Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

ओलीले भने- मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित छ

\"PM काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट नेपालको संविधान जारी भइसकेपछि मुलुकको ध्यान आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको बताएका छन्। एसियाली विकास बैंकको सहकार्यमा राष्ट्रिय योजना आयोगले सोमबार आयोजना गरेको ’सन् २०३० नेपालको परिकल्पना’ विषयक अन्तर्रा्ष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले अधिकार प्राप्तिको चरण सकिएकाले मुलुकको ध्यान आर्थिक विकासमा केन्द्रित रहेको बताए । सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेका कतिपय विषयमा मुलुकले सफलता प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले समृद्धिका लागि सबैको साथ, सहयोग र सहकार्यको जरुरी रहेको र नेपालको अपार प्राकृतिक स्रोतसाधनलाई अधिकतम् उपयोग गर्नुपर्नेमा जोड दिए। आफ्नो नेतृत्वको सरकार गठन भएपछि कृषि, जलविद्युत् भौतिक पूर्वाधार विकासको क्षेत्रमा रणनीतिक योजनाका साथ काम सुरु गरिएको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ’२० वर्षे कृषि रणनीति कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। यसले नेपालको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउनेछ। १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित ल्याइएको ऊर्जा सङ्कट निवारण कार्ययोजना नेपालको बृहत्तर हितलाई हेरेर बनाइएको छ ।’ सरकारले विकासमैत्री वातावरण बनाउन प्रयत्न गरेको र दीर्घकालीन विकास रणनीतिलाई ख्याल गरेका कारण मुलुकको भविष्य सुन्दर रहेको प्रधानमन्त्रीको जोड थियो। नेपालको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीमा लगानीको प्रशस्त सम्भावना रहेको भन्दै प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबै वर्ग क्षेत्र, समुदायलाई अधिकारसम्पन्न बनाएकाले लगानी मैत्री वातावरण बनेको र एकाध वर्ष्भित्रै मुलुक समृद्धिको दिशामा अगाडि बढ्ने बताए। आफूले हालै सम्पन्न गरेको दुई छिमेकी मुलुकको भ्रमणपछि द्विपक्षीय र बुहपक्षीय साझेदारीको प्रारम्भ भएको र विकासका लागिसमेत मार्गप्रशस्त भएको भन्दै उनले लगानीका लागि नेपाल स्वर्णभूमि रहेको स्पष्ट पारे । सडक, रेल सञ्जालको विकासमा सरकार लागिपरेको उल्लेख गर्दै विकासका लागि सम्पर्क नै महत्वपूर्ण विषय भएकाले भारत र चीन दुवै मुलुकसँगको सम्पर्क सञ्जाल विस्तारमा सरकार लागेको बताए । विपद्पछिको व्यवस्थापन, जलवायु परिवर्तनले पारेका प्रभाव न्यूनीकरण गर्न, विश्व समुदायसँग मिलेर अगाडि बढ्न नेपाल सरकार तयार रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सन् २०३० सम्म नेपाललाई आर्थिक रुपमा सम्पन्न मुलुक बनाउने प्रतिबद्धता व्यक्त गरे । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको विकासका लागि दीर्घकालीन सोच तयार गर्ने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीले योजनाबद्ध विकासको ६० वर्षे इतिहासमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे । सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेका धेरै लक्ष्य पूरा भएको, गरिबीमा उल्लेख्य कमी आएको भन्दै उनले आगामी दिनका लागि थप प्रतिबद्धता र दीर्घकालीन सोचको आवश्यकता रहेको बताए । विकासका लागि शासकीय सुधार नै महत्वपूर्ण पक्ष रहेको स्पष्ट पार्दै अर्थमन्त्रीले सार्वजनिक क्षेत्रको सुधार, वित्त व्यवस्थापन र सरकारी संयन्त्रलाई प्रभावकारी रुपमा परिचालन गर्नुपर्ने उल्लेख गरे । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले गत वैशाख १२ को भूकम्प र पाँच महिनाभन्दा लामो समयको अघोषित नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रमा ठूलो समस्या पारेको भए पनि सन् २०२२ सम्म मुलुकलाई विकासशील राष्ट्रका रुपमा विकास गर्न सकिने बताए । नेपालको विकास र समृद्धिका लागि राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय क्षेत्रका विज्ञको सुझावका आधारमा भावी लक्ष्य निर्धारण गर्न लागिएको भन्दै उपाध्यक्ष डा खतिवडाले सन् २०३० सम्म अवलम्बन गर्ने कार्ययोजनाको मोटामोटी खाका तयार गरिने उल्लेख गरे ।रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy