कलकारखानाभित्र महिलाहरुलाई असमान ज्याला , दैनिक १६ देखि १८ घण्टासम्म काम गर्नु पार्ने बाध्यता , मातृशिशु असुरक्षा, महिलाले कुनै पनि संघ संगठनमा संलग्न हुन नपाउने, भोटहाल्न नपाउने आदि जस्ता विभेदहरु श्रृजना गरिए ।सन् १८९७ मार्च ८का दिन अमेरिकाको न्युयोेर्क सहरको कपडा मिलका महिलाहरुले दैनिक ८ घण्टा काम , समान कामको समान ज्याला , महिलाहरुलाई संगठित हुने अधिकार , मताधिकारको अधिकार , मातृशिशु सुरक्षा लगाएतको मागहरु राखी आन्दोलित भए । आन्दोलनले निकै ठुलो रुप लियो । विश्व महिला आन्दोलनमा यो विद्रोह सबैभन्दा पहिलो र संगठित विद्रोह थियो । महिलाहरु उक्त साहसी र सशक्त विद्रोहबाट पँुजीवादी शासकहरु निकै आत्तिन पुगे र आन्दोलन दवाउन निकै मेहनत गरे तर उत्पिडित महिलाहरुले आफ्नो अधिकार प्राप्तिको आन्दोलनलाई अघि बढाइनै रहे ।
पुँजीवादले महिलामाथि गरेको शोषण र उत्पिडनको विरुद्धको आन्दोलनलाई शसक्त बनाउने उदेश्यसहित १९०८ देखि तिव्र गतिमा बढेको आन्दोलन १९०९मार्च ८ मा उत्कर्षमा पुग्यो ।त्यतिबेलाकी चर्चित महिला नेतृ क्लारा जेटकिनले पुँजीवादभित्रबाट महिलाहरुको मुक्ति हुन नसक्ने भन्दै समाजवादी आन्दोलनसँग महिला मुक्ति आन्दोलनलाई गाँसेर मात्र महिलाहरुको मुक्ति संभव हुने बताइन् र उनले महिला आन्दोलनको नेतृत्व गरिन् । सन् १९०७ मार्च आठमा अन्तराष्ट्रिय समाजवादी महिलाहरुको पहिलो सम्मेलन जर्मनको स्टुगार्डमा क्लारा जेटकिनको नेतृत्वमा सम्पन्न भयो । जसमा १५ देशका ५६ जना प्रतिनिधिहरुले भाग लिएका थिए । पुँजीवादले महिलामाथि गरेको शोषण र उत्पिडनको विरुद्धको आन्दोलनलाई शसक्त बनाउने उदेश्यसहित १९०८ देखि तिव्र गतिमा बढेको आन्दोलन १९०९मार्च ८ मा उत्कर्षमा पुग्यो । महिलाहरुले आफुले उठाएका केहि सिमित अधिकार प्राप्त गरे जसको परिणामस्वरुप १९१० सालमा डेनमार्कको कोपोनहेगनमा भएको दोस्रो अन्तराष्ट्रिय सम्मेलनदेखि विश्वभरका महिलाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएका छन् । आठ मार्च र नेपालको सन्दर्भमा महिला आन्दोलन नेपालको सन्दर्भमा मुख्यत १९ औ शताब्दीदेखि महिलाहरु आफ्नो अधिकारको आन्दोलनमा होमिदै आएको पाइन्छ । युगौदेखि नेपाली समाजमा विद्यमान महिलामाथिका शोषण , हिंसा , दमन र अत्याचारका विरुद्ध संगठित वा असंगठित रुपमा आफ्ना आवजहरु उठाउँदै आए । २००७ सालको राणा शासन विरुद्धको आन्दोलन , २०४६ सालको जनआन्दोलन , नेकपा (माओवादी)को नेतृत्वमा सञ्चालित नेपाली जनयुद्ध हुँदै २०६२÷०६३ सालको जनआन्दोलनमा नेपाली महिलाहरु संगठित र सशक्त रुपमा लिङ्गिय र राजनैतिक परिवर्तनको एजेण्डालाई आत्मसाथ गर्दै आन्दोलनमा होमिए, आन्दोलनको नेतृत्वकर्ता बने । जसको परिणाम स्वरुप महिलाहरुको पक्षमा धेरै उपलब्धि हाँसिल भएका छन् । यद्यपी ति पूर्ण भने छैनन् । महिलाहरुले पूर्ण रुपमा आफ्नो अधिकार प्राप्त गर्न निरन्तर संघर्षको जरुरत छ ।
महिलाहरुले राजनीति गर्नु हुँदैन अथवा महिलाहरुले राजनीति गर्न सक्दैनन् भन्ने यहि समाजमा महिला आन्दोलनकै बलमा आज नेपालका राजनीतिक पार्टीहरुमा महिलाहरुको संलग्नता र नेतृत्वमा श्रृखलाबद्ध विकास हुँदै गइरहेको छ ।मध्ययुगिन सामन्ती पितृसत्तात्मक समाज जहाँ महिलाहरुलाई मृत पतिको चितामा जीउँदै जल्नु पर्ने सुन्दै अत्यासलाग्दो सति प्रथा , भोट हाल्ने आफ्नो राजनीतिक अधिकारबाट बञ्चित हुन पर्ने बाध्यता लगायत अत्यन्तै अमानवीय समाजिक व्यवस्थाका विरुद्ध लड्दै यतिसम्म अधिकार र स्वतन्त्रता नेपाली महिलाहरुले प्राप्त गर्नुलाई ठुलै उपलव्धि मान्नु पर्दछ । महिलाहरुले राजनीति गर्नु हुँदैन अथवा महिलाहरुले राजनीति गर्न सक्दैनन् भन्ने यहि समाजमा महिला आन्दोलनकै बलमा आज नेपालका राजनीतिक पार्टीहरुमा महिलाहरुको संलग्नता र नेतृत्वमा श्रृखलाबद्ध विकास हुँदै गइरहेको छ । विगत संविधानसभामा ३३ प्रतिशतको संख्यामा महिलाहरुको प्रतिनिधित्व हुनु, नेपालको इतिहासमा पहिलो पटक आमाको नामबाट नागरिकता दिने नयाँ संविधानमा व्यवस्था गरिनु , समानुपातिक, समावेशी प्रतिनिधित्व प्रणालीको सुनिश्चितता , महिलाहरुका लागि राजनीतिक स्वतन्त्रता , देशकै सम्मानित तथा प्रतिष्ठित पद सभामुख जस्तो पदमा पहिलो पटक महिला निर्वाचित हुनु , देशकै पहिलो र विशिष्ट पद राष्ट्रपतिमा पहिलो पटक महिला निर्वाचित हुनु यी नेपालको इतिहासमा महिला आन्दोलनको अत्यन्त नयाँ आयाम र उपलब्धी हुन् ।
नेपालका आधारभुत तथा निम्न वर्गका महिलाहरु जो समाजमा दोहोरो तेहरो शोषणमा परेका छन् उनीहरुले परिवर्तन र राहतको महसुस गर्न सकेका छैनन ।राजनीतिक रुपमा थुप्रै परिवर्तन भएता पनि नेपाली समाजको परिवर्तन नचाहने एउटा ठुलो तत्काले उक्त परिवर्तनलाई पूर्णत आत्मसाथ भने गर्न सकेको छैन । नेपाली समाजमा महिलामाथिका उत्पिडन र हिंसाका रुपहरु अझै अन्त्य हुन सकेका छैनन । नेपालका आधारभुत तथा निम्न वर्गका महिलाहरु जो समाजमा दोहोरो तेहरो शोषणमा परेका छन् उनीहरुले परिवर्तन र राहतको महसुस गर्न सकेका छैनन । महिलामाथि राजनीतिक , समाजिक , साँस्कृतिक हिंसाका घटनाहरु नेपाली समाजमा दिनहुँ जस्तो देख्न र सुन्न पाईन्छ । बालिका बलत्कार , बोक्सी आरोपमा गरिव तथा निमुखा महिलाको हत्या , दाइजोको नाममा हिंसा र हत्या आदि जस्ता घटनाहरु अझै दिनहुँ जसो घटिरहनुले २१ औं सताव्दीको सभ्य समाज नेपाल भन्न सर्माउनु पर्ने अवस्था विद्यमान छ । समाज परिवर्तनको संवाहक भन्ने पार्टी भित्र पितृसतात्मक सोच र चिन्तन बोकेका मान्छेहरु पार्टीको नेतृत्वमा हुनु जसले आफ्नो सिमित स्वार्थ पुरा गर्न महिलाहरुलाई उपयोग गर्न खोज्ने प्रवृतिका विरुद्ध संघर्ष, देशको कुल महिलाहरुको जनसंख्याको अनुपातमा विभिन्न निति निर्माणका निकाय अर्थात राजनीतिक निकायहरुमा प्रतिनिधित्वको सुनिश्चितता , दोस्रो दर्जाको नागरिक वा महिला होइन पूर्ण अधिकार सम्पन्न मानव जाति भएको प्रत्याभुति गर्न माहिलारुले अझै संघर्ष गर्न जरुरी छ । जसरी महिलाहरुले आफ्नो अधिकार र स्वतन्त्रता प्राप्त गर्न महत्वपूर्ण संघर्षको दिनको रुपमा आठ मार्च मनाउन सुरु गरे त्यसैगरि आफ्नो पूर्ण मुक्तिका लागि आठ मार्चलाई संघर्ष र आन्दोलनकै रुपमा मनाउँन जरुरी छ ।
प्रतिकृया लेख्नुहोस्: