Ntc summer Offer
Khabar Dabali १७ बैशाख २०८१ सोमबार | 29th April, 2024 Mon
NIMB

ओली सरकार कसले चलाउँछ ? चलाउने यी हुन्– जो सरकार बाहिर छन्

\"kp काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको पाँच महिनाभन्दा बढी भएको छ । ओली प्रधानमन्त्री भएकै बेला भारतले नाकाबन्दी गरिदियो भने उनी प्रधानमन्त्री हुनुअघि शुरु भएको मधेस आन्दोलन अझै टुंगिएको छैन । मधेस आन्दोलन जारी रहेकै बेला ओली प्रधानमन्त्री भएपछि भारतले नाकाबन्दी गरेपछि ओलीलाई राष्ट्रवादी नेताको पगरी गुथाउने काम भयो । प्रधानमन्त्री ओलीको राष्ट्रियताको अडानकै कारण भारतले नाकाबन्दी लगाएको तर्क गरियो भने भारतको अवरोधकाबीच पनि उनैको कारण संविधान जारी हुन सकेको एमाले नेताहरुले भन्ने गरेका छन् । तर प्रधानमन्त्री ओलीलाई जति तारिफ गरियो, त्यति उनले काम गर्न सकेनन् । भारतले गरेको नाकाबन्दीको कारण भारतको विकल्प खोज्नुपर्ने आम जनताले सुझाव दिएपनि उनले विकल्प दिन सकेनन् । अन्ततः भारतसँग नै सम्बन्ध सुधार गर्न भन्दै फागुनको पहिलो साता भारत भ्रमणमा गए । प्रधानमन्त्री ओलीलाई खुशी पार्न भन्दै भारतले दिएको राजकीय सम्मान देखेर भारत–नेपाल सम्बन्ध पुरै सुध्रिएको प्रधानमन्त्री ओलीले प्रचारबाजी गर्दै हिँडेका छन् । ओली सरकार चलाउने पाँच व्यापारी प्रधानमन्त्री ओलीले आफ्नै विवेकले कुनै पनि काम गर्दैनन् भन्ने खुलासा हुँदै गएको छ । मुलुकमा प्रयाप्त पानीको सदुपयोग गर्न नसक्दा लोडसेडिङले मार परिरहेकाबेला हावाबाट विजुली निकाल्ने र नागरिकले आधा सिलिण्डर ग्यास नपाएको बेला पाइपबाटै घरघरमा ग्यास ल्याउने भनी ओलीले उडन्ते कुरा गरे । मुलुक गम्भीर संकटग्रस्त अवस्थामा परेको बेला यस्ता उडन्ते कुरा गर्ने प्रधानमन्त्री ओलीले भने उडन्ते कुरा मात्र गर्ने हुन्, सरकार भने अरुले नै चलाएका छन्, जो सरकार बाहिर छन् । ओली सरकार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीसहितका कर्मचारी र ब्यापारीहरुले चलाइरहेको स्रोत बताउँछ । प्रधानमन्त्री ओलीलाई चलाउने त्यस्ता ब्यापारी हुन्, जो पर्यटन ब्यवसायीदेखि सञ्चार उद्यमी छन् । विमान कम्पनीका मालिक आङछिरिङ शेर्पा र रामेश्वर थापाले नै ओली सरकार चलाइरहेका छन् । शेर्पा यति र तारा एयर लाइन्सका मालिक हुन् । प्रधानमन्त्री ओलीलाई आइतबार चीन भ्रमणको चार्टर गराउने हिमालय एयर लाइन्स पनि शेर्पाकै नयाँ विमान हो, जसले ब्यवसायिक उडान शुरु गरिसकेको छैन । थापा भने कान्तिपुर पब्लिकेशनबाट छुट्टिएर अन्नपूर्ण पोष्ट प्रकाशन गर्दै आएका छन् । उनी सिम्रिक एयरका मालिक हुन् ।  ओली सरकारको मुख्य सहयोगी शेर्पा र थापालाई सञ्चालन गर्ने भने अख्तियार प्रमुख कार्की भएको स्रोत बताउँछ । अर्का ब्यापारी दीपक मलहोत्रा पनि कार्कीका असली सहयोगी हुन् । यिनै  शेर्पा र थापाले ओलीलाई पार्टी अध्यक्ष बनाउनेदेखि खर्च भरथेग गर्नेसम्मको काम गरेका थिए । जतिबेला ओली पावरमा थिएनन् या पार्टीसत्ता र सरकार बाहिर रहेका थिए उतिबेला पनि ओलीलाई सम्पूर्ण बजेटको चाँजोपाँजो यिनै दुइ भाईले मिलाएका कारण अहिले ओलीले उनीहरुको कुरा काट्न सक्दैनन् । यस्तै, भारतीय नाकाबन्दीका बेला आफ्नोसमेत लगानी रहेको विराट पेट्रोलियमलाई ठेक्का दिने आयल निगमका प्रमुख गोपालबहादुर खड्का पनि कार्की, थापा र मलहोत्राका व्यावसायिक साझेदार हुन् । स्रोत भन्छ –थापा र कार्कीकै दबाबमा निगम प्रमुख खड्कालाई हटाउन आपूर्तिमन्त्री गणेशमान पुनले क्याविनेटमा लगेको प्रस्ताव ओलीले लत्याएका थिए । जसका कारणले जति नै विवाद भए पनि खड्कालाई कसैले डेग चलाउँन सक्दैन । स्रोतका अनुसार सरकार मातहतका ठूला ठेक्कापट्टा र कमिशनको खेल यीनै पाँच ब्यक्तिबाट नै सञ्चालित हुने गरेका छन् । हालै थापाको समन्वयमा नै काठमाडौं महानगरको फोहर ब्यवस्थापनको जिम्मा भारतीय कम्पनीलाई दिइएको पनि स्रोतले बताएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies