Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

भूकम्पले ध्वस्त गाउँ लाप्राकबासीले आफ्नै मेहनतले गरे पुनःनिर्माण

\"Laprakगोरखा । नवनिर्माण र पुनःनिर्माणको चर्चा चलिरहेका बेला गोरखाको लाप्राकका भूकम्प प्रभावितले आफ्नै मेहनतले गाउँ पुनःनिर्माण गरेका छन् । सरकारी र दातृ निकायले दिने भनेका राहत, अनुदानको बाटो नहेरी अर्मोपर्मो र ऋण खोजेर लाप्राकीले बर्खाको पानी छल्न नयाँ घर बनाएका हुन् । भूकम्पले ध्वस्त बनाएका पूराना घरका काठपात, ढुङ्गा र माटोको जोडाइले लाप्राकीले नयाँ घर उभ्याएका हुन् । गुप्सीपाखाको अस्थायी टहरोमा हिउँद कटाएका लाप्राकीले आउँदो बर्खा पुरानै लाप्राक गाउँमा बनाएको घरमा बिताउने तयारी गरेका छन् । मौसमअनुसारको खेती गर्न र उत्पादन भएका अन्नपात भित्र्याउन पनि लाप्राकीलाई घर चाहिएको थियो । अस्थायी आवास प्रयोजनका लागि सरकारले राहतमा दिएको जस्तापाताको प्रयोग नगरेका लाप्राकीले गोब्रेसल्लाको फलेकले घर छाएका छन् । राहतस्वरुप पाएको दुई बन्डल जस्तापाताले गुप्सीपाखाको टहरो छाएका उनीहरुले पुरानो गाउँमा जस्तापाताको प्रयोग गरेका छैनन् । भूकम्पअघि पर्यटकीय गाउँका रुपमा विकास भएको लाप्राकलाई पुनः त्यो साख फर्काउन मौलिकता झल्कने घरहरु बनाइएको स्थानीयवासीले बताए । लाप्राकीले बनाएका नयाँ घरमा सिमेन्टको प्रयोग गरिएको छैन । केही मानिस सिमेन्ट, बालुवा र छडको जोडाइले घर बनाउन चाहन्छन् । उनीहरुले अहिले घर बनाएका छैनन्, घडेरी नापजाँच गरेर राखेका छन् । ढुङ्गा, माटो र काठको जोडाइले नै भूकम्प प्रतिरोधी घर बनाउने गाउँलेको चाहना रहेको लाप्राक–२ का पुरबहादुर गुरुङको भनाइ छ । “भत्केका घरको संरचना तह लगाइयो । बस्नयोग्य नयाँ घर बनाएँ’, गुरुङले भन्नुभयो – ‘वन समितिले नयाँ काठ काट्न रोक्का लगायो । पुराना काठपात बटुलेर घर उभ्याएँ ।’ भूकम्पपछि गाउँबाट विस्थापित भई गुप्सीपाखाको शिविरमा बस्दै आएका लाप्राकीहरु अहिले घर बनाएर पूरानै गाउँमा बस्छन् । गुप्सीपाखामा पानीको अभाव छ भने बिहान, बेलुकी चिसो स्याँठ चल्छ । लाप्राक–२ का चामबहादुर गुरुङका अनुसार गुप्सीपाखा र रिञ्जिलुङ गाउँमा जस्तापाताले छाएको पक्की टहरा बनाइएका छन् । ‘लाप्राकीका दुईवटा घर हुने भयो’ उनले भने – ‘हिउँदमा बेँसी झ¥यो, बर्खामा गुप्सीतिर बस्नुपर्ला ।’ विसं २०५६ मा लाप्राक गाउँमुनि पहिरो गएपछि त्यसबेला पनि लाप्राकलाई अन्यत्र सार्न खोजिएको थियो । त्यसबेला स्थानीयवासीले मानेनन् । भूकम्पपछि व्यवस्थित गाउँ बनाउने उद्देश्यले सरकारले गुप्सीपाखा लाप्राकीलाई दिने निर्णय गरेको छ । गाउँले सुरक्षित आवासका लागि गुप्सीपाखामा बस्न चाहन्छन् । तर खेतीपाती, भेडाच्याङ्ग्रा पाल्न आवश्यक जग्गा गुप्सीपाखामा नहुँदा उनीहरु मर्कामा छन् । भूकम्पपछि चिरा परेको जमिन, पानी परेपछि बग्ने हुँदा सुरक्षित बसोबासका लागि गुप्सीपाखा आवश्यक पर्ने लाप्राकीहरु तर्क गर्छन् । लाप्राक गुरुङ समुदायको बाक्लो बस्ती भएको गाउँ हो । यहाँका नौवटै वडा एकै गाउँमा छन् । गुरुङ समुदायको संस्कृतिमा धनी रहेको लाप्राकमा पछिल्लो समय विदेशी एवम् स्वदेशी पर्यटक घुम्नका लागि पुगेका थिए । पर्यटकको बसाइ बढाउन लाप्राकमा होमस्टे सञ्चालनको तयारी गरिएको थियो । ‘भूकम्पपछि गाउँको अवस्था सोधखोज गर्न पनि पर्यटक आउँछन्’ – लाप्राकका हरिप्रसाद गुरुङले भने –‘होटल होइन होमस्टे प्रवद्र्धन गर्नुपर्छ ।’ कामदारको अभावले लाप्राक गाउँ पुनःनिर्माण र धराप घरका संरचना तह लगाउन ढिला भएको हो । भूकम्प गएको एघार महिना कटिसक्दा पनि केन्द्रबिन्दु बारपाकलगायत छिमेकी गाविस सौरपानी, घ्याल्चोक, सिम्जुङ र गुम्दालगायत गाउँ अझै पुनःनिर्माणको क्रममा पुगेका छैनन् । जिल्लाका ७० हजारवटाभन्दा बढी व्यक्तिगत घर पुनःनिर्माण गर्नुपर्ने भएपनि भूकम्पपीडित सरकारी अनुदान रकमको पर्खाइमा छन् । लाप्राकीहरुले भने पुनःनिर्माण प्राधिकरणलाई चुनौती दिँदै गाउँ पुनःनिर्माण गरेका हुन् । तर उनीहरुले बनाएका घर पुरानै शैलीका छन् । ती घर भूकम्पप्रतिरोधी छैनन् । लाप्राकीहरु गुप्सीपाखामा भूकम्पप्रतिरोधी बनाउने प्रतिक्षामा छन् । प्राधिकरणले ६१७ घरधुरी लाप्राकमा पुनःनिर्माण गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । भूकम्पले पु¥याएको क्षतिको लगत सङ्कलन गर्न गाउँमा इञ्जिनियर पुग्नुअघि नै लाप्राकको पुरानो गाउँ पुनःनिर्माण सकिएको हो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy