चैत्र २३ गते, २०७२ मगलवार 5th April, 2016 Tue१५:३६:१२ मा प्रकाशित
विश्वभरका कम्युनिष्टहरुले भन्ने लोकप्रिय नारा हो, ‘संसारका मजदुर एक होऊ/होऔं।’ तर यो नाराको मनोमानी प्रयोग भएको पाइन्छ । कतै संसारका मजदुर एक होऊ भनिन्छ भने कतै एक होऔं । कुन चाँही ठीक भन्ने दुविधाको विषय बनेको छ । सबैजसो माओवादी तथा माओविचार राख्ने पार्टीहरुको आफ्नो ‘लेटरप्याड’को शिरानमा लेखेको तपाईँले पनि देख्नुहुन्छ । उनीहरु सानो अक्षरमा लेखेका हुन्छन्– ‘संसारका मजदुर एक होऔं/होऊ।’
फरक के देखिन्छ भने माओविचार राख्ने पार्टीहरुले नै यसलाई फरक फरक फरक लेख्ने गरेका छन् । कसैले ‘संसारका मजदुर एक होऔं’ लेख्ने गरेका छन् भने कसैले ‘संसारका मजदुर एक होऊ’ लेखेका हुन्छन् । उनीहरुले नजानेर फरक अर्थमा लेखेका पनि होइनन् । उनीहरु पार्टीलाई अब्बल दर्जामा राखेर अन्य संगठनलाई निर्देशन दिने भाषाका रुपमा अथ्र्याउँछन् ।
अंग्रेजीमा the workers of the world, unite को अर्थ संसारका मजदुरहरु एक होऔं भन्ने हुन्छ । तर कतिपय कम्युनिस्ट नेताहरुले एक होऊ भनिरहेका छन् । यसप्रति कसैको ध्यान गएको पाइँदैन । तर यसभित्र छिपेको अन्तर्यको बारेमा छलफल गर्न आवश्यक छ ।
माक्र्सवादलाई प्रयोग गर्ने सन्दर्भमा नै विभिन्न मतमतान्तर भएको अहिलेको परिवेशमा यो बहस धेरैको चासोको विषय नबन्न सक्छ । तर यसप्रति औंला भने उठाउन आवश्यक छ ।
शब्दमा भएको मनपरि प्रयोगसँग मानिसहरुको अन्तर्यको वर्ग छिपेको कुरालाई नजर अन्दाज गर्न मिल्दैन । त्यसकारण ‘होऔं र होऊ’ विषयमा नेपालका कम्युनिष्ट पार्टीहरुले मनोमानी लेखेका छन् । जुन निम्नानुसार छ :
‘होऊ’ को अर्थ सामान्यतयाः नेपालीमा आफू अलग्गै बसेर अरुलाई ‘जम्मा होउ’ भनेर निर्देशन दिने भन्ने हुन्छ । त्यसमा आफू संलग्न भइँदैन । ‘भोलि बिहान तिमीहरु चौतारामा जम्मा होऊ है’ भन्ने जस्ता निर्देशनात्मक अर्थ बोल्ने शब्द हो ‘होऊ’ । होऊभित्र तल र माथिको एउटा वर्ग हुन्छ । सामान हैसियतका मानिसहरुबीच होऊ हुँदैन । त्यहाँ होऔं हुन्छ ।
‘होऔं’ भन्ने शब्दले आफूपनि स्वयम् सम्लग्न भएर गरिने कुनैपनि कार्यलाई जनाउँछ । जस्तोकी नेपाली जनबोलीमा ‘हामी भोलि चौतारामा जम्मा होऔं है ।’ भन्ने जस्ता अर्थ बोक्ने गर्छ । होऔंले आफू अलग्गै बसेर अरुलाई निर्देशन दिदैँन । यहाँ तलमाथिको सोपानक्रम हुँदैन। समान वर्ग भएका मानिसहरुको समूहमा मात्र यो शब्दको प्रयोग हुन्छ । जस्तोकी सबै विद्यार्थीहरुले एक साथ भन्दा होऔं भन्छन् । सबै मजदुरले भन्दा होऔं भन्छन् । तर कुनै समूहमा दुई वटा वर्ग त्यो सामाजिक, राजनीतिक जुनसुकै हुनसक्छ, त्यो छ भने त्यहाँ होऊ भन्ने शब्दको प्रयोग हुन्छ। शिक्षकले विद्यार्थीहरुलाई होऊ भन्छ । मालिकले मजदुरलाई होऊ भन्छ । तर सहचालकले यात्रुलाई होऊ भन्दैन । उसले होऔं भन्ने भावाअर्थ बोक्ने शब्द नै प्रयोग गर्छ । किनकी ऊ पनि सँगै यात्रारत हुन्छ ।
रोचक कुरा के भयो भने मैले यो लेख्ने बेला केही माथिल्लो कमिटीका नेताहरुलाई भने, उनीहरुले ‘होऊ’ भने । तल्लो कमिटीमा बसेर काम गर्नेहरुलाई सोधेँ ‘होऔं’ भने ।
क्रान्ति र आन्दोलन हाँक्ने बेला ‘होऊ भन्ने की होऔं’ भन्ने कुराले तात्विक अर्थ नराख्न सक्छ । तर यसले मानिसको मनोविज्ञानमा सुक्ष्म प्रभाव पार्छ भन्ने विश्वास गर्न सकिन्छ। कम्युनिस्ट पार्टी भनेको जनताबाट माथि छुट्टै चोटामा बस्नेहरुको पार्टी पक्कै होइन । यस अर्थमा आफू अलग्गै बसेर अरुलाई निर्देशन दिने विन्दुबाट नेपालका कम्युनिस्टहरु अघि बढ्ने हो भने जनताबाट कट्दै जाने र अन्ततः उही संसदीय पार्टी जस्तै हुने कुरा स्वतः सिद्ध छ ।
अन्तमा, नेपालका कम्युनिस्टहरुमा देखिएको विभाजन र कम्युनिस्ट पार्टीमा मानिसको मोह भंग हुँदै जानुमा त्यही होऊ भन्ने आदेशात्मक नाराले त काम गरेको होइन ? के सर्वहारा, मजदुर, किसान, सुकुम्बासीभन्दा अलग्गै हो कम्युनिस्ट पार्टी भनेको ? कम्युनिस्ट नेताहरुले अलग्गै बसेर निर्देशन दिने अनि किसान मजदुर, सर्वहाराहरु बन्दुक बोकेर मर्न जानुपर्ने हो ? त्यसकारण होऊ र होऔं भन्ने भित्रबाटै समस्या खड्किएको आभाष हुन्छ ।
यो माक्र्सले नै होऊ भनेको हो भने त्यो पनि गलत भयो। माक्र्सको उक्त नारा नै संशोधन गर्नुपर्ने हुन्छ । अनि मात्र संसारमा माक्र्सले कल्पना गरे जस्तो साम्यवादको निर्माण सम्भव छ । अन्यथा कम्युनिस्ट पार्टी भित्र अभिजातीय वर्गहरु कौसीमा बसेर सडकमा मजदुर किसानलाई झन्डा बोक्न लगाउनेमा मात्र माक्र्सवाद सीमित हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...
काठमाडाैं । नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...
लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ। माओवादी र एमाले विभा...
काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ।
...
काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...
दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...
प्रतिकृया लेख्नुहोस्: