Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

म्यानपावर ब्यवसायीहरु सेवा ठप्प पारी भद्र अवज्ञामा

\"Badesikकाठमाडौं । वैदेशिक रोजगार ब्यवसायीहरुले ठगी गरेको उजुरीका आधारमा प्रहरीले कारबाही थालेको विरोधमा आइतबारदेखि सबै सेवा ठप्प पारी आन्दोलनमा उत्रिएका छन् । प्रहरीले केही दिन अघि १८ वटा म्यानपावरमा छामा मारेर सञ्चालकहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये केहीलाई प्रहरीले बैदेशिक रोजगार विभाग अन्तर्गत मुद्दा परेको भन्दै विभागको जिम्मा लगाएपनि अन्यलाई ठगी, मानव वेचविखन, हतियार ओसारपसार लगायतका विभिन्न मुद्दामा कारबाही थालेको छ । ब्यवसायीहरुले भने आफूहरुलाई कारबाही गर्ने अधिकार केवल विभागलाई मात्र भएको भन्दै त्यसको विरुद्धमा उत्रिएका छन् । ब्यवसायीहरुको छाता संगठन बैदेशिक रोजगार ब्यवसायी संघकै आह्वानमा झण्डै एकसातादेखि भिसा आइसकेका बाहेकको सेवा रोकेका उनीहरुले आइतबारदेखि कुनै पनि काम नगर्ने भन्दै आन्दोलन थालेका छन् । आजदेखि सबै सेवा ठप्प पार्ने निर्णय गरेका संघले काम रोकेर विभागको काठमाडौं कार्यालय ताहाचलमा उपस्थित हुन सबै ब्यवसायीलाई बोलाएको छ । वैदेशिक रोजगार ब्यवसायी संघका महासचिव रोहन गुरुङले सबै ब्यवसायीहरुलाई एसएमएस पठाएर बैदेशिक रोजगार सम्बन्धी काम रोकेर आइतबारदेखि भद्र अवाज्ञा आन्दोलनमा सहभागी हुन आग्रह गरेका छन् । सरकारले गत असारदेखि नै मलेसिया, बहराइन, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब लगायत सात मुलुकमा निःशुल्क भिसा र टिकटमा मात्र कामदार पठाउने निर्णय गरेको थियो । तर ब्यवसायीहरुले नक्कली एग्रिमेन्ट गराएर ठगी गरेको भन्दै उजुरी परेपछि प्रहरीले कारबाही थालेको हो । दैनिक १५ सयदेखि २ हजार नेपालीहरु वैदेशिक रोजगारमा पठाउने म्यानपावर ब्यवसायीहरुले सेवा ठप्प पारे पनि उजुरीका आधार आफ्नो कारबाही नरोक्ने प्रहरीले जनाएको छ । प्रहरीले वैदेशिक रोजगारीमा ठगी भएको गुनासो बढेपछि विदेशबाट पनि उजुरी गर्न सक्ने गरी चार अंकको फोन उपलब्ध गराएपछि प्रहरीमा उजुरीको चाङ लागेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending