चैत्र १ गते, २०७२ सोमवार 14th March, 2016 Mon१०:००:१४ मा प्रकाशित
[caption id=\"attachment_54632\" align=\"alignleft\" width=\"150\"] र्इश्वर अर्याल[/caption]
धेरै दिन पहिला एकजना साथिले म्यासेज गर्नु भो, अब देशमा राजा आए मात्र सबै ठिक हुन्छ, नत्र यी दलहरुले देशलाई टुक्रा टुक्रा पारेर बेच्ने भए । शायद यत्ती भन्न मात्र मेरो म्यासेजमा आउनुभएको रहेछ वहाँ, मैले संबैधानिक राजतन्त्र की निरपेक्ष राजतन्त्रू भनेर प्रश्न गर्दा गर्दै वहाँ अलप हुनु भो ।
अर्का एकजना मित्र फेसबुकमा राजा आउ, देश बचाउू भनेर पोष्टिए अनि आएका कमेन्टहरुको रिप्लाई दिन भ्याइनभ्याइ भयो उनलाई । मलाई थाहा भए अनुसार उनी काङ्ग्रेसको जिल्लास्तरिय ओहोदामा बसेर राम्रोसंग सांगठनिक गतिविधि गरेका मान्छे हुन ।
केहि मित्रहरुले संघियता र धर्मनिरपेक्षतालाई अहिलेको बर्बादीको कारण मान्ने गर्दछन । खुल्लम खुल्ला हिन्दु धर्म सापेक्ष देशको माग गर्नेहरु अहिले गणतान्त्रिक र धर्मनिरपेक्ष देशको उपप्रधानमन्त्री सहित भएका छन । उनका धेरै जसो गतिबिधी शंकाको घेरामा रहेका छन । आखिर मुख्यतस् यि तिनवटा परिवर्तन जसलाई हामिले प्राप्त गरेको एक दशक नबित्दै र कार्यान्वयनमा आएको छ महिना नबित्दै यसको बिरुद्दमा जनलहर बढीरहेको छ त रु यसको कारण र निराकरणको बारेमा जनस्तरमा बहस र छलफल हुनुएकदमै जरुरी छ । भ्रममा परेर वा पारेर गरिएका परिवर्तन लक्षित गालीहरु जसले गर्ने गर्दछ, उसले बिश्वको इतिहास थोरै पल्टाएर हेर्दा अलि बढिनै स्पष्ट हुन सक्छ ।
द्वितीय बिश्वयुद्द पछाडिको ६ दशक बिश्वमा तुलनात्मक रुपमा शान्ती छायो । साम्राज्य बिस्तारको लागी र अर्को देशको भुमी कब्जा गर्नको लागी भनेर नगन्य मात्रामा युद्दहरु भए । तर जति युद्धहरु भए ति सबै आन्तरिक रुपमा राज्यबाट प्राप्त गरिने अधिकारको लागी भए । आन्तरिक गृहयुद्धहरु भए, जसले धेरै ठाउँमा सामन्ती शासन ढाल्न मदत गर्यो । बिश्वका १०० भन्दा बढी देशहरुले आफ्ना जनतालाई आन्तरिक स्वतन्त्रता दिए, बिश्वयुद्ध पछि । महिलाको अधिकारहरु सुनिश्चित गरियो, धार्मिक अधिकार सुनिश्चित गरियो, आदिबासीहरुको अधिकार त्यस्तै गरेर सांस्कृतिक अधिकार र भाषिक अधिकारहरुको सुनिश्चित गरियो । धेरै देशहरु संघियतामा गए, धेरै देशहरुमा आरक्षणको ब्यबस्था गरियो, अन्तर्राष्ट्रिय मानवअधिकारको कुरा उठ्यो, अन्तर्राष्ट्रिय मजदुरहरुको हकको कुरा उठ्यो । यि सबै परिवर्तनहरु भविष्यप्रती लक्षित थिए, यद्यपि सबै समाधान भैसकेका छैनन, तर यसले देखाएको अग्रगामी बाटाहरु आगामी शताब्दीसम्म लम्बिरहने छन ।
राजनीति कुनै सत्ता प्राप्तिको लागी मात्र गरिंदैन । यो त इतिहासको कमि कमजोरीहरुलाई केलाएर भविष्यको आवश्यकता पुरा गर्न वर्तमानमा गरिने कामहरुको फेहरिस्त हो । इतिहास शतप्रतिशत ठिक थियो भन्नेहरुले राजनीति गर्नु पर्दैन न त भविष्यको पुस्ताको लागी यहाँ भन्दा बढी आवश्यक छैन भन्नेहरुले नै राजनीति गर्न सक्छन । राजनीति आवश्यकताको पुर्ती गर्नको लागी गरिन्छ । इतिहासले दिन नसकेको चिजहरु प्राप्त गर्नको लागी राजनीति गरिन्छ ।
बिश्वमा पछिल्लो पाँच दशकमा कुनै पनि देशमा राजतन्त्र फर्केर गणतन्त्रलाई बिस्थापित गरेको उदाहरण छैन । कुनै पनि देश धार्मिक निरपेक्षता बाट सापेक्ष भएको उदाहरण छैन र कुनै पनि देश संघियताबाट एकात्मक राज्य भएको उदाहरण छैन । बरु यसका प्रक्रियाहरु सच्याइका छन । नीतिहरु फेरिएका छन र स्वभावैले नेतृत्वहरु फेरिएका छन । तर हामिले इतिहासका यि कुराहरुलाई गहन अध्ययन नगरिकन भएका परिवर्तनहरुको बिरुद्दमा मनगढन्ते आवाजहरु उठाँछौ, फलस्वरुप परिवर्तनको राजनीतिले गति लिन सक्दैन ।
जनयुद्ध भयो, हजारौं शहिद भए, लाखौं शहिद परिवार भए । २०४६ सालभन्दा पहिला पनि मुक्ती योद्दाहरुले प्रजातन्त्रको लागी ज्यान फालेका हुन, त्यसपछी पनि माओबादीकै नामभन्दा बाहेकका अरु राजनीतिक योद्दाहरुले पनि ज्यान फाले । पन्चायतबाट बहुदलिय शासनप्रणाली स्थापना गर्न पुरै ३० बर्ष लाग्यो, अनि गणतन्त्र स्थापना गर्न अर्को २० बर्ष लामो राजनीतिक यात्रा तय गर्नु पर्यो, फलस्वरुप धेरै मान्छेहरुले प्राणको आहुती त दिए त्यो भन्दा बाहेक धेरै भौतिक श्रोत र साधन नष्ट भयो । आज त्यो हाम्रो अगाडी इतिहासको रुपमा मात्र उभिएको छ । जसरी एउटा बच्चाले संसार नराम्रो रैछ भनेर आमाको पेट भित्रै जान सम्भव छैन, अब चाहेर पनि हामी पन्चायतकै गर्भमा बिलिन हुने सम्भावना छैन । यदि हामिले धार्मिक अस्तित्व खोजेर पुरानै ढरराको धार्मिक शासन प्रणालीमा जाने हो भने पनि त्यसको लागी हामिले इतिहास नै अध्ययन गरौं, आज सम्म न्युटन, आइन्स्टाइन देखी स्टेफेन हकिङ सम्मका कुन बैज्ञानिकहरुले कुन धार्मिक मान्यताका आधारमा आफ्ना सिद्दान्त बिकसित गरेका छन रु हामिले त उनीहरुले बिकसित गरेको सिद्धान्तलाई धार्मिक धोती लगाइदिन्छौं, आफुँ अकर्मण्य भएर बस्ने र अरुले गरेका प्रगतिहरुलाई धार्मिक आवरणले छोप्ने मात्र गर्छौ । हामिले बच्चाहरूलाई घरमा भगवानको प्रार्थना गर्न लगाएर स्कुलमा ग्यालिलियोको दुरबिन हेर्न पठाउँछौ, लुइ पास्चरको दुध उमालेर नबिगारिकन राख्ने पद्दती पढाउन पठाउँछौ, खरर अंग्रेजी बोल्न सक्ने हुन पठाउँछौं, आइन्स्टाइनका सापेक्षताबादी सिद्दान्त घोक्न पठाउँछौ र डार्विनको सापेक्षताबाद पढ्न पठाउँछौ ।
हाम्रै ब्यबहार यस्तो छ, हाम्रै मान्यता यस्तो छ, हामिलाइ नै थाहा छ संस्कृत पढेर, बेद या पुराण पढेर कुनै अग्रगामी परिवर्तन हुन्छ भनेर बिश्वास गर्दैनौं, तर राजनीति चाहिं धर्मको गर्छौ । यसबाट थाहा हुन्छ, हामी कति इमान्दार या बेइमान छौं भनेर ।
धर्मनिरपेक्षता भनेको राज्यले धर्मको आधारमा शासन नगर्नु हो, यसको अर्थ राज्यले भविष्य हेर्नु हो । तर हामी त राज्यले इतिहास हेरोस भन्ने चाहन्छौं । हाम्रो भविष्य इतिहासमा लुकेको छ र रु एक्काइसौं शताब्दीका सामान्य मूल्य मान्यताहरु राज्यले अपनाउनु पर्दैन रु सबै धर्मलाई बराबर स्वतन्त्रता दिनुपर्दैन रु सबै संस्कृतिको बराबर संरक्षण राज्यले गर्नुपर्दैन रु यदि पर्छ भने कुनै धर्म या संस्कृती सापेक्ष नीति किन बनाउने रु राज्यलाई एउटा धर्मसंग मात्र जोडेर अन्य धर्मले पाउने स्वतन्त्रता र बराबरीलाइ किन हानी पुर्याउनु रु यसैलाई पेशा बनाएर राजनीति गरिरहेका केहि बुज्रुकहरुले हिन्दु धर्म एकदमै सहिष्णु धर्म हो भनेर रटान पनि लगाउँछन, तर सहिष्णु हो भने निरपेक्षता स्विकार गर्न किन नसक्ने रु अहिलेको स्थिती हेर्ने हो भने, कमल थापा जसले जनआन्दोलनमा जनतालाई गोली ठोक्ने मन्त्रालयको बागडोर सम्हालेका थिए, खुमबहादुर खड्का जो भ्रष्टाचारी प्रमाणित भएर जेल गए र नरेन्द्र मोदी जसलाई गुजरातमा तीन हजार मुसलमान मारेको आरोप छ, यस्ता इतिहासका कलंकित कुपात्रहरुको बुइ चढेर आउने भनिएको धार्मिक सापेक्षता ठिक होइन भन्न किन सक्दैनौं हामी रु
जतिपनी राजनीतिक परिवर्तन भए पछिल्लो दशकमा यि परिवर्तनहरुको लागी धेरै जनताको रगत बगेको छ । धेरै ध्वंश पछाडी मात्र हामिले यि परिवर्तनहरु प्राप्त गरेका छौं । यथार्थ के हो भन्दा, अब हामी पछाडी फर्केर पुनः पुरानै स्थितिमा जानु भन्दा भएका परिवर्तनहरुको राजनीति ब्यबस्थापन गर्नु हजारौं गुणा सजिलो छ, तर बोलेर मात्र राजनीति हुन्छ भन्नेहरुले भएका परिवर्तनहरुलाइ संस्थागत गर्न एउटा सिन्को सम्म भाँचेका छैनन । हामी यतिसम्म अकर्मण्य भैसकेका छौं, खोलामा घरकै बाँस लगेर फड्के पुल हाल्नु भन्दा अर्काको बुइ चढेर खोला तरेकोमा गर्व गर्छौ । अनि पुल हालिसके पछि, बाढी आउने सुरसार भयो भने फड्के पुल हाल्नेलाइ धारे हात लगाउँछौ, तर हाम्रो चतनामा पक्की पुल हाल्ने कुरा कहिल्यै आउँदैन ।
यसकारण राजनीतिक परिवर्तनहरुलाइ सफल तुल्याएका महान बलिदानीहरुलाई हामिले गलत भन्नु पर्ने आवश्यकता छैन । उनीहरु देश यसरी भड्खालोमा जाकियोस भनेर छातिमा गोली थाप्न तयार भएका होइनन । बरु उनिहरुले खनिदिएको बाटोलाई मरम्मतसम्भार गरेर प्रयोग गर्न नसक्नु हाम्रो कमजोरी हो, हामी आफ्नो नेतृत्वलाई औंला उठाँऔं, भैरहेको राजनीतिलाई ब्यबस्थापन गर्ने हौसला प्रदान गरौं, आफैं रुपान्तरित हौं, र इतिहासले देखाएका गलत कदम प्रती हाम्रो मान्यता परिवर्तन गरौं । राजनीतिक परिवर्तन भनेको ढुङ्गा हो, बाँदरको हातमा पर्यो भने, उसले टिपेर अर्कोलाई हान्छ, कलिगढको हातमा पर्यो भने सुन्दर आकृती बनाइदिन्छ, हामिले यो परिवर्तनको ढुङ्गालाई मिल्क्याउनु भन्दा एउटा सहि कलाकारको हातमा दिनु बुद्दिमानी हुन्छ । हामिले आफ्नै ब्याक्तिगत मान्यताको लागी हाम्रा इतिहासमा भएका गल्तिहरुलाइ दोहोर्याउने प्रयास कदापी नगरौं ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: