फाल्गुन ३० गते, २०७२ आइतवार 13th March, 2016 Sun१२:०१:४४ मा प्रकाशित
यतिबेला कांग्रेसको महाधिवेसन एक हिसावले धेरै चर्चाको केन्द्र बन्यो, चर्चा बटुल्ने धेरै आयामहरु थिए । तसर्थ चर्चाका हिसावले यो महाधिवेसन बहुआयामिक थियो । बैचारिक बहस त भएन तर गगन थापा, प्रदीप पौडेल लगायतका युवाले आफूहरुको पुस्ता कांग्रे्रेस भित्रको बैचारिक बहसको जिम्मा लिन तयार भइसकेको म्यासेज दिन खोजिरहेका थिए । आफनो निर्वाचनमा हाइटेक प्रविधि प्रयोग गर्ने हल्ला पिटेर कांग्रेस अन्तिममा हिल्टेकमा आफना मतपत्रहरु सम्हाल्दै थियो । प्रविधिको यो जमानामा पनि पट्यारलाग्दो मत गन्ने व्यवस्थासँगै अर्को चर्चाको बिषय त नेतृत्वको प्रतिस्पर्धा थियो ।
परम्परागत दुइपक्षीय प्रतिस्पर्धावाट त्रिपक्षीय प्रतिष्पर्धा त्यसमाथि पनि महामन्त्रीमा रोचक प्रतिष्पर्धा त यसकारण भयो कि कांग्रेसले अहिले अँगिकार गरेको गणतन्त्र, धर्मनिरपेक्षता र आधुनिक परिवर्तनको जर्वजस्त शंखघोष गर्ने र यतातर्फ लघार्नेमध्येका चर्चित पात्र गगन थापा र परीवर्तनलाई भित्रैबाट मन नपरेको आभाष दिलाएका बीपी पुत्र शशांक कोइराला र अर्जुन नरसिंह केसीबीचको त्रिपक्षीय प्रतिष्पर्धा थियो ।
[caption id=\"attachment_26319\" align=\"alignleft\" width=\"150\"] सराेज गाैतम[/caption]
पार्टीभित्र यदि यी सबै विषयको सही र बस्तुनिष्ठ मूल्याङकन हुन्थ्यो भने सम्भवतः गगन थापाले जित्नपर्दथ्यो तर त्यो भएन । यो लेखमा खासगरी नेपालमा हरेक पार्टी भित्रको निर्वाचनमा या पार्टीको निर्णायक तहमा पुग्ने बेलामा, बाहिर पब्लिक एपुर्भल रेट राम्रो र खासगरी तत्कालिन समयको राजनीति र विचारका वास्तविक पहलकर्ताहरु किन हावी हुन सक्दैनन् भन्ने सवाल राजनीतिज्ञहरुसामु उठाउने धृष्टता गरिएकोे हो ।
यो लेखमा गगन थापालाई एउटा विम्वको रुपमा उभ्याउन खोजिएको हो, जो चलिरहेको राजनीतिक संस्कारलाई नबदलेसम्म यसले राष्ट्रलाई अगाडि बढ्न दिदैन भन्ने निश्कर्षमा पुगेका छन् र बदलिदो समयमा राजनीतिमा पनि अन्यत्र जस्तै अपडेट चाहन्छन् । राजनीति मन नपर्ने भन्न रुचाउनेहरुकोबीच पनि आशाका दृष्टिले हेरिन्छन् । यस्ता पात्र, प्रवृति र मत अहिले रहिआएका दलहरुमा अत्यन्तै कम छ ।
गगन थापाको इतिहास सम्भवतः खुल्ला किताव जस्तै छ । चाहने मान्छेले सजिलै उनको राजनीतिक जीवनको अध्ययन गर्न सक्दछ । मोड, घुम्ती, उतारचढाव, निष्ठा, विचार, कला आदि पनि अध्ययन गर्न सक्छ । सायदै यहि चिजको सरलीकृत विकासले गर्दा उनले आफनो समर्थकको घेरा चाक्लो बनाए । त्यो कांग्रेसी, गैरकांग्रेस, कम्युनिष्ट हुँदै राजनीतिप्रति निरपेक्ष र सापेक्षता बुझाइ भएहरुसम्म पनि पुग्यो ।
आखिर यी सबै हुँदाहुँदै पनि उनी आफ्नो राजनीतिक पार्टीभित्रै किन यति कमजोर रहे ? उनीमात्र होइन नेपालको राजनीतिक पार्टीभित्रका केही औंलामा गन्न सकिने पात्रहरु जो लोकको सम्मतिमा निकै अगाडि छन् र थिए । तर पार्टीभित्रको महत्वपूर्ण स्थान निर्माण गरिने ठाउँमा सबै गगनकै हालतमा पुगेका थिए र छन् । यो नेपाली राजनीतिक दल निर्माणको चरणदेखि आजउप्रान्त उस्तै छ ।
इतिहासमा गणेशमान सिंह या कृष्णप्रसाद भट्टरार्ई या हिजो माओवादीको नेता रहँदाका बखत बाबुराम भट्टराई समेत यसको शिकार बने । आखिर उनीहरुको कमजोरी हो या अन्य कुनै विषय नीहित छ जसले बाहिर जनताको नजरमा आशा गरिएकाहरु पार्टी भित्रै पानी पानीको हालतमा हुन्छन् । यो अवस्थालाई समूल अन्त्य गर्न कम्तीमा हामीले कुनकुन कुरालाई पर फ्याक्दा यो खालको दीर्घरोगवाट राजनीतिले मुक्त पाउँछ ।
उनको पराजय छलफल गर्नुपर्ने बिषय हो या होइन, धेरैलाई लाग्न सक्छ यो आवश्यक बहसमा ल्याउनुपर्ने विषय होइन तर पनि यी र यस्ता विषयको बस्तुनिष्ट चिरफार गर्न नसक्ने हो भने हामी सहि निस्कर्षमा पुग्न सक्दैनौं । त्यसले सदैव लोकको तहवाट चामत्कारिक मान्छेको राजनीतिमा खोजी भइरहने र राजनीतिमा त्यस्ता मान्छे पराजित भइरहने खालको नियति बेहोर्नु पर्नेछ । सामान्यरुपमा हेर्दा कांग्रेसमा चुनाव भएको छ । यो प्रजातन्त्रको सुन्दर पक्ष हो चुनावमा पराजित भएकाको पक्षमा बहस चलाएर प्रजातन्त्रिक पद्धतिप्रति नै प्रश्न उठाएको जस्तो लाग्न सक्छ तर चुनाव त साधन हो, हामी यसलाई कसरी प्रयोग गर्छौ या कुन चेतले प्रयोग गर्छौ भन्ने कुराले धेरै हदसम्म हामी ठीक गर्छौ या बेठीक गर्छौै भन्ने निर्धारण गर्दछ ।
त्यति मात्र होइन, यसको नतिजाले के प्रभाव पार्छ भन्ने कुरा पनि आकंलन गर्न सक्छौं । कांग्रेसको मतगणना सकिसकेको छैन । अहिलेसम्मको गणनालाई हेर्दा सबैभन्दा लोकप्रिय मत ल्याएर लिड गरिरहेका छन्, अदालतवाट भ्रष्टाचार जस्तो नैतिक पतन देखिने कार्य गरी जेल चलान भइसकेका खुमबहादर खडका । पारदर्शिता र बिकासको सपना देख्ने देशको सबैभन्दा ठूलो दलमा देखिएको यो नाँचलाई के सम्झने ? यसलाई प्रजातन्त्रको सुन्दरतम् पक्ष देख्ने या लम्पटतन्त्रको । गगन थापा हार्ने र खुमबहादुर खडकाले जित्ने सबैभन्दा पुरानो र ठूलो प्रजातन्त्रिक पार्टीको यो चित्र वास्तविक हरियाली लोकतन्त्र हो या अन्य केही हो । यो सवै देख्दा हामी आफै नयाँ निस्कर्षमा पुग्ने बेला भएको हो या होइन । यहाँ खुमवहादुर या गगन थापा ब्यक्तिको प्रश्न होइन । यो त यिनीहरुले बोक्ने प्रवृतिको प्रश्न हो । हाम्रो राजनीति तीब्र गतिमा विघटनको दिशामा गइरहेको छ भन्ने कुराको यो काफी सकेत पनि हो ।
नेपाली राजनीतिका तीन आयाममा गम्भीर त्रुटीहरु देखापरेका छन् । जसका कारण राजनीतिले खासै सकारात्मक सन्देश दिन सकेको छैन समाजमा ।
१) बैचारीक आयाम
नेपालका राजनीतिक दल प्रत्येकले भिन्न भिन्न बैचारिक फेरो समातेका छन् तर उनीहरुले अँगिकार गरेका विचार या कार्यक्रमको अनुभूति जीवन व्यवहारमा देखिदैँन । तसर्थ बैचारिक फेराका हिसावले उत्तर दक्षिण देखिएको दावी गरे पनि उनीहरुको व्यवहारले न कुनै बैचारिक दावी गरेजस्तो समाजको निर्माण गरेको छ न केही सकारात्मक दिनसकेको छ । बरु यसको सट्टा उनीहरु प्रोडक्टिभिटी त नकार विरासत मात्रै देखिएको छ । आफूलाइै देब्रे या दाहिनेतिरको दावी गरेपनि जीवन व्यवहारतः त्यो प्रतित हुँदैन । तसर्थ यसबाट उठेर नयाँ खालको अपडेटेड बिचारलाई इन्भेन्सन गर्न जरुरी देखिएको छ । जसले देव्रे या दाहिने फेरो समातेको एकांकी खालको मनोविज्ञान निर्माण होइन । दुबैको सन्तुलित र हाम्रो माटो सुहाउँदो र आवश्यक बैचारिक कम्पास निर्माण गर्न सकोस् । यसले विचारको दास जीवनलाई नसम्झोस् । बरु यसको सट्टा जीवनलाई सरलीकृत गर्ने या टाढासम्मको बाटो देखाउने सामाजिक दुरविनको रुपमा आफूलाई कायम गर्न सकोस् ।
२ं) संगठन र सांगठनिक चरित्रको आयाम
राजनीति या लोकतन्त्रमा संगठन अत्यन्तै महत्वपूर्ण आयाम हो । हामी कस्तो खालको सांगठनिक विधि अपनाउँछौ भन्ने बिषयले राजनीतिलाई कति पारदर्शी, कति सरलीकृत र कतिसम्म लोकको नियन्त्रण, नियमन र हस्तक्षेपमा राखिराख्न सक्छौं भन्ने कुरा निर्धारण गर्दछ । नेपालका हरेक राजनीतिक दल लोकतान्त्रिक आन्दोलनको प्राप्तिमा लामो बाटो हिँडेको भनेर दावी गर्दछन् । त्यो एक हदसम्म सत्य दावी पनि हो तर दलनिर्माणको संरचना आफै भित्र अत्यन्तै कम लोकतान्त्रिक भएकाले यसले सहि खालको गति र नतिजा कमै दिएको छ ।
नेपालका राजनीतिक दल जनताको भलाईका लागि खोलिएको दावी गरे पनि साँचो अर्थमा जनता या शुभेच्छुक या मतदाताको नियन्त्रणमा छैनन्, जसले पार्टी भित्र नेताहरुले नै पार्टी सदस्यको निर्धारण गर्ने, साथै ती पार्टी सदस्य आफैले दलको मुख्य नेतृत्व चुन्न नसक्दा कुनै पनि व्यक्तिलाई कार्यकर्ता बनाउनु अघि उसलाई राजनीतिक लम्पट बनाइन्छ, जसले आफनो विवेक र ब्रम्हले देख्नेजस्तो बस्तुनिष्ठ मूल्याङकन, राष्ट्रको आवश्यकता या दीर्घकालिन भलाइभन्दा धेरै अराजनीतिक फ्याक्टरहरु गुट गिरोह या अन्य चिजबाट प्रभावित हुँदै राजनीतिक नेतृत्व छान्ने प्रक्रियाप्रति अभ्यस्त हुन्छ । त्यसले नेतालाई पनि र नेता बनाउने अधिकार लिएर बसेकालाई पनि सर्वांगिण हित भन्दा पनि तत्कालिन गैरराजनीतिक हित हेर्छ । त्यसलाई धेरै हदसम्म गुट गिरोह या अवाञ्चित द्रव्यको परिचालनले प्रभावित गर्दछ । यसको उदाहरण नै खुमबहादुरको जित र गगन थापाको हारलाई लिएर गर्न सकिन्छ । यसलाई लोकतन्त्रको सुन्दरता भन्ने या राजनीतिक लम्पटतन्त्रको पराकाष्टा ।
तसर्थ राजनीतिककर्मीलाइ आफनो विवेकको स्वतस्फूर्त प्रयोग गर्नसक्ने बनाउन पनि दल निर्माणको संरचना गठन या पुनर्गठनको नयाँ विधि खोज्नुपर्छ या यसो भनौं, राजनीतिक दलको नियन्त्रण लोक या शुभेच्छुक या मतदाताको नियन्त्रणमा राख्ने खालको बनाउनुपर्छ यो खालको संरचना निर्माण गर्दा यसले थप लोकतान्त्रिकरणको माग गर्दछ र त्यसलाइ अँगिकार गर्नुपर्छ र मात्रै राजनीतिक लम्पटतन्त्रलाई लोकतन्त्रले विस्थापित गर्न सक्दछ ।
३) संस्कार या चारित्रिक आयाम
चारित्रिक या संस्कारगत आयाम एउटा व्याक्तिभित्र निहित आयाम हो । जो अर्को कोहिसँगको अन्तक्र्रिया मा व्यक्त हुन्छ । ती विशेषताहरु भिन्न भिन्न प्रकारका हुन्छन् । राजनीतिमा तिनको महत्व या तिनले पार्ने सकारात्मक, नकारात्मक प्रभाव अन्यत्र भन्दा ठूलो आकारको हुन्छ । चारित्रिक आयाम मुलतः तीन किसिमका हुन्छन्, सकारात्मक, नकारात्मक र शून्यात्मक ।
नेपालको राजनीतिक संस्कारमा नकारात्मक चरित्रले घर गरेको छ र अत्यासलाग्दो अवस्था छ । यसले राजनीतिमा प्रोत्साहन, मेलमिलाप, सहयोग, स्वस्थ वहस, स्वभाविक प्रतिष्पर्धा सदभावभाव, करुणा, विवेकपूर्ण निर्णय, दुरदर्शिता भन्दा धेरै अनावश्यक गफ, घात–प्रतिघात, गिरोहीकरण, निषेध, हतोत्साहवाद, अराजनीति, गाली बेइज्जति, छिर्के हान्नु आदि विशेषता बोकेको छ । जसले गर्दा राजनीतिमा सकारात्मक नतिजा या सकारात्मक प्रतिष्पर्धा भन्दा धेरै नकरात्मक खालको विम्वमा अव्बल हुनुपर्ने मान्यता स्थापित गरेको छ । जसले इमान्दार र सकारभावले राजनीति सम्भव छैन र चाटुकारले मात्र राजनीति गर्नुपर्छ भन्ने मान्यता स्थापित गरेको छ । यो संस्कारलाई उखेलेर नफालेसम्म हाम्रो राजनीतिले समाज र राष्ट्रको सकारात्मक विकासमा प्रभावकारी भूमिका खेल्न सक्दैन ।
अन्त्यमा, हामी एकपटक यो समग्र राजनीतिको पुर्नसंरचना या नवनिर्माण गर्ने दुश्साहस नगर्ने हो भने यो राजनीतिले अहिले गगन थापालाई सिध्यायो र यो भोलि अन्य धेरै गगन थापाहरुलाई त सिध्याउँछ । गगन थापाहरु त व्यक्ति या प्रवृतिको प्रश्न होलान् । यदि यो रोगलाई बेलैमा उपचार नगर्ने हो भने यसले समाज राष्ट्रका हरआयामलाई सिध्याउनेछ राष्ट्रलाई । तसर्थ नेपालको यो फोहोरलाई सफा गर्ने दुश्साहस कम्तिमा परिवर्तन चाहनेहरुले गर्न जरुरी छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: