Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

भैरवनाथ गणमा ६ महिना यातना भोगेका एक शिक्षकको दर्दनाक बयान

\"madhab काठमाडौं । माओवादी जनयुद्धको दश वर्षपछि शान्तिप्रक्रियामा आएको पनि झण्डै एक दशक हुन लागेको छ । माओवादी युद्धका क्रममा राज्यपक्ष र विद्रोही पक्षबाट गरी झण्डै १७ हजार नागरिकको ज्यान गएको छ । हजारौं वेपत्ता पारिएका छन् । बेपत्ता परिएकाहरुको अवस्था अझै पनि सार्वजनिक हुन सकेको छैन । द्वन्द्वका घाउहरु अझै ओभाएका छैनन् । विद्रोही पक्षबाट पनि चितवनको बाँदरमुडे जस्ता अकल्पनीय घटनाहरु भए । शान्तिप्रक्रियामा आएसँगै माओवादी जनयुद्धका घटनाहरुलाई सत्य निरुपण तथा मेलमिलाप आयोग बनाएर निरुपण गर्ने सहमति भएको थियो । तर त्यो पनि निश्कर्षमा पुग्न सकेको छैन । जनयुद्धकै बेला माओवादीको आरोपमा र माओवादीलाई सघाएको आरोपमा कयौं सर्वसाधारण नागरिकले यातना भोग्नु पर्यो । जेल, नेल र कष्टडीमा बाँधिनु पर्यो । कतिलाई गुमनाम पारियो, कति अंगभंग भए । विभिन्न अभियोगमा यातना भोगेका नागरिकहरु अहिले पनि ती विगतका यातनाहरु झल्झली सम्झन्छन् । तीनै मध्येका एक शिक्षक माधव घिमिरे ‘अटल’ जसले नेपाली सेनाको भैरवनाथ गणमा ६ महिना यातना भोगेका थिए । सैनिक कष्टडीभित्र बन्दी भएर अमानीय यातना सहने हजारौंहरु घिमिरसँगैका कयौं बन्दीहरु आजसम्म पनि बेपत्ताकै सूचीमा छन् । भैरवनाथ गणमा साढे छ महिना शिक्षक घिमिरे त्यतिबेला माओवादी पार्टी अन्तरगत काठमाडौं जिल्लाको शिक्षक संगठनको सहसचिव थिए । त्यसबेला उनलाई पुलिस आर्मीहरुले पिछा गरिरहेको थियो । पहिले पनि धेरैचोटी पक्राउ परेका उनलाई एक पटक २३ दिन हिरासतमा राखियो भने पछिल्लो पटक झण्डै साढे ६ महिना हिरासतमा यातना भोग्नुपरेको उनी बताउँछन् ।
शुभशंकर कडेंलले के भने ? हिमाल शर्माले के भने ? कृष्ण केसीले के भनेर बयान दिए ? बिना मगरले के भनिन् ? करिव करिव सबै थाहा छ ।
२०६० असोज १२ गते अन्तिम पटक उनी गिरफ्तार भए । त्यतिबेला चितवनका बद्रि कट्टेल भन्ने साथीमार्फत समातिएको उनी बताउँछन् । तिनलाई यति धेरै यातना दिए की त्यसपछि म गिरफ्तारीमा परेँ । ती साथी सायद शिक्षक संगठनको कुनै तल्लो पोष्टमा थिए । पढाउँदै गर्दा स्कुलबाटै समातिए जतिबेला उनी आदर्श योगरी हाइयर सेकेन्डरी स्कुल पढाउथे । विद्यालयकी प्रधानाध्यापकसँग फरक विचार राखेकै कारण उनी आफूप्रति रुष्ट रहेको उनको बुझाइ छ । घिमिरे विद्यालयमै माओवादी मुखपत्र जनादेश लगेर पढ्थे । अरु त्यस्तैखाले साहित्य लेखनमा रुची राखेकै कारण उनी फरक विचारका लागि असैह्य भए । ती विद्यालयकी हेड शिक्षिकाले नै आफूलाई पक्राउ पार्न अनेक प्रपञ्च गरेको उनको आशंका छ । घिमिरे भन्छन्– १२ कक्षाको इङ्लीस पढाउदै थिएँ । एकजना आएर ‘तपाई नै हो माधव सर’ भन्यो । ऊ चाहिँ सादा पोसाकमा थियो । भनें– हो म नै हो । उसले एकैछिन तल हाम्रो एकजना सरले भेट्न खोज्नु भएको छ भने। मैले को साथी होला माथि नै आउनुभए हुन्थ्यो म त क्लासमा छु भनें । उसले अलि कडा स्वरमा अरुकुरा छोड्नस् तल हिड्नुस् भन्यो । विद्यालय सेनाको घेरामा थियो, २०÷२५ जना आर्मीहरु विद्यालय अगाडि उभिए । विद्यार्थीहरुमा पनि त्रासदी बढ्यो । अगाडि स्कुलको गेटमा एक जिप आर्मीहरु थिए । म एक जना निहथ्था मान्छेलाई पक्राउ गर्न यत्रो विधि सशस्त्र आर्मी देखेर घिमिरे अचम्ममा परे । डिजिटल डायरी लिन चाहेका थिए घिमिरे पक्राउ परेको दिन देवेन्द्र पौडेल र देबेन्द्र पराजुलीसँग दिनमा एयरपोर्ट नजिक बिहान सिनामंगलमा बसेका थिए । त्यहाँ बसेपछि उनी क्लास लिन गए । त्यसबेला उनीसँग डिजिटल डायरी थियो । डायरीमा सबैको नम्बरहरु थिए । एकदमै गोप्य नम्बरहरु पनि थिए । त्यो सेनाको हातमा पुगेमा धेरै क्षति हुने देखेर त्यसलाई डिस्पोज गर्ने उनले सोंचे । आफ्नो कारणले देवेन्द्र पौडेल र देबेन्द्र पराजुली जस्ता नेताहरु पक्राउ पर्न सक्ने उनलाई डर थियो । ‘डिजिटल डायरी’ डिस्पोज गर्ने उपाय स्वरुप भोग लागेर चाउचाउ किन्ने बाहनामा पसलमा डिजिटर डायरी खसालिदिएको उनी बताउँछन् । आँखामा पट्टी बाँधेर भैरवनाथ गण पुर्याइयो विद्यालयबाट गिरफ्तार गरेपछि उनीलाई आर्मीको गाडीमा राखियो । त्यसपछि आँखामा पट्टी बाँधेर भैरवनाथ गण पुर्याइयो । भैरवनाथ गणमा लगेपछि पनि बाहिरपट्टी एउटा थोत्रो जीपमा लगेर राखियो । त्यति बेला एक पटक बडो शालिन ढङ्गले बयान लिएको उनी सम्झन्छन् । अलि बढी बौद्धिक खाले प्रश्नहरु सोधियो । तपाई जस्तो मान्छेले नराम्रो काम गर्नुभयो भन्थे । हामीलाई सबै थाहा छ । ठिकै छ केहि छैन, तपाई छुट्नु हुन्छ भन्थे । तपाईलाई राख्ने हाम्रो नियत होइन पनि भन्थे । अनि फकाउँदै फकाउँदै आतङककारीहरु कहाँ कहाँ छन् ? के गदैछन् ? थोरै ‘क्लिू’ दिनु पर्यो सर भन्थे । ‘म त सामान्य एउटा शिक्षण पेसा गरेर खाने मान्छे । म चार पाँच ठाउँमा पढाउँछु । सबै ठाउँमा सोध्न सक्नुहुन्छ– म ती स्कुलहरुमा कति गयल छु कति उपस्थित छु भन्ने कुरा ।’ उनको जवाफ हुन्थ्यो ‘सर तपाईहरुको सरकार आयो भने देशको परराष्ट्र नीति कस्तो हुन्छ ? यो देशमा राजा रहन्छ कि रहदैन ? रहेमा कस्तो रुपमा रहन्छ ? तपाईहरुले ल्याउने कम्युनिस्ट व्यवस्था कस्तो व्यवस्था हो ? तपाईहरुको भित्री उद्देश्य के हो ? तपाईहरुको आर्थिक, शैक्षिक नीति कस्तो हुन्छ ? जस्ता प्रश्न तेर्साएर आफू पनि माओवादीमा संलग्न रहेको फुत्काउने प्रयत्न गर्ने गरेको उनी सम्झन्छन् । सेनाको यातनाः जुठो पानीमा उधोमुन्टो, शरीरमा करेन्ट प्रवाह उनले चरम खालको यातना भोगे । हातमा के लगाउथ्यो थाहा छैन, त्यो प्रहार शरीरमा पर्दा झनन करेन्ट आउथ्यो । सायद हातको पञ्जामा करेन्ट फिट हुन्थ्यो । भित्र केही नभएपनि बाहिर अत्याधिक पीडा दिन्थ्यो । जुठो पानीमा उधोमुन्टो लगाएर चोपल्ने गरिन्थ्यो । माथि खुट्टा, टाउको तर बनाएर ट्याङकीमा चोपल्थ्यो । त्यो जुठो पानी हो रे, पछि थाहा भयो । चोपल्दै निकाल्ने सायद घिर्नी जस्तो हुनुपर्छ । त्यसैले कयौं पटक चोपल्दै निकाल्थ्यो । चोपाल्ने निकाल्ने गर्दा मान्छे मर्दो रहेनछ । तल जुठो पानीमा चोपल्थ्यो माथि तानेर सिस्नोले जस्तै पोल्थ्यो । हिमाल शर्मासहित विद्यार्थी नेताहरुको आवाज सुनेँ आफू भन्दा अलि पर हिमाल शर्माको स्वर उनले सुने । अनि एक जना पन्थ हुनुहुन्थ्यो विद्यार्थीको केन्द्रीय सदस्य, ठ्याक्कै नाम याद भएन। छेवैमा तत्कालीन अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय सचिबालय सदस्य सीएन ढुंगाना । उनीहरुलाई यातना दिएको, पीडाले चिच्याएको सुने पनि आँखामा पट्टि बाँधिएकाले देख्ने कुरा भएन । आर्मी भए नभएको थाहा नभएको कारण आपसमा कुरा गर्न पनि सम्भव हुदैनथ्यो । तैपनि उनीहरु नभएको बेला खासखुस कुरा गथ्र्यौं । आर्मी भए नभएको बुटको आवाजका आधारमा अनुमानका भरमा । गोरखाका एकजना थिए । ती व्यक्ति सायद दराई थरका हुन् । दश दिनपछि उनी त्यहाँबाट एकाएक गायव भए । तिनी पक्कै छुटेनन् । कता लग्यो के ग¥यो आफूलाई केही थाहा नभएको घिमिरे बताउँछन् । छेवैमा हुने मध्ये एक जना शुभशंकर कडेंल थिए । उनी अहिले एबीसी टेलीभिजनका प्रमुख छन् । हिमाल शर्मा अलि पर थिए । आर्मीसँग दिएको बयान सबैले सबैको सुनेका छन् । कसैले आज ढाट्न खोजेपनि, मैले केही नी भनिन, केही नि बकिन, भनेपनि, उनीहरुले के के भने भन्ने कुरा लगभग आफ्नो मस्तिष्कमा पुरै रेकर्ड रहेको घिमिरे बताउँछन् । शुभशंकर कडेंलले के भने ? हिमाल शर्माले के भने ? कृष्ण केसीले के भनेर बयान दिए ? बिना मगरले के भनिन् ? करिव करिव सबै थाहा छ । हिमाल शर्माको बयान सन्तुलित र निडर, शुभशंकर संभ्रान्त विशेष गरी केही कुरा नखोली निडर भएर एकदमै सन्तुतिल ढङ्गले हिमाल शर्माले बयान दिएको उनी बताउँछन् । कृष्ण केसी र बीना मगरले पनि बयान दिएका थिए । यातना दिएपछि उनीहरु मलाई नमार नमार भन्दै कराउँथे । मसँग केही छैन । मलाई केही थाहा छैन भन्थे । क्रान्तिकारीका केन्द्रीय सदस्य पन्त भाइको बयान थियो– म बरु घर गएर हलो जोत्छु । मलाई केही नगर। पुरै म राजनीति छोड्छु ।’ हिमाल शर्मा र कृष्ण केसी आफ्नो कुरा केही पनि नओकल्ने । बिना मगरको आवाज उनले निकै सुनेको बताउँछन् । उनीहरुको बयान उनले जति सुने, उनीहरुले त्यस्तो कुनै कुरा खोलेको जस्तो उनलाई लागेन । सबैलाई उस्तै उस्तै प्रश्न गरिन्थ्यो । बिनाले म विद्यार्थीको मान्छे हुँ । सामान्य मान्छे हो । मलाइ केही थाहा छैन भन्ने जवाफ दिन्थिन् ।
बिना मगरको आवाज उनले निकै सुनेको बताउँछन् । उनीहरुको बयान उनले जति सुने, उनीहरुले त्यस्तो कुनै कुरा खोलेको जस्तो उनलाई लागेन ।
शुभशंकर कंडेल अलि संभ्रान्त खालको भएर होला, त्यो ढंगको प्रश्न नसोधेको उनी बताउँछन् । कंडेललाई त्यो ढंगको यातना समेत नदिएको घिमिरे बताउँछन् । सायद कंडेल प्रत्यक्ष रुपमा सशस्त्र संङ्घर्षमा नभएको सेनालाई लाग्थ्यो । अथवा आर्मीमा उनको कुनै माथिल्लो पदको कोही मान्छे भएको होला जस्तो लाग्छ । सायद कडेललार्य धेरै समय नराखिएको उनको ठम्याइ छ । हेलिकोप्टरमा बैरेनी पुर्याउँदा जनैले हात बाँधियो त्यहिँ रहदाँ चाहिँ मरिन्छ जस्तो लाग्दैन्थ्यो, तर जतिबेला हेलिकक्टर चढाएर कतै लगिन्थ्यो, त्यसबेला चाहिँ अब मरिन्छ भन्ने उनी ठान्थे । हेलिकप्टर चढाएर मलाई बेरेनी लगियो । त्यो दिन हतकडी नपुगेर उनकै जनैले मेरो हात बाँधिदियो । जनैले बाँधेको हात उनले चुँडाए । चुँडाए लगत्तै एउटाले लात्तैलात्ताले भकुर्यो । कसो कसो आँखाको पट्टी खोल्दा सेता हेलिकोप्टरमा करिब १५÷१६ जना आर्मी रहेको उनले देखे । जतिबेला जीवन अन्तिम ठाने अब मरिने नै भइयो भन्ने उनलाई लगभग निश्चित थियो । प्रतिकार गर्न खोजे। अर्ब यहीँबाट खसाली दिन्छ भन्ने उनलाई लाग्यो । अब खसालेर मार्ने नै भएपछि के केही त गर्नुप¥यो । ‘मर्ता त क्या नै कर्ता ’ भन्ने भयो मनमा । उनीहरुले मार्न चाँही मारेनन् । त्यसपछि बैरेनी लगे । त्यहाँ ३ दिन राख्यो । त्यहाँ सबैभन्दा चरम यातना भोगेँ । त्यतिबेला नेपालभुषण चन्द भन्ने मान्छेले शालिन ढङ्गले प्रश्न सोध्थे । त्यसपछि गजुरी लगियो । गजुरीमा बयान लिने मान्छे तीनै नेपालभुषण चन्द रहेको उनी सम्झन्छन् । उनी अंग्रेजी भाषामा राम्रो दख्खल भएका अफिसर रहेछन् । जब चरम यातना दिन्थे त्यसबेला उनी पनि नेपाली बोल्दैनथे । अंग्रेजीमा बोल्थे । आर्मीहरु नबुझेर हैरान भएपछि आर्मी अफिसर नेपालभुषण चन्दलाई बोलाउन जान्थे । आईसिआरसीका प्रतिनिधिहरु गएपछि उनको एकपटक मात्रै परिवारसँग गजुरीमा भेट भएको थियो । घिमिरे २०६० चैत्र २७ गते हिरासतबाट मुक्त भएका थिए । ल्यारक्याल लामाहरुलाई प्रमोशन नगन सुझाव लामो समय जेल, नेल र यातना भोगेका घिमिरे अहिलेको गणतन्त्रप्रति सन्तुष्ट छैनन् । अहिलेका नाम मात्रको गणतन्त्र भएको भन्दै उनी व्यवहारिक रुपमा प्रयोग हुन बाँकी रहेको बताउँछन् । माओवादीले जुन बाटो लिन्छ र जुन वर्गलाई सम्बोधन गर्छ भन्ने सोँचाइ पनि गलत सावित भएको उनको ठम्याइ छ । पछिल्लो चरण पार्टीमा जुन खालको बिघटको अवस्थामा पुगेको देखेर आफूलाई नराम्रो लागेको उनी बताउँछन् । तर पनि पार्टी बिग्रिए बनाउने ठाउँ धेरै छ रहेको भन्दै पार्टीले ल्यारक्याल लामाहरुलाई प्रमोशन नगर्न सुझाउँछन् । यो पटक पनि पार्टी बनाउन नसके विघटन हुने उनी बताउँछन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy