दक्षिण एसियाको नेपालमा बुद्ध, चीनमा , सुन्जु, युरोपमा सुकरात, प्लेटो, एरिस्टोटल आदि एउटे कालखण्डमा जन्मेका विचारक थिए । तर, तीमध्ये कोही सामाजिक राजनीतिक, कोही सैनिक, कोही धार्मि क्षेत्रका विचारक बने ।छिमेकी चीनमा सर्वप्रथम काजगको उत्पादन तथा लेखन कार्य आविष्कार गरियो । परन्तु, विश्वव्यापी प्रतिष्पर्धामा यूरोपले सबैलाई उछिन्यो। दासप्रथा तथा भू–दासप्रथाको स्थापना र त्यसविरुद्ध सामन्तवदी सङ्घर्षमा युरोपेली समाज नै अग्रणी रह्यो । परिणाममा, सामन्तवादविरुद्ध सङ्घर्षको नेतृत्व युरोपले लिनु स्वाभाविक थियो । १८ औं शताब्दीको अन्त्यमा सामन्तवादविरुद्ध पुँजीवादी जनवादी क्रान्ति आखिर बेलायतको औद्योगिक क्रान्ति र फ्रान्सको राज्य क्रान्तिबाट युरोपमा नै भयो । जब पुँजीवादी क्रान्ति सम्पन्न भयो, तब औद्योगिक मजदुर सर्वहारावर्ग हो । उद्योग धन्दाको दु्रत विकाससँगै विशाल सङ्ख्यामा युरोपमा सर्वहारा मजदुर विकसित हुन पुग्यो । अन्ततः पाँच प्रतिशत सङ्ख्याको पुँजीपति मालिकहरु र पन्चानब्बे प्रतिशत सर्वहारा मजदुरका बिच अन्तहीन सङ्घर्ष सुरु भयो । अब पुँजीपति र श्रमिकबिच अर्थात मालिक र मजदुरबिच मानव इतिहासको प्रधान अन्तर्विरोध खडा भयो ।
त्यही समय कारखाना मजदुर युजें पोतर रचित ‘कम्युनिस्ट अन्तराष्ट्रिय गीत’ पनि स्वीकृत गरियो । जसले, रणनीतिमा अन्तर्राराष्ट्रिय जातितर्फ दुनियाँलाई केन्द्रित गर्दै ‘आफ्नो ठाउँमा डटौं’ भनेर कार्यनीतिक रुपमा विभिन्न राष्ट्रियताका श्रमिकहरुलाई आह्वान ग¥यो,करोडौं श्रमिकहरुको जीवनदशा सङ्कटग्रस्त बनिरहेको ऐतिहासिक पृष्ठभूमिमा जर्मनीमा कार्ल माक्र्सको जन्म भयो । जर्मनीमै जन्मेका फ्रेडरिक एङ्गेल्सका साथ माक्र्स सर्वहारावर्गको हितार्थ विचारकका रुपमा उपस्थित भए । माक्र्स–एङ्गेल्सको अभिलेखनमा सन् १८४८ मा ‘कम्युनिस्ट घोषणा पत्र’ जारी गरियो । जुन घोषणापत्रले सर्वहारावर्गको पक्षमा वर्गसङ्घर्षको सिद्धान्त प्रस्तुत ग¥यो । त्यही समय कारखाना मजदुर युजें पोतर रचित ‘कम्युनिस्ट अन्तराष्ट्रिय गीत’ पनि स्वीकृत गरियो । जसले, रणनीतिमा अन्तर्राराष्ट्रिय जातितर्फ दुनियाँलाई केन्द्रित गर्दै ‘आफ्नो ठाउँमा डटौं’ भनेर कार्यनीतिक रुपमा विभिन्न राष्ट्रियताका श्रमिकहरुलाई आह्वान ग¥यो, विशाबोध गरायो । किसानको हरिया र मजदुरको हथौडालाई एकीकृत गरेर कम्युनिस्ट पार्टीको झन्डा स्थापित गरियो । माक्र्स–एङ्गेल्सले पुँजीको तिन खण्डका अतिरिक्त अनेकन वैज्ञानिक रचनाहरु गरे । वर्गसङ्घर्षको मैदानमा स्वयम् अग्रसर भएर नेतृत्व दिए । प्रथम कम्युनिष्ट अन्तर्राष्ट्रिय स्थापना र सञ्चालन गरे । द्धन्द्धात्मक तथा ऐतिहासिक भौतिकवादी विश्वदृष्टिकोण र माक्र्सवादका तीन सङ्घटक अङ्गहरुको निर्धारण माक्र्स–एङ्गेल्सका महानतम् योगदान हुन् । सङ्घर्षका क्रममा फ्रान्सको राजधानी पेरिसमा मजदुरहरुले राज्यसत्ता कब्जा गरे । माक्र्सद्धारा त्यसको वैज्ञानिक समीक्षा गरियो । लेखन क्रममा ‘परिवार, निजी स्वामित्व र राज्यको उत्पति’ शीर्षक पुस्तक एङ्गेल्सको एक महान वैज्ञानिक समाजवादी रचना हो । संशोधनवादीहरुले प्रभुत्व जमाउन पुगेका कारण माक्र्सले प्रथम कम्युनिस्ट अन्तर्राष्टिय विघटन गरिदिएका थिए । माक्र्सको निधनपछि एङ्गेल्सले द्धितीय कम्युनिस्ट अन्तर्राष्ट्रिय पुनर्गठन तथा सञ्चालन गरे । माक्र्स–एङ्गेल्सको समयमा युरोपेली सर्वहारावर्गको सङ्घर्ष राज्यसत्ता लिने तहमा भने विकास हुन सकेन । । परन्तु, माक्र्स–एङ्गेल्सको कठोरतम विचारधारात्मक र आजीवन वर्गसङ्घर्षले अन्तर्राष्ट्रिय जगत्मा असीम प्रेरणा दियो । जो, विश्वक्रान्तिको वैचारिक हतियार बन्यो ।
जारशाहीविरुद्ध हमला गर्दा अलेक्जेन्डर मारिए । सहिद अलेक्जेन्डरका भाइ नै भ्लादिमिर इलिज ‘लेनिन’ थिए ।‘राजनीतिक अर्थशास्त्रको आलोचना’ शीर्षक कार्ल माक्र्सको पुस्तकप्रति सवभन्दा बढी रुचि रसियाली मजदुर जगत्मा प्रदर्शन भएको थियो । एङ्गेल्सको डेरामा बसेर अध्ययन गरिरहेका माक्र्सलाई पत्र लेख्दै जेनी माक्र्सले भनेकी थिइन् कि ‘तिम्रो विचारको उवैर प्रयोगशाला रुस नै हुनेछ ।’ रुसमा जारशाहीको अत्याचार पराकष्ठामा पुगेको थियो । त्यसबेला रुसमा क्रान्तिकारीहरुको आत्रमण शैली षडयन्त्रकारी प्रकारको थियो । उक दस्ताको नेतृत्व गरेर जारशाहीविरुद्ध हमला गर्दा अलेक्जेन्डर मारिए । सहिद अलेक्जेन्डरका भाइ नै भ्लादिमिर इलिज ‘लेनिन’ थिए । तत्कालीन रुसी आन्दोलनमा अनेक घगडान माक्र्सवादीहरु थिए । यद्यपि, उनीहरुको मध्यपन्थी प्रवृत्ति र भद्दा प्रस्तुतिका कारण मजदुरहरु निर्णायक शक्ति बन्न सकिरहेको थिएन । विद्यार्थी लेनिन मजदुर कार्यकर्ता र शिक्षक बन्दै गए । उनको दृढ क्रान्तिकारी दृष्टिकोण तथा तिखो प्रस्तुतिका कारण व्यापक मजदुरहरु सङ्गठित हुँदै अघि बढे । अन्ततः रुसमा सन् १९१७ मा भीषण वर्गसङ्र्षहद्धारा पेरिस कम्युनको ठीक ४६ वर्षमा प्रथम पटक सर्वहारावर्गले राज्यसत्ता लियो । जो, सिधै समाजवादी राज्य प्रणालीको अभ्यास थियो । लेनिन नेतृत्वमा सोभियत समाजवादी क्रान्तिलगतै सन् १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी, भारतीय कम्युनिस्ट पार्टी र अफ्रिकी कम्युनिस्ट पार्टी एकैसाथ स्थापना भए । तर, चिनियाँ कम्युनिस्ट पार्टीको संस्थापक सदस्य माओ त्सेतुङ नेतृत्वमा बाहेक भारत र अफ्रिकामा निर्णाक तहको वर्गसङ्घर्ष भएन । चीनमा नयाँ जनवादी क्रान्ति सँगसँगै सन् १९४९ मा क. पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना भयो ।
‘आन्दोलन–सम्झौता र फेरि आन्दोलन–सम्झौताले क्रान्ति विघटन गर्छ, जनतालाई सङ्कटमा धकेल्छ’ भनेर माक्र्सवादले संश्लेषण गरेको छ ।सामन्तवादविरुद्ध सङ्घर्ष गर्दा युरोपेली युवाहरुले ‘समानता स्वतन्त्रता र भातृत्व’को नारा दिएका थिए, जो पुँजीवादी लोकतन्त्रको आधारभूत मान्यता बन्यो । साथसाथै औद्योगीकरण्, बालिक मताधिकार, दलीय स्वतन्त्रता, धर्मनिरपेक्षता, भाषिक समानता र राष्ट्रिय मुक्ति आन्दोलन पुँजीवादी लोकतन्त्रको कार्यक्रम थियो । सामन्तवादविरोधी सङ्घर्षमा पुँजीवादीहरुद्धारा अख्तियार गरिएका यी प्रगतिशील कार्यक्रमहरु जब पुँजीवादीवर्गले राज्यसत्ता लियो, तब त्यागिदिए । अर्कातिर, मुख्य प्रश्न राज्यसत्ता लिनुअघि प्रतियोगात्मक चरित्रको प्रतिस्पर्धाको माग गर्ने पुँजीवादीहरु सत्तामा पुगिसकेपछि प्रतियोगितात्मक चरित्रलाई दमन गर्दै एकाधिकारी चरित्रमा बदलिए । परिणामस्वरुप, पुँजीवादी विचार सर्वहारावर्ग र उत्पीडित राष्ट्रियताको क्रान्तिकारी विचार बन्न छाड्यो । त्यहीँनिर पुँजीवादी विचारधारा तथा राजनीतिको अवसान र सर्वहारावर्गीय विचारधारा र राजनीति अग्रपङ्क्तिमा खडा भयो । अतः औद्योगीकरण, धर्मनिरेपेक्षताको समाल सर्वहारावर्गको आधारभूत कार्यक्रम बन्न पुग्यो । ‘आन्दोलन–सम्झौता र फेरि आन्दोलन–सम्झौताले क्रान्ति विघटन गर्छ, जनतालाई सङ्कटमा धकेल्छ’ भनेर माक्र्सवादले संश्लेषण गरेको छ । राणा शासनविरोधी आन्दोलन हुँदै निर्दलीय पञ्जायती व्यवस्थाविरोधी नियति थोपरे । जसले गर्दा नेपाली जनता सङ्कटमा धकेलिए । परिणाममा, तत्कालीन नेकपा माओवादीले महान् जनयुद्ध उद्घोष गर्यो । १९९६ देखि २००६ सम्म सञ्चालित क. प्रचण्ड नेतृत्वको १० वर्षीय जनयुद्ध नै नेपाली कम्युनिस्ट आन्दोलन र ओन्दोलनको सर्वोच्च संश्लेषण हो । जनयुद्धको जगमा जनआन्दोलन हुँदै संविधानसभाद्धारा संविधान घोषणा गरेर नेपालमा गणतन्त्र, सङ्घीयताको सिद्धान्त, धर्मनिरपेक्ष राज्य तथा आंशिक समानुपातिक समावेशी एवम् शिक्षा, स्वास्थ्य, राजगारी, आवस र खाद्य सम्प्रभुतालाई नागरिकको मौलिक अधिकारको तहामा संस्थागत गरिएको छ । साथसाथै, नेपाली समाजको सामन्ती उत्पादन सम्बन्ध बदलिएर पुँजीवादी तहमा उठको, उद्यपि त्यो दलाल तथा नोकरशाही पुँजीपतिवर्गीय नेतृत्वमै किन नहोस्, सामन्ती राजतन्त्र खारेज गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्र अभ्यास गरिउको वस्तुगत पृष्ठभूमिमा नेपाल अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुक नरहेको घोषणा एनेकपा माओवादीको हेटौँडा महाधिवेशन गर्यो । बाह्य रुपले नवऔपनिवेशिक तथा आन्तरिक रुपले दलाल तथा नोकरशाही पुँजीपतिवर्गका विरुद्ध नेपाली क्रान्तिको दिशा हेटौँडा महाधिवेशनले सुनिश्चित गर्यो । अतः अर्धपनिवेश र अर्धसामन्ती अवस्थाका विरुद्ध लडिने नयाँ जनवादी क्रान्तिको कार्यदिशा, जो पछि परिसकेको थियो, परित्याग गर्नु एवम् समाजवादी क्रान्तिको रणनीति निर्धारण गर्नु हेटौंडा महाधिवेशनको युगान्तकारी निर्णय बन्न पुग्यो । महाधिवेशन नयाँ जनवादी होइन, पँुजीवादी जनवादी क्रान्तिको आधारभूत कार्यभार पुरा भएको तथा क्रान्तिका उपलब्धिहरुको रक्षा गर्दै सामाजवादी क्रान्तितर्फ नेपाली समाजलाई अग्रसर तुल्याउने जुन उद्घोष ग¥यो, यो माक्र्सवाद–लेनिनवाद–माओवादको २१ औँ शताब्दीमा विशिष्ट प्रयोगको कार्यदिशा हो । अर्थात् माक्र्स, लेनिन, माओको राजनीतिक कार्यदिशालाई एकीकृत प्रयोगको पहल हो ।
विश्वमा क्रान्ति मात्र भएनन्, भयानक प्रतिक्रान्तिहरु पनि देखिए । लेनिनको नेतृत्वको पहिलो समाजवादी राज्यसत्ता, जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी हिटलरलाई ध्वस्त तुल्यायो; स्टालिनको निधनसँगै प्रतिक्रान्तिको सिकार बन्यो ।दिर्घकालिन जनयुद्धको बाटोबाट झन्डै मुलुक कब्जा गरिरहेको फिलिपिन्स कम्युनिष्ट पार्टी तानाशाही मार्कोस सत्ताच्युत भएपछिको आम निर्वाचनमा भाग नलिनाले अहिले कहाँ पुग्यो ? यावत् प्रश्नहरु नयाँ जनवादी राजनीतिक एवम् फौजी कार्यदिशालाई हेटौँडा महाधिवेशनले लेनिनको समाजवादी कार्यदिशामा विकसित गर्नु कार्यदिशाको प्रश्नमा माक्र्सवादको वैज्ञानिक विकास हो । सशस्त्र ढङ्गले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर आखिर माओले पनि समाजवादमा शान्तिपूर्ण सङ्क्रमणा नै गरे । विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्ति सन्तुलनको पृष्ठभूमिमा संविधानसभाका निम्ति नेपाली पुँजीपतिवर्गका प्रतिनिधिहरु सहमत भएको स्थितिमा एकातिर आफ्नै मौलिकतामा पुँजीवादी जनवादी क्रान्ति पुरा भयो भने अर्कातिर दीर्घकालीन जनयुद्धमा सीमित रहँदा क्रान्तिकारीहरुले अन्ततः क्षति मात्र बेहोर्नुपर्ने तथ्य प्रष्ट थियो । त्यसले राज्यसत्तामा मजदुर–किसान र उप्पीडित समुदायको संयुक्त अधिनायकत्व तत्काल स्थापित नभए पनि फेब्रुअरी क्रान्तिलाई पुँजीवादी क्रान्तिको पूर्णता बताएर अक्टोबर क्रान्तिको तयारीमा अघि बढेको लेनिनको कार्यदिशा यहाँ स्वतः अभ्यास गरिएको कुरालाई नजरअन्दाज गर्नु माक्र्सवाद–लेनिनवाद–माओवादबारेको ज्ञान–शून्यताबाहेक अरु हुन सक्दैन । विश्वमा क्रान्ति मात्र भएनन्, भयानक प्रतिक्रान्तिहरु पनि देखिए । लेनिनको नेतृत्वको पहिलो समाजवादी राज्यसत्ता, जसले दोस्रो विश्वयुद्धमा साम्राज्यवादी हिटलरलाई ध्वस्त तुल्यायो; स्टालिनको निधनसँगै प्रतिक्रान्तिको सिकार बन्यो । अन्ततः सोभियत सङ्घ विघटन भयो । सशस्त्र नयाँ जनवादी क्रान्ति, शान्तिपूर्ण सङ्क्रमणाद्धारा समाजवादी क्रान्ति र सर्वहारा साँस्कृतिक क्रान्तिजस्ता ‘तिन महान् क्रान्ति’ गरेका माओको निधनसँगै चीन पनि क्रान्तिको ठिक दिशामा अघि बढ्न सकेन । नकरात्मक परिणामका रुपमा उत्तरआधुनिकतावाद जस्ता खराब विचारहरु सहतमा आए, जसले साम्राज्यवादकै मतियारको काम गरिरहेछन् । अतः २१ औं शताब्दीको सर्वहारावर्गका सामु क्रान्ति गर्ने मात्र होइन, प्रतिक्रान्ति रोक्ने नयाँ विचार, नयाँ कार्यदिशा, उन्नत संस्कृति, सुदृढ सङ्घन र जनसम्बन्ध तथा त्यही उचाइको कौशल प्रर्दशन प्राथमिक कार्यसूची बनेको छ । प्रस्तुत पृष्ठभूमिमा समाजवादी लोकतन्त्रका रणनीति र कार्यनीतिवारे प्रश्नहरु, आन्तरिक राष्ट्रियताको वैज्ञानिक व्यवस्थापनसम्बन्धी माक्र्स, लेनिन, माओ र प्रचण्डका विचारहरुको पुनसंम्प्रेषण र विशेषतः युवाहरुका निम्ति विश्वक्रान्तिका गुरुहरुको युवा तस्बिरलाई समेटेर यो आलेख तयार गरिएको छ । क्रमशः एमाओवादी केन्द्रीय समितिको मुखपत्र ‘वैज्ञानिक समाज’बाट
प्रतिकृया लेख्नुहोस्: