्धमा आमविद्रोह र आमविद्रोहमा दीर्घकालीन जनयुद्धका विशेषताहरू घनिष्ठ रूपले जोडिन गएका छन् । यो स्थितिमा विकसित दीर्घकालीन जनयुद्ध र सशस्त्र विद्रोहको संयोजनको सिद्धान्तको विशेष महŒव छ र यो सार्वभौम बन्न गएको छ ।
(४) दक्षिण एशियाली नया“ शोभियत फेडरेसनको मान्यताः यो मान्यता दक्षिण एशियाली क्षेत्रका विभिन्न देशका क्रान्तिकारी कम्युनिस्टहरू र उत्पीडित जनसमुदायहरूको साझा दुश्मन रहिआएको भारतीय विस्तारवादका विरुद्ध साझा ढङ्गले लड्नुपर्ने ऐतिहासिक आवश्यकतामा आधारित छ । यसले यस क्षेत्रका विभिन्न मुलुकका जनताको लामो समयदेखि विकसित हु“दै आएको ऐतिहासिक मित्रताको भावना र मुक्तिको समान आकाङ्क्षालाई सैद्धान्तिक रूपमा प्रतिबिम्बत गर्दछ ।
(५) एक्काईसौं शताब्दीमा जनवादी विकासको सिद्धान्तः यो सिद्धान्त पार्टी, सेना र जनसत्तामा जनवादको विकासको प्रश्नमा आधारित छ । यो सिद्धान्तले पार्टी, सेना र राज्यसत्तालाई जनताको नियन्त्रण र निगरानीमा राख्ने, तिनलाई जनसेवाको काममा लगाउने, तिनको निरन्तर क्रान्तीकरण र जनवादीकरण गर्ने— यी तीनवटै क्षेत्रमा विद्रोहको अधिकारलाई सुनिश्चित गर्ने मान्यता प्रस्तुत गरेको छ । यहा“ कम्युनिस्ट पार्टीको निरन्तर सर्वहाराकरण गर्दै जाने, त्यो गलत बनेमा त्यसका विरुद्ध विद्रोह गरी अर्को कम्युनिस्ट पार्टी खोल्न पाउने, राज्यसत्तामा पार्टीको एउटा हिस्सा जाने र अर्को हिस्सा जनकार्यमा सङ्लग्न रहने, दुईलाइन सङ्घर्षमा हुने बल प्रयोगलाई दुरुत्साहित गर्ने, जनसेनालाई ब्यारेकमा नभई जनताको बीचमा पु¥याउने तथा आमजनसमुदायलाई सशस्त्र तुल्याउने र राज्यसत्तामा मित्रशक्तिहरूको भूमिकालाई सहयोगी मात्र नभई प्रतिस्पर्धी बनाउने कुरा समाविष्ट छन् । यी सबै कामहरूलाई संस्थागत गर्नका लागि निश्चित सिद्धान्त, विधि र मान्यताको निर्माण र विकासमा विशेष जोड दिइएको छ ।
यो महान् प्रयासलाई कसैले आशङ्काको दृष्टिले पनि हेर्न सक्तछन्, त्यो कुरामाथि ध्यान दि“दै क. प्रचण्ड भन्नु हुन्छ— “यहा“ हाम्रो प्रश्न विश्वका तमाम रूपरङ्गका संशोधनवादी र विसर्जनवादीहरूले उठाउने गरेको जताको जनवादी अधिनायकत्व वा सर्वहारा वर्गको अधिनायकत्वको विरोध गरेर बुर्जुवाहरूको औपचारिक प्रजातन्त्रमा फस्ने गद्दारीस“ग कुनै सम्बन्ध छैन । हाम्रो प्रश्न यहा“ निरन्तर क्रान्तिको प्रवाह सङ्गठित गर्ने संस्थाका रूपमा राज्यसत्ताको विकास गर्ने कुरामा केन्द्रित छ । आखिर राज्यसत्ता कब्जाको व्यापक र सजीव जनवादीकरणको प्रक्रियामा नै वास्तविक जनवादी अधिनायकत्व वा सर्वहारा अधिनायकत्व सुदृढ हुन सक्दछ । जनवादी केन्द्रीयताको महान् वैज्ञानिक सिद्धान्तको योभन्दा अर्को अर्थ हुनै सक्दैन । राज्यसत्ता कब्जा गर्नुपूर्वसम्म जनवादी केन्द्रीयताको सही अभ्यास गरेर राज्यसत्ता कब्जा गर्न सफल हुने पार्टी पछि किन औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको शिकार हुन पुगे ? पार्टीभित्र संशोधनवाद हावी भएकाले भन्ने तर्क मात्रले यसको पूरा उत्तर दि“दैन । आखिर द्वन्द्वात्मक भौतिकवादको प्रयोगमा माक्र्सवादीहरूद्वारा भएको यो वा त्यो रूपका कमजोरी पनि यसमा जिम्मेवार छन् ।” (वर्तमान परिस्थिति र हाम्रो ऐतिहासिक कार्यभार) ।
क्रान्तिको इतिहास, वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्षको क्षेत्रमा द्वन्द्वात्मक भौतिकवादको प्रयोगको वास्तविक मूल्य र महŒवलाई यहा“ अत्यन्तै गहन र ओजपूर्ण रूपमा उजागर गरिएको छ । प्रतिक्रान्ति हुनुमा संशोधनवादलाई मात्र दोषी ठह¥याएर उम्कन खोज्ने तथा औपचारिक जनवाद र नोकरशाही केन्द्रीयताको अभ्यास गरिरहन चाहने प्रवृत्ति र चिन्तनमाथि प्रहार गर्दै यहा“ माक्र्सवादीहरूबाटै जनवादी केन्द्रीयताको अभ्यास गर्ने प्रक्रियामा, द्वन्द्वात्मक भौतिकवादको प्रयोगमा कमजोरी रहन गएको कुरालाई अत्यन्तै मार्मिक र सशक्त रूपमा पेस गरिएको छ । यहा“ द्वन्द्वात्मक भौतिकवादको आलोचनात्मक र क्रान्तिकारी सारतŒव अत्यन्तै सिर्जनशील र जुझारु बनेर उद्घाटित भएको छ । क. प्रचण्डद्वारा प्रस्तुत राज्यसत्ताबारेको नया“ विचारको सारतŒव निरन्तर क्रान्तिको प्रवाह सङ्गठित गर्ने संस्थाको रूपमा राज्यसत्ताको विकास र व्यापक जनवादीकरणका आधारमा सर्वहारा अधिनायकत्वको सुदृढीकरणको मान्यतामा सन्निहित छ ।
समग्रमा भन्नुपर्दा क. प्रचण्डद्वारा प्रस्तुत एक्काईसौं शताब्दीमा जनवादको विकास बारेको यो अवधारणा वैज्ञानिक समाजवादको क्षेत्रमा माक्र्सवाद–लेनिनवाद–माओवादको एक नवीनतम सैद्धान्तिक आविष्कार हो । यसको विश्वकम्युनिस्ट आन्दोलनको इतिहासमा अत्यन्तै दूरगामी र युगान्तकारी महŒव रहेको छ । यो नया“ आविष्कारले प्रचण्डपथको विकासलाई गुणात्मकता प्रदान गरी सार्वभौम स्तरमा उठाउनका लागि एउटा अत्यन्तै मजबुत सैद्धान्तिक आधारशिलाको भूमिका निर्वाह गरेको छ ।
७. उपसंहार
प्रचण्डपथको दार्शनिक मान्यताबारे गरिएको सङ्क्षिप्त अध्यन यही हो । यो समग्र दार्शनिक मान्यता, जनयुद्धको मौलिक विकास र प्रचण्डपथको मौलिक विचारबीचको द्वन्द्वात्मक एकत्वमा आधारित छ । क. प्रचण्डले द्वन्द्वात्मक भौतिकवादको प्रयोगका बीचबाट वैज्ञानिक समाजवादका सिद्धान्तहरूको विकास गर्ने काममा उत्कृष्ट भूमिका निर्वाह गर्नु भएको छ । एक्काईसौं शताब्दीमा जनवादको विकासको यो मान्यताले एकातिर समाजवादी समाजमा देखापर्ने तमाम अवरोधहरू तोड्दै साम्यवादमा पुग्ने अनकन्टार मार्गको दिग्दर्शन गराएको छ भने अर्कोतिर क्रान्तिकारी कम्युनिस्टहरूमाथि जडसूत्रवाद, सर्वसत्तावाद र एकदलीयतावादको आरोप लगाउ“दै तथा आफूलाई महाप्रजातन्त्रवादी भएको ढोंग रच्दै जनताको जनवादका वास्तविक हत्यारा रहिआएका सबै वर्गदुश्मन र संशोधनवादीहरूलाई कडा सैद्धान्तिक बज्रमुक्का प्रहार गरेको छ । प्रचण्डपथको यसै मान्यता अनुसार अब हामी बीसौं शताब्दीका क्रान्ति र प्रतिक्रान्तिहरूको गम्भीर समीक्षा गर्दै जनवादको नया“, समुन्नत सिद्धान्तका आधारमा एक्काईसौं शताब्दीमा नितान्त नया“ प्रकारको निर्णांयक जनयुद्ध सम्पन्न गर्न गइरहेका छौं ।
नेपाली समाजलाई आवश्यकताको संसारबाट स्वतन्त्रताको संसारमा गुणात्मक छलाङ हान्ने ऐतिहासिक प्रक्रियामा प्रचण्डपथले महान् जनयुद्धमार्फत् तीव्र र त्वरिक ९ब्अअभभिचबतष्खभ० गति प्रदान गर्दै आएको छ । भिषण वर्गयुद्धको यसै त्वरिक गतिका साथ प्रचण्डपथ पनि विकसित हु“दै गएको छ । यो क्रान्ति सम्पन्न गर्ने र प्रतिक्रान्ति रोक्ने महान् उद्देश्य र आदर्शमा आधारित रहेको छ । माक्र्सवाद–लेनिनवाद–माओवादको शिखरमा उभिएर एक्काईसौं शताब्दीमा आरुढ साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगका भिषण चुनौतीहरूको सामना गर्दै महान् सम्भावनाहरूको खोजीमा सङ्घर्षरत प्रचण्डपथद्वारा अनेकौं नया“ सैद्धान्तिक मान्यताहरूको विकास गरिएको छ । यस प्रकारको सैद्धान्तिक विकासको प्रक्रिया र नया“ आविष्कारका बीचबाट नया“ अन्तर्वस्तुले समृद्ध बन्दै गएका क. प्रचण्डका सैद्धान्तिक योगदानहरूले त्यसै अनुसारको नया“ रूपमा अभिव्यक्त हुने माग गरिरहेका छन् । यो स्थितिमा अब प्रचण्डपथ विशिष्ट होइन, सार्वभौम बन्ने प्रक्रियामा गुणात्मक छलाङ् हान्नका लागि इतिहासको एउटा नया“ मोडमा उभिन पुगेको छ । नया“ अन्तर्वस्तुलाई नया“ रूपमा अभिव्यक्त गर्नेबारे हामी गम्भीर बन्नु जरुरी छ ।
(संघर्षको दर्शनबाट)
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: