Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

राजनीतिका दुर्इ सम्भावित परिदृश्य

[caption id=\"attachment_54632\" align=\"alignleft\" width=\"150\"]\"र्इश्वर र्इश्वर अर्याल[/caption] प्रधानमन्त्रीको विरुद्ध्मा अविश्वासको प्रस्ताव दर्ता भयो भने प्रधानमन्त्री संग दुइवटा बिकल्प हुन्छ । पहिलो बिकल्प सरकारमा अडिग रहेर प्रस्ताव फेस गर्ने, दोस्रो संसद बिघटन गरेर अर्को ६ महिना भित्रमा निर्वाचनको घोषणा गर्ने अनि \"lame duck\" (कामचलाउ) भएर बस्ने ।
अहिलेको अवस्थामा केपि ओलीले संसद बिघटन गरेर नयाँ निर्वाचन गराउन सक्दैनन । बिदेशी शक्तिकेन्द्रको बोलबाला चलिरहेको र काङ्ग्रेसमा प्रतिगमनकारीहरुको उदयले गर्दा खेरी निर्वाचनको संभावित परिणाम उनीहरुको पक्षमा जाने खतरा हुन्छ । मधेशबादीहरु पनि अहिले भारत पक्षिय देखिएको र अहिलेको संकटको मुख्य जिम्मेवार देखिएको कारणले उनिहरुको पक्षमा जनमत कम छ, त्यसैले उनिहरुले निर्वाचन स्विकार्ने पक्षमा हुनेछैनन ।
एमाओबादीलाई एकिकरण माथी दबाब पर्न सक्छ, तर यि बिचमा प्रचन्डले जति बिश्वसनियता आर्जन गरेका छन र २ बर्ष भित्रमा एक नम्बरको पार्टी बनाउने योजना सार्वजनिक गरेका छन, हतारमा त्यो पूरा हुन नसक्ने भएकाले छ महिना भित्रै गराउनु पर्ने निर्वाचन प्रचन्डको लागी पनि प्रत्युत्पादक नै हुने छ र सम्भवत: उनले स्विकार्ने छैनन ।
निर्वाचन घोषणा गरियो भने बाबुरामको लागी फाइदाजनक नै हुने देखिन्छ, किनभने उनको अनटेस्टेड नयाँ शक्तिको बारेमा धेरै जनता भ्रममा छन । उनी बिद्वान भएको भ्रम चिरिन केहि समय त लाग्छ नै, त्यो भन्दा धेरै शक्ती केन्द्रको चलखेलमा नराम्ररी फँसेका छन भन्ने थोरै मान्छेहरुलाइ मात्र थाहा छ ।
त्यसो त अब निर्वाचन होइन, जनमत संग्रह नै गर्नु पर्छ भन्ने आवाज पनि उठ्ने नै छ । बिशेष गरेर संघियता र धर्मनिरपेक्षताको मुद्दामा धेरै नेपाली जनताहरुले जनमतसंग्रहको माग गरिरहेका छन । संबिधान पारित भैसकेर लागू गर्ने चरणमा आइसकेकोले भैसकेका परिवर्तनहरुलाइ उल्ट्याउन त्यती सहज हुने छैन । जनतालाई संघियताको बारेमा पार्टिहरुले बुझाउनु पर्ने कुराहरु बुझाएकै छैनन र धेरै हिन्दुहरुले निरपेक्षता भनेको कृश्चियनहरुको उदयलाइ बढावा दिनु हो भनेर बुझेका छन । काङ्ग्रेसमा उदय भएको प्रतिगामी शक्तिले सम्भवत यि मुद्दाहरु उठाउने छ । तर संभावित परिणामको आंकलन चाहिं नसोचेको हुने छ । धेरै मान्छेले उठाउने गरेको यो मुद्दा अहिले नभएको आर्थिक बिकास प्रती लक्षित छ । भैसकेको राजनीतिक परिवर्तनबाट आश गर्ने ठाउँ नभएपछी पछाडी फर्कन खोज्नु नौलो कुरो होइन, तर आशाका किरणहरु देख्ने बित्तिकै मानिस अघि सर्छ र नेपालको राजनीतिमा फेरि प्रतिगमन परास्त हुन सक्छ ।
कमल थापाको पार्टी फुट्ने संघारमा छ, सम्भावित नेतृत्व परिवर्तनमा ठाउँ दिने ललिपप शक्तिकेन्द्रबाट आइसकेपछि राप्रपामा तनाव भएको बुझ्न गार्हो हुने छैन । अब त्यसै गरेर एमाओबादीभित्र पनि उक्त ललिपपको बास्ना आउनेछ । प्रचन्डको नेतृत्व क्षमता पुनः एकपटक परखिने सम्भावना छ ।
चिनसंगको सम्झौता ऐतिहासिक भए पनि, त्यसलाई कार्यान्वयन हुन नदिन नेपालमा फेरि एकपटक अस्थिरताको जन्म गराउन भारत लगायत युरोपेली संघ संस्थाहरु हात धोएर लागिपरेका छन । कालोबजारी र संस्थागत भ्रष्टाचारको शेर मानिएको यो सरकारले सुरुदेखी नै बाह्य हस्तक्षेपको दुस्चक्रमा फँस्दै आयो र आन्तरिक ब्यबस्थापनको पाटो कमजोर पार्यो । कमसेकम आन्तरिक आपुर्तिको जिम्मा सहज ढंगबाट लिएको भए, धेरै जनताहरुको साथ रहन्थ्यो, यसले चिनसंग गरेका सम्झौताहरुको श्रेयको साथै कुशल सरकार हुने मौका पाउँथ्यो, तर त्यसो भएन । गोपाल खड्काहरुलाइ सडकमै ल्याएर प्रमुख अथिती बनाउने एमालेको भातृसंगठनले पनि केपि ओलीलाइ नकारात्मक सहयोग मात्र गरिरहेका छन ।
 शेरबहादुर देउवाले \'रिलायबल मेजरिटी\' को ग्यारेन्टी नहुनेबेला सम्म अविश्वासको प्रस्ताव दर्ता गर्ने छैनन । तर भारतिय शक्तिकेन्द्रको मदतले उनले त्यो छिट्टै  प्राप्त गर्न सक्नेछन, गिरिजा भारत परस्त र उनी अमेरिका परस्त भएको आरोप लाग्दा सम्म आफ्नै राजनीतिक गुरु गिरिजालाइ तिल्मिल्याएर २/२ पटक कुर्ची हात पारेका उनी अहिले भारतियको छोरो हुँ सम्म भन्न पछि परेका छैनन । उनका नजिकका मानिएका बालकृष्ण खाणले काङ्ग्रेसको नेतृत्वमा सरकार बन्ने घोषणा गरिसकेको अवस्थामा साम, दाम, दण्ड र भेद प्रयोग हुन सक्छ नै ।
नेपाली सेनाले केहि अगाडी निकालेको बिग्यप्तिको आधारमा सेना तटस्थ बस्छ भन्ने आधार हराएको छ । केहि दिन अगाडी नै दिल्लीमा भएको भनिएको भिआइपी मिटिङले त्यसको शंका गर्न सकिने प्रशस्त आधारहरु दिएको छ । ओली सरकारकै पालामा सेनाले बोलेको कुरा सरकारको हितमा हुने कुरा भएन ।
नेपाल नीति बाट बदनाम भएको भारतको मोदी सरकारले अब अर्को अन्तिम कदम चाल्न सक्छ । नाकाबन्दीको अस्त्र फेल भैसकेको छ । मधेशबादीहरुको बैशाख देखी हुने भनिएको आन्दोलनलाई समर्थन गर्ने नाउँमा नाका बन्द गर्ने र खोल्ने काम जारी राखे पनि भारतले समग्र नेपालको राजनीतिमा ठुलै पकड राख्नको लागी नाकाबन्दी भन्दा बाहेकका अरु नै हत्कन्डा अपनाउन सक्छ ।
सरकारको लागी सबभन्दा उपयुक्त बाटो भनेको अविश्वासको प्रस्ताव आइहाले पनि त्यसलाई अडिग भएर फेस गर्नु हुनेछ । प्रचन्ड संगको एकतालाई टुट्न नदिनु नै यसको महत्वपूर्ण कडि हुन सक्छ । शक्तिकेन्द्रहरु यसको बिरुद्दमा लागेको कुरालाई भन्डाफोर गर्नु, दैनिक ब्यबस्थापन सहज गराउनु नै सरकारको लागी जनमत बटुल्ने बाटो पनि आउँछ र त्यसले अर्को स्वाभाविक निर्वाचनमा एमालेलाई फाइदा पुर्याउने निश्चित छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy