पैसाले राष्ट्रियता किन्ने बानी परेको भारतले कालोबजारीमा चुर्लुम्म डुबेको सरकार अहिलेका युवाहरुको मागमा त्यति इमान्दार देखिन्न र बिकल्प खोज्दा सबभन्दा उपयुक्त चाहिँ बाबुरामलाई नै मान्नेछन् भन्ने भनाइ अनुसार निर्देशित नयाँ शक्तिको कार्ययोजना चरण चरणमा बिकास भइरहेका छन् ।अर्का उही धरातलबाट आएका भरत दाहाल बाबुरामको ठीक बिपरित ध्रुबका मानिन्छन । खासमा उनले माओबादी छोड्दा माओबादी यसरी शान्ति प्रक्रियामा आउनेछ भन्ने कल्पनासम्म गरेका थिएनन । खासमा प्रचण्ड र बाबुरामले ‘र’ को एजेन्टमार्फत भारतीय प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न खोजेको र भारतको सुरक्षा बिरोधी हर्कत नगर्ने प्रतिबद्धता जाहेर गर्न खोजेको कुरा भरत दाहालले माओवादी हुँदै थाहा पाएका होइनन् । लडाइँ लामो हुने र आफू नबाँचिने स्थिति देखेपछि उनी मैदानबाट भागेका एक भगौडा हुन् । त्यसपछि भरत दाहाल कहाँ गए, भागिसकेपछिको आफ्नो सुरक्षाको जिम्मेवारी कसले लियो, दाहालले खुलाउन चाहन्नन् । अनि शान्तिप्रक्रियामा आइसकेपछि देखिएको माओवादीको तडकभडकबाट लोभिएका भरत दाहालले भगौडालाई पार्टीमा पुनः उहि ठाउँमा राखिन नसकिने जानकारी पाएपछि उनी त्यसपछि बाबुराम र प्रचन्ड बिरोधी बनेका हुन् । लगभग एकै समयमा माओवादी छोडेका मुमाराम केहि समय बाबुरामकै खेदो खन्नमा लागे, अनि भरत दहाल एक कदमअघि सरेर आफ्नो विद्वताको प्रदर्शन बाबुराम, भारत र ’र’ बिरुद्ध देखाएका मात्र हुन् । अहिले भरत दाहालले हरेक कुरालाई भारतको षड्यन्त्र मान्ने गर्दछन् । आफू भागिसकेपछि भएको १२ बुँदे समझदारीको उत्तरदायित्व उनले लिन नपरे पनि त्यसलाई आधार बनाएर आफ्ना बिष्लेषण सार्र्वजनिक गर्ने गरेका छन् । बिश्लेषकको काम भनेको “मलाइ यस्तो लाग्छ” भनेर बोल्ने लेख्ने हो, तर उनले ठोकुवा गरेरै भन्दिन्छन् । हामीलाई सुन्दा कर्णप्रिय लाग्ने र पढ्दा मजा आउने गरेर उनले काङ्ग्रेस, एमाले, माओवादी लगायत सबैमा भारतीय घुसपैठ भएको कुरा सहर्ष जानकारी गराउँछन । देश बिघटनको संघारमा पुगिसकेको कुरा बताउने उनले सबैमा ‘र’ देख्छन । गगनलाई र सिटौलालाई भारतको गोटी भन्ने उनी शेरबहादुर देउवाले सभापतिमा जितिसकेपछि उनलाई पनि भारतकै गोटी भनेर ठोकुवा गरिसकेका छन् । उनको निरपेक्ष राष्ट्रबादी लेखाइ पढ्दा जति आनन्द आए पनि यथार्थ धेरै टाढा छ । समाधान दिनै नसक्ने गरेर समस्या देखाइदिनु भनेको गणित शिक्षकले आफैले नजानेको हिसाब विद्यार्थीहरुलाइ हल गर्न दिएर पिटेजस्तो हो । भरत दाहाल त्यसै गर्छन् । १२ बुँदेको दमदार आलोचना गर्दै गर्दा, त्यो नभएको भए देश कता जान्थ्यो भन्ने कुरा पाकिसकेको कलिलो दिमागले सोच्नु पर्दैन भरतले ? यदि त्यो सम्झौता हुन्थेन भने देशका सामु दुई वटा बिकल्प मात्र बचेका हुन्थ्यो, या त माओबादीले देश कब्जा गरेर अहिले जनवादी गणतन्त्र नेपाल बनाइसकेको हुन्थ्यो, या त माओबादी नष्ट हुन्थ्यो, देश ज्ञानेन्द्रको पञ्चायती अवस्थामा जान्थ्यो । उनले त्यसको बिरोध गर्दाखेरि आफू कुन धारतलमा उभिनुपर्दथ्यो प्रष्ट पारेका छैनन् । देशको राजनीतिमा प्रमुख धारको मान्यता बोकिरहेको एमाओवादीको मुख्य नीतिबाट च्युत भइसकेका यी केही पात्रहरु आफ्नो प्रचारको लागि सामाजिक संजालहरु प्रयोग गरेर फरक फरक धारका समस्याहरु देखाइरहेका छन् । जुन यिनिहरु आफैले समाधान गर्न सक्दैनन् । देश गणतन्त्र आइसकेपछि पनि आर्थिक रुपमा नकारात्मक भएको छैन, अपेक्षित सुधार नभएको मात्र हो । तर बाबुरामको आर्थिक बिकासको मोडालिटीले देश पुरै गरीव भैसकेको भनेर भनेको छ । केही देखिएका समस्याहरुलाई पहाड बनाएर आफूले मात्र समाधान गर्न सक्ने र अरु कसैले नसक्ने भनेर जुन रटान बाबुरामले लगाएका छन्, त्यो यथार्थ होइन । त्यो त बितृष्णाको शिकार भएकाहरुलाइ आफूतर्फ खिच्ने रणनीति मात्र हो । त्यस्तै, गरेर अहिले भारतीय हस्तक्षेप चरम भएको कुरालाई समातेर भरत दाहालले जुन प्रोपोगान्डा फैलाउँदै जनता आतंकित पारिरहेका छन्, त्यो पनि सहि होइन । भारतको हस्तक्षेपमा तुलनात्मक रुपमा कमि नआएको मात्र स्थिति हो अहिले । सिक्किम, भुटान, फिजी सबै तपसिलका कुराहरु हुन् । भारतले नदी कब्जा गर्न खोज्यो या देश नै कब्जा गर्दै छ भन्ने कुरा पनि हावादारी हो । यो उनले भन्ने कुरा होइन, जनताले बहुमत दिएर चुनेर पठाएका प्रतिनिधिहरुको काम हो । बरु सरकारलाई सचेत गराउने, सरकारको कुटनीतिक क्षमता बढाउने खालका सकारात्मक आलोचना गर्न सकिन्थ्यो । भारतको पहुँच माइक्रो म्यानेजमेन्टसम्म त छ, तर यो १२ बुँदे समझदारीपछि एकाएक भएको होइन । त्यसलाई कम गर्न या प्रोपोगन्डारहित रचनात्मक आलोचना गर्ने जनताको जिम्मेवारीलाई बिर्सेर एकोहोरो भारत भारत भनेर चिच्याउनु पर्ने आवश्यकता छैन । हाम्रो आन्तरिक स्थिति सबल गराउन कसैको नाममा सराप पार्नु पर्दैन, अहिले देखियो युवा युवा भन्दै गर्दा पनि गगन चिप्लिए । नेतृत्व भनेको एकाएक स्थापित हुने चिज होइन ।
तराई–मधेशको समस्या हेर्ने क्रममा भरत दाहाल या बाबुराम दुइवटैको दृष्टीदोष छ । एउटाले मधेशमा बस्ने सबैलाई भारतीय देख्छ भने अर्कोले बिहारमा बस्नेलाई पनि नेपाली देख्छ ।मुख्य कुरा हामी आफै स्वावलम्बी भएर आर्थिक क्रियाकलापमा लाग्ने र बढी भन्दा बढी बचत गरेर राष्ट्रिय पुँजी निर्माणमा सहयोग गर्ने र आयातलाइ निरुत्साहित गर्ने हो भने न त बाबुरामले भने जस्तो गरेर एकै चोटी भारतका मल्टिनेसनल कम्पनी भित्राउनु पर्छ, न त भारतलाई सराप्नु पर्छ न त यहाँ कोही नेतृत्वमा आयो भने उसलाई ‘र’को खादा ओढाउनु नै पर्छ । न त देश बिघटन हुने भो भन्दै अहिले उत्पादित युवाहरुको कलिलो मानसिकतामा त्रास फैलाउनु नै पर्छ । तराई–मधेशको समस्या हेर्ने क्रममा भरत दाहाल या बाबुराम दुइवटैको दृष्टीदोष छ । एउटाले मधेशमा बस्ने सबैलाई भारतीय देख्छ भने अर्कोले बिहारमा बस्नेलाई पनि नेपाली देख्छ । जसले जे भने पनि एक लाख ४७ हजार एक सय ८१ वर्ग किलोमिटर क्षेत्रभित्र स्थायी रुपमा बस्ने सबै नेपालीहरु हुन भन्ने कुरा कहिले र कसले बुझ्ने ? चाहे अंगिकृत हुन या चाहे बंशज हुन् । अनि पानीको बिषयमा बाबुरामको नयाँ फर्मुला छ, सबै भारतीय कम्पनीलाई चढाएर मात्र बिजुली निस्कन सक्छ भन्ने, तर ठिक उल्टो दाहालको छ, कोशी या सेती कुनै पनि मधेशी या तराई मूलको मान्छेको हातमा पर्न हुन्न भन्ने । आखिर सोच्नैपर्ने बेला आएको छ, दुबै पात्रहरुलाइ एउटै अतिबादले प्रयोग त गरेको छैन ? एउटै धरातलबाट आएका यी दुबै खाले आतिबादी पात्रहरुको पछि लाग्नु देशको लागि बिडम्बना मात्र हुनेछ ।
प्रतिकृया लेख्नुहोस्: