Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

चीन सरकारको सहयोगमा आठ लेनको चक्रपथ

\"sadak\"काठमाडौं । चक्रपथको २७ किमी सडक १० वर्षभित्रमा आठ लेनको बन्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विसं २०७० मा सुरु भएको कलङ्की–कोटेश्वर १०.३९ किमी सडक आठ लेन बनाउने काम विसं २०७३ पुसमै सम्पन्न हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला बाँकी १७ किमी चक्रपथ पनि आठ लेन बनाउनका लागि थप सहयोग गर्न चीन सरकार सहमत भएपछि १० वर्षभित्र पुरै चक्रपथ आठ लेन बनिसक्ने मन्त्रालयका वैदेशिक महाशाखा प्रमुख विष्णु ओम वादेले जानकारी दिए । चक्रपथको कलङ्की–कोटेश्वर चार वटा पक्की पुललाई आठ लेन बनाउने कार्य सुरु भएको छ । मनोहरा, वागमती र बल्खु खोलामा आठ लेन ६२ मि चौडाइका पुल निर्माण सुरु भएको हो । बल्खुमा दुई, कलङ्की र बालकुमारीमा एक÷एक पुल निर्माण गरिँदैछ । सडक विभागका वरिष्ठ डिभिजनल इन्जिनीयर एवम् चक्रपथ सुधार आयोजनाका प्रमुख लक्ष्मीदत्त भट्टले भने, ‘पछिल्लो समय चक्रपथ सुधार आयोजना निर्माण कार्यले गति लिएको छ, सन् २०१३ सेप्टेम्बरमा चीन सरकारसँग सम्झौता भई काम अघि बढेपनि इन्धन एवम् निर्माण सामग्रीको अभावले अहिलेसम्म ३० प्रतिशत मात्र काम भएको थियो, चार वर्षमा काम गरी सन् २०१७ जनवरीमा सक्नुपर्नेछ, सडक र पुलका लागि समेत चीन सरकारले रु पाँच अर्ब लगानी गर्दैछ । ’ तेल र निर्माण सामग्रीको अभावले निर्माण सम्पन्न गर्नुपर्ने अवधि छ महिना थप्ने गृहकार्य विभागले गरेपनि चिनियाँ ठेकेदार कम्पनीले थप समय माग गरेन । सडकमा दायाँबायाँ सर्भिस ट्र्याक, डिभाइडर, हरियाली बगैँचा गरी ६२ मि चौडाइको सडक निर्माण गर्न लागिएको हो । विसं २०२७ मा चीन सरकारकै अनुदानमा २७ किमी चार लेनको चक्रपथ निर्माण भएको थियो । बाँकी १७ किमी चक्रपथलाई पनि आठ लेन र ६२ मि चौडाइको बनाउन सम्भाव्यता अध्ययन गरी प्रतिवेदन चीन सरकारलाई पठाइएको पनि आयोजना प्रमुख भट्टले जानकारी दिए । बाँकी १७ किमीको काम पनि चीन सरकारले प्रतिवेदन स्वीकृत गरेपछि सुरु गर्ने तयारी भएको छ । १० वर्षभित्रमा पूरै चक्रपथमा आठ लेन, ६२ मि चौडाइ र नौ वटा आकाश पुस निर्माण हुनेछ । यसका लागि रु १३ अर्ब लाग्ने विभागको प्रारम्भिक अनुमान छ । चीनको सरकारी ठेकेदार कम्पनी साङ्घाई कन्स्ट्रक्सनले निर्माण गरिरहेको चक्रपथमा कामदार र परामर्शदाता पनि चिनियाँ छन् । आयोजनाले ढल, बिजुली र खानेपानीको लाइन व्यवस्थित गरी सहयोग गर्ने काम गरिरहेको विभागका उपमहानिर्देशक एवम् वैदेशिक समन्वय महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले जानकारी दिए । ‘२७ किमी चक्रपथमा तीन वटा आकाशे पुल चीन सरकार र छ वटा आकाशे पुल सरकारले बनाउने छ, यसपछि राजधानीको यातायात व्यवस्थित हुने आशा गरिएको छ ’– उनले भने
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending