Khabar Dabali २५ मंसिर २०८२ बुधबार | 10th December, 2025 Wed
Investment bank

के हो साङ्ख्य दर्शन ?

\"16cr1-2-300x275-750\"संसारमा विकास भएका विभिन्न दर्शनहरु मध्ये पूर्वमा विकास भएको एक दर्शन हो साङ्ख्य दर्शन । यसको प्रर्वतक ‘कपिल’लाई मानिन्छ । कपिलको जन्म कहाँ भएको थियो भन्ने बारेमा विभिन्न मतमतान्तर भएपनि उनको जन्म प्राचीन समयमा नेपालकै तराई कपिलबस्तुमा भएको थियो भनेर धेरै विद्वानहरूले उल्लेख गरेका छन् । यिनैका नामबाट ‘कपिलबस्तु’ रहन गएको छ भन्ने धारणा पाइन्छ । कपिललाई ‘आदि विद्वान’ पनि भनिन्छ । हिन्दु धर्म ग्रन्थ ‘भागवत पुराण’मा कपिललाई भगवानकै अवतार मध्ये २४औँ अवतार मानेका छन् । तर धेरै विद्धानहरु कपिल र उनको साङ्ख्य दर्शनलाई धार्मिकतामा जोड्न चाहाँदैनन् । डा.स्वामी प्रपन्नाचार्यले ‘प्राचीन किराँत–इतिहास’ नामक आफ्नो ग्रन्थमा कपिल कपिलवस्तुमा जन्मिएको र उनको समयमा किराँतको स्वर्णिम युग भएको बताएका छन् । उनले कपिलपनि किराँतै थिए भनेर अनुमान गरेका छन् । के हो साङ्ख्य दर्शन ? संसारमा अरु दर्शनहरुको विकास हुनु भन्दा धेरै अघि विकास भएको हुनाले यस दर्शनलाई ज्यादै पुरानो दर्शन मानिन्छ । प्राचीन युनान लगायतका सभ्यताहरुमा अरु विचार दर्शनको विकास भए जस्तै प्राचीन नेपालको भूमिबाट यो दर्शनको विकास भएकोमा गर्व गर्नु पर्ने अध्यताहरुले बताएका छन् । यसलाई नेपालीले सगौरव आफ्नो प्राचीन दर्शन मान्नु पर्ने उनीहरु बताउँछन् । यस दर्शनको सन्दर्भ रामायण र महाभारतसमेतमा आएकाले पनि यस दर्शनलाई प्राचीन दर्शन मान्नु पर्ने विद्धानहरुको धारणा रहेको छ । साङ्ख्य दर्शन सम्बन्धि विभिन्न पुस्तकहरु प्रकाशित छन् जसमध्ये ईश्वकृष्णद्धारा लिखित ‘साङ्ख्य कारिका’ बहुप्रचारित पुस्तक मानिन्छ । आ–आफ्नो दृष्टिकोण अनुसार विद्धानहरुले यस शब्दको अर्थ लगाएको पान्इन्छ । जसमा मूलतः‘साङ्ख्य’ शब्दलाई दुई अर्थ लगाएका छन् । त्यसमध्ये पहिलो ‘साङ्ख्य’ दोस्रोे ‘ज्ञान’ । मूलतः यस दर्शनमा प्रकृति, समाज र जगतलाई भौतिकवादी व्याख्या गर्न खोजिएको देखिन्छ । कपिलले साङ्ख्य दर्शनलाई विज्ञानतर्फ ढल्काएका छन् । साङ्ख्य दर्शनका मुख्य प्रवर्गहरु : \"imagescafmiras-400\"१.परिणामः साङ्ख्य दर्शनले संसारको उत्पतिका बारेमा विकासवादी दृष्टिकोण राख्दछ । साङ्ख्य दर्शनमा ‘मोक्ष’को सिद्धान्त भएपनि त्यो कुनै अदृश्यतर्फ नभई भौतिकवादी दृष्टिकोणतिर लान्छ । साङ्ख्यले विवेक या ज्ञानलाई महŒव दिएर वैज्ञानिकतातिर मोड्ने काम गर्छ ।दर्शनले प्रकृतिको कार्यमा रूपान्तरण अनिवार्य अनिवार्य छ भन्ने सर्त राख्छ । साङ्ख्य दर्शनका अनुसार सम्पूर्ण संसार कारणको कार्य होइन । बरू संसार कार्य हो र त्यसको कारण चाहिं प्रकृति हो भनेर भन्छ । साङ्ख्य दर्शनले कुनै परमात्मा वा कुनै अलौकिक वस्तुले संसारको सृष्टि गरेको होइन भन्छ । बरु संसार स्वयम् कार्य भएकाले यसको परिणाम स्वरुप संसारको अस्तित्व सम्भव भएको कुरा गर्छ । २. कार्य कारण : साङ्ख्य दर्शनले कारणबिना कुनै पनि कार्य हुँदैन भन्ने मान्यता राख्दछ । कारण छैन भने कार्य पनि छैन भन्ने मान्यता साङ्ख्य दर्शनको रहेको छ । कुनै पनि घटना विनाकारण हुँदैन । कपिलले ‘सत् कारणबाट सत् कार्य हुन्छ’ भनेका छन् । सत् कारणबाट सत् कार्य नै साङ्ख्यको सिद्धान्त हो । ३. प्रकृति : साङ्ख्य दर्शनले गुणहरुको साम्य अवस्थालाई नै प्रकृति मानेको छ । प्रकृति निरन्तर परिणामीमा बग्छ छ र त्यसैले संसार त्यसको परिणाम हो भनेर साङ्ख्य दर्शनले भनेको छ । मानव समाजका सम्पूर्ण कार्य प्रकृतिको सापेक्ष छ तर प्रकृति स्वयं भने निरपेक्ष छ भन्ने धारणा साङ्ख्य दर्शनको रहेको छ । प्रकृति कहिल्यै अन्त्य नहुने वस्तुका रुपमा साङ्ख्य दर्शनले लिन्छ । साङ्ख्य दर्शनले प्रकृतिलाई संसारको अचेतन कारण मान्दछ । ४. गुण : साङ्ख्य दर्शनले प्रकृतिमा सत, रज र तम गरेर तीन गुण हुन्छ भनेका छन् । यी तीनै गुणहरूको समत्व नै प्रकृति हो । गुणको अस्तित्व नदेखिने गरी छ त्यो प्रत्यक्ष देखिदैन । गुणलाई धर्ममा अनुमान गर्न सकिन्छ भनेर साङ्ख्य दर्शनले भनेको छ । धर्म भनेको साङ्ख्य दर्शनका अनुसार सुख, दुःख र मोह हो । संसारमा कुनै पनि बस्तु यी तीनवटा धर्मबाट अछुतो रहने नसक्ने साङ्ख्य दर्शनको धारणा रहेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending