Ntc summer Offer
Khabar Dabali २३ भाद्र २०८१ आईतवार | 8th September, 2024 Sun
NIMB

वैद्य माओवादीमा एकताबारे बल्झिएको बहस

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी केही समययता एकताको बहसले तातेको छ । यो बहस फलाम तातिएजस्तै गरी तातिएको छ । फलाम तातिएको बेला जान्नेहरु फलाम पिटेर एउटा महत्वपूर्ण हतियारको आकार दिन्छन् । तर नजान्नेहरु पिटेर टुक्राइदिन पनि सक्छन् । वैद्य माओवादी यति धारमा उभिएको छ, एकताको बहस तातिएर अन्तिम अवस्थामा पुगेको छ । [caption id=\"attachment_51402\" align=\"alignleft\" width=\"148\"]\"नारायण नारायण पंगेनी[/caption] विभिन्न उतारचढावकैबीच माओवादी दश वर्षे युद्ध पार गरी शान्तिप्रक्रियाको चरणसम्म आइपुगेका थिए । शान्ति प्रक्रियाको चरणमा आइपुगेपछि माओवादीप्रति आम नागरिकले झिनो आशा गरेनन्, माओवादीप्रतिको भरोसा गैरराजनीतिक नागरिकलाई मात्र भएर, गैरमाओवादी राजनीतिकर्मीहरुसमेत आशावादी देखिएका थिए । त्यसैले नेपालकै इतिहासमा पहिलो पटक भएको संविधानसभाको निर्वाचनमा अप्रत्याशित मत हासिल गरेर मुलुककै पहिलो ठूलो पार्टीका रुपमा दर्ज हुन पुग्यो । पहिलो पार्टीको हैसियतमा सरकारको नेतृत्व लिने मौका पनि पायो । तर मुलधारको संसदीय राजनीतिमा आएसँगै माओवादी शक्तिहरुमा एकपछि अर्को गर्दै विभाजनका रेखाहरु कोरिन थाले । एक समयको माओवादीप्रतिको आशा र भरोसा छिन्नभिन्न भएका माओवादीहरुबाट पूरा हुने कुरै भएन । क्रमशः कमजोर हुँदै गयो । दोस्रो संविधानसभासम्म आइपुग्दा एउटा चोइटिएका माओवादीहरुमध्येको एउटा समूह मात्र दोस्रो संविधानसभामा भाग लिन पुग्यो । पहिलो संविधानसभा पाएको जनमत विभाजित भएसँगै मुलधारको तेस्रो राजनीतिक शक्तिको रुपमा एउटा माओवादी देखापर्यो । बहसः एकता गरी मुलधारको राजनीतिमा आउने कि बिलिन हुने विभाजित भइसकेपछि पनि तेस्रो दलमा रहनु र तेस्रो दल भएर पनि मुलधारको राजनीतिमा आफ्नो पहिचान कायमै राख्न सक्नुले पनि छिन्नभिन्न रहेका अन्य माओवादी शक्तिहरु अब पुनः एकताबाट मात्रै आफ्नो राजनीतिक सुरक्षित हुने निश्कर्षमा पुगेका छन् । मुलधारकै राजनीतिकबाट क्रमशः अलग हुने अवस्थामा पुगेका माओवादीहरु अब फेरि एकतावद्ध भएर अघि बढ्नुपर्ने निश्कर्षमा पुगिरहेका बेला पछिल्लो समय डा.बाबुराम भट्टराई एकीकृत माओवादीबाट बाहिरिएर नयाँ शक्ति बनाउन कस्सिएका छन् ।
एकताबारेको बहस चल्दै गर्दा वादलले उठाएको विचारको बहसले पार्टीमा फेरि दुई लाइन संघर्षको विजारोपण गरेको छ । बादलले उठाएको राष्ट्रिय जनवाद कतातिर लक्षित छ भन्ने बहस केन्द्रीय समिति बैठकमा चर्कै रुपमा उठेको छ । केहीले राष्ट्रिय जनवाद भनेको दक्षिणपन्थी संशोधनवाद उन्मुख भएको आरोप लगाएका छन् । बादलको राष्ट्रिय जनवाद एमालेको बहुदलीय जनवाद (जबज) कै रुप भएको केहीले आरोप लगाएका छन् ।
भट्टराईको बर्हिगमनकै कारण पनि एमाओवादीलाई आफ्नो शक्ति अझै कमजोर हुने खतरा बढेको छ भने कथंकदाचित भट्टराईको शक्ति अगाडि आयो भने मुलधारबाट लोप हुँदै गएका माओवादीहरु डाइनोसरको अवस्थामा पुग्नेछन् । यहि निश्कर्षका साथ शान्तिप्रक्रियामा आए लगत्तै अलग भएका मात्रिका यादव र मणि थापाहरु एमाओवादीसँगको एकताका लागि तयारी अवस्थामा छन् भने वैद्य माओवादी एकताकै बहसमा तिल्मिलाइरहेको छ । एकताका लागि एमाओवादी अध्यक्ष प्रचण्डले गरेको प्रस्तावलाई सदुपयोग गरी एकतामा हामफालिहाल्ने कि विचारमा पनि एकरुपता ल्याउन पहल गर्ने भन्नेमा बहस चर्कियो । झण्डै दुई वर्षअघिदेखि नै एकताबारे दुई माओवादीबीचको छलफलले परिणाम दिन नसकेपछि पछिल्लो समय समय एकताबारे वैद्य माओवादीका शीर्ष नेताहरुबीच नै मत बाझियो । पार्टी विभाजनले माओवादी शक्ति कमजोर भएको भन्दै एकताको विकल्प नभएको नेताहरुको जोड छ । यहिबीचमा नेताहरुले एकताबारे मनलाग्दो अभिब्यक्ति दिएपछि डाकिएको केन्द्रीय समिति बैठकमा एक हप्ताअघिदेखि छलफल चलिरहेको छ । शुरु भयो वैद्य माओवादीमा दुई लाइन संघर्ष वैद्य माओवादीको वैठकमा एकताबारे विधि तय गर्ने र एकताका अन्तिम निर्णय गर्न भन्दै बसेको केन्द्रीय समितिको बैठकमा सचिवालयले सदस्य रामबहादुर थापा बादलले फरक दस्तावेज नै पेश गरेका छन् । बादलले एकताबारे फरक मत भने पनि उनले अध्यक्ष वैद्यको दस्तावेज अस्वीकार गरेका छन् । उनले आफ्नो दस्तावेजमा नयाँ संश्लेषणसहित अघि बढ्नुपर्ने भन्दै राष्ट्रिय जनवादको कुरा उठाएका छन् । राष्ट्रिय जनवाद हुँदै समाजवादतर्फ जानुपर्ने बादलको निश्कर्ष छ । एकताबारेको बहस चल्दै गर्दा वादलले उठाएको विचारको बहसले पार्टीमा फेरि दुई लाइन संघर्षको विजारोपण गरेको छ । बादलले उठाएको राष्ट्रिय जनवाद कतातिर लक्षित छ भन्ने बहस केन्द्रीय समिति बैठकमा चर्कै रुपमा उठेको छ । केहीले राष्ट्रिय जनवाद भनेको दक्षिणपन्थी संशोधनवाद उन्मुख भएको आरोप लगाएका छन् । बादलको राष्ट्रिय जनवाद एमालेको बहुदलीय जनवाद (जबज) कै रुप भएको केहीले आरोप लगाएका छन् । माओवादी क्रान्तिकारी ध्रुविकरणको कुरा उठिरहँदा र माओवादीहरुको बीचको एकता प्रक्रिया अघि बढाउने सन्दर्भमा छलफल भइरहँदा बादलले पेश गरेको फरक दस्तावेज अर्को वहसको विषय बनेको छ । यो बहस अब केन्द्रीय समिति बैठकमा मात्रै छलफल गरेर पुग्ने छैन । पार्टीमा नयाँ विचारको अवधारणा अघि सारिएपछि नेताहरुबीच मात्र छलफल र बहसले यो पूर्ण हुनै सक्दैन, त्यसैले अब यो बहस तल्लो तहसम्म पार्टी सदस्यहरुसम्म पुग्नुपर्ने प्रष्ट भएको छ । नयाँ संश्लेषणसहितको ‘राष्ट्रिय जनवाद’ को यही बहसका कारण फेरि पनि क्रान्तिकारी माओवादीमा दुई लाइन संघर्ष शुरु भएको आभाष नेता कार्यकर्ताले गरेका छन् । अन्तिम फैसला राष्ट्रिय सम्मेलनबाट अब यसको निरुपण राष्ट्रिय सम्मेलनबाट मात्र हुने कुरामा दुई मत रहन सक्दैन । पार्टी केन्द्रदेखि सेल कमिटी सदस्यसम्म दुई लाइन संघर्ष चलाउँदै अघि बढ्नुपर्नेबारेमा केन्द्रीय समिति बैठकमा पनि केन्द्रीय सदस्यले आवाज उठाएका छन्, जुन जायज पनि छ । विचार बहसमा भाग लिन अब केन्द्रीय सदस्य मात्र होइन, पार्टी सदस्यहरुले पनि पाउनुपर्छ । यसले गर्दा पुनः नजिकिएको पार्टी एकताको बहस फेरि पछाडि धकेलिएको छ । पार्टी एकताको बहस त छँदैछ । पार्टी एकता कसरी गर्ने, यसको विधि के हुने र विचार सिद्धान्तलाई कसरी समायोजन गर्ने भन्ने विषय त छँदैछ, त्यसबाहेक बादलले पेश गरेको नयाँ विचार अब हरेक पार्टी सदस्यले छलफल गर्न पाउनुपर्छ । पार्टीको माथिल्लो निकायदेखि तल्लो तहसम्म छलफल गर्दै र दुई लाइन संघर्ष चलाउँदै आगामी राष्ट्रिय सम्मेलनबाट यसको अन्तिम फैसला हुने कुरामा अब दुई मत रहन सक्दैन ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy