Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

प्याराग्लाइडिङमा पर्यटकिय आकर्षण बढ्दो

\"paragaliding-600\"पोखरा । पर्यटकीय नगरीका रुपमा ख्याती कमाएको पोखरामा प्याराग्लाइडिङतर्फ पर्यटकको आकर्षण बढेको छ । साहसिक पर्यटनका रुपमा लिइने प्याराग्लाइडिङकै लागि विभिन्न देशबाट बाह्य पर्यटक पोखरा आउने गरेका छन् । पछिल्लो समयमा यो आन्तरिक पर्यटकको रोजाइमा पनि पर्दै गएको छ । पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गरी पोखरामा मात्रै ४५ वटा कम्पनीले प्याराग्लाडिङ सञ्चालन गर्दै आएको नेपाल हवाई खेलकुद संस्थाका कार्यबाहक अध्यक्ष सोभियत बानियाँले जानकारी दिए । नेपालमा हाल ६५ वटा कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गर्दै आएका छन् । पोखरासहित बन्दीपुर, काठमाडौँ, सुर्खेंत, पाल्पा र धरानमा प्याराग्लाइडिङ सञ्चालन गरिँर्दै आइएको छ ।\"para\" \"paragliding\" \"paragliding2\" नेपालमा सन् १९९७ मा सनराइज प्याराग्लाइडिङले पहिलोपटक पोखराको सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु गरेको थियो । प्याराग्लाइडिङका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट अनुमति पाएका कम्पनीले अनिवार्य रूपमा नेपाल नागरिक उड्डन प्राधिकरणबाट उडान सञ्चालन अनुमति ९एओसी० लिनुपर्ने प्रावधान रहेको छ । विशेष गरी पोखरा आउने पर्यटकले साहसिक पर्यटनका रुपमा प्याराग्लाइडिङलाई लिने गरेको र त्यसका माध्यमबाट प्राकृतिक दृश्यावलोकनको भरपुर आनन्द लिन गरेका पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापा बताउँछन् । ‘प्याराग्लाइडिङ यहाँको विशेष आकर्षण हो, उनले भने , ‘प्याराग्लाइडिङकै लागि बाह्य पर्यटक पोखरा आउने गरेका छन्, पछिल्ला समयमा आन्तरिक पर्यटकको सङ्ख्या पनि बढ्दै गएको छ ।’ पोखरामा दैनिक करिब १५० वटा प्याराग्लाडिङ उडान सञ्चालन हुने गरेका नेपाल हवाई खेलकुद संस्थाले जनाएको छ । भूकम्प र नाकाबन्दीको अवस्थामा समेत बाह्य तथा आन्तरिक पर्यटक प्याराग्लाइडिङका लागि पोखरा आएका थिए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies