फाल्गुन ३० गते, २०७१ शनिवार 14th March, 2015 Sat१२:१४:२६ मा प्रकाशित
चितवन, युद्धकालमा पार्टी कब्जामा रहको जग्गा दलालहरुले प्लटिङ गरेको भन्दै विप्लव नेतृत्वको माओवादीले चितवनका विभिन्न स्थानमा रहेको पुनः कब्जा गरेको जनाएको छ ।
विप्लव नेतृत्वको चितवन जिल्ला पार्टीले जिल्लाको विभिन्न ९ ठाउँको जमिन पुनः नियन्त्रणमा लिइएको विज्ञप्ती जारी गरेको छ ।
माओवादी चितवन जिल्ला सेक्रेटरी महेशले विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘विगत जनयुद्धकालमा स्थापित जनसत्ताले गरेको फैसला वमोजिम नै ती जग्गा जमिन पुनः नियन्त्रणमा लिएको हो ।’
गरिब किसानले प्रकतिसँ संघर्ष गर्दै खेतीयोग्य जमिनमा परिणत गरेको जग्गालाई जाली तमसुक बनाएर दलालहरुले हडपेको भन्दै पुनः कब्जा गरेको दाबी माओवादीले गरेको छ ।
‘आदिवासी भूमिपुत्र तथा गरीब किसानहरुले प्रकृतिसँग ठूलो संघर्ष गरी खेतीयोग्य जमिनमा परिणत गरेको जग्गा पछिल्लो चरणमा दलालहरुले जाली तमसुक बनाएर ‘हडपेको’ भन्ने आरोप उसको छ ।
चितवनका भण्डारा, माडी, गुञ्जनगरसहितका ९ स्थानमा रहेको जग्गा पुनः कब्जा गरिएको माओवादीले जनाएको छ ।
प्रहरी प्रशासनको आडमा जिल्लाका विभिन्न सार्वजनिक स्थलका जग्गालाई दलालहरुले व्यक्तिका नाममा पारेको आरोपसमेत माओवादीको छ ।
गलत तरिकाले जग्गा हडप्ने र करोडौ कुम्ल्याउने प्रवृत्ति बढ्दै गएपछि रोक्नकै लागि जग्गा कब्जा गरिएको प्रष्टीकरण माओवादी जिल्ला नेता केशवले बताए ।
माओवादीले कब्जा गरेको जग्गाको विवरण :
जनसत्ताले निर्णय गरे अनुसार भूमिहीन किसान, सुकुम्वासी र कमैयालाई ती जग्गा वितरण गरिएको र त्यसलाई बृहत शान्ति सम्झौताले पनि स्वीकार गरेका जिकिर उनको छ ।
शान्ति सम्झौताले गरिसकेको निर्णय कार्यान्वयन हुनुपर्ने माओवादीको भनाई छ । सम्झौता विपरीत जग्गा हडप्ने विषय स्वीकार हुनै नसक्ने उसको भनाई छ ।
आफूहरुको सूचनालाई वेवास्ता गरिए थप कारवाही गर्ने चेतावनीसमेत माओवादीले दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: