Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

शान्तिकालपछि प्रचण्डले लेखेको पहिलो लेख

ज्ञान प्राप्तिको आशक्तिका रुपमा ग्रिक भाषाको philosophy बाट बनेको दर्शन शब्दको पहिलो प्रयोगकर्ता पिथागोरसदेखि नै दर्शनबारे बहस अगाडि बढ्दै आएको छ । प्रारम्भदेखि नै आफूपरिवरिको प्रकृति, मानव समाज र चिन्तन प्रक्रियाबारे सुसङ्गत ज्ञान प्राप्तिको उत्कट इच्छाद्धारा दर्शनशास्त्र एवम् दार्शनिकहरुको विकास हुँदै आएको छ । आदिम साम्यवाद र त्यसभन्दा अगाडिको सिङ्गो सामाजिक जीवनमा दर्शनशास्त्रको प्रत्ययवादी (Idealistic) स्वरुप मुख्य रुपमा प्रचलित थियो जसले सामाजिक चेतनामाथि पुराना र काल्पनिक शक्तिको आधिपत्य स्थापित गर्ने जमर्कोद्धारा एउटा निश्चित पौराणिक विधि–विधान खडा गर्ने र मानव जातिलाई भएमुक्त तुल्याउने प्रयत्न गर्दथ्यो । यसलाई कार्ल माक्र्सले, ‘कल्पनामार्फत् प्रकृतिका शक्तिहरुमाथि नियन्त्रण’ चेष्टा बताउँदै वास्तविक अर्थमा नै प्रकृतिमिाथ नियन्त्रण स्थापित भएपनि त्यो स्वतः बिलाएर जाने तथ्य पनि स्पष्ट गर्नुभएको छ । जब मानव समाज आफ्नो विकासक्रममा आदिम साम्यवादको विघटन र दासयुगको प्रारम्भको ऐतिहासिक चरणबाट गुज्रदै थियो तब दर्शनशास्त्रको विकासले पनि एउटा गुणात्मक फड्को हान्न पुग्यो । अब दर्शनशास्त्र काल्पनिक, पौराणिक र धार्मिक मतवादका प्रत्ययवादी (आदर्शवादी) प्रस्तावनाद्धारा प्रकृतिमाथि ‘नियन्त्रण गर्न’ मानिसलाई दिइने मिथ्या विस्वासका रुपमा नभएर जीवनको यथार्थ धरातलमा टेकेर विज्ञानका रुपममा अगाडि बढाउने महान् ऐतिहासिक प्रक्रियाको थालनी पनि त्यसै अवधिबाट भयो । विज्ञानको विभिन्न विशिष्ट शाखाह जस्तै विज्ञानका रुपमा दर्शनको इतिहास पनि त्यति नै प्राचीन रहिआएको छ । फरक के मात्र छ भने विज्ञानका विशिष्ट शाखाहरुले सम्बन्धित विशिष्टको विशिष्टताको अध्ययन–अनुसन्धान गर्दछन् भने दर्शन विज्ञानका समग्र उपलब्धिहरुको संश्लेषण गर्दै अगाडि बढ्दछ । विकासका क्रममा जब मानव समाज मानसिक र शारीरिक श्रम गर्ने दुई अलग–अलग कित्तामा विभाजित हुन पुग्दछ तब दर्शनशास्त्र पनि दुई भिन्न धाराको विकास हुन थाल्दछ । समाजको मानसिक श्रम गर्ने कित्ता क्रमशः मालिक र भौतिक श्रम गर्ने कित्ता दासाका रुपमा स्थापित हुन पुग्दछ । यही ऐतिहासिक यथार्थसँगै मानव समाज विपरीत स्वर्थका विपरीत वर्गमा विभाजित हुन पुग्यो । यही यथार्थसँगै दर्शन पनि यथास्थिति र मालिकहरुको पक्षपोषण गर्ने प्रत्ययवादी धारा र परिवर्तन र श्रमजीवीहरुको पक्षपोषण गर्ने भौतिकवादी धारामा विभाजित र विकसित हुँदै गयो । यस सन्दर्भमा फ्रेडरिक एङ्गेल्सको निम्न भनाई विशेष महत्वपूर्ण छ, ‘एक पुस्ताबाट अर्को पुस्ता हुँदै श्रम स्वयम् भिन्न अधिक पूर्ण, अधिक विविधतायुक्त बन्दै गयो । शिकारी गर पशुपालनमा कृषि थपियो अनि धागो कताई, बुनाई, धातुकार्य, माटाका भाँडा बनाउने काम थपिए । व्यापार उद्योग सँगसँगै कला र विज्ञान देखा परे । प्रजातिबाट जाति र राज्यहरुको विकास भयो । कानुन र राजनीतिको उत्पति भयो र ल्यससँगै मानव मनमा मानवीय चीजसम्बन्धी काल्पनिक प्रतिबिम्ब, धर्म पैदा भयो । \"prachanda\" सर्वप्रथम मनको उपजका रुपमा देखा परेको र मानव समाजमाथि प्रभुत्व जमाएको देखिएका उक्त सारा सिर्जनाहरुका अगाडि शारीरिक श्रमका अत्याधिक सहज र सरल उत्पादनहरु पछिल्तिर धकेलिए । त्यस्तो स्थिति झन् बढ्यो । किनकि समाज विकासको प्रारम्भिक चरणमा नै श्रम प्रक्रियालाई योजनावद्ध पारेको मनले आफ्नो हातबाट भन्दा अर्कैको हातबाट सो आयोजित श्रमिकलाई काम गराउन सक्ने भयो । सभ्यताको छिटो प्रगति हुनुको सारा श्रेय मनलाई, मस्तिष्कको विकास र क्रियाशीलतालाई दिईयो । मानिसहरु आफ्ना कार्यहरुको व्याख्या आफ्ना आवश्यकताहरु (जुन सुकै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन्, चेतनामा आउँछन्) बाट नगरीकन आफ्ना विचारबाट गर्न सभ्यस्त भए र यसरी समयको क्रममा प्रत्ययवादी विश्व दृष्टिकोणको विकास भयो र सो दृष्टिकोणले खास गरी प्राचीन संसारको पतनदेखि मानिसको मनमा प्रभुत्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ । ’ ऐतिहासिक विकासको विशिष्ट पृष्भूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकृति, समाज र चिन्तनको विकासका नियमहको अध्ययन गर्दा आत्मा, चेतना, परम विचार जस्ता आत्मगत पक्षलाई र भौतिकवादी धाराले पदार्थ भौतिक तत्व जस्ता वस्तुगत पक्षलाई प्राथमिकतामा राख्यो । अन्ततः पदार्थ वा चेतनामध्ये कुन प्रथान ठान्ने भन्ने प्रश्न दर्शनशस्त्रको आधारभूत प्रश्न बन्न गयो । पदार्थलाई प्रधान ठान्ने भौतिकवादले प्रकृति, समाज र चिन्तनका नियमहरुलई बोधगम्य ठान्ने भौतिकवादले प्रकृति, समाज र चिन्तनका नियमहरुलाई बोधगम्य (बुझ्न सकिने) मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहस्यका रुपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रसिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध–आलोचनामा भन्नुभएको छ , \'\'भौतिकवादी प्रत्ययवादी दर्शनका अनुयायीहरुका बिचको मूल भिन्नता कुन तथ्यमा रहेको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिविम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्वको गति अनुरुप रहन्छ । भौतिक तत्वको अवधारणाले संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गदैन ।\'\' प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसंधानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँगै अभिन्न रुपले जोडिएको हुन्छ । भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रुपमा द्धन्दवाको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । पद्यपि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रुपहरु, जस्तै प्राचीन कालको सरल भौतिकवाद, सोह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्धन्दात्मक भौतिकवाद रहेका छन् । द्धन्दवादका अनुसार अन्तित्वमा रहेको प्रत्येक वस्तुहरु निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरु कुनै न कुनै प्रगति हुनुको सारा श्रेय मनलाई मस्तिष्कको बिकास र क्रियाशिलतालाई दिइयो । मानिसहरु आफ्ना कार्यहरुको ब्याख्या आफ्ना आवश्यकताहरु (जुन कुनै पनि सवालमा मनमा प्रतिबिम्बित हुन्छन् , चेतनामा आउँछन् । ) बाट नगरीकन आफुना बिचारबाट गर्न अभ्यस्त भए र यसरी समयको क्रममा प्रत्यायवादी विश्ब दृष्टिकोणको बिकास भयो र सो दष्टिकोणले खास गरी प्राचिन संंसारको पतनदेखी मानिसको मनमाप्रभुत्व जमाएको छ, अझसम्म मानिसको मनमा त्यसको प्रभुत्व रहेको छ । ऐतिहासिक विकासको विशिष्ट पृष्ठभूमिसहित दर्शनशास्त्रको प्रत्ययवादी धाराले प्रकति, समाज चिन्तनको बिकासका नियमहरुको अध्ययन गर्दा आत्मा, चेतना, परम विचार जस्ता वस्तुगत पक्षहरुलाई प्राथमिकतामा राख्यो । अन्तत पदार्थ वा चेतनामध्ये कुन प्रधान भन्ने प्रश्न दर्शनशास्त्रको आधारभुत प्रश्न बन्न पुग्यो । पदार्थलाई प्रधान ठान्ने भौतिकवादले प्रकृति समाज र चिन्तनको निययहरुलाई बोधगम्य (बुझ्न सकिने) मान्दछ भने प्रत्ययवादले तिनलाई बुझ्न नसकिने रहइका रुपमा व्याख्या गर्दछ । यस सन्दर्भमा लेनिनले आफ्नो प्रसिद्ध दार्शनिक रचना भौतिकवाद र अनुभवसिद्ध–आलोचनामा भन्नुभएको छ, भौतिकवादी र प्रत्ययवादी दर्शनका अनुयायीहरुका बिचको मूल भिन्नता कुन तथ्यमा रहेहको छ भने भौतिकवादले सामान्यतः संवेदना, ज्ञान, विचार र मानिसको मनलाई वस्तुगत यथार्थको प्रतिबिम्ब ठान्दछ । संसार भनेको हाम्रो चेतनामा प्रतिबिम्बित उक्त वस्तुगत यथार्थको गति हो । विचार, ज्ञान आदिको गतिभन्दा बाहिर रहेको भौतिक तत्वको गति अनुरुप रहन्छ । भौतिक तत्वको अबधारणाले हाम्रो संवेदनामा परेको वस्तुगत यथार्थबाहेक अन्य कुनै कुरालाई व्यक्त गर्र्दैन ।’ प्रत्येक विशिष्ट विज्ञानको क्षेत्रमा अनुसन्धान गर्ने आफ्नै विधि, प्रणाली भए जस्तै दर्शनशास्त्रको पनि आफ्नै मौलिक विधि र प्रणाली रहिआएका छन् । दर्शनशास्त्रमा अध्ययन–अनुसन्धानको आफ्नो तरिका पनि दर्शनशास्त्रकै आधारभूत प्रश्नको उत्तरसँग अभिन्न रुपले जोडिएको हुन्छ । भौतिकवादले आफ्नो अनुसन्धानको विधिका रुपमा द्धन्दवादको प्रयोग गर्दछ भने प्रत्ययवादले अधिभूतवादको । यद्यपि भौतिकवादको विकासका क्रममा विधिका विभिन्न रुपहरु, जस्तै–प्राचीन कालको सरल भौतिकवाद, साह्रौं शताब्दीदेखि उन्नाइसौं शताब्दीसम्मको अधिभूतवादी भौतिकवाद र अन्त्यमा द्धन्दात्मक भौतिकवाद रहेका छन् । द्धन्दवादका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरु निरन्तर गति र परिवर्तनको प्रक्रियामा रहेका छन्, ती प्रत्येक वस्तुहरु कुनै न कुनै रुपमा एक–अर्कासँग सम्बन्धित रहेका छन् । यस मतका अनुसार अस्तित्वमा रहेका प्रत्येक वस्तुहरुको विनाश अपरिहार्य छ । जन्मसँग मृत्यु जोडिए जस्तै अस्तित्वसँग विनाश जोडिएको हुन्छ । द्धन्दवादले प्रकृति, समाज र मानव चिन्तनको प्रक्रियामा परिवर्तनका मुख्य कारक तत्व बाहिर नभएर सम्बन्धित वस्तुभित्रै अन्तरनिहित विपरीत तत्वहरुको सङ्घर्षलाई मान्दछ । वस्तुमा अन्तर्निहित विपरीतहरुको एकता र सङ्घर्षहरुलाई नै द्धन्दवादले विकासको प्रमुख नियम मान्दछ साथै मात्रात्मक र गुणात्मक परिवर्तन एवम् निषेधको निषेधलाई पनि यस नियमभित्र पार्न सकिन्छ भनेर अध्यक्ष माओले प्रष्ट भन्नुभएको छ । वैज्ञानिक समाजवादबाट 
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy