अबको नेतृत्व कस्तो हुनुपर्दछ भने अब त्यहि राष्ट्रियता प्रजातन्त्र समाजबाद भन्ने अमुर्त ब्यख्या गरेर हुदैन, त्यसको मुर्तकरण गर्नुपर्दछ । समाजबादले हाम्रो समाजमा के दिन्छ ? अबको समाजबाद कस्तो हो ? त्यसको हामीले परिकल्पना गरेर देखाउन सक्नुपर्दछ ।काग्रेसको केन्द्रीय समितिको टिममा तपाई आफै पनि आउन दौडधुप गर्नु भएको छ । अधिवेशनबाट पार्टीको नीति निर्माणतर्फ लाग्नुपर्ने तर त्यस्तो देखिदैन । कांग्रेसमा नीति प्रधान कि नेता प्रधान ? अहिले त नेता प्रधान भएको छ । बास्तवमा नीति एकातिर छ नेतृत्व अर्कोतिर छ । नीति एउटाको छ नेतृत्व अर्कोले गर्छ । त्यस्तो भइरहेको छ । त्यो परिपाटीलाई पनि अन्य गर्नुपर्दछ । त्यो के त भन्दा चेतनाको कमी हो, अझै चेतना छैन । पार्टी प्रशिक्षणको कमि आदि कमिकमजोरी छ । सँगसँगै खुला प्रजातान्त्रिक पार्टी भएका कारणले गर्दा पनि ती कुराहरु हामी त ठूला ठूला पार्टी हौ भनेर हामीले मेट्दै गएका छौ । अब पुरानै तरिकाले त्यसरी गएर हुदैन । अबको नेतृत्व कस्तो हुनुपर्दछ भने अब त्यहि राष्ट्रियता प्रजातन्त्र समाजबाद भन्ने अमुर्त ब्यख्या गरेर हुदैन, त्यसको मुर्तकरण गर्नुपर्दछ । समाजबादले हाम्रो समाजमा के दिन्छ ? अबको समाजबाद कस्तो हो ? त्यसको हामीले परिकल्पना गरेर देखाउन सक्नुपर्दछ । जस्तो बीपी कोईरालाले एउटा परिकल्पना गर्नुभएको थियो । कम्तीमा एउटा सामान्य नेपालीले पनि मैले जस्तो जीवनयापन गर्नुपर्दछ, औषधि उपचार गर्ने ब्यवस्था हुनुपर्दछ । सानै झुपडी भए पनि घर एउटा एउटा दुहुनो गाई होस् । बच्चा बच्चीलाई लालन पालन शिक्षादिक्षा दिन सकियोस् । त्यस्तो परिकल्पना गरेका थिए । त्यो पनि कहिलेभन्दा आज भन्दा करिब ५० वर्ष पहिलेको हो । अब त्यसलाई हामीले परिमार्जन गरेर अहिलेको युगमा केके चाहिन्छ त्यो किसिमले हामी अघि बढ्नुपर्दछ । नेपाली कांग्रेस भनेको त पटकपटक सरकारमा गएको पार्टी हो । भोलि पनि हामी सरकारमा जान्छौ होला । कस्तो किसिमको समाजबादले राष्ट्र बन्छ । हामीले युरोपतिरको जीवनशैली हेरेका छौं । त्यहाँ मान्छेलाई सामान्यतः सामाजिक सुरक्षाको अभाव छैन । सरकारले रोजगारी अवसर सिर्जना गरेको छ । सरकारले बृद्धवृद्धाको सुरक्षा भत्ता भनेको छ । केटाकेटीको शिक्षा यसरी हुन्छ भनेको छ । शिक्षा र स्बास्थ्यमा सरकारले जिम्मेवारी लिएको छ । त्यसले गर्दा मान्छे कहिल्यै एक्लो महशुस नै गदैन । त्यसकारण उसलाई पैसा कमाउनुपर्ने अवश्यकता पनि छैन । भ्रष्टाचार गर्नुपर्ने आवश्यकता पनि छैन । पछिल्लो समयमा सरकारले सबै गर्ने भएपछि त्यो दायित्वबाट मुक्त छन् । त्योसँगै बिकास निर्माणको काम पनि तीब्र रुपमा भएको छ । हामीमा पनि अठोेट चाहियो कि सन् ८५ सम्ममा यो देश यस्तो हुन्छ ।
अहिले त नेता प्रधान भएको छ । बास्तवमा नीति एकातिर छ नेतृत्व अर्कोतिर छ । नीति एउटाको छ नेतृत्व अर्कोले गर्छ । त्यस्तो भइरहेको छ । त्यो परिपाटीलाई पनि अन्य गर्नुपर्दछ ।कांग्रेसले यो गर्छ, यो बाटोबाट चाहि समाजबादी क्रान्ति पुरा गर्न सकिन्छ भनेर भन्न सक्नु पर्यो । अब राजनीति गर्ने मान्छेले चाँहि त्यसै राजनीति होईन । त्याग मात्र भनेर भएन उद्ययमशिलतामा पनि जानुपर्दछ । किनभने २४ सै घण्टा त राजनीति गर्ने अवस्था छैन् । अहिले एक मिनेटमा सामजिक सञ्जालबाट हाम्रा सन्देस संसारभर पुरा्उन सकिन्छ । अरुले पनि आफ्ना कुराहरु राख्न सक्नुहुन्छ । बाँकी समयमा त उद्ययमशिलता हुनुपर्दछ । त्यसैले पनि युवाहरु कम्तिमा ५१ प्रतिशत केन्द्रीय नेतृत्वमा हुनपर्दछ भन्ने मैले ‘स्लोगन’ नै बनाएको छु । तपाईले युवा नेतृत्व भनेर जोड दिइरहनु भएको छ । तपाईहरु चाँही कता पट्टी कस्को फेरो समाउदै हुनुहुन्छ बृदाहरुको कि युवाहरुको ? हामी त युवाकै फेरो समाएर जान्छौ । बृद्धाहरुलाई सम्मान गर्दै युवाको फेरो समाउछौ । संगै ‘काग्रेसको नेतृत्व तपाईकै हातमा, काँग्रेस नेता तपाईको साथमा’ किनकी अब नेतृत्वलाई केछ भन्दा खेरी गाँउदेखि चुनेर आएको मान्छे गाउँमा घुलमेल हुने मान्छेलाई तपाईले मत दिएर जिताउनुभयो । माथिबाट थुपारेको नेतृत्वले तपाईप्रति केहि उत्तरदायित्व पनि रहदैन । काम पनि गर्न सक्दैन । त्यसले गर्दाखेरी काँग्रेसको नेतृत्व तपाईको हातमा तपाईले प्रत्यक्ष बुझेको प्रतिनिधको मा जानुप¥यो भन्ने हो जस्तो तपाईकै साथमा हुनुपर्यो । भन्नाले ३६५ दिन गाउँ बस भन्ने पनि भएन तर उ करिब तपाईसँगको सम्पर्क र पहुँचमा हुनुप¥यो । सम्पूर्ण कुराहरुमा नीति निर्माणका कुराहरुमा सहकार्य गरिरहने हुनुप¥यो भन्ने हो । तपाईको उमेदवारी चाँही केका लागि ? बास्तवमा मेरो उमेदवारी आमुल परिवर्तन गर्न अब र सशक्त रुपमा अघि बढ्नको लागि हो । अब युवाहरुलाई पार्टीमा यो संगठनमा आकर्षण गर्नुपर्छ । उनीहरुलाई स्पेस दिनुपर्दछ । राजनीति फोहोरी खेल भन्ने भावना छ, त्यसो होईन भन्ने जनचेतना जगाउन सक्नुपर्छ । राजनीति फोहोर भयो भने सबै क्षेत्र फोहोर भएर जाने हुदा त्यो सफा गर्नको लागि युवा फोहोरमा पसेर त्यसलाई सफाई गर्नुपर्दछ । र तब मात्र मुहान सफा हुन्छ । तलतल मात्रै फोहोर सफा गरेजस्तो गरेर मुहान सफा हुदैन । वास्तवमा राजनीतिमा युवाहरुलाई भावना जागृत गर्नकै लागि मेरो उमेदवारी हो । नयांँ संबिधान बनेपछि पार्टीको नयांँसंरचना अनुसार प्रदेशबाट तपाई लड्दै हुनुहुन्छ । प्रदेशको अबधारण कसरी अघि बढाउनुभएको छ ? हो बास्तबमा हामीले संबिधान त बनायौं तर त्यसलाई कसरी कार्यान्वयनमा लैजाने गणतान्त्रिक संविधान लागूको बिषय अन्योल भएको छ । अझै पनि अस्पस्ट छ, त्यसका कानूनी रुप बन्न सकेका छैन्न् । ९९ भन्दा बढि कानूनी रुप संसोधन गरेर लागू गर्नुपर्नेछ । अहिले संघीय गणतान्त्रिक मुलुक भएको छ । तर संघ कस्तो हुने हो, आकार, गाउँपालिका कसरी हुन्छ, यी सबै कुराहरु अझै पनि सतहमा छैनन् । त्यसले गर्दा कस्तो खालको गणतन्त्र लागू गर्ने पनि थाहा छैन । मलाई लाग्छ संबिधान जारी भएको पनि ६ सात महिना भयो । मधेस आन्दोलन बिभिन्न कुराहरुले यसलाई प्रभाबित त पारेको होला । तर जनतामा चेतना चाहि जानुपर्यो । कस्तो खालको संघमा हामी बस्दैछौ र त्यो संघले हामीलाई के दिदैछ भन्ने पनि छैन । नेतृत्व तहले कानून नबनिकन त्यो कुरा थाहा हुदैन भनेर भन्ने र संबिधानले पनि बोलेको छैन । त्यसकारण संघ भनेको सशक्त हुनुुपर्यो । संघीयताको कल्पना गरेको हुदा अधिकार प्राप्त हुनुपर्यो । त्यसले आपm्निा काम कारबाहिहरु आफै गर्न पाउनुपर्यो । जस्तो राज्यको सिमा सुरक्षा त्यसबाहेक सीमा र सुरक्षाका कुरा केन्द्रीय सरकारले गर्ला तर बाँकि कुराहरुमा संघले सम्पूर्ण काममा चाहि जनताले त्यहि संघबाट लिन सक्नपर्यो । काठमाडौसँगको त उहि हामीलाई इच्छा लागेमात्र आउनुपर्ने अवस्था, तिर्थाटनका लागि । सम्पूर्ण कुराहरु चाहिँ संघले दिनुपर्छ जस्तो लाग्छ मलाई । मेरो चाहि के छ भन्दा खेरी कुरा प्रदेश सम्पुर्ण रुपमा अधिकार सम्पन्न हुनुपर्दछ । कसैको मुख ताक्ने हुनुहुँदैन । संसदको परिकल्पना गरेको छ । त्यो संसद पनि सर्बाधिकार हुनुपर्यो र सर्बभौम सत्ता त्यहि प्रदेशका जनतामा निहित हुनुप्यो । किनभनेदेखि जुन प्रदेश हो, त्यहि प्रदेश शक्तिशाली हुनुपर्दछ, बिकासशील हुनुपर्छ, सम्पन्न हुनुपर्छ र भ्रष्टाचार मुक्त हुनुुपर्दछ । भ्रष्टाचारले सबै खाईसकेको छ । त्यसकारण भ्रष्टाचार मुक्त प्रदेश हुनुुपर्दछ । तपाईले जुन प्रदेशबाट उम्मेदवारी दिँदै हुनुुन्छ त्यो प्रदेशमा अर्को पनि सीमांकनका समस्याहरु त्था मधेसका समस्याहरु छन्, यसलाई कसरी हल गर्ने ? मधेसको समस्या छ तर धेरै समस्या त २ न प्रदेशमा हो । १ नम्बर प्रदेशका सुनसरी मोरङलाई नै २ नम्बर प्रदेशमा ल्याउनुपर्दछ भन्ने आवाज उठेको छ तर त्यो पुरा हुदैन। त्यो पुरा हुने माग पनि होईन । झापा– मोरङ– सुनसरीलाई काटेर २ नं प्रदेशमा ल्याउनुपर्दछ भन्नेकुराहरु २ नम्बर प्रदेशको माग हो । एक नम्बर प्रदेशको माग होईन, त्यो सम्भब पनि छैन । अरु कुरा म जहाँबाट उठेको छु, त्यो प्रदेश शक्तिशाली छ सम्पन्न छ भुगोल पनि हिमाल पहाड तराई मिलेको छ । सबैजातजाति मलाई लाग्छ ईन्दे्रणी रङको त्यो प्रदेश छ । त्यसमा सबैकुराहरु झल्किन्छ । मतदाताहरुलाई १३ महाधिवेशनमा मैले आफ्ना अभियान सफल पार्नको लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु । युबाको प्रतिनिधत्ब गराउन र सशक्त शक्तिशाली र उद्यमशील पार्टी बनाउनको लागि र पार्टीमा जुन पुरानो पद्धति छ । नीति एकातिर नेतृत्व अर्कोतिर अब त्यो होईन जसको नीति उसको नेतृत्व हुनुपर्छ भन्ने मत फेरि पनि दोहोर्याउन चाहन्छु । बिधान र सिस्टममा पार्टी चल्नु पर्दछ भन्नको लागि मलाई भोट दिनुस् पनि भन्न चाहन्छु ।
प्रतिकृया लेख्नुहोस्: