Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

विषादीपीडितलाई सहयोग गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं, बिऊका लागि राखिएको विषाक्त गहुँ पिसेर बनाइएको रोटी खाँदा मृत्यु भएका धादिङ, पीडाका सन्जबहादुर तामाङको परिवारका बाँकी सदस्यहरुलाई राहत र बिरामी परेका व्यक्तिहरुको स्वास्थ्योपचारमा सरकारले सहयोग गर्ने वचन प्रधानमन्त्री सुशील कोइरालाले दिएका छन् । नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले यस घटनाका सन्दर्भमा दिएको ज्ञापनपत्र बुझ्दै कोइरालाले सो वचन दिएका हुन् । ज्ञापनपत्रमा यस घटनाबाट पीडित परिवारलाई आर्थिक सहयोग र बिरामीहरुको स्वास्थोपचारको सम्पूर्ण व्यवस्था गर्नेसहित विषादीका बारेमा आम जनतालाई सही जानकारी गराउने व्यवस्था गर्न माग गरिएको छ । सो अवसरमा प्रधानमन्त्री कोइरालाले बडो दुःखद् घटना भएको उल्लेख गर्दै भने– ‘नेपाली कांग्रेस पार्टी सभापति र सरकारप्रमुखको रुपमा पीडितहरुलाई सक्दो सहयोग गर्ने छु । दुःखमा परेकालाई सहयोग गर्ने सरकारको दायित्व नै हो ।’ उनले भने– ‘यस्तो बेलामा सहयोग नगरे कहिले गर्ने ?’ बिऊका लागि राखिएको विषाक्त गहुँ पिसेर बनाइएको रोटी खादा धादिङ पीडा गाविस चिउरीभञ्ज्याङका सन्जबहादुर तामाङको परिवारका ६ जना सदस्यको सोमबार निधन भएको थियो । सोही घट्टमा पिसिएको गहुँ र कोदाको पिठोबाट बनाइएको रोटी खाँदा थप ४१ जना बिरामी परेका छन् । प्रधानमन्त्री कोइरालाले मंगलबार साँझ एक समवेदना सन्देश दिँदै सो घटनाले आफूलाई मर्माहत बनाएको बताएका थिए । उनले विषाक्त रोटी सेवन गरी मृत्यु भएकाहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारप्रति  हार्दिक समवेदना प्रकट गरेका थिए । प्रधानमन्त्री कोइरालाले विषाक्त गहुँ पिसिएको मिलमा लगत्तै गहुँ र कोदो पिसानी गरी त्यसको पिठोबाट तयार गरिएको रोटी खाँदा बिरामी परेका समस्त नागरिकको शिघ्र स्वास्थ्यलाभको समेत कामना गरेका छन् । कोइरालाले समवेदना सन्देशमा उल्लेख छ– ‘यस दुःखद् घटनाले कीराफट्याङ्ग्राबाट खाद्यान्न, तरकारी र फलफूललाई जोगाउन हालिने किटनाशक औषधि र विषादिहरुका बारेमा आम जनतामा चेतना फैलाउनु अत्यावश्यक भएको देखाएको छ । सरकारले रासयनिक मल र विषादिको प्रयोगसम्बन्धी नीति पुनरावलोकन गरी आम जनतालाई तिनका नकारात्मक प्रभावका बारेमा जानकारी दिन अबिलम्ब यथोचित कदम चाल्ने विश्वास पनि म दिलाउन चाहन्छु ।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending