Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

बैद्य–बादलको एकताबारे कुरा मिलेन

\"kiran=badal\" काठमाडौं । एकीकृत नेकपा माओवादीसँग तत्काल एकता गरिहाल्नेबारेमा नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य र अर्का नेता रामबहादुर थापा ‘बादल’बीच कुरा मिल्न नसकेपछि पार्टीमा दुई लाइन संघर्ष चर्किने भएको छ । चैत १२ देखि शुरु भई १० दिनसम्म झण्डै १ सय ९० जना केन्द्रीय सदस्यहरुले धारणा राखेपछि वैद्य–बादलको साझा धारणा बनाउन भन्दै चैत २१ देखि बैठक स्थगित गरिएको थियो । दुई दिन दुई नेताबीच केन्द्रीय सदस्यहरुको धारणाबारे संश्लेषणा निकाल्ने साझा अवधारणा बनाउने भनिए पनि नेताहरुबीच कुरा नमिलेपछि दुई नेताले नै गुटबन्दी थालेका छन् । मंगलबार बादलले आफू निकट नेता कार्यकर्तासँग गोप्य छलफल चलाएको स्रोतले बताएको छ । बादलले मंगलबार ललितपुरमा कुलप्रसाद केसी ‘सोनाम’लाई भेट गरी दुई घण्टा गोप्य वार्ता गरेका छन् । स्रोतका अनुसार आन्तरिक पार्टी एकता र वाह्य माओबादी धाराका पार्टीहरुवीचको एकताका लागि संयुक्त प्रस्ताव तयार गरेर जाने विषयमा सहमति गरेका छन् । वैद्यले उल्ल्ेख गरेका केही विषयलाई पनि समेटेर नयाँ साझा अवधारणा वनाएर पार्टी एकतामा जानेमा दुई नेता निश्कर्षमा पुगेका छन् । केन्द्रीय समिति बैठकमा सोनामले पनि एकताबारे आफ्नो १३ बुँदे सुझाव बुझाएका थिए । बादलले सबै जनवर्गीय संगठन तथा मोर्चाका नेताहरुलाई पनि भेटेर लबिङ थालेका छन् । बादलसहित देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, शाक्यकै श्रीमती अमृता थापा, सूर्य सुवेदी, मौसम लिम्बु, लेखनाथ न्यौपाने, रामदीप आचार्य लगायतका नेताहरु बिनाशर्त एकता गरिसकेपछि नयाँ बिचारबारे बहस गर्नुपर्ने पक्षमा खुलेर लागेका छन् । नेताहरुको संश्लेषणका लागि भनी स्थगित गरिएको बैठक बुधबार पुनः सूचारु हुँदैछ । बुधबार वैद्य बादलले धारणा राख्ने बताइएको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending