प्रचण्डलाई यति कुरा स्पष्ट थाह छ, पछि परन्तुमा नेपाल र चीनकावीच व्यापार–व्यवसाय, उद्योग–धन्दा फष्टाउन नसक्ने होइन । नेपालको विकासको पूर्वाधार निर्माणमा चीनले नसघाउने पनि होइन । त्यस्तो अवस्था त्यत्तिकै आउँदैन । आउन एक दुइ दशक नै लाग्न सक्दछ ।प्रचण्डसंग सम्वन्धित यो टिप्पणीमा वावुरामको उल्लेख आवश्यक थिएन । गर्नु यसनिम्ति पर्यो कि काठमाडौंको समाजमा प्रचण्डको दिमागमा भूस भरिएको छ : त्यसलाई चलाउने वावुराम हुन भन्ने भ्रम छरिएको थियो । स्वयं वावुराम एमाओवादीको विचारको सूत्रधार आपूm भएको दावी गर्दथे । तर, वावुराम छुट्टिएको यतिका दिन वितिसके । प्रचण्डको दिमाग चलेको मात्र होइन, दौडिएको देखिन्छ । उनी छाउन छाडेका छैनन । काठमाडौंको ठेट शव्दमा भन्दा “चुुलवुल” र “चलायमान” दुवै छन । अभिनेत्री करिश्मा जत्तिकै चुलवुल र अभिनेत्री रेखा जत्तिकै चलायमान । उनले भन्न भ्याइ हाले, करिश्माप्रति मेरो होइन “उनकै” लगाव रहेछ । त्यसैले त करिश्मा नयाँ शक्तिमा पुगिन । चलायमान छन प्रचण्ड । उनका पार्टी कार्यकर्ताहरु खूव रिसाउँछन उनीसंग । झगडागर्ने मूडमा हुन्छन । तर, उनलाई देख्ने वित्तिकै लल्याक–लुलुक हुन्छन । पालुंगोको साग गले झैं गल्छन । तुलना गर्छन, हाम्रा पार्टीका अध्यक्ष समान चलायमान चरित्र को छ त देशमा अर्को ? यतिवेला प्रचण्ड एमालेका निर्वाचित अध्यक्ष के.पी.ओलीको नेतृत्वको सरकार वनाउने गठवन्धनको साँचो आफनो दह हातमा लिएर उभिएका छन । पार्टीका आठजना वरिष्ठ नेताहरुले ओली सरकारमा उनको प्रतिनिधित्व गर्दछन । तै पनि, उनी सन्तुष्ट छैनन । यसको अर्थ हो उनी रुष्ट छन । वेला वेलामा कम्युनिष्ट एकताको कुरा गर्दछन । सरकारको कुरा आउना साथ आफैले टेको दिएको सरकार ढल्छ भन्न छाडदैनन । भर्खरै भनेका छन, कांग्रेस अधिवेशनपछि समीकरण वदलिन्छ । अर्थ हो, सरकार ढल्छ । त्यसपछि के हुन्छ ? के कम्युनिष्ट एकताको नाममा प्रचण्डलाई एमालेले गठवन्धन सरकारको नेतृत्वगर्ने अवसर प्रदान गर्नेछ ? कि एमालेका धुरन्धर नेता माधव नेपालले एमालेभित्रको आफनो टीमलाई कांग्रेस नेतृत्वको सरकारमा पठाउनेछन ? प्रचण्डले यो विषयमा नसोचेका त पक्कै छैनन होला । उनको एउटा मात्रै समस्या भनेको कांग्रेससंग उनी लजाउँछन । कांग्रेसमा अहिले गिरिजाप्रसाद छैनन । “माओवादी सशस्त्र आन्दोलन निर्मल निवासले चलाएको” आरोप लगाउने व्यक्तिले गिरिजाको विरासत धान्दैनन । वोल्न त उनले वेलैमा रामचन्द्रजीका नाममा रामचन्द्रजीको पक्षमा छु भनेर औपचारिक भाषा वोलेका छन । यस्तोवेला, उतिवेला संकटको समयमा सार्वजनिक रुपमा नै प्रधानमन्त्रीको हैसियतले आपूmलाई “साहसी” भनेर माओवादीलाई पहिलो पटक वार्ताको वैधानिकतामा ल्याउन साहसगर्ने मित्रलाई प्रचण्डले विर्सिने कुरै आएन । कांग्रेसमा के हुन्छ ? त्यो अव एकदुइ दिनको कुरा हो । कांग्रेस र माओवादी मिलेर वनेको सरकार सवल हुनसक्छ भनेर सोच्ने धेरै छन देशमा । स्थापित शक्ति र विद्रोहबाट आएको शक्तिको मेलमिलापले पक्कै देशको भलो गर्छ । राजनीति भनेको वार्गेनिंग पावर त हुँदै हो । प्रचण्डलाई यति कुरा स्पष्ट थाह छ, पछि परन्तुमा नेपाल र चीनकावीच व्यापार–व्यवसाय, उद्योग–धन्दा फष्टाउन नसक्ने होइन । नेपालको विकासको पूर्वाधार निर्माणमा चीनले नसघाउने पनि होइन । त्यस्तो अवस्था त्यत्तिकै आउँदैन । आउन एक दुइ दशक नै लाग्न सक्दछ । चीनले भारतसंगको आफनो आर्थिक स्वार्थ नहेरी लगानी पनि गर्दैन । त्यसैले प्रचण्डका लागि भारतले पनि ढोका खोलेको छ । कुन नेताका लागि भारतको ढोका वन्द गरेको छ र उनका लागि वन्द हुनु ? प्रचण्ड वेला वेलामा जिव्रो चटार्कछन । जिव्रो हो, त्यो नचटकारेसम्म काम चल्दैन । राजनीतिको स्वाद जे छ त्यो जिव्रोमा नै छ । तर, उनमा समयको चेतना पर्याप्त छ । कतिवेला हानेको तीरले कसलाई घाइते तुल्याउँछ ? जानेका छन उनले । एकताका लाग्दथ्यो यिनी दह्रै नेता हुन “स्टेट्सम्यानशीप” भएका । उनी आफैंले त्यो बाटो हिंडन रुचाएनन । राजनीतिको रमाइलोमा रमाउन छाडेर कता साधुत्वको कम्वल ओढेर वस्नु ? राजनीतिज्ञ हुनुको जुन मजा छ त्यो वुझेका छन प्रचण्डले । राजनीतिज्ञ भएपछि जिव्रो खूव चलाउन पाइन्छ । त्यस्तो स्वतन्त्रता अरु कुनै पेशा र व्यवसायमा छैन । प्रचण्ड साँच्चै छटपटीमा छन । कांग्रेस अधिवेशनपछि उनको यो छटपटीको अर्थ प्रकट हुनेछ । उनको जिव्रो त्यो भन्दा अघिपनि खसखसाउन सक्दछ । जिव्रो हो । राजनीतिमा यो वस्तु अगम्य हुन्छ । जसको अनुमान गर्न सकिदैन । (लेखक वरिष्ठ पत्रकार हुन् ।)
प्रतिकृया लेख्नुहोस्: